प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. १ पृ. १६-१९
  • तिनी परमेश्‍वरसित हिँडे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी परमेश्‍वरसित हिँडे
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “तिनले परमेश्‍वरलाई खुसी पारेका थिए”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हनोक—विरोधको बावजूद निडर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. १ पृ. १६-१९

१ हनोक

तिनी परमेश्‍वरसित हिँडे

छापिएको संस्करण
छापिएको संस्करण

हनोकले कहिलेकाहीँ एक्लो महसुस गरेका हुन सक्छन्‌। तिनी आफू वरपरका मानिसहरूभन्दा बिलकुलै फरक थिए। बाइबलमा तिनको समयका मानिसहरूमध्ये तिनीबारे मात्र यसो भनिएको छ: “हनोक . . . साँचो परमेश्‍वरसित हिँडिरहे।” (उत्प. ५:२२, फुटनोट) तर एक जना साधारण मानिस परमेश्‍वरसित हिँड्‌न कसरी सम्भव भयो? अनि तिनको उदाहरणबाट साहसी हुनेबारे हामी के सिक्न सक्छौँ?

हनोक कम्तीमा पनि दुई वटा तरिकामा साँचो परमेश्‍वरसँगै हिँडे। पहिलो, तिनी आफ्नो समयका मानिसहरूजस्तो खराब भएनन्‌। तिनी आदम र हव्वापछि सातौँ पुस्ताका मानिस थिए। आदम त्यतिबेलासम्म जीवितै थिए तर निकै वृद्ध भइसकेका थिए। (“कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म” भन्‍ने समयरेखा हेर्नुहोस्‌।) त्यतिबेलासम्म प्रायजसो सबै मानिस नै आदम र हव्वाजस्तै विद्रोही भइसकेका थिए। तिनीहरूको छोरा कयिनले आफ्नै भाइ हाबिललाई मारे। कयिनका केही सन्तानहरू पनि तिनीजस्तै वा तिनीभन्दा पनि हिंस्रक भए। (उत्प. ४:२३, २४) तर हनोकले भने साहस देखाए। तिनी आफ्नो समयका मानिसहरूजस्तो हिंस्रक भएनन्‌। त्यस्तो माहोलमा पनि तिनी शान्तिप्रिय मानिस भनेर चिनिए र तिनलाई देखेर परमेश्‍वर असाध्यै खुसी हुनुभयो।

हनोक जन्मनुभन्दा धेरै वर्षअघिदेखि नै “मानिसहरूले यहोवा परमेश्‍वरको नाम पुकार्न” थालेका थिए। (उत्प. ४:२६) तर तिनीहरूले यहोवाको नाम अनादर हुने तरिकामा प्रयोग गरे जस्तो देखिन्छ। हनोक भने यहोवाको पवित्र नामलाई प्रेम गर्थे र त्यसको गहिरो आदर गर्थे। त्यसैले तिनले त्यतिबेलाका मानिसहरूको लहलहैमा लागेर यहोवाको नामको अनादर गरेनन्‌।

हनोकको सन्देश सुनेर मानिसहरूले तिनलाई मार्न खोजे तर यहोवाले तिनलाई जोगाउन कदम चाल्नुभयो

हनोक यहोवासित हिँडेको दोस्रो तरिका हो, तिनले उहाँले अह्राउनुभएको काम पूरा गरे। त्यो काम गर्न तिनलाई झन्‌ धेरै साहस चाहिएको थियो। तिनले परमेश्‍वरको भविष्यवक्‍ताको रूपमा त्यतिबेलाका भ्रष्ट मानिसहरूलाई उहाँको सन्देश सुनाउनुपर्ने थियो। त्यो सन्देश यस्तो थियो: “हेर, यहोवा परमेश्‍वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित सबैलाई दण्ड दिन, भक्‍तिहीनहरूलाई तिनीहरूले परमेश्‍वरविरुद्ध खडा भएर गरेका सबै भक्‍तिहीन कामको निम्ति दोषी ठहराउन अनि भक्‍तिहीन पापीहरूलाई तिनीहरूले उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।”

हनोक व्यस्त बजारमा मानिसहरूलाई न्यायको सन्देश सुनाउँदै छन्‌। केही मानिसहरू रिसले चूर भएका छन्‌ र कसै-कसैको हातमा हतियार पनि छ।

याद गर्नुहोस्‌, हनोकले मानिसहरूलाई परमेश्‍वरको सन्देश सुनाउँदा त्यो पूरा भइसकेको जस्तोगरि सुनाए। यसले तिनले सुनाएको न्यायको सन्देश पक्कै पूरा हुन्छ भन्‍ने कुराको ग्यारेन्टी दियो। त्यो न्यायको सन्देश निकै कडा थियो। तिनले “भक्‍तिहीन” भन्‍ने शब्द नै तीन-तीन चोटि प्रयोग गरे। तिनको यस्तो सन्देश सुनेर त्यतिबेलाका मानिसहरू पक्कै पनि रिसले मुरमुरिएका हुन सक्छन्‌। तैपनि तिनले साहसी हुँदै यहोवाको सन्देश सुनाइरहे।

ती हिंस्रक मानिसहरूले हनोकसित कस्तो व्यवहार गरे भनेर बाइबलमा बताइएको छैन। तर तिनको ज्यान खतरामा थियो भन्‍ने सङ्‌केत भने पाइन्छ। बाइबलमा यस्तो लेखिएको छ: “त्यसपछि कसैले तिनलाई कहिल्यै देखेन। किनकि परमेश्‍वरले तिनलाई लैजानुभयो।” त्यतिबेलाका दुष्ट मानिसहरूले हनोकलाई धेरै सताएका हुन सक्छन्‌। तर यहोवाले तिनलाई मानिसहरूको हातबाट मर्न वा दुःख भोग्न दिनुभएन। बरु उहाँले आफ्नो प्यारो मित्रलाई त्यस्ता खतराहरूबाट जोगाउन मृत्युको चिर निद्रामा पार्नुभयो। यसरी तिनी यहोवाको सम्झनामा सुरक्षित रहने थिए र त्यहाँ तिनलाई कसैले पनि हानि पुऱ्‍याउन सक्ने थिएन।

तर “[हनोकलाई] अर्कै ठाउँमा सार्नुअघि तिनले आफूले परमेश्‍वरलाई असाध्यै खुसी पारेको छु भन्‍ने साक्षी” पाए। यो एउटा विशेष उपहार थियो! यहोवाले हनोकलाई दर्शनमार्फत तिनको भविष्य कस्तो हुनेछ भनेर देखाउनुभएको हुन सक्छ। तिनले सुन्दर पृथ्वीमा शान्तिमय जीवन बिताउन पाउने थिए। मृत्युको चिर निद्रामा पर्नुअघि हनोक यस कुरामा पक्का थिए: यहोवा तिनलाई माया गर्नुहुन्छ र तिनले देखाएको बलियो विश्‍वास र साहसको लागि इनाम दिनुहुनेछ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति ५:२१-२४

  • हिब्रू ११:५

  • यहुदा १४, १५

छलफल गर्नुहोस्‌:

हनोकले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. मानिसहरूले कुन अर्थमा “यहोवा परमेश्‍वरको नाम पुकार्न” थालेका हुन सक्छन्‌? (उत्प. ४:२६; w०१ ९/१५ पृ. २९ अनु. ३)

  2. २. हनोक परमेश्‍वरको पहिलो भविष्यवक्‍ता थिए। तिनले कस्तो जिम्मेवारी पाए र तिनले आफ्नो जिम्मेवारी कसरी पूरा गर्न सके? (w०१ ९/१५ पृ. ३१ अनु. ५)

  3. ३. भविष्यवक्‍ताको काम थाल्नुअघि नै आफू अझ साहसी हुनुपर्छ भन्‍ने कुरा हनोकलाई थाह भएको हुनुपर्छ, किन? (w०६ १०/१ पृ. १९-२० अनु. १३-१४) क

    चित्रहरूको सँगालो: हनोक आफ्ना पुर्खाहरूसित सम्बन्धित केही घटनाहरूबारे मनन गर्दै छन्‌। १. अदनको बगैँचालाई दुई जना करूबहरूले पहरा दिइरहेका छन्‌ र बीचमा ज्वालामय तरबार पनि छ। २. वृद्ध भइसकेका आदम र हव्वा। ३. कयिन आफ्ना भाइ हाबिललाई मारेर छेवैमा उभिरहेका छन्‌।

    चित्र क

  4. ४. हनोकलाई स्वर्ग लगिएको थिएन भनेर तपाईँ कसरी बुझाउन सक्नुहुन्छ? (युह. ३:१३; हिब्रू ११:५, १३)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • हामीलाई कस्तो अवस्थामा साक्षी दिन अझ धेरै साहस चाहिन सक्छ? हनोकको उदाहरणबाट हामी कस्तो मदत पाउन सक्छौँ? ख

    ग्यारेजमा काम गर्ने एक भाइ रिसाहाजस्तो देखिने सहकर्मीलाई सभाको निम्तो दिन जाँदै छन्‌। अरू सहकर्मीहरू तिनलाई हेरेर हाँसिरहेका छन्‌।

    चित्र ख

  • हामी साहसी भई यहोवासित हिँड्यौँ भने उहाँलाई कस्तो लाग्छ? (हितो. २७:११; हिब्रू ११:५)

  • तपाईँ कसरी हनोकजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा हनोकलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

हिंस्रक मानिसहरूमाझ बस्नुपर्दा तपाईँलाई हनोकको उदाहरणले कसरी मदत गर्न सक्छ?

विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—हनोकको, लेमेकको होइन (२:५३)

हनोकलाई विश्‍वास विकास गर्न केले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌।

“अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌” (w०५ ९/१ पृ. १३-१७)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने