प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शुक्रबार, अक्टोबर १६

त्यसको पछि नलाग, तिम्रो हृदय बहकिन नदेऊ; बरालिएर त्यसको बाटोमा नजाऊ।—हितो. ७:२५.

हितोपदेशको यस विवरणले यहोवाको उपासना गर्ने जो-कोही पनि पाप गर्ने प्रलोभनमा फस्न सक्ने सम्भावना हुन्छ भनेर देखाउँछ। गम्भीर पाप गर्ने व्यक्‍तिलाई सबै कुरा अचानक भयो जस्तो लाग्न सक्छ। तिनले यसो भन्‍न सक्छन्‌: “सबै कुरा यत्ति छिटो भयो कि मैले सोच्ने मौकै पाइनँ।” तर वास्तवमा राम्ररी सोच्ने हो भने आफूले चालेका गलत कदमहरूले गर्दा त्यस्तो पाप गर्न पुगेको हुँ भनेर तिनले थाह पाउने थिए। जस्तै: तिनले खराब साथी-सङ्‌गत रोजेका हुन सक्छन्‌। हानिकारक मनोरञ्जन छानेका हुन सक्छन्‌। साक्षीहरूलाई नसुहाउने वेबसाइट हेरेका वा प्रलोभनमा फस्न सक्ने ठाउँहरूमा गएका हुन सक्छन्‌। सायद तिनले प्रार्थना गर्न, बाइबल पढ्‌न, सभा जान वा साक्षीकार्यमा भाग लिन छोडेका हुन सक्छन्‌। हितोपदेशमा बताइएको केटाजस्तै तिनी पनि एकपछि अर्को गर्दै मूर्ख कदम चालेकोले नै पापमा फसेका हुन सक्छन्‌। हाम्रो लागि पाठ? हामी पाप गर्नदेखि मात्र होइन, त्यस पापसम्म डोऱ्‍याउने कदमहरू चाल्नदेखि पनि जोगिनुपर्छ। सुलेमानले त्यही कुरामा जोड दिँदै थिए।—मत्ति ५:२९, ३०. w२४.०७ पृ. १६ अनु. १०-११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६

शनिबार, अक्टोबर १७

हामीसित यो धन माटाका भाँडाहरूमा छ।—२ कोरि. ४:७.

यो धन के हो? जीवन बचाउने साक्षीकार्य। (२ कोरि. ४:१) अनि माटाका भाँडाहरूले केलाई बुझाउँछ? त्यसले परमेश्‍वरका सेवकहरूलाई बुझाउँछ, जसले अरूलाई सुसमाचार सुनाउँछन्‌। पावलको समयमा व्यापारीहरूले खानेकुरा, दाखमद्य र पैसाजस्ता बहुमूल्य कुराहरू ओसारपसार गर्न माटाका भाँडाहरू प्रयोग गर्थे। त्यसैगरि यहोवाले बहुमूल्य सुसमाचार हामीलाई सुम्पनुभएको छ। अनि हामी उहाँबाटै बल पाएर राज्य सन्देश सुनाइरहन सक्छौँ। हामीलाई साक्षीकार्यमा मानिसहरूले विरोध गर्ने हुन्‌ कि भनेर डर लाग्न सक्छ। हामी यस्तो चुनौतीको कसरी सामना गर्न सक्छौँ? प्रेषितहरूलाई साक्षीकार्य बन्द गर्ने आदेश दिइँदा तिनीहरूले गरेको प्रार्थना विचार गरौँ। डराएर पछि हट्‌नुको सट्टा तिनीहरूले प्रार्थनामा यहोवासित निर्भयी भएर बोलिरहन मदत मागे। यहोवाले तुरुन्तै तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। (प्रेषि. ४:१८, २९, ३१) साक्षीकार्यमा विरोधको सामना गर्नुपर्ला भनेर डर लागिरहेको छ भने मानिसहरूप्रतिको प्रेम बढाइदिनुहोस्‌ भनेर यहोवासित मदत माग्नुहोस्‌। यसले तपाईँलाई निर्भयी भएर सुसमाचार सुनाउन मदत गर्नेछ। w२४.०४ पृ. १६ अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६

आइतबार, अक्टोबर १८

हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।—मत्ति ६:९.

यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँको नाम पवित्र पार्न उत्प्रेरित हुन्छौँ। त्यसैले हामी सैतानले यहोवाबारे फैलाएका कुराहरू सरासर झूटा हुन्‌ भनेर अरूलाई बताउन चाहन्छौँ। (उत्प. ३:१-५; अय्यु. २:४; युह. ८:४४) साक्षीकार्यमा हामी मानिसहरूलाई यहोवा को हुनुहुन्छ र उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बताउन उत्सुक छौँ। यहोवाको प्रमुख गुण प्रेम हो, उहाँको शासन न्यायी छ, उहाँको राज्यले चाँडै सबै दुःखकष्ट हटाउनेछ र मानिसहरू सुख-शान्तिमा बस्न सक्नेछन्‌ भनेर सबैले थाह पाएको हामी चाहन्छौँ। (भज. ३७:१०, ११, २९; १ युह. ४:८) मानिसहरूलाई यी कुराहरू बताउँदा हामीले उहाँको नाम पवित्र पारिरहेका हुन्छौँ। हामीले यहोवाको साक्षी भन्‍ने नाम पाएका छौँ र त्यस नामअनुसार जीवन बिताउन पाएकोमा खुसी छौँ। w२४.०५ पृ. १८ अनु. १२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने