प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ५३ पृ. २३६-२४१
  • “म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ५३ पृ. २३६-२४१

५३ पावल

“म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌”

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

येसु स्वयम्‌ले टार्ससको सावललाई तिनले सुसमाचारको खातिर “धेरै दुःख भोग्नुपर्नेछ” भनेर बताउनुभयो। के येसुले भन्‍नुभएझैँ सावलले धेरै दुःख भोगे? ख्रिष्टियन बनेको करिब २० वर्षपछि पावलले कोरिन्थका भाइबहिनीहरूलाई लेखेको दोस्रो पत्रमा आफूले भोगेका दुःखहरूबारे बताए। तिनले यसो भने: “मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।” तीन चोटि तिनी चढेको जहाज क्षतिग्रस्त भयो। एक चोटि त तिनले एक रात र एक दिन समुद्रमा बिताए। तर केही वर्षपछि फेरि तिनी चढेको जहाज क्षतिग्रस्त भयो। पावलले किन फेरि समुद्री यात्रा गर्नुपऱ्‍यो? आउनुहोस्‌, हामी बुझौँ।

पावल यहुदियाको सिजरिया सहरमा थुनामा परेको दुई वर्षभन्दा धेरै भइसकेको थियो। राज्यपाल फेलिक्सले पावलबाट पैसा पाइहाल्छु कि भन्‍ने आसमा तिनलाई थुनामै राखेका थिए। राज्यपाल परिवर्तन भएपछि पावलले “म सिजरलाई अपील गर्छु” भने। त्यसपछि पावललाई रोम जाने जहाजमा चढाइयो। यसरी पावलको सिजरियाबाट रोमसम्मको झन्डै ३,००० किलोमिटर लामो कठिन यात्रा सुरु भयो। पावलसँगै तिनका दुई जना साथीहरू अरिस्तार्खस र “प्रिय वैद्य” लुका पनि थिए।—कल. ४:१४.

जहाज एसिया माइनरको माइरामा पुगेपछि कैदीहरूको जिम्मा पाएका रोमी अफिसर जुलियसले पावल अनि अरू कैदीहरूलाई इटाली जाने जहाजमा चढाए। त्यो जहाज अन्‍न बोकेर मिश्रबाट आएको थियो। तर वेगसित बतास चल्न थालेकोले जहाजलाई अघि बढ्‌न गाह्रो भयो। लुकाले जहाजलाई अघि बढ्‌न “मुस्किल” भयो भनेर दुई चोटि उल्लेख गरेका छन्‌। नाविकहरूले बतास नरोकिएसम्म जहाज केही समयको लागि सुन्दर बन्दरगाहमा रोक्ने निर्णय गरे। तर पावललाई हिउँदभरि त्यहीँ रहनुपर्छ जस्तो लाग्यो किनकि रोमसम्मको यात्रा एकदमै जोखिमपूर्ण हुन सक्छ भनेर तिनलाई थाह थियो।

पावलले साहसी भई जुलियससँग कुरा गरे। तिनले यात्रा अगाडि बढाएमा “ठूलो क्षति हुनुका साथै हाम्रो ज्यानसमेत खतरामा पर्नेछ” भनेर बताए। तर जुलियसले अरूको कुरा सुनेर यात्रा अगाडि बढाए। पावलको कुरा नसुनेकोमा पछि उनले पछुतो माने होलान्‌। लुकाले बताएअनुसार केही समय बित्न नपाउँदै “भीषण समुद्री आँधी चल्न थाल्यो” र “जहाजलाई बेस्सरी हल्लायो।” त्यसपछि पनि चर्को बतासले गर्दा भयानक छालहरू उर्लन थाल्यो। केही घण्टा होइन, केही दिनसम्मै समुद्री आँधीले “जहाजलाई बेसरी उचाल्न र पछार्न” छोडेन। जहाज हलुङ्‌गो बनाउन मानिसहरूले मालसामानहरू फ्याँक्न थाले। आँधी चलेको दुई हप्ता भइसकेको थियो र तिनीहरूले खाना नखाएको पनि निकै दिन भइसकेको थियो। लुकाले ‘भीषण आँधी चलिरहेको हुनाले हामीले बाँच्ने आशा मार्न थाल्यौँ’ भने।

जहाजमा कैदीको रूपमा यात्रा गरिरहेका पावलले भीषण आँधीबाट सबै यात्रुहरूको ज्यान जोगाउन मदत गरे

परिस्थिति झन्‌झनै जोखिमपूर्ण भयो। तर पावलले निर्धक्क भई जहाजमा भएकाहरूलाई भने: “म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌।” साथै तिनले यसो भने: “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन तर यो जहाज मात्र नष्ट हुनेछ।” केही नाविकहरू जहाजबाट सानो डुङ्‌गा पानीमा उतारेर भाग्न खोजे। तर नाविकहरू जहाज छोडेर गए भने धेरैको ज्यान जानेछ भनेर पावलले सैनिक अफिसरलाई बताए। त्यसैले सैनिकहरूले डुङ्‌गालाई बाँधिराखेको डोरी काटेर त्यसलाई पानीमा पठाइदिए।

भीषण आँधीले जहाजलाई बेस्सरी हल्लाएपछि डराएर भाग्न लागेका नाविकहरूलाई नभाग्न पावल आग्रह गर्दै छन्‌।

बिहानीपख पावलले सबैलाई जहाजमा भएको खानेकुरा खान भने। पावलले ढाडस दिँदै यसो भने: “तपाईँहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।” त्यसपछि सबैसामु तिनले परमेश्‍वरलाई धन्यवाद चढाए। खानेकुरा खाएर तृप्त भएपछि तिनीहरूले बाँकी अन्‍न समुद्रमा फ्याँकिदिए। पावलको बहादुरी देखेर “सबैले हौसला पाए” भनेर लुकाले बताएका छन्‌। उज्यालो भएपछि जहाज एउटा समुद्र किनारनजिकै पुग्यो। तर जहाज समुद्री लहरले थुपारेको बालुवाको ढिस्कोमा ठोकियो र समुद्री छालको झोक्काले गर्दा टुक्रिन थाल्यो। पावलले भनेझैँ जहाज मात्र नष्ट भयो। मानिसहरू “सबै सकुशल किनारामा पुगे।”

जहाज टुक्रिन थालेपछि पावललगायत जहाजमा भएका सबै समुद्रमा हाम्फाल्दै छन्‌। तिनीहरू नजिकै पर्ने माल्टा टापुतिर पौडेर जाँदै छन्‌।

तिनीहरू माल्टा टापु पुगेका थिए। त्यहाँ पुगेपछि पावल र तिनका साथीहरू प्रचारकार्यमा लागिहाले। साथै परमेश्‍वरबाट शक्‍ति पाएर पावलले थुप्रै मानिसहरूलाई निको पारे। अनि माल्टाका मानिसहरूले तिनीहरूलाई थुप्रै उपहारहरू दिए।

पावलले साहस देखाइरहे। केही महिनापछि वसन्त ऋतुमा तिनीहरू बल्ल रोम पुगे। त्यहाँ पावललाई दुई वर्ष नजरबन्दमा राखियो र तिनलाई पहरा दिन एक जना सैनिक खटाइएको थियो। तर तिनले प्रचार गर्न बन्द गरेनन्‌। परमेश्‍वरबाट प्रेरणा पाएर तिनले भाइबहिनीहरूलाई पत्रहरू पनि लेखे। थुनाबाट मुक्‍त भएपछि तिनले विनारोकटोक प्रचार गरे। केही वर्षपछि तिनी फेरि रोममा कैदमा परे। तिनी कैदमा परेको यही नै अन्तिम थियो। त्यसको केही समयपछि रोमीहरूले तिनलाई मृत्युदण्ड दिएजस्तो देखिन्छ। पावल अन्तसम्मै वफादार र साहसी रहे। पावललाई मृत्युको डर थिएन। यहोवाले तिनलाई फेरि जीवित पार्नुहुनेछ र मृत्युलाई नामेट पार्नुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। (१ कोरि. १५:२६) यहोवाले आफ्नो समयमा तिनलाई इनाम दिनुहुने थियो र तिनले स्वर्गमा अमर जीवन पाएर येसुसँगै राजा र पुजारीको रूपमा सेवा गर्ने थिए।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • प्रेषित ९:१६; २४:२४-२७; २५:११; २७:१-४४; २८:१-१०, १६, ३०, ३१

  • २ कोरिन्थी ११:२३-२७

  • २ तिमोथि १:१६, १७; ४:६-८

छलफल गर्नुहोस्‌:

पावलले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. सावलले आफ्नो रोमी नाम पावल प्रयोग गर्नुको कारण के हुन सक्छ? (bt पृ. ८७ अनु. ७, फुटनोट)

  2. २. पावल टार्सस फर्किएको नौ वर्षपछि एन्टिओक सरे तर त्यसबीच पावलले के गरे हामीलाई थाह छैन। त्यसैले त्यस समयावधिलाई तिनीबारे “उल्लेख नगरिएका वर्षहरू” पनि भनिएको छ। त्यतिबेला पावलले कस्ता कठिनाइहरूको सामना गरेका हुन सक्छन्‌? (w०० ७/१५ पृ. २६-२७, पेटी अनु. ३-४)

  3. ३. समुद्री यात्रालाई केही समय रोक्न प्रेषित पावलले दिएको सल्लाह के साँच्चै व्यावहारिक थियो? (प्रेषि. २७:९, १०; wp१७.५ पृ. ९ अनु. ३-४) क

    चित्र क: प्रथम शताब्दीमा प्रयोग गरिने मालवाहक जहाज; पावलले माइरामा चढेको जहाज यस्तै प्रकारको थियो

  4. ४. माल्टाका मानिसहरूले पावललाई किन “हत्यारा” भने? (प्रेषि. २८:४; w१५ १०/१ पृ. ९ अनु. ५-६-wcgr)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • पावलले सहयात्रीहरूलाई परमेश्‍वर तिनीहरूको साथमा हुनुहुनेछ र “तपाईँहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन” भनेर बताए। (प्रेषि. २७:२२, ३४) यसबाट हामी यहोवाको शक्‍तिबारे के सिक्न सक्छौँ? यसले प्रचारकार्यप्रतिको तपाईँको दृष्टिकोणमा कस्तो प्रभाव पार्छ?

  • पावलले प्रार्थना गरेपछि जहाजका मानिसहरूले “हौसला पाए।” (प्रेषि. २७:३५, ३६) कस्ता अवस्थाहरूमा हामीले गरेको प्रार्थनाबाट अरूले प्रोत्साहन पाउन सक्छन्‌? ख

    चित्रहरूको सँगालो: एक भाइ र दुई बहिनी अरूको लागि प्रार्थना गर्दै छन्‌। चित्रहरू यसप्रकार छन्‌। अस्पतालमा पूरै घाइते अवस्थामा भएका भाइको हात समाउँदै एक जना भाइ प्रार्थना गर्दै छन्‌। एउटी आमा घुँडा टेकेर आफ्नो छोरा र छोरी स्कुल जानुअघि उनीहरूसँगै प्रार्थना गर्दै छिन्‌। टेबुलमा बसिरहेकी एउटी जवान बहिनी प्रार्थना गर्दै छिन्‌। तिनको ट्याबलेटमा विश्‍वासको कारण झ्यालखानामा परेका भाइबहिनीहरूबारे jw.org मा प्रकाशित लेख खुला देखिन्छ।

    चित्र ख

  • यस विवरणमा पावलले देखाएको साहसको तपाईँ के-कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये पावल पनि एक हुन्‌। यो अध्याय पढ्‌नुभएपछि यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

अझ धेरै जान्‍नुहोस्‌

प्रथम शताब्दीमा समुद्री यात्रा धेरै गरिन्थ्यो। सुसमाचार फैलिनुमा यसले कस्तो योगदान पुऱ्‍यायो, थाह पाउनुहोस्‌।

“समुद्रका जोखिममा” (w९९ ३/१५ पृ. २९-३१)

एल्डरहरूले कसरी पावलको सहनशीलता र आत्मत्यागी मनोभावको अनुकरण गरेका छन्‌, हेर्नुहोस्‌।

तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्‌—पावल (३:२२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने