प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३५ पृ. १५८-१६१
  • तिनले आफूलाई परिवर्तन गर्न साहस देखाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले आफूलाई परिवर्तन गर्न साहस देखाए
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “तिनले परमप्रभु आफ्ना परमेश्‍वरको निगाह खोजे”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साँचो पश्‍चात्ताप भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • इस्राएलका राजाहरूबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३५ पृ. १५८-१६१

३५ मनस्से

तिनले आफूलाई परिवर्तन गर्न साहस देखाए

छापिएको संस्करण
छापिएको संस्करण

मनस्सेको जन्म यहोवाले गर्नुभएको एउटा चमत्कारले गर्दा मात्र सम्भव भएको थियो। सिकिस्त बिरामी भएर मर्नै लागेका राजा हिजकियाहलाई उहाँले निको पारिदिनुभएपछि मात्र तिनको छोरा मनस्से जन्मिएका थिए। दुःखको कुरा मनस्से १२ वर्षको छँदा हिजकियाहको मृत्यु भयो। त्यसपछि सानै उमेरमा मनस्से राजा भए। तर तिनले आफ्नो बुबाको असल उदाहरण भने पछ्याएनन्‌।

मनस्सेले एकदमै घिनलाग्दा कामहरू गरे। तिनले धेरै वर्षसम्म मूर्तिपूजा गरे, विभिन्‍न किसिमका तन्त्रमन्त्रमा भाग लिए, यहाँसम्म कि तिनले आफ्नै छोराहरूको समेत बलि चढाए। तिनको शासनकालमा जताततै हिंसा मच्चिएको थियो। तिनले पवित्र सहर यरुसलेममा निर्दोष मानिसहरूको रगत बगाए। त्यहाँका अरू मानिसहरूले पनि त्यसै गरिरहेका थिए। यो देखेर यहोवा रिसाउनुभयो र मनस्सेलाई चेतावनी दिन भविष्यवक्‍ताहरू पठाउनुभयो। तर तिनले यहोवाको कुरा सुन्‍न इन्कार गरे। तपाईँको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ: ‘मनस्से जस्तो खराब व्यक्‍ति पनि साहसको एउटा राम्रो उदाहरण हुन सक्छ र?’ आउनुहोस्‌, सँगै थाह पाऔँ।

तर एकदिन अचानक मनस्सेको जीवन परिवर्तन भयो। मनस्सेले यहोवाका भविष्यवक्‍ताहरूको चेतावनी बेवास्ता गरेकोले उहाँले अस्सेरियाली सेनापतिहरूलाई यहुदामाथि आक्रमण गर्न दिनुभयो। यसबारे बाइबल यसो भन्छ: “ती सेनापतिहरूले मनस्सेलाई अङ्‌कुसेहरूले पक्रे अनि तामाका दुई वटा नेल ठोकेर बेबिलोन लगे।” त्यसरी नेल ठोकिएको अवस्थामा बेबिलोनसम्म यात्रा गर्नुपर्दा तिनलाई धेरै पीडा भयो होला। साथै तिनले एकदमै लज्जित पनि महसुस गरे होलान्‌।

मनस्सेले निकै खराब कामहरू गरे तर यहोवाले तिनलाई परिवर्तन हुने मौका दिनुभयो

बेबिलोनको झ्यालखानामा छँदा मनस्सेले आफूले गरेका खराब कामहरूबारे गहिरिएर विचार गर्ने मौका पाए। तिनले कहिल्यै यतिसम्मको असहाय, एक्लो र आशाविहीन महसुस गरेका थिएनन्‌ होला। झूटा देवीदेवताहरूको उपासना गर्नु र आफ्नै छोराहरूलाई बलि चढाउनु कत्ति व्यर्थ रहेछ भनेर तिनले बुझेको हुनुपर्छ। तिनले आफूलाई परिवर्तन गर्नुपर्छ भनेर महसुस गरे। त्यसैले तिनले सबैभन्दा पहिला यहोवालाई प्रार्थना गरे। “तिनले आफ्ना पितापुर्खाका परमेश्‍वरसामु आफूलाई साह्रै नम्र तुल्याइरहे।” नतिजा कस्तो भयो? यहोवाले मनस्से परिवर्तन भएको देख्नुभयो र तिनको प्रार्थना सुन्‍नुभयो। तिनले आफूलाई नम्र बनाएकोले यहोवा पनि तिनको नजिक आउनुभयो। (भज. १३८:६) तिनले ‘आफ्ना परमेश्‍वर यहोवालाई’ प्रार्थना गरिरहे र कृपाको लागि बिन्ती गरिरहे।

मनस्सेले गरेका प्रार्थनाहरू सुनेपछि यहोवाले कस्तो महसुस गर्नुभयो? बाइबल भन्छ: “उहाँमा दया जाग्यो र उहाँले तिनको बिन्ती सुन्‍नुभयो।” यहोवाले तिनलाई कृपा देखाउनुभयो र “यरुसलेममा फर्काएर ल्याउनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो।” अब मनस्सेसामु आफू साँच्चै परिवर्तन भएको हो भनेर देखाउने एकदमै राम्रो मौका थियो।

यरुसलेम फर्केपछि मनस्सेको विश्‍वासको ठूलो जाँच भयो। जुन मानिसहरूलाई तिनले खराब काम गर्न उक्साएका थिए, अब त्यही मानिसहरूलाई यहोवाकहाँ फर्कन तिनले मदत गर्नुपर्ने थियो। के तिनीहरूले मनस्सेको कुरा स्विकार्ने थिए? यो प्रश्‍न मनस्सेको मनमा पनि आएको हुनुपर्छ तर तिनी त्यही चिन्तामा डुबेर बसेनन्‌। बरु तिनी साहसी भई आफ्ना गल्तीहरू सच्याउनतर्फ लागे। सुरुमा तिनले यरुसलेम सहरलाई शत्रुहरूदेखि जोगाउन एउटा पर्खाल बनाए। त्यसपछि तिनले यहोवाको मन्दिरमा र सहरभरि भएका झूटा देवीदेवताका मूर्तिहरू हटाइदिए। तिनले यहोवाको वेदी पनि मर्मत गरे र त्यसमा बलिहरू चढाउन थाले। साथै तिनले मानिसहरूलाई “इस्राएलका परमेश्‍वर यहोवाको उपासना गर्न हुकुम गरे।” तर यो काम सजिलो थिएन किनकि पहिला तिनी आफैले ती मानिसहरूलाई झूटा देवीदेवताहरूको उपासना गर्न लगाएका थिए। कुनै समय दुष्ट भनेर चिनिएका व्यक्‍ति अब भने साँच्चै परिवर्तन भएका थिए। मनस्सेको विवरणले हामीलाई यहोवाका सुन्दर गुणहरू सम्झन मदत गर्छ। यहोवा साँच्चै “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”—भज. ८६:५.

मनस्सेले मूर्तिहरूले भरिएको व्यस्त बजारमा यरुसलेमका मानिसहरूलाई यहोवाको उपासना गर्न भन्दै छन्‌। सिपाहीहरूले पवित्र खामो ढाल्दै छन्‌ र मूर्तिहरू फुटाउँदै छन्‌।

दुःखको कुरा मनस्सेले आफ्नो गल्तीले गर्दा निम्तिएका समस्याहरू पूर्ण रूपमा हटाउन सकेनन्‌। यहोवाले तिनलाई क्षमा दिनुभयो। तर तिनको शासनकालमा हत्या र हिंसा मच्चाएका दुष्ट मानिसहरूलाई भने उहाँले क्षमा दिनुभएन। किनकि ती मानिसहरूले पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गर्न चाहेनन्‌। मनस्सेको आफ्नै छोरा अमोनले समेत तिनको कुरा सुनेनन्‌ र खराब काम गरिनै रहे। तर मनस्सेको उदाहरणले तिनको नाति योसियाहमा भने राम्रो प्रभाव पऱ्‍यो। आफ्नो हजुरबुबाले आफूलाई नम्र तुल्याउन र पश्‍चात्ताप गर्न ठूलो साहस देखाएको कुरा ती सानो केटोलाई पक्कै थाह थियो। वर्षौँसम्म खराब काम गरेका मनस्सेले आफूमा ठूलो परिवर्तन ल्याए र मायालु बुबा यहोवाबाट क्षमा पाएको कुरामा विश्‍वस्त हुँदै बाँकी जीवन बिताए।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • २ राजा २१:१-२६

  • २ इतिहास ३३:१-२५

छलफल गर्नुहोस्‌:

मनस्सेले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. मनस्सेले ‘एमोरीहरूले भन्दा दुष्ट कामहरू गरे’ जो इस्राएलीहरूभन्दा पहिला कनानमा बसोबास गर्थे। यसबाट हामी मनस्सेबारे कस्तो कुरा थाह पाउन सक्छौँ? (२ राजा २१:११; w०० १०/१५ पृ. १६ अनु ५-६; gl पृ. १० अनु. ५, फुटनोट-wcgr)

  2. २. राजा मनस्से एक वास्तविक व्यक्‍ति थिए र तिनको शासनकालमा अस्सेरियालीहरू निकै शक्‍तिशाली थिए भनेर देखाउने कस्ता पुरातात्त्विक प्रमाणहरू छन्‌? (it “मनस्से” न. ४ अनु. २-wcgr) क

    © The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source

    चित्र क: अस्सेरियाका राजा एसरहद्दोनको समयको एउटा ढुङ्‌गामा “यहुदाका राजा मनस्से”-को नाम कुँदिएको छ

  3. ३. अस्सेरियालीहरूले बन्दीहरू पक्रन अङ्‌कुसे प्रयोग गर्थे भनेर हामी किन भन्‍न सक्छौँ? (२ इति. ३३:११; it “अङ्‌कुसे” अनु. ४-wcgr) ख

    भित्तामा कुँदिएको पुरातन चित्रमा अस्सेरियाली राजाले तीन जना कैदीलाई ओठमा अङ्‌कुसे लगाएका छन्‌। तिनले एक जना कैदीको आँखामा भालाले हानेर अन्धो बनाइदिएका छन्‌।

    चित्र ख: अस्सेरियालीहरूले ईसापूर्व आठौँ शताब्दीतिर भित्तामा कुँदेर बनाइएको चित्र

  4. ४. यहोवाले कुन अर्थमा यरुसलेमलाई “डोरीले” नाप्नुभयो र “साहुलले” जाँच्नुभयो? (२ राजा २१:१३; it “साहुल” अनु. २-wcgr)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • यस विवरणबाट हामी पश्‍चात्ताप गर्ने सन्दर्भमा कस्तो पाठ सिक्न सक्छौँ?

  • हुनत यहोवाले मनस्सेका गल्तीहरू क्षमा गर्नुभयो। तैपनि तिनले आफ्ना गल्तीहरूले निम्त्याएको दुःखदायी नतिजाहरू भने भोग्नुपऱ्‍यो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (यर्मि. १५:३-५) ग

    चित्रहरूको सँगालो: १. एक जवान भाइ रातको समयमा साथीहरूसित बियर खाएर गाडी चलाउँदै छन्‌। २. केही वर्षपछि ती भाइ ह्विलचेयरमा बसेर सभामा टिप्पणी दिँदै छन्‌। तिनको देव्रे हातभरि ट्याटु छ।

    चित्र ग

  • तपाईँ के-कस्ता तरिकामा मनस्सेजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा मनस्सेलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

मनस्सेको उदाहरणले एक जना भाइलाई यहोवाकहाँ फेरि फर्कन कसरी मदत गऱ्‍यो?

झ्यालखानामा मैले साँचो स्वतन्त्रता पाएँ (५:१०)

विगतमा आफूले गरेका गल्तीहरूले गर्दा अयोग्य महसुस गर्नुभएको छ भने यस विवरणले तपाईँलाई कसरी मदत गर्नेछ?

“तिनले परमप्रभु आफ्ना परमेश्‍वरको निगाह खोजे” (w११ ७/१ पृ. २४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने