२ नुह
तिनले संसारलाई दोषी ठहराए
हनोकको मृत्युपछि पृथ्वीको अवस्था झनै बिग्रियो। स्वर्गमा केही स्वर्गदूतहरू परमेश्वरको विरुद्धमा उठे। तिनीहरूले पृथ्वीका स्त्रीहरूतर्फ नजर लगाउन थाले र उनीहरूसित अवैध यौनसम्बन्ध राख्न चाहे। त्यसैले मानव रूप धारण गरेर पृथ्वीमा आए र तिनीहरूले आफूलाई राम्रो लागेका सबै स्त्रीहरूलाई आफ्नो पत्नी बनाए। ती स्वर्गदूत र मानिसहरूबाट जन्मिएका सन्तान हिंस्रक र अजङ्गका थिए र तिनीहरू नपिल भनेर चिनिन्थे। त्यसपछि त मानिसहरू झन्झन् भ्रष्ट हुँदै गए। परमेश्वरले बनाउनुभएको सुन्दर सृष्टि अर्थात् मानिसहरू उहाँको नजरमा खस्किए। तर एक जना व्यक्ति भने भिन्नै थिए। तिनी हनोकका पनाति नुह हुन्।
नुह हनोकजस्तै धर्मी व्यक्ति थिए। त्यसैले बाइबलमा तिनीबारे यसो भनिएको छ: “[नुह] साँचो परमेश्वरसित हिँड्थे।” (उत्प. ६:९, फुटनोट) पछि तिनले विवाह गरे अनि तिनी र तिनकी पत्नीले आफ्ना तीन छोराहरूलाई पनि यहोवाको आज्ञा पालन गर्न सिकाए। यसले गर्दा तिनको परिवार अरू मानिसहरूभन्दा भिन्नै देखिन्थ्यो।
एकदिन यहोवाले नुहलाई पृथ्वीको सबै दुष्ट मानिसहरूलाई नाश गर्ने आफ्नो निर्णयबारे बताउनुभयो। तर उहाँ धर्मी मानिसहरूलाई भने जोगाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले तिनलाई एउटा ठूलो जहाज बनाउन भन्नुभयो। यहोवाले अब चाँडै ठूलो जलप्रलय ल्याउन लाग्नुभएको थियो। तर नुहले आफ्नो जीवनकालमा जलप्रलय आएको कहिल्यै देखेका थिएनन् अनि त्यस्तो जहाज पनि कहिल्यै बनाएका थिएनन्। तर नुहले यहोवामाथि भरोसा राखे र आफ्नो काम थाले।
नुहका शत्रुहरूले तिनको सन्देश सुनेनन् र जहाज बनाउने काम रोक्न खोजे
यो काम गर्न नुह र तिनको परिवारलाई निकै साहस चाहिएको थियो। किनभने मानिसहरूले तिनीहरूलाई हाँसोमा उडाएका हुन सक्छन्। कसै-कसैले त तिनीहरूको काम रोक्न समेत खोजेका हुन सक्छन्। त्यसमाथि मानव रूप धारण गरेका दुष्ट स्वर्गदूतहरू निकै शक्तिशाली थिए र तिनीहरूका सन्तानहरूले पनि निकै आतङ्क मच्चाइरहेका थिए। तर नुह, तिनकी पत्नी र तिनका तीन छोरा-बुहारीहरूले भने यहोवाको आज्ञा मानिरहे। जम्मा आठ जनाको त्यो परिवार लगभग ५० वर्षसम्म जहाज बनाउने काममा लागिरह्यो।
त्यतिबेला नुहले जहाज बनाउने काम मात्र गरिरहेका थिएनन्। बाइबलमा तिनलाई “धार्मिकताबारे प्रचार गर्ने नुह” भनेर चिनाइएको छ। परिवारको शिरको रूपमा तिनले आउँदै गरेको विपत्तिबारे चेतावनी दिने काममा नेतृत्व लिए। तर तिनको परिवारबाहेक अरू कसैले पनि तिनको कुरा सुनेनन्, तिनका आफन्तहरूले समेत। ती मानिसहरूले आफ्नो खराब काम त्याग्न चाहेनन्। परमेश्वरमाथि बलियो विश्वास राखेका नुह र त्यतिबेलाका अरू मानिसहरूबीच आकाश-जमिनको फरक थियो। त्यसैले बाइबलमा नुहबारे यसो भनिएको छ: “यही विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए।”
आखिरमा जहाज बनाउने काम पनि सकियो। त्यसपछि नुह र तिनको परिवार आफ्नो लागि र जनावरहरूको लागि खानेकुरा र अरू चिजको बन्दोबस्त मिलाउन व्यस्त भए। त्यतिबेला एउटा अचम्मको घटना घट्यो! सबै किसिमका जनावरहरू नुहको जहाज भएतिर ओइरिन थाले अनि ‘जोडी-जोडी गरी जहाजभित्र नुहकहाँ गए।’
परमेश्वरले नुह र तिनको परिवारलाई जहाजभित्र जान भन्नुभयो। किनकि अबको सात दिनमा पानी पर्न सुरु हुने थियो। कल्पना गर्नुहोस् त, नुह र तिनको परिवार छुटपुट सामानहरू जहाजभित्र हाल्न र सबै कुरा ठाउँ-ठाउँमा मिलाएर राख्न कत्ति व्यस्त भए होलान्! सायद मानिसहरूले तिनीहरूको झन् धेरै खिल्ली उडाउन थाले। तर नुहको परिवार सबै काम सिद्ध्याएर जहाजभित्र छिरेपछि यहोवाले नै जहाजको ढोका बन्द गरिदिनुभयो। यो देखेर गिल्ला गर्नेहरूको मुखमा बुजो लाग्यो। त्यसपछि मुसलधारे पानी बर्सन थाल्यो। अनि ४० दिनसम्म पानी परि नै रह्यो। पानी बढ्दै गएर अग्ला-अग्ला पर्वतहरूसमेत चुर्लुम्मै डुबे। यसरी यहोवाले पृथ्वीका दुष्ट मानिसहरूलाई नाश गर्नुभयो।
नुह र तिनको परिवार जहाजभित्र एक वर्षभन्दा लामो समय बसे। बाहिर भने बिस्तारै पानी घट्दै थियो। एकदिन जहाज एउटा डाँडामा गएर अडियो। त्यसपछि यहोवाले नुहलाई जहाजबाट निस्कन भन्नुभयो। नुहको परिवार जहाजबाट निस्केपछि यहोवालाई भेटी चढाए। किनभने यहोवाले तिनीहरूको ज्यान जोगाउनुभएकोमा तिनीहरू कृतज्ञ थिए।
त्यसपछि यहोवाले मानिसहरूलाई कहिल्यै पनि जलप्रलय ल्याएर नाश नगर्ने प्रतिज्ञा गर्नुभयो। त्यसको चिन्हस्वरूप आकाशमा इन्द्रेनी देखा पऱ्यो। नुह र तिनको परिवारले साहस देखाएकोमा र त्यतिबेलाका दुष्ट मानिसहरूभन्दा भिन्न रहेकोमा हामी कृतज्ञ छौँ। किनभने तिनीहरूले गर्दा नै हामीले जीवन देख्न पायौँ।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
नुहले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. जलप्रलयअघिको संसार कस्तो थियो? (w०२ ३/१ पृ. ५ अनु. ३–पृ. ६ अनु. ४)
२. यहोवाले जहाज बनाउने आज्ञा कहिले दिनुभयो? पानी ठ्याक्कै कहिले पर्छ भनेर परमेश्वरले नुहलाई कहिले बताउनुभयो? (w१२ ४/१५ पृ. २३ अनु. ५-८)
३. जलप्रलय साँच्चै भएको थियो भनेर हामी किन भन्न सक्छौँ? (ijwbq लेख १५६ अनु. २-५, पेटी) क
Historic Collection/Alamy Stock Photo
चित्र क: एउटा हिन्दू किंवदन्तीअनुसार मनु नाम गरेका मानिसले विशाल बाढीबाट जोगिन एउटा ठूलो जहाज बनाए। बाढीपछि तिनले बलि चढाए र मानिसजातिको पुर्खा बने।
४. जलप्रलय आएको लगभग १०० वर्षपछि कस्तो घटना घट्यो? त्यो देख्दा वृद्ध भइसकेका नुहलाई कस्तो लागेको हुनुपर्छ? (it “नुह” न. १ अनु. १२-wcgr) ख
चित्र ख
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
नुहको समय र हाम्रो समयबीच कस्तो समानता छ? (मत्ति २४:३६-३९)
नुहको उदाहरणबाट तपाईँ यी कुराहरूबारे के सिक्न सक्नुहुन्छ?
राम्ररी योजना बनाउनेबारे ग
चित्र ग
मेहनती हुनेबारे घ
चित्र घ
धीरजी हुनेबारे ङ
चित्र ङ
तपाईँ कसरी नुहजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा नुहलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
एक जना बुबाले नुहको उदाहरण अनुकरण गर्न कस्तो प्रयास गर्छन्, हेर्नुहोस्।
विश्वास देखाएकाहरूको अनुकरण गर्नुहोस्, नदेखाएकाहरूको होइन—नुहको, तिनका छिमेकीहरूको होइन (२:५७)
छोराछोरीलाई नुहको उदाहरणबाट सिकाउनुहोस्।