१६ बाराक र दबोरा
“म तिमीसँग अवश्य जानेछु”
इस्राएलीहरूले यहोवाको विद्रोह गरेकोले कष्टकर जीवन बिताइरहेका थिए। यहोवाले पहिले नै चेतावनी दिनुभएझैँ उहाँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो। त्यतिबेला कनानमा राजा याबिनले शासन गरिरहेका थिए। तिनको सेनापतिको नाम सिसरा थियो, जो निकै क्रूर थिए। तिनीसित युद्धका लागि ९०० वटा ठूलठूला रथहरू थिए, जसका पाङ्ग्रामा धारिला हतियार जडान गरिएका हुन्थे।
सिसराका सेनाहरूले २० वर्षसम्म इस्राएलीहरूलाई अत्यन्तै थिचोमिचो गरे। कुनै सहरलाई आक्रमण गर्दा सम्भवतः उनीहरू त्यहाँका जवान स्त्रीहरूलाई बन्दी बनाउँथे र बलात्कार गर्थे। यस्तो भयावह अवस्थाले गर्दा मानिसहरू उजाडस्थानतिर भाग्थे अनि सहरहरू पनि खाली हुन्थे। थुप्रै इस्राएली पुरुषसित युद्धको लागि हातहतियार हुँदैनथ्यो। त्यसैले तिनीहरू आफूलाई जोगाउन सक्दैन थिए।
त्यही समयतिर दबोरा नाम गरेकी एक साहसी स्त्री यहोवाको भविष्यवक्ताको रूपमा काम गर्थिन्। उनले न्यायकर्ताको काम पनि गर्थिन् र मानिसहरू उनीकहाँ आफ्नो समस्या लिएर आउँथे। यहोवाले आफ्ना जनहरूको न्याय गर्न र तिनीहरूलाई जोगाउन दबोरामार्फत बाराक नाम गरेको एक जना व्यक्तिलाई नियुक्त गर्नुभयो अनि तिनलाई निर्देशन पनि दिनुभयो। कल्पना गर्नुहोस त, १० हजार पुरुष लिएर लडाइँको लागि तबोर डाँडामा जाऊ भनेर यहोवाबाट निर्देशन पाउँदा बाराक कत्ति अचम्ममा परे होलान्! यहोवाले तिनलाई सिसराको पूरै सेनामाथि विजयी तुल्याउने प्रतिज्ञा गर्नुभयो।
एउटी स्त्रीबाट निर्देशन पाउँदा बाराकले कस्तो प्रतिक्रिया देखाए? के तिनले घमण्डले फुलेर आनाकानी गरे? अहँ, गरेनन्। बरु तिनले दबोरा आफूसित आइन् भने मात्र युद्धमा जानेछु भने। तर यसको मतलब तिनको विश्वास कमजोर थियो भन्ने त होइन। पछि प्रेषित पावलले विश्वासी स्त्री र पुरुषको नाम लिँदा बाराकको नाम पनि समावेश गरे। (हिब्रू ११:१, २, ३२) वास्तवमा दबोरालाई आफू र आफ्ना मानिसहरूसँगै जान आग्रह गरेर बाराकले विश्वास देखाइरहेका थिए। यहोवाले दबोरालाई प्रयोग गर्दै हुनुहुन्छ भनेर तिनलाई थाह थियो। त्यसैले उनलाई सँगै लैजाँदा तिनले यहोवाबाट थप निर्देशन पाउन सक्थे। दबोराले पनि साहसी हुँदै यसो भनिन्: “म तिमीसँग अवश्य जानेछु।” बाराकले युद्धमा विजय हासिल गरे तापनि सिसरालाई मार्ने व्यक्ति बाराक वा कुनै पुरुष हुनेछैनन् भनेर पनि दबोराले बताइन्। त्यो काम यहोवाले एउटी स्त्रीलाई दिनुहुने थियो।
परमेश्वरले भन्नुभएअनुसारै बाराकले कदम चालिहाले। तिनले १० हजार साहसी पुरुष जम्मा गरे र हातहतियार थोरै भए तापनि तिनीहरूलाई युद्धको लागि तयार पारे। तिनले ती सेनालाई तबोर डाँडामा जम्मा गरे। यो विशाल डाँडा यिज्रेलमा अवस्थित थियो। यसको उचाइ लगभग ५६२ मिटर (१,८४४ फिट) थियो र यसको आकार घोप्टो परेको कचौराजस्तो देखिन्थ्यो। माथि डाँडाबाट दबोरा, बाराक र तिनको सेनाले सिसरा र तिनको सेना आउँदै गरेको देख्न सक्थे।
अब बाराकले के गर्ने थिए? यदि तिनले एक जना सेनापतिको रूपमा सोचेको भए तिनले सिसराको सेना तबोर डाँडामा नउक्लिउन्जेल पर्खने थिए र उक्लँदै गर्दा तिनीहरू सुस्ताएको बेलामा आक्रमण गर्ने थिए। तर बाराकलाई यो युद्ध लड्ने आफू होइन बरु यहोवा हुनुहुन्छ भन्ने कुरा थाह थियो। त्यसैले तिनले दबोराको कुरा सुने। दबोराले भनेझैँ तिनी डाँडाबाट झरे र आक्रमण गरे। बाराक र तिनको सेना खुला मैदानमा सिसरा र तिनको सेनामाथि जाइलागे।
एक न्यायकर्ता र भविष्यवक्ताले क्रूर सेनापति र रथहरूसहितको तिनको ठूलो सेनाको सामना गर्नुपऱ्यो
मानिसको दृष्टिकोणबाट हेर्ने हो भने तिनीहरूले युद्ध जित्न असम्भव जस्तो देखिन्थ्यो। तर यहोवाले तिनीहरूको साहस देख्नुभयो र मदत गर्न कदम पनि चाल्नुभयो। उहाँले सिसराको सेनामा गोलमाल मच्चाइदिनुभयो। त्यसपछि मुसलधारे पानी पऱ्यो र पूरै मैदान जलमग्न भयो। सिसराको सबै रथ दलदलमा फस्यो। सिसरा र तिनको सेनाको लागि सबैभन्दा ठूलो हतियार रथ नै थियो। तर अब भने त्यो केही कामको भएन। ती रथहरू विना नै उनीहरूले इस्राएलीहरूसित युद्ध लड्नुपर्ने भयो। सिसराको पूरै सेना तरबारले नाश भयो, एक जना पनि बचेन। सिसरालाई चाहिँ के भयो?
सिसराले आफ्नो ज्यान जोगाउन पूरै सेनालाई मर्नको लागि छोडिदिए र आफू भने रथबाट ओर्लेर भागे। तिनले आफू जोगिनेछु भनी सोचेका थिए। तर बाराक तिनको खोजीमा पछिपछि आउँदै थिए। यहोवाले यो सब हेरिरहनुभएको थियो र सिसरालाई कसरी नाश गर्ने भनेर योजना बनाइसक्नुभएको थियो।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
बाराक र दबोराले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. सिसराको शासनकालमा इस्राएलीहरूको जीवन कस्तो थियो? (w१५ ८/१ पृ. १३ अनु. १-wcgr)
२. इस्राएलका १२ जना न्यायकर्ताको सूचीमा प्राय दबोराको नाम किन उल्लेख गरिँदैन? (w८६ ६/१ पृ. ३१ अनु. ६-८-wcgr)
३. दबोरा कुन अर्थमा इस्राएलको ‘आमाझैँ’ थिइन्? (न्याय. ४:४, ५; ५:७; w१५ ८/१ पृ. १३ अनु. २-wcgr) क
चित्र क
चित्र क
४. दबोरा र बाराकले ‘ताराहरूले सिसराविरुद्ध’ लडाइँ गरे भनेर गीत गाउँदा के भन्न खोज्दै थिए? (न्याय. ५:२०; w०५ १/१५ पृ. २५ अनु. ५)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
बाराकले नम्र हुँदै एक वफादार स्त्रीबाट मदत स्विकारेका थिए। कुनै भाइले कसरी तिनको अनुकरण गर्न सक्छन्? ख
चित्र ख
बाराकलाई साथ दिन दबोरालाई किन साहस चाहिएको थियो? हामीलाई यस्तै साहस कुन बेला चाहिन्छ?
तपाईँ अन्य के-कस्ता तरिकामा बाराक र दबोराजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा बाराक र दबोरालाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
हामीले गरेको प्रयासको यहोवा मोल गर्नुहुन्छ भनेर यस विवरणले कसरी विश्वस्त बनाउँछ?
“तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्!” (w१७.०४ पृ. २८-३२)
बाराक र दबोराले देखाएको विश्वास, नम्रता र आज्ञाकारिताबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
“विश्वासद्वारा बाराकले एउटा शक्तिशाली फौजलाई परास्त गरे” (w०३ ११/१५ पृ. २८-३१)