येसुबाट सिक्नुहोस्
परमेश्वरबारे सिक्न समय निकाल्नुहोस्
परमेश्वरबारे सिक्न र उहाँको मित्र बन्नको लागि समय छुट्ट्याउनुभयो भने तपाईँको जीवन अझै अर्थपूर्ण हुनेछ। यसो गर्दा तपाईँले आफ्नो आध्यात्मिक आवश्यकता पूरा गरिरहनुभएको हुनेछ। यस विषयमा येसुले के भन्नुभयो, विचार गरौँ।
येसुले के भन्नुभयो?
“आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्।”—मत्ति ५:३.
हामी सबै यस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन चाहन्छौँ: जीवनको उद्देश्य के हो? हामी किन यत्ति धेरै दुःखकष्ट भोग्छौँ? मृत्युपछि के हुन्छ? आनन्दित हुनको लागि यी प्रश्नहरूको जवाफ थाह पाउनु आवश्यक छ।
“मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवाa परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।”—मत्ति ४:४.
जसरी हामीलाई भौतिक खानेकुरा नभई हुँदैन त्यसरी नै हामीलाई आध्यात्मिक खानेकुरा पनि जरुरी छ। आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्न हामी सधैँ परमेश्वरमा भर पर्नुपर्छ भनेर येसुले स्पष्ट पार्नुभयो।
“तपाईँको वचन सत्य हो।”—युहन्ना १७:१७.
हाम्रो आध्यात्मिक आवश्यकता पूरा गर्न परमेश्वरले चलाउनुहुने मुख्य माध्यम उहाँको वचन बाइबल नै हो भनेर येसुले बताउनुभयो।
हामी तपाईँलाई परमेश्वरको लागि समय छुट्ट्याउन अनि आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्न प्रोत्साहन दिन्छौँ। यसो गर्दा तपाईँले साँचो आनन्द पाउन सक्नुहुन्छ। तपाईँलाई मदत गर्ने केही सामग्री यी हुन्:
निश्शुल्क बाइबल पढ्नुहोस्।
एक जना यहोवाको साक्षीसित निश्शुल्क बाइबल अध्ययन गर्नको लागि अनुरोध गर्नुहोस्।
a साँचो ईश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।