प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ५४ पृ. २४२-२४५
  • तिनले अन्धकार छाएको समयमा साहस देखाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले अन्धकार छाएको समयमा साहस देखाए
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • ‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ५४ पृ. २४२-२४५

५४ प्रेषित युहन्‍ना

तिनले अन्धकार छाएको समयमा साहस देखाए

छापिएको संस्करण
छापिएको संस्करण

वृद्ध प्रेषित युहन्‍नाले यस्तो लेखे: “यो आखिरी समय हो।” तिनले के भन्‍न खोज्दै थिए? धेरै वर्षअघि येसु र प्रेषित पावलले धर्मत्याग फैलनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। यसरी धर्मत्याग फैलन थालेपछि युहन्‍ना अनि अरू प्रेषितहरूले त्यसलाई रोक्ने काम गरिरहेका थिए। (मत्ति ७:१५; प्रेषि. २०:२९, ३०; २ थिस्स. २:६, ७) अरू प्रेषितहरूको मृत्युपछि भने युहन्‍नाले मात्र यस्तो रोक्ने काम गरिरहेका थिए। त्यसैले तिनले “यो आखिरी समय हो” भनेर लेखेका थिए। एकपछि अर्को गर्दै मण्डलीहरूमा धर्मत्यागले पकड जमाएको देख्दा युहन्‍नालाई कत्ति दुख लाग्यो होला! तर तिनले हरेस खाएनन्‌ बरु साहस देखाइरहे।

वृद्ध भइसकेका युहन्‍नाले खेदो र निर्वासनको सामना गरे। साथै तिनले धर्मत्यागीहरूले मण्डलीमा पकड जमाएको पनि देखे। तिनले यी सबै कुराको कसरी सामना गरे?

नब्बे वर्ष काटिसकेको भए पनि युहन्‍नाले अझै जोसिलो भई ‘परमेश्‍वरको विषयमा र येसुबारे साक्षी दिइरहेका’ थिए। यही कारणले गर्दा रोमी सरकारले तिनलाई पत्मोस टापुमा निर्वासनमा पठायो। एजियन समुद्रमा पर्ने त्यो ठाउँ चट्टाने र निर्जन थियो। त्यस्तो अवस्थामा पनि तिनले हरेस खाएनन्‌। तिनले येसुले आफ्ना चेलाहरूलाई गर्नुभएको यो प्रतिज्ञा पक्कै सम्झेको हुनुपर्छ: “हेर! यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।”—मत्ति २८:२०.

येसुले त्यो प्रतिज्ञा गर्नुभएको ६० वर्षपछि उहाँले युहन्‍नालाई दर्शनमार्फत भविष्यमा हुने रोमाञ्चक कुराहरूबारे बताउनुभयो। दर्शनमा येसुले युहन्‍नालाई “प्रभुको दिनमा” अर्थात्‌ अन्तको दिनमा शुद्ध उपासना पुनर्स्थापित हुनेछ र परमेश्‍वरका जनहरू फेरि एकजुट हुनेछन्‌ भनेर देखाउनुभयो। त्यसपछि ख्रिष्टले चेलाहरूलाई अझै ठूलठूला चुनौतीहरूको सामना गर्न मदत गर्नुहुने थियो।

यी सबै कुराहरू युहन्‍नालाई “चिन्हहरूद्वारा” प्रकट गरिएको थियो। युहन्‍नाले देखेका थुप्रै कुरा तिनले बुझ्न सकेका थिएनन्‌। तर तिनले यो कुरा भने स्पष्ट बुझेका थिए: यहोवा र येसुले झूटो शिक्षा फैलाउनेहरूलाई सफल हुन दिनुहुने थिएन। प्रभुको दिनमा परमेश्‍वरका जनहरू बढ्‌दै जाने थिए र तिनीहरूले थुप्रै आशिष्‌हरू पाउने थिए। स्वर्गमा हुने युद्धमा सैतानको हार हुने थियो र त्यसलाई पृथ्वीमा हुऱ्‍याइने थियो। अन्ततः त्यसले अनन्त विनाश भोग्ने थियो। त्यस दर्शनमा देखेका कुराहरूबाट तिनले पक्कै पनि बल पाए र तिनले “आफूले देखेका सबै कुरा” लेखे।

प्रेषित युहन्‍ना आफूले देखेका दर्शनहरूबारे लेख्दै छन्‌। एउटा दर्शनमा तिनले महिमित येसुले चहकिलो रातो रङ्‌गको एउटा ठूलो अजिङ्‌गर र त्यसका दूतहरूलाई तल पृथ्वीमा हुऱ्‍याउँदै गर्नुभएको देखे।

पत्मोसमा कैदीको रूपमा युहन्‍नाको जीवन कष्टकर भए पनि तिनले आफ्नो आनन्द र जोस गुमाएनन्‌। ख्रिष्टियनहरूको कट्टर विरोधी रोमी सम्राट डोमिसियनको मृत्यु भएपछि सायद युहन्‍नालाई त्यहाँबाट मुक्‍त गरियो। त्यसपछि सम्भवतः तिनी एफिसस गए। युहन्‍ना करिब १०० वर्षको हुँदा परमेश्‍वरले तिनलाई अर्को एउटा गाह्रो काम दिनुभयो।

परमेश्‍वरको प्रेरणा पाएर युहन्‍नाले येसुको जीवनीबारे चौथो र अन्तिम किताब लेखे। तिनले लेखेको त्यो किताब छिट्टै सबै मण्डलीहरूले पाउनेछन्‌ भनेर तिनलाई थाह थियो। यसले त्यतिबेलाका चेलाहरूलाई विश्‍वासमा अझ बलियो र साहसी हुन मदत गर्ने थियो। तर तिनलाई यो कुरा पनि थाह थियो, विरोधीहरू तिनले लेखेको कुराबाट झनै आक्रोसित हुने छन्‌। तैपनि तिनी पछि हटेनन्‌।

यो किताब लेखुन्जेल येसुको मृत्यु भएको लगभग ७० वर्ष भइसकेको थियो। तैपनि युहन्‍नाको मनमा येसुले भन्‍नुभएका र गर्नुभएका कुराहरू ताजै थिए। यो सब पवित्र शक्‍तिको मदतले सम्भव भएको थियो। तिनले येसुको जीवनी मन छुने र जीवन्त ढङ्‌गमा लेखे। तिनले आफ्नो किताबमा लेखेका ९० प्रतिशत कुराहरू हामी अरू सुसमाचारका किताबहरूमा पाउँदैनौँ। जस्तै: तिनले मात्र लाजरस फेरि जीवित पारिएको र धर्मगुरुहरूले तिनलाई मार्ने मतो गरेको कुरा लेखेका छन्‌। (युह. ११:१-४६; १२:१०) साथै येसुले आफ्नो मृत्युको अघिल्लो रात आफ्ना चेलाहरूलाई भन्‍नुभएका कुराहरू अनि तिनीहरूको खातिर गर्नुभएको मनछुने प्रार्थनाबारे तिनले विस्तृत रूपमा लेखेका छन्‌। यो किताब सबै ख्रिष्टियनहरूका लागि कत्ति अनमोल उपहार हो!

यसै समयतिर परमेश्‍वरको प्रेरणा पाएर युहन्‍नाले भाइबहिनीहरूलाई तीन वटा प्रोत्साहनजनक पत्र लेखे। त्यसमा तिनले निडर भई मण्डलीहरूमा पकड जमाइरहेका धर्मत्यागीहरूबारे चेतावनी दिए। अनि भाइबहिनीहरूलाई तिनीहरूसित सङ्‌गत नगर्न यहाँसम्म कि तिनीहरूलाई अभिवादन पनि नगर्न भने। युहन्‍नाका तीन वटा पत्रमा प्रेम र आशाका कुराहरू पनि पाउँछौँ। तिनले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर सिकाए र त्यो प्रेम तिनले भाइबहिनीहरूलाई दिएको प्रोत्साहन र सल्लाहमा झल्किन्छ। तिनले आफ्ना आध्यात्मिक छोराछोरीहरू “सत्यमा हिँडिरहेका” देखेर आफूले महसुस गरेको आनन्दबारे पनि लेखे। तिनले लेखेका कुराहरूले थुप्रैलाई सत्यमा हिँडिरहन उत्प्रेरित गरेको हुनुपर्छ।

हुनत अहिले धर्मत्यागीहरू छन्‌। तर जसरी युहन्‍नाको समयमा धर्मत्याग फैलियो आज पनि त्यसरी नै फैलिएला भनेर हामीले चिन्ता गर्नु पर्दैन। किनकि यहोवाले त्यस्तो हुन नदिने प्रतिज्ञा गर्नुभएको छ। (यसै. ५४:१७; प्रेषि. ३:२१) तर युहन्‍नाले जस्तै हामीले पनि खेदो र जेल सजाय भोग्नुपर्ने हुन सक्छ। त्यस्तो बेला युहन्‍नाको अनुकरण गर्ने कोसिस गरौँ। जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि साहसी भई परमेश्‍वरसित हिँडिरहने सङ्‌कल्प गरौँ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • युहन्‍ना १६:१–१७:२६

  • १ युहन्‍ना २:१८; ४:८

  • २ युहन्‍ना ९-११

  • ३ युहन्‍ना ४

  • प्रकाश १:१, २, ९-११; १२:९; २०:१-६; २१:१-५

छलफल गर्नुहोस्‌:

युहन्‍नाले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. युहन्‍ना उत्साह र जोस-जाँगरले भरिएका व्यक्‍ति थिए भनेर किन भन्‍न सक्छौँ? (bt पृ. ३३, पेटी अनु. ३-४)

  2. २. युहन्‍नालाई किन “अशिक्षित अनि साधारण मानिस” भनियो? (प्रेषि. ४:१३; w०८ ५/१ पृ. ३० अनु. ६)

  3. ३. युहन्‍ना कुन अर्थमा येसु नआउनु भएसम्म रहिरहे? (w०५ १/१५ पृ. १३ अनु. १४-१५)

  4. ४. युहन्‍नाले नै सुसमाचारको अन्तिम पुस्तक लेखेका थिए भनेर हामी किन भन्‍न सक्छौँ? (it “युहन्‍नाको सुसमाचार” अनु. २-८-wcgr) क

    Fondation Martin Bodmer, Cologny (Genève)

    चित्र क: इस्वी संवत्‌ २०० तिरको पाण्डुलिपि जसको शीर्षक हो: “युहन्‍नाको सुसमाचार” (शीर्षकमा चिन्ह लगाइएको छ)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • युहन्‍नाले लेखेका किताबहरूमा तिनले फिरौतीको बलिदानबारे वा त्यसका लाभहरूबारे १०० पटकभन्दा बढी चर्चा गरेका छन्‌। हामीले पनि युहन्‍नाको अनुकरण गर्दै कसरी फिरौतीको बलिदानप्रति कृतज्ञ भएको देखाउन सक्छौँ?

  • युहन्‍नाले परमेश्‍वरको प्रेरणा पाएर बाइबलको पाँच वटा किताब लेख्दा तिनको उमेर ९० वर्ष कटिसकेको थियो। यसबाट यहोवा वृद्ध भाइबहिनीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍नेबारे हामी के सिक्न सक्छौँ? ख

    चित्रहरूको सँगालो: एक बहिनी आफ्नो वृद्धावस्थाको बाबजुद थुप्रै असल कामहरू गर्दै छिन्‌। १. भिडियो कलबाट तिनी बाइबल अध्ययन गराउँदै छिन्‌। २. तिनले मण्डलीको एक जवान बहिनीलाई एउटा सानो उपहार दिँदै छिन्‌, ती जवान बहिनीको हातमा अग्रगामी सेवा स्कुल किताब छ।

    चित्र ख

  • तपाईँ के-कस्ता तरिकामा युहन्‍नाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये युहन्‍ना पनि एक हुन्‌। यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

अझ धेरै जान्‍नुहोस्‌

के वृद्ध भाइबहिनीहरूले युहन्‍नाले जस्तै साहस देखाउन सक्छन्‌?

साहसी … वृद्ध व्यक्‍ति हुनुहोस्‌ (२:०४)

परमेश्‍वरको प्रेरणा पाएर युहन्‍नाले प्रेमबारे थुप्रै कुरा लेखे। हामी युहन्‍नाले लेखेका कुराहरू र तिनको उदाहरणबाट के-कस्ता पाठहरू सिक्न सक्छौँ, थाह पाउनुहोस्‌

“‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्‌” (w२१.०१ पृ. ८-१३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने