प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. १० पृ. ५२-५७
  • तिनले सही छनौट गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले सही छनौट गरे
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • ‘फारोकहाँ जाऊ’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • मोशा किन भाग्यो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. १० पृ. ५२-५७

१० मोसा

तिनले सही छनौट गरे

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

मोसा एक हिब्रू थिए। तिनलाई यो नाम तिनको हिब्रू आमाबुबाले नभई मिश्रकी राजकुमारीले राखिदिएकी थिइन्‌। ती राजकुमारीले मोसालाई आफ्नो छोरा बनाएकी थिइन्‌। मोसा नामको अर्थ “पानीबाट बचाइएको” भन्‍ने हो। यो नाम सुहाउँदो छ किनभने तिनले मोसालाई यसरी नै बचाएकी थिइन्‌। सायद उनले मोसा पछि गएर मिश्री राजपरिवारको एक प्रतिष्ठित व्यक्‍ति बन्‍नेछन्‌ भनेर आशा गरेकी थिइन्‌। साथै मोसाले सबैभन्दा राम्रो शिक्षादीक्षा पाएको देखेर उनी पक्कै खुसी थिइन्‌। बाइबल यसो भन्छ: “मिश्रीहरूको सारा विद्यामा मोसा निपुण भए।”

हुर्कँदै जाँदा तिनी एक प्रभावशाली व्यक्‍ति भए। “तिनी वचन र काम दुवैमा शक्‍तिशाली भए” भनी बाइबल बताउँछ। मिश्रमै बसेर तिनले नामदाम कमाउन सक्थे र आरामदायी जीवन बिताउन सक्थे। तर त्यस्ता कुराहरूको पछि लाग्यो भने यहोवालाई खुसी बनाउन सकिँदैन भनेर मोसाले बुझेका थिए। त्यसैले जीवनको यस मोडमा आइपुग्दा तिनले एउटा छनौट गर्नुपर्ने भयो।

मोसा ४० वर्षको हुँदा तिनको छनौट प्रस्ट भयो। बाइबल भन्छ: “विश्‍वासैले गर्दा मोसाले आफू हुर्किएपछि फारोकी छोरीको छोरा कहलाइन इन्कार गरे अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।” तिनले सही छनौट गरे र त्यसमा तिनको विश्‍वास र साहस देखियो। तर तिनले जीवनमा केही गल्तीहरू पनि गरे।

मोसाले इस्राएलीहरूलाई आफ्ना ‘भाइबन्धुको’ रूपमा हेर्थे। इस्राएलीहरूले मिश्रीहरूबाट दुर्व्यवहार भोगिरहेकोले मोसा तिनीहरूलाई मदत गर्न चाहन्थे। एकदिन तिनी आफ्ना भाइबन्धुहरूको अवस्था बुझ्न तिनीहरू भएतिर गए। तिनले एक हिब्रू दासलाई एक जना मिश्रीले कुटिरहेको देखे। सायद ती हिब्रू दास ती मिश्रीकै खटनमा काम गर्थे। के मोसाले ती मिश्रीलाई रोक्न खोजे? त्यो त हामीलाई थाह छैन। जेहोस्‌ मोसाले “यताउता हेरे” तर वरपर कसैलाई पनि नदेखेपछि तिनले “त्यस मिश्रीलाई मारे।” के मोसाको मनसाय तिनलाई मार्नु थियो? अथवा रिसको झोकमा बेस्सरी हिर्काउन पुगेकोले मरेका हुन्‌ कि? बाइबलमा त्यसबारे बताइएको छैन। तर यसबारे अरूले थाह पाए भने आफ्नो ज्यान खतरामा पर्न सक्छ भनेर मोसालाई थाह थियो। त्यसैले तिनले त्यो लास बालुवामा पुरिदिए।

एक मिश्रीले हिब्रू दासलाई नराम्ररी कुटिरहेको मोसा हेर्दै छन्‌।

भोलिपल्ट मोसा फेरि आफ्ना भाइबन्धुलाई हेर्न गए। तिनले दुई जना हिब्रू आपसमा झगडा गरिरहेको देखे र तिनीहरूलाई रोक्न खोजे। तर गल्ती गर्ने दासले मोसालाई यसो भने: “तिमी कहिलेदेखि हाम्रो राजा र न्यायकर्ता भयौ? त्यो मिश्रीलाई मारेझैँ कतै तिमी मलाई पनि मार्ने सुरमा त छैनौ?” यो सुनेर मोसाको आङै सिरिङ्‌ङ भयो। आफूले एक मिश्रीलाई मारेको कुरा सबैलाई थाह भइसक्यो र अब आफ्नो ज्यान पनि खतरामा छ भनेर तिनी डराए।

कुनै पनि कुरा मोसाले आशा गरेजस्तो भएन। तिनले के आशा गरेका थिए? बाइबल भन्छ: “परमेश्‍वरले आफूमार्फत तिनीहरूको उद्धार गर्न लाग्नुभएको छ भनेर आफ्ना भाइहरूले बुझ्लान्‌ भन्‍ने आशा मोसाले गरेका थिए तर तिनीहरूले बुझेनन्‌।” परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउन आफूलाई रोज्नुभएको छ भनेर मोसाले सोचेका थिए जस्तो देखिन्छ। तर इस्राएलीहरूलाई छुटाउन यहोवाको समय आइसकेको थिएन भनेर मोसाले बुझेनन्‌। अनि इस्राएलीहरूले त्यस्तो नकारात्मक प्रतिक्रिया देखाउलान्‌ भनेर पनि तिनले आस गरेका थिएनन्‌। इस्राएलीहरूले समेत मिश्री राजघरानामा हुर्केका यी हिब्रूलाई भरोसा गर्न सकेनन्‌।

मोसाले धनसम्पत्ति र मानसम्मान रोज्ने थिए कि यहोवाका मानिसहरूलाई साथ दिने थिए?

मोसालाई आफू इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउन तयार भइसकेँ जस्तो लागेको थियो। तर यहोवाको नजरमा तिनी यस कामको लागि अझै योग्य भइसकेका थिएनन्‌। हुनत हो, तिनी साहसी थिए, बलिया थिए साथै ‘वचनमा शक्‍तिशाली थिए।’ तर तिनले एउटा महत्त्वपूर्ण गुण विकास गर्न बाँकी नै थियो। त्यो हो, नम्रता।

मोसाले रिसको झोकमा एक मिश्रीलाई मारेका थिए र त्यो कुरा फारोले पनि थाह पाए। फारो कारण बुझ्ने प्रयासै नगरी मोसालाई मार्न सुरिए। त्यसैले मोसा मिश्रबाट भागेर धेरै टाढा मिद्यानीहरूको देशमा गए। तिनी मानसम्मान, धनसम्पत्ति सबै छोडेर त्यो बिरानो ठाउँमा जान बाध्य भए। त्यसको लागि तिनलाई कत्ति धेरै साहस चाहियो होला! त्यस बन्जर भूमिमा तिनले दशकौँ बिताउने थिए। तिनी ‘त्यस विदेशी भूमिमा प्रवासी भएर बस्ने’ थिए। त्यहाँ तिनको जीवन कस्तो हुने थियो? के तिनी साहसी भइरहने थिए? के तिनी यहोवाले चाहनुभएजस्तो नम्र मानिस बन्‍न सक्ने थिए? अब हेरौँ।

मोसा डराएर मिश्रबाट भाग्दै छन्‌ र बेलाबेलामा पछाडि फर्केर हेर्दै छन्‌।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • प्रस्थान २:११-२२

  • प्रेषित ७:२२-२९

  • हिब्रू ११:२४-२६

छलफल गर्नुहोस्‌:

जीवनको यस घडीमा मोसाले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए भनेर बाइबलमा बताइएको छ। यसको कस्तो पुरातात्त्विक प्रमाण छ? (w२०.०३ पृ. ३०) क

    पुरातन मिश्री लेखोटका टुक्राहरू।

    Courtesy Brooklyn Museum, gift of Theodora Wilbour

    चित्र क: दासहरूको सूची भएको पुरातन मिश्री लेखोटका यी टुक्राहरूमा ४० वटाभन्दा धेरै हिब्रू नाम छ; यसले इस्राएलीहरू मिश्रमा दास थिए भन्‍ने कुराको सङ्‌केत दिन्छ

  2. २. मोसाले आफ्ना आमाबुबाबाट के सिके अनि पछि मिश्री राजदरबारमा हुर्कँदा कस्तो शिक्षा पाए? (प्रेषित ७:२२; w०२ ६/१५ पृ. १० अनु. २-५)

  3. ३. मिश्रीहरू मृतकहरूको अन्तिम संस्कार कसरी गर्थे? मोसाले एक जना मिश्रीलाई मारेर त्यत्तिकै बालुवामा पुरिदिएको थाह पाउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाएका हुन सक्छन्‌? (it “मिश्र, मिश्री” अनु. २८-wcgr) ख

    सङ्‌ग्रहालयमा प्रदर्शनमा राखिएको मिश्री मम्मी।

    चित्र ख: लेप लगाएर संरक्षित गरिएको एक मिश्रीको शव (मम्मी)

  4. ४. मोसा भागेर मिद्यानमा गए। इस्राएलीहरू अनि मिद्यानीहरूबीच कस्तो सम्बन्ध थियो? (it “मिद्यान” न. २ अनु. १-२-wcgr)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • आफ्नो रिस काबूमा राख्नेबारे तपाईँ मोसाबाट के सिक्न सक्नुहुन्छ?

  • करिअर रोज्ने सन्दर्भमा युवाहरू कसरी मोसाजस्तै साहसी हुन सक्छन्‌? ग

    चित्रहरूको सँगालो: हाइस्कुलमा पढिरहेका एक भाइ भविष्यमा के गर्ने भनेर गहिरिएर सोचिरहेका छन्‌। १. तिनी हवाईजहाज डिजाइन गर्ने कम्पनीमा ठूलो पोस्टमा काम गरिरहेको कल्पना गर्छन्‌। २. तिनी “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिकाबाट एक जना पुरुषलाई अध्ययन गराइरहेको कल्पना गर्छन्‌।

    चित्र ग

  • यस विवरणमा मोसाले देखाएको साहस तपाईँ अन्य कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा मोसालाई तिनले मिश्र र मिद्यानमा बिताएको जीवनबारे के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

हामी कसरी मोसाले जस्तै आत्मत्यागी मनोभाव देखाउन सक्छौँ, हेर्नुहोस्‌।

विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—मोसाको, फारोको होइन (२:२७)

यहोवाको सेवा गर्न मोसाले मिश्रको सुखसुविधा त्यागे। के आज हामीले पनि त्यसो गर्न सम्भव छ?

उज्ज्वल भविष्य हुने करिअर छानौं (४:५८)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने