प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. १७ पृ. ८२-८५
  • “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • नयाँ नाइके र दुई साहसी स्त्री
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दुइटी साहसी आइमाई
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • विश्‍वासद्वारा बाराकले एउटा शक्‍तिशाली फौजलाई परास्त गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “म तिमीसँग अवश्‍य जानेछु”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. १७ पृ. ८२-८५

१७ याएल

“स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित”

छापिएको संस्करण
छापिएको संस्करण

सिसरा एक सेनापति थिए। तैपनि तिनले आफ्नो सेनालाई त्यत्तिकै मर्नका लागि छोडिदिए। सिसरालाई इस्राएली सेनाले हराएको कुरा मानिलिन पक्कै गाह्रो भएको हुनुपर्छ। किनभने साधारण हातहतियार भएको इस्राएली सेनाले ९०० वटा ठूलठूला युद्धका रथ भएको तिनको विशाल र शक्‍तिशाली सेनालाई हराएको थियो। अब भने सिसरा आफ्नो ज्यान जोगाउनको लागि ठाउँ खोज्दै थिए। तिनी जसोतसो गरी केनी हेबेरको पालमा पुगे।

केनीहरूले इस्राएलीहरूसित सन्धि गरेका थिए। मोसाकी पत्नी पनि एक केनी थिइन्‌। त्यसैले मोसाको समयदेखि नै तिनीहरू र इस्राएलीहरूबीच राम्रो सम्बन्ध थियो। पहिला तिनीहरू फिरन्ते जीवन बिताउँथे तर त्यसदेखि यता भने तिनीहरू इस्राएलीहरूसितै बसोबास गर्न थाले। हेबेर भने अरू केनीहरूभन्दा फरक थिए। तिनले इस्राएलीहरूसित नभई कनानी राजा याबिनसित सन्धि गरेका थिए। त्यसैले याबिनको सेनापति सिसराले हेबेरको पालमा गए भने शरण पाउनेछु भन्‍ने सोचेको हुनुपर्छ। तर हेबेरकी पत्नी याएलको विचार भने फरक थियो। उनले इस्राएलीहरूलाई साथ दिने थिइन्‌।

याएल आफ्नो पालमै थिइन्‌। उनको पति भने त्यहाँ थिएनन्‌। सिसरा आफूकहाँ आउँदै गरेको देख्दा अब कस्तो कदम चाल्ने भनेर उनले तुरुन्तै सोच्नुपर्थ्यो। याएललाई सिसरा को थिए र तिनी कत्ति खतरनाक व्यक्‍ति थिए भन्‍ने कुरा पक्कै थाह हुनुपर्छ। तर उनलाई सिसरा कुनै पुरुषको नभई एउटी स्त्रीको हातबाट मारिनेछन्‌ भनेर दबोराले गरेको भविष्यवाणी थाह थिएन जस्तो देखिन्छ। तैपनि यहोवा आफूबाट के चाहनुहुन्छ भन्‍ने कुरा याएललाई राम्ररी थाह थियो। हामी किन त्यसो भन्‍न सक्छौँ?

याएल पाल बाहिर उभिँदै छिन्‌ र सिसरा तिनी भएतर्फ आउँदै छन्‌। पालभित्र काठको मुङ्‌ग्रो छ।

पछि दबोराले सिसरामाथि बाराकको विजयबारे एउटा गीत रचिन्‌। तिनले यस्तो गीत गाइन्‌: “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित हुन्‌ याएल, केनी हेबेरकी पत्नी; पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित हुन्‌ उनी।” केही आलोचकहरू याएल छली र दुष्ट स्त्री हुन्‌ भनी बताउँछन्‌। तर उनी यहोवाको पक्षबाट लड्‌ने एक साहसी स्त्री थिइन्‌। राहाबले झैँ उनले यहोवाको पक्ष लिइन्‌ र उहाँको शत्रुहरूको विरोध गरिन्‌। याएललाई सिसरा यहोवाको शत्रु हो र उनले सिसरालाई नाश गरेको उहाँ चाहनुहुन्छ भनेर थाह थियो। तर प्रश्‍न उठ्‌छ, उनले कसरी त्यसो गर्ने थिइन्‌?

सिसरा एक अनुभवी अनि बलियो योद्धा थिए। त्यसैले तिनीसित आमनेसामने लडेर जित्न असम्भव छ भनेर याएलले बुझेकी थिइन्‌। उनले सिसरालाई आफ्नो पालमा बोलाइन्‌ र आराम गर्न भनिन्‌। उनले तिनलाई कम्बल ओढाइदिइन्‌। सिसराले उनीसित पानी मागे अनि उनले दूध राखेको मशकबाट तिनलाई दूध पिउन दिइन्‌। सिसराले याएललाई पालको ढोकामा उभिरहन अनि कसैले आफूलाई खोज्दै आएमा तिनी त्यहाँ छैनन्‌ भनिदिन आग्रह गरे। त्यसपछि तिनी मस्त निदाए।

परमेश्‍वरले एक क्रूर योद्धालाई मार्न एउटी स्त्रीलाई चलाउनुभयो

कदम चाल्ने मौका यही हो भनेर याएलले बुझिन्‌। उनले साधारणतया प्रयोग गरिने पाल टाँग्ने किला र मुङ्‌ग्रो लिइन्‌। सायद ती काठबाट बनेका थिए। उनी मस्त निदाइरहेको सिसराको छेउमा बिस्तारै पुगिन्‌ अनि निहुरिएर तिनलाई प्रहार गर्न तयार भइन्‌। निसाना अलिकति मात्र चुकेको भए पनि सिसरा निद्राबाट ब्युँझन सक्थे र तिनको हातबाट याएलले दर्दनाक मृत्यु भोग्नुपर्ने हुन सक्थ्यो। तर याएलको निसाना चुकेन। उनले एकै झट्‌कामा सिसराको कन्चटमा किला ठोकिदिइन्‌ र त्यो किला वारपार भएर भुईँमै गाडियो। सिसरा उनको खुट्टानेर ढले र त्यहीँ मरे।

केहीबेरमै बाराक सिसरालाई खोज्दै त्यहाँ आइपुगे अनि याएल बाराकलाई भेट्‌न बाहिर निस्किन्‌। उनले यसो भनिन्‌: “आउनुहोस्‌, तपाईँले खोजिरहनुभएको मानिस म देखाइदिन्छु।” बाराक याएलसँगै पाल भित्र गए र दबोराले भनेको यो भविष्यवाणी आफ्नै आँखाले पूरा भएको देखे: “यहोवा परमेश्‍वरले सिसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।”

बाराक र दबोराले आफ्नो विजयगानमा याएलको प्रशंसा गरे। यसपछि कुनै पनि बाइबल विवरणमा याएलको नाम उल्लेख गरिएको हामी पाउँदैनौँ। तर आज ३ हजार २ सय वर्षभन्दा बढी समय बितिसक्दा पनि हामी उनको उदाहरणबाट राम्रो पाठ सिक्न सक्छौँ। हुनत परमेश्‍वरका सेवकहरू आज साँच्चैको हातहतियार प्रयोग गरेर युद्ध लड्‌दैनन्‌ तर आध्यात्मिक युद्ध भने लड्‌दै छन्‌। त्यसकारण हामीले याएलले जस्तै साहस देखाउनु पहिलेभन्दा झनै आवश्‍यक भएको छ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • न्यायकर्ता ४:९, ११, १७-२२; ५:२४-३१

छलफल गर्नुहोस्‌:

याएलले के-कस्ता तरिकामा साहस देखाइन्‌?

अनुसन्धान गर्नुहोस्‌

  1. १. सिसराले लडेको युद्ध र आरमागेडनको युद्धबीच के-कस्ता समानता छन्‌? (w१९.०९ पृ. ८-९ अनु. ३-६)

  2. २. याएलको पति हेबेरले इस्राएलीहरूको शत्रु कनानीहरूसित सन्धि गरेका थिए। तर तिनी इस्राएलीहरूसित भने कसरी सम्बन्धित थिए? (it “हेबेर” न. २-wcgr)

  3. ३. सिसरा र याबिनमाथि इस्राएलको जितले वर्षौँपछि पनि परमेश्‍वरका जनहरूको विश्‍वास कसरी बलियो बनायो? (w०८ १०/१ पृ. १८ अनु. १२-१५)

  4. ४. दबोराले याएलको प्रशंसा गरेको कुराबाट हामी कस्तो उल्लेखनीय पाठ सिक्न सक्छौँ? (w१५ ८/१ पृ. १५ अनु. ३-wcgr) क

दबोरा र बाराक विजयी गीत गाउँदै छन्‌ र अरू इस्राएलीहरू नाँच्दै र खैँजडी बजाउँदै छन्‌।

चित्र क

चित्र क

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • यदि कुनै बहिनीको पति यहोवाको उपासक होइनन्‌ भने उनले कस्तो अवस्थामा याएलले जस्तै साहस देखाउनुपर्ने हुन सक्छ?

  • याएल दबोराजस्तै भविष्यवक्‍ता वा बाराकजस्तै सिपाही त थिइनन्‌। तैपनि तिनले आफ्नो तर्फबाट सक्दो गरिन्‌। तिनको उदाहरणबाट हामीले आफ्नो सीमितताप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भनेर सिक्न सक्छौँ? ख

    चित्रहरूको सँगालो: १. एक वृद्ध बहिनी व्हिलचेयरमा छिन्‌ र तिनी कार्डमा केही लेख्दै छिन्‌। तिनी खाममा केही पैसा हाल्दै छिन्‌। २. एक दम्पती खुसी हुँदै त्यो कार्ड पढ्‌दै छन्‌।

    चित्र ख

  • तपाईँ अन्य के-कस्ता तरिकामा याएलजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा याएललाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

यस भिडियोमा याएलको उदाहरणबाट एक जवान बहिनीले अरूलाई साक्षी दिन कसरी प्रोत्साहन पाउँछिन्‌, हेर्नुहोस्‌।

डरपोकहरूको होइन, साहसीहरूको अनुकरण गर्नुहोस्‌!—मेरोजको बासिन्दाको होइन, याएलको (१:४०)

हामी याएलजस्तै बाइबलमा उल्लिखित अरू स्त्रीहरूबाट बहुमूल्य पाठहरू सिक्न सक्छौँ। तिनीहरूमध्ये केहीबारे पढ्‌नुहोस्‌।

“बाइबलमा उल्लिखित स्त्रीहरू—हामी उनीहरूबाट के सिक्न सक्छौँ?” (ijwbq लेख १६१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने