साहसी भई परमेश्वरसित हिँड्नुहोस्-को लागि स्रोत सामग्री—भाग १
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्याय २
तिनले संसारलाई दोषी ठहराए
it “नुह” न. १ अनु. १२
नुह
निम्रोदको विद्रोह। नुह जलप्रलयपछिको पहिलो कुलपिता थिए। (उत्प १०:१-३२) तिनको समयमा निम्रोदले शासन गरेका थिए। निम्रोदको शासनकालमा मानिसहरूले फेरि झूटो धर्म सुरु गरे। तिनीहरूले “पृथ्वीमा यताउता छरिएर” बस्नुपर्ला भन्ने डरले “स्वर्गसम्मै पुग्ने एउटा धरहरा” बनाएर विद्रोह सुरु गरे। यो “पृथ्वीमा भरिँदै जाओ” भन्ने परमेश्वरको आज्ञाविपरीत थियो। साथै यसो गरेर तिनीहरूले परमेश्वरको भविष्यवक्ता नुहको पनि विद्रोह गरिरहेका थिए। नुहको मृत्यु अब्राहामको जन्म हुनुभन्दा दुई वर्षअघि भएको थियो। त्यसैले यहोवाले बाबेलको धरहरा बनाउने विद्रोहीहरूको न्याय गर्नुभएको र तिनीहरूलाई पृथ्वीभरि तितरबितर पारिदिनुभएको नुहले देखेका थिए। नुह र सेम त्यो धरहरा बनाउने काममा सहभागी भएका थिएनन्। त्यसैले तिनीहरूले बोल्ने भाषा भने गोलमाल पारिएको थिएन। तिनीहरूले यहोवाले आदमलाई सुरुमा दिनुभएको भाषा नै बोल्थे।—उत्प ९:१, २८, २९; ११:१-९.
अध्याय ३
उनले पछाडि फर्केर हेरिनन्
g १/०८ पृ. २९ अनु. ४-५
परिवारको शिर पति हुन् भन्नुको अर्थ के हो?
पत्नी आफ्नो पतिको अधीनमा बस्नुपर्छ भन्नुको मतलब उनले आफ्नो विचार र भावना व्यक्त गर्नै मिल्दैन भन्ने हो? साराको उदाहरण विचार गरौँ। उनी आफ्ना पति अब्राहामको आज्ञा पालन गर्थिन्। (१ पत्रुस ३:५, ६) उदाहरणको लागि, उनी सुविधासम्पन्न घर छोडेर पालमा जीवन बिताउन राजी भइन् अनि अब्राहामले अचानक आएका पाहुनाहरूको लागि खाना पकाउन अह्राउँदा उनले अब्राहामको कुरा मानिन्। (उत्पत्ति १२:५-९; १८:६) यसरी उनले सानोदेखि ठूलो सबै मामिलामा अब्राहामलाई साथ दिइन्। तर एकपटक एउटा गम्भीर मामिलामा अब्राहाम र साराको विचार मिलेन। त्यतिबेला उनले आफूलाई लागेको कुरा प्रस्टसित बताइन्। उनी अब्राहामले आफ्नी उपपत्नी हागार र आफ्नो पहिलो सन्तान इस्माएललाई घरबाट निकालिदिएको चाहन्थिन्। त्यतिबेला परमेश्वरले सारालाई सच्याउनुभएन बरु अब्राहामलाई उनको “कुरा सुन” भन्नुभयो। साराले हागार र इस्माएललाई आफैले घरबाट निकालिदिनुको सट्टा अब्राहामले नै कदम नचालुन्जेल पर्खिइन्। यसरी उनी अब्राहामको अधीनमा बसिरहिन्।—उत्पत्ति २१:८-१४.
साराको उदाहरणले परिवारमा पत्नीको महत्त्वपूर्ण भूमिका छ भनेर देखाउँछ। पत्नी पतिको “सहयोगी” हुन्। (मलाकि २:१४) त्यसैले परिवारमा निर्णयहरू गर्नुपर्दा उनले पनि आफ्नो सुझाव दिन सक्छिन्। उनले घरायसी मामिलामा र आर्थिक मामिलामा पनि केही हदसम्म अख्तियार पाएकी हुन्छिन्। तर परिवारको शिरको रूपमा अन्तिम निर्णय लिनुपर्ने जिम्मेवारी चाहिँ पतिकै हो।—हितोपदेश ३१:१०-३१; १ तिमोथि ५:१४.
अध्याय ४
यहोवाको लागि युद्ध लड्ने पहिलो व्यक्ति
w८९ ७/१ पृ. ५ अनु. ४-पृ. ६ अनु. १
अब्राहाम—परमेश्वरको भविष्यवक्ता र मित्र
उत्पत्ति अध्याय १४ मा अब्राहामले एलामका राजा केदोर-लाओमेरमाथि विजयी हासिल गरेको विवरण पाइन्छ। के यो विवरण सही छ? उन्नाइसौँ शताब्दीको सुरुतिर एलामीहरूबारे खासै धेरै कुरा थाह थिएन। बाइबलका आलोचकहरू एलामले बेबिलोनमाथि प्रभुत्व जमाएका थिए भनेर स्विकार्दैनथे। त्यसैले तिनीहरू एलामीहरूले प्यालेस्टाइनमाथि कब्जा जमाएको हुनै सक्दैन पनि भन्ने गर्थे। तर अहिले तिनीहरूको धारणा परिवर्तन भएको छ। किन? एलाम थुप्रै युद्ध लडेको शक्तिशाली राष्ट्र थियो भनेर पुरातात्त्विक प्रमाणहरूले देखाउँछ। एउटा इन्साइक्लोपीडिया (Funk & Wagnalls Standard Reference Encyclopedia) यसो भन्छ: “एलामीहरूले ईसापूर्व १९५० तिर उर सहर विनाश गरे। त्यसबेलादेखि बेबिलोनका शासकहरूमाथि तिनीहरूको पकड बलियो हुँदै गयो।”
साथै एलामी राजाहरूको नाम शिलालेखहरूमा पनि भेटिएका छन्। तीमध्ये केही नाम “कुदुर” शब्दबाट सुरु भएको छ, जुन बाइबलमा उल्लेख गरिएको “केदोर” शब्दसित मिल्दोजुल्दो छ। एलामीहरूले पुज्ने एउटा देवीको नाम लागामार थियो, जुन “लाओमेर”-सित मिल्दोजुल्दो छ। त्यसैले इतिहासमा केदोर-लाओमेर नाम गरेका शासक थिए भनेर अहिले इतिहासकारहरूले स्विकारेका छन्। तिनको नामको अर्थ सम्भवतः “लागामारको दास” भन्ने हुन्छ। सदोम र गमोरामाथि आक्रमण गरेका तीन जना राजासित मिल्दोजुल्दो नाम बेबिलोनी शिलालेखमा पनि भेटिएको छ। ती नाम हुन्: तुदुला (तिदाल), एरियाकु (अरयोक) अनि कुदुर-लाहमिल (केदोर-लाओमेर)। (उत्पत्ति १४:१) एउटा किताबमा (Hidden Things of God’s Revelation) डा. ए. कसट्यान्सले यसो पनि भनेका छन्: “त्यस शिलालेखमा यी नामहरूबाहेक अन्य केही कुराहरू पनि कुँदिएका छन्, जसले एलामीहरूले बेबिलोनमाथि कब्जा जमाएपछि त्यहाँ घटेका घटनाहरूलाई सङ्केत गरेको जस्तो देखिन्छ। ती शिलालेखले बाइबलमा भएका जानकारीहरू सही छन् भन्ने कुराको अकाट्य प्रमाण दियो। त्यसैले आलोचकहरू ती प्रमाणहरू लुकाउन तुरुन्तै लागिपरे।”
चार जना राजाले सदोम र गमोरामाथि गरेको आक्रमणबारे के भन्न सकिन्छ? यो कुरालाई समर्थन गर्ने पुरातात्त्विक प्रमाण यर्दन नदीको पूर्वतिरको इलाका र नेगेबमा भेटिएका छन्। प्राध्यापक योहानान आरोनीले आफ्नो किताबमा (The Archaeology of the Land of Israel) नेगेब र यर्दन नदीको पूर्वतिरको इलाकामा इस्राएलीहरूभन्दा पहिले पनि “ठूलो” मानव बस्ती थियो तर “ईसापूर्व २००० तिर” त्यो मानव सभ्यता हराएर गयो भनेर उल्लेख गरेका छन्। अरू पुरातत्त्वविद्हरूले भने यो घटना ईसापूर्व १९०० तिर भएको हुन सक्छ भनेर बताएका छन्। डा. हेरोल्ड स्टिगर्सले आफ्नो किताबमा (Commentary on Genesis) यस्तो लेखेका छन्: “यर्दन नदीको पूर्वतिरको इलाका अनि नेगेबमा भेटिएका त्यस समयतिरको माटाका भाँडाहरू उस्तै-उस्तै छन्। त्यहाँको मानव सभ्यता अचानक हरायो भनेर दुवै ठाउँमा भेटिएका माटाका भाँडाहरूबाट देखिन्छ।” जोन भान सेटर्सजस्ता बाइबल आलोचकहरूले समेत यो प्रमाणलाई नकार्न सकेका छैनन्। तिनले आफ्नो किताबमा (Abraham in History and Tradition) यस्तो लेखेका छन्: “ती मानिसहरू अचानक कहाँ गए भन्ने कुरा रहस्यमै छ।”
त्यो मानव सभ्यतालाई के भएको हुन सक्छ भनेर उत्पत्ति अध्याय १४ बाट केही छनक पाउन सक्छौँ। बाइबलको कालक्रमअनुसार अब्राहाम ईसापूर्व १९४३ मा कनान आए। केदोर-लाओमेरको आक्रमण त्यसको केही समयपछि नै भएको हुन सक्छ। पछि त्यही शताब्दीमा परमेश्वरले सदोम र गमोरा सहरलाई आगोद्वारा विनाश गर्नुभयो। त्यसैले यर्दन बेँसी पहिलेजस्तो उर्वर रहेन। (उत्पत्ति १३:१०-१३; १९:२४, २५) त्यसपछि भने अन्य राष्ट्रले त्यस ठाउँमा आँखा गाड्न छाडे।
it “खारा समुद्र” अनु. ६
खारा समुद्र
सदोम र गमोरा। सदोम र गमोरा खारा समुद्रको दक्षिणी भागतिर पर्थ्यो जस्तो देखिन्छ। यी सहरहरूका राजाहरू “सिद्दिम बेँसीमा अर्थात् खारा समुद्रमा” लडाइँ गर्नेहरूमध्ये थिए। यसबाट त्यति बेलासम्म सिद्दिम बेँसी खारा समुद्रले ढाकिएको थियो भन्ने देखिन्छ। (उत्प १४:३) लुत बसोबास गर्ने सदोम र गमोराको इलाकामा ‘प्रशस्त पानी भएकोले त्यो यहोवा परमेश्वरले बनाउनुभएको बगैँचाजस्तै थियो।’ (उत्प १३:१०-१२) आज पनि दक्षिणपूर्वी किनारको त्यस इलाकामा प्रशस्त उब्जनी हुन्छ। त्यहाँ गहुँ, जौ, खजुर र अङ्गुरको राम्रो उब्जनी हुन्छ। साथै दक्षिणी भागतिर बिटुमिन र नुन प्रशस्त मात्रामा पाइन्छ अनि यो कुरा सदोम र गमोराबारे बताइएको बाइबल विवरणसित पनि मेल खान्छ।—उत्प १४:१०; १९:२४-२६.
it “सालेम”
सालेम
(सालेम) [शान्ति]
एक पुरातन सहर जहाँ मल्किसेदेक राजा र पुजारी दुवै थिए।—उत्प १४:१८.
पुरातन समयको यहुदी स्रोतसामग्रीअनुसार सालेम र यरुसलेमले एउटै अर्थ दिन्छ र यो धर्मशास्त्रसित पनि मेल खान्छ। अब्राहामले सदोमका राजा र मल्किसेदेकलाई “राजा बेँसीमा” भेटेका थिए। शताब्दियौँपछि राजा दाउदका छोरा अब्सालोमले त्यहाँ एउटा खम्बा ठड्याएको कुरालाई विचार गर्दा त्यो बेँसी राजधानी यरुसलेमनजिकै थियो जस्तो देखिन्छ। (उत्प १४:१७, १८; २स १८:१८) “यरुसलेम” नाममा पनि “सालेम” शब्द प्रयोग भएको छ र भजनरचयिताले “सालेम” र “सियोन” एउटै शब्द भए जस्तैगरि प्रयोग गरेका छन्। (भज ७६:२) साथै त्यस ठाउँको राजा र पुजारी मल्किसेदेक हुनु सुहाउँदो छ। किनभने दाउदको वंशका राजाहरूले त्यहीँ शासन गरे र लेवी पुजारीहरूले पनि त्यहीँ सेवा गरे। पछि ‘मल्किसेदेकजस्तै’ राजा र पुजारी येसु ख्रिष्टको बलिदान पनि त्यहीँ नै चढाइएको थियो।—हिब्रू ३:१; ७:१-३, १५-१७.
it “प्रधानपुजारी” अनु. २७-२८
प्रधानपुजारी
येसु ख्रिष्टले प्रधानपुजारीको रूपमा गर्नुहुने सेवा। बाइबलको हिब्रूको किताबमा लेखिएअनुसार येसु ख्रिष्ट पुनर्जीवित भएर स्वर्ग जानुभएदेखि “सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्नुभएको छ।” (हिब्रू ६:२०; ७:१७, २१) हिब्रूको किताबका लेखकले ख्रिष्टको पुजारीगिरी कत्ति महान् छ र हारुनको पुजारीगिरीभन्दा कत्ति उत्कृष्ट छ भन्ने कुरा बुझाए। यो कुरा बुझाउन तिनले मल्किसेदेकले राजा र पुजारीको पद आफ्नो पुर्खाबाट उत्तराधिकारको रूपमा पाएका थिएनन् बरु यहोवाले नै तिनलाई नियुक्त गर्नुभएको थियो भनेर उल्लेख गरे। येसु ख्रिष्ट लेविको कुलको नभई यहुदाको कुलको हुनुहुन्थ्यो र दाउदको वंशबाट आउनुभएको थियो। त्यसैले उहाँ हारुनको वंशबाट आउनुभएकोले प्रधानपुजारी हुनुभएको थिएन बरु मल्किसेदेकलाई जस्तै स्वयम् यहोवाले नै उहाँलाई नियुक्त गर्नुभएको थियो। (हिब्रू ५:१०) भजन ११०:४ मा यस्तो प्रतिज्ञा गरिएको थियो: “यहोवाले शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन: ‘तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो!’” यसरी नियुक्त गरिएकोले उहाँ स्वर्गमा राजा र पुजारी बन्नुभएको छ। त्यसबाहेक, दाउदको वंशबाट आउनुभएको हुनाले पनि येसुले राज्याधिकार पाउनुभयो। दाउदसित गरिएको करारमा प्रतिज्ञा गरिएको उत्तराधिकार उहाँ नै हुनुहुन्छ। (२स ७:११-१६) त्यसैकारण उहाँ मल्किसेदेकजस्तै राजा र पुजारी दुवै हुनुभएको छ।
ख्रिष्टको पुजारीगिरी उत्कृष्ट हुनुको अर्को कारण पनि छ। यहुदी पुजारीगिरीको पुर्खा लेविले मल्किसेदेकलाई दशांश दिएका थिए भन्न सकिन्छ किनकि कुलपुरुष अब्राहामले सालेमका राजा र पुजारी मल्किसेदेकलाई दशांश दिँदा लेवि अब्राहामको सन्तानको रूपमा जन्मिसकेका थिएनन्। साथै यही कुरालाई विचार गर्दा मल्किसेदेकले लेविलाई पनि आशिष् दिएका थिए भन्न सकिन्छ किनकि सानोले ठूलोबाट आशिष् पाउँछ। (हिब्रू ७:४-१०) साथै मल्किसेदेकको “न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ” र यस कुराले येसु ख्रिष्ट, जसले पुनर्जीवित भएपछि “अविनाशी जीवन” पाउनुभएको छ, उहाँको सदासर्वदा रहने पुजारीगिरीलाई सङ्केत गर्छ भनी प्रेषित पावलले बताए।—हिब्रू ७:३, १५-१७.
अब्राहाम—एक साहसी पुरुष
अब्राहाम आफ्नो परिवार र नोकरचाकरसँगै कनानको यात्रामा निस्किन लागेका छन्। (उत्पत्ति १२:१-५) निस्कनुअघि तिनी आफूसँगै यात्रा गर्ने ठूलो समूहमा नजर लगाउँछन्। अब्राहामलाई तिनीहरू सबै आफूमै निर्भर छन् भन्ने कुरा राम्ररी थाह छ। अब भने तिनीहरू बिरानो ठाउँमा जाँदै छन्। त्यहाँ अब्राहामले आफ्ना मानिसहरूको भौतिक आवश्यकताहरू कसरी पूरा गर्नेछन्? प्रशस्त चरन, उर्वरभूमि अनि पानीको कुनै दुःख नभएको ठाउँमै भएको भए तिनलाई अझ सजिलो हुने थियो कि? नयाँ ठाउँमा तिनी बिरामी परे वा तिनको मृत्यु भयो भने के गर्ने? तिनको परिवारलाई कसले हेर्नेछ? हुन सक्छ, अब्राहामको मनमा यस्ता डर र चिन्ताहरू थिए। तैपनि तिनी यात्राको लागि निस्कन्छन्। तिनी जस्तोसुकै अवस्थामा पनि यहोवाको आज्ञा पालन गर्न दृढ छन्। कत्ति साहसी!
साहसी हुनु भनेको के हो? साहसी हुनु भनेको बलियो, निडर र आँटिलो हुनु हो। यो कायरताको ठीक विपरीत गुण हो। साहसी हुनु भनेको कहिल्यै नडराउनु त होइन। बरु डरको बाबजुद यहोवाको आज्ञा पालन गरिरहनु हो।
अब्राहामले कसरी साहस देखाए? अब्राहाम भीडको पछि लागेनन् बरु तिनी अरूभन्दा भिन्न देखिन तयार भए। अब्राहाम बसोबास गर्ने ठाउँका मानिसहरू थुप्रै देवीदेवताहरूलाई पुज्थे तर तिनी मानिसहरूले के सोच्लान् भनेर डराएनन्। बरु जे सही हो, त्यही नै गरिरहे। तिनले साहसी भई “सर्वोच्च परमेश्वर यहोवाको” मात्र उपासना गर्ने छनौट गरे।—उत्पत्ति १४:२१, २२.
अब्राहामले भौतिक कुराहरूलाई होइन तर साँचो उपासनालाई पहिलो स्थानमा राखे। तिनी उरको आरामदायी जीवन त्यागेर निर्जनभूमिमा पालमा जीवन बिताउन राजी भए। किनकि यहोवाले तिनको भौतिक आवश्यकताहरू पूरा गर्नुहुने कुरामा तिनी विश्वस्त थिए। वर्षहरू बित्दै जाँदा अब्राहामले कहिलेकाहीँ उरका सुखसुविधाहरूबारे सम्झेका हुन सक्छन्। अब्राहामको लागि यहोवाजत्तिको महत्त्वपूर्ण अरू कोही थिएन। त्यसैले तिनले साहसी भई उहाँका आज्ञाहरू पालन गरिरहन सके।
हामी अब्राहामबाट के सिक्न सक्छौँ? आफू वरपरका मानिसहरूले यहोवाको उपासना नगरे पनि साहसी भई उहाँको आज्ञा पालन गरेर अब्राहामको अनुकरण गर्न सक्छौँ। जस्तै: यहोवाको पक्षमा खडा हुनेहरूको खेदो गरिनेछ भनेर बाइबलमा बताइएको छ। हाम्रा साथीहरू र आफन्तहरूले सायद राम्रै मनसायले हाम्रो विरोध गर्न सक्छन्। (युहन्ना १५:२०) यहोवाबारे आफूले सिकेका कुराहरूमा विश्वस्त छौँ भने हामी सधैँ आफ्नो विश्वासको पक्षमा बोल्छौँ। तर हाम्रा विरोधीहरूलाई जवाफ दिँदा हामी गहिरो आदर पनि देखाउँछौँ।—१ पत्रुस ३:१५.
यहोवाले उहाँमा विश्वास गर्नेहरूको भौतिक आवश्यकताहरू पूरा गरिदिनेछु भनेर प्रतिज्ञा गर्नुभएको छ र हामी पनि त्यसमा भरोसा गर्न सक्छौँ। यस्तो भरोसाले हामीलाई साहसी बनाउँछ र हामीले भौतिक कुराहरूलाई नभई आध्यात्मिक कुराहरूलाई पहिलो स्थानमा राख्न सक्नेछौँ। (मत्ति ६:३३) एउटा परिवारले कसरी यसो गरे, आउनुहोस् हेरौँ।
डग र बेकिका दुई साना छोराहरू थिए। तैपनि तिनीहरू आवश्यकता धेरै भएको देशमा गएर सेवा गर्न चाहन्थे। व्यग्र प्रार्थना गर्दै सबै कुरा राम्ररी सोचविचार गरेपछि तिनीहरूले आफ्नो योजनाअनुसारै अर्को देशमा सर्ने निर्णय गरे। डग यसो भन्छन्: “साना छोराहरूलाई लिएर नयाँ देशमा सर्न हामीलाई साहस चाहिएको थियो। किनभने त्यहाँको जीवन कस्तो हुनेछ भनेर हामीलाई राम्ररी थाह थिएन। तर नयाँ ठाउँमा सर्नेबारे सोच्न थालेदेखि नै हामीले अब्राहाम र साराको उदाहरण छलफल गऱ्यौँ। तिनीहरूले कुन हदसम्म यहोवामा भरोसा राखे र उहाँले पनि तिनीहरूलाई कसरी साथ दिइरहनुभयो भन्ने कुरा विचार गर्दा हामी साहसी हुन सक्यौँ।”
विदेशी भूमिमा आफूले बिताइरहेको जीवनबारे डग यसो भन्छन्: “हामीले कत्ति धेरै आशिष् पाइरहेका छौँ भनेर शब्दमा बयानै गर्न सक्दैनौँ। हामीले यहाँ धेरै सरल जीवन बिताइरहेका छौँ। त्यसैले परिवार मिलेर साक्षीकार्यमा धेरै समय बिताउन सकेका छौँ। साथै एकअर्कासित कुरा गर्न र छोराहरूसित रमाइलो गर्न पनि प्रशस्त समय पाएका छौँ। एक अर्थमा भन्ने हो भने हामी जीवनको दौडधूपबाट स्वतन्त्र भएका छौँ।”
पक्कै पनि सबै जना आफ्नो जीवनमा यस्तो ठूलो छाँटकाँट गर्न सक्ने अवस्थामा हुँदैनन्। तैपनि यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरामा भरोसा राख्दै उहाँको उपासनालाई पहिलो स्थानमा राखेर हामी अब्राहामको अनुकरण गर्न सक्छौँ। यसो गर्दा हामीले बाइबलको यो सल्लाह पालन गरिरहेका हुन्छौँ: “हामी असाध्यै साहसी भएर यसो भन्न सकौँ: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।’”—हिब्रू १३:५, ६.
अध्याय ५
तिनको जीवनको सबैभन्दा ठूलो परीक्षा
g ५/१२ पृ. १८, पेटी
बाइबल—सही भविष्यवाणीहरू भएको किताब, भाग १
अब्राहाम—एक ऐतिहासिक व्यक्ति
◼ झन्डै चार हजार वर्ष पुरानो माटाका पाटीहरूमा विभिन्न सहरहरूको नाम भेटिएको छ, जुन नाम अब्राहामका नातेदारहरूको नामसित मिल्छ। ती सहरका नाम यसप्रकार छन्: पेलेग, सरुग, नाहोर, तेरह र हारान।—उत्पत्ति ११:१७-३२.
◼ उत्पत्ति ११:३१ मा अब्राहाम र तिनको परिवार “कल्दियालीहरूको सहर उरबाट” बसाइँ सरे भनेर बताइएको छ। त्यस सहरको भग्नावशेष इराकको दक्षिणपूर्वी इलाकामा भेटिएको छ। बाइबलमा अब्राहामका बुबा तेरहको मृत्यु हारानमा भएको थियो भनेर पनि बताइएको छ जुन ठाउँ अहिले सम्भवतः टर्कीमा पर्छ। साथै बाइबलमा अब्राहामकी पत्नी साराको मृत्यु हेब्रोनमा भएको थियो भनेर बताइएको छ। यो सहर अहिले पनि छ अनि यो मध्यपूर्वको सबैभन्दा पुरानो सहरमध्ये एक हो।—उत्पत्ति ११:३२; २३:२.
it “अब्राहाम” अनु. २२-२३
अब्राहाम
इतिहास। येसु र उहाँका चेलाहरूले कुराकानी गर्दा र बाइबल विवरणहरू लेख्दा अब्राहामबारे ७० भन्दा धेरै चोटि उल्लेख गरेका छन्। येसुले धनी मानिस र लाजरसको उदाहरण बताउनुहुँदा पनि अब्राहामबारे उल्लेख गर्नुभयो। (लुका १६:१९-३१) विरोधीहरूले आफू अब्राहामको सन्तान हुँ भनेर घमन्ड गर्दा येसुले तिनीहरूको कपटी मनोभावबारे यसो भन्नुभयो: “यदि तिमीहरू अब्राहामका सन्तान भएका भए तिमीहरूले अब्राहामको जस्तो काम गरिरहेका हुने थियौ।” (युह ८:३१-५८; मत्ति ३:९, १०) हो, प्रेषित पावलले पनि बताएझैँ कुनै व्यक्ति शारीरिक नाताले होइन बरु अब्राहामको जस्तै विश्वास देखाएमा धर्मी ठहरिन सक्छन्। (रोमी ९:६-८; ४:१-१२) पावलले अब्राहामको सन्तान वास्तवमा ख्रिष्ट हुनुहुन्छ र जो खिष्टका हुन् तिनीहरू पनि “प्रतिज्ञाका उत्तराधिकारीहरू” हुन् भनी बताए। (गला ३:१६, २९) साथै तिनले अब्राहामको दया र उनले अनजान व्यक्तिहरूलाई देखाएको अतिथिसत्कारबारे बताए। तिनले हिब्रू अध्याय ११ मा उल्लेखनीय विश्वास देखाएका व्यक्तिहरूबारे बताउँदा अब्राहामको नाम पनि उल्लेख गरे। साथै पावलले यहोवाका दुई वटा करारहरूबारे बताउँदा अब्राहामका दुई पत्नी सारा र हागारबारे पनि उल्लेख गरे। (गला ४:२२-३१; हिब्रू ११:८) बाइबलका लेखक याकुबले अब्राहामले विश्वास गर्नुका साथै त्यसबमोजिम काम पनि गरे भनेर बताए। त्यसैले तिनी “यहोवा परमेश्वरको मित्र” कहलिए।—या २:२१-२३.
पुरातत्त्वविद्हरूले बाइबलमा अब्राहामबारे बताइएको कुरा सही हो भनी पत्ता लगाएका छन्। उदाहरणका लागि, त्यतिबेलाका ठाउँहरू र चलनहरूबारे बाइबलमा बताइएको कुरा सत्य साबित भएको छ। जस्तै: तिनले हित्तीहरूसित जमिन किनेको, एलिएजरलाई उत्तराधिकारको रूपमा रोजेको अनि हागारसित गरेको व्यवहार।
g८८ ४/८ पृ. २५
‘आकाशका तारासरी’
“म तिमीलाई निश्चय आशिष् दिनेछु र म निश्चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।” (उत्पत्ति २२:१७) यो प्रतिज्ञा यहोवाले कुलपिता अब्राहामसित गर्नुभएको हो। तर बाइबलसम्बन्धी एउटा पत्रिकामा (Bible Review) यो कुरा सत्य होइन भनेर लेखिएको थियो।
बाइबलमा आकाशका ताराहरूको सङ्ख्यालाई समुद्रको किनारमा भएका अरबौँ बालुवासित तुलना गरिएको छ, जुन वैज्ञानिक रूपमा सही छ। तर पुरातन समयमा मानिसहरूलाई अरबौँ ताराहरू छन् भन्ने कुरा थाह थिएन जस्तो देखिन्छ। यसबारे सोही पत्रिका अझै यसो भन्छ: “हामीले नाङ्गो आँखाले आकाशमा एकदमै सीमित ताराहरू मात्र देख्न सक्छौँ। खगोलविद्हरूअनुसार कुनै पनि प्रकारको टेलिस्कोपविना हामी खुला आकाशमा २,००० देखि ४,००० ताराहरू मात्रै देख्न सक्छौँ।” साथै एउटा इन्साइक्लोपीडिया (The World Book Encyclopedia) यसो भन्छ: “एकदमै चहकिलो चम्किने ताराहरू करिब ६,००० जति छन्। ती ताराहरू हामी टेलिस्कोपको सहायताविना पनि देख्न सक्छौँ।”
बाइबलकालीन समयमा टेलिस्कोप थिएन। त्यसोभए ताराहरूको सन्दर्भमा बाइबलले बताएको कुरा सही छ भनेर हामी किन भन्न सक्छौ? यसको एउटा कारण, बाइबल “परमेश्वरको प्रेरणाद्वारा” लेखिएको किताब हो। (२ तिमोथि ३:१६) बाइबलमा बताइएको कुरा सत्य होइन भनेर प्रमाणित गर्न माथि पनि उल्लेख गरिएको पत्रिकाको एउटा लेखमा सायद अब्राहाम एक खगोलविद् हुन सक्छन् भनेर लेखिएको छ। उक्त लेखमा यस्तो पनि लेखिएको थियो: “पुरातन समयमा पनि नाङ्गो आँखाले देख्न नसकिने ताराहरू हेर्न सम्भवतः टेलिस्कोपहरू थिए।” यस कुरालाई साबित गर्न तिनीहरूले निनवे र अरू पुरातन ठाउँहरूमा भेट्टाइएका मणिभहरूलाई टेलिस्कोपको लेन्सको रूपमा प्रयोग गरिएको हुन सक्छ भनी उल्लेख गरे।
तर पुरातन समयका मानिसहरू तारा हेर्नको लागि टेलिस्कोप प्रयोग गर्थे भन्ने कुराको कुनै ठोस प्रमाण पाइँदैन। यदि टेलिस्कोपहरू थिए भने पनि अब्राहाम वा उत्पत्तिका लेखकसित त्यो थियो भन्ने कुराको कुनै प्रमाण छैन। परमेश्वरले अब्राहामलाई गर्नुभएको त्यो प्रतिज्ञाले बाइबल वैज्ञानिक रूपमा सही छ भनेर देखाउँछ। बाइबलमा अरू थुप्रै कुराहरू बताइएको छ जुन विज्ञानसित मेल खान्छ। जस्तै, कुनै टेलिस्कोपको सहायताविना भविष्यवक्ता यर्मियाले पनि त्यस्तै कुरा उल्लेख गरेका छन्। तिनले यसो भने: ‘आकाशका ताराहरू गन्न सकिँदैन अनि समुद्रको बालुवा जोख्न सकिँदैन।’—यर्मिया ३३:२२.
अध्याय ६
उनी अनजान ठाउँमा जान राजी भइन्
it “रिबेका” अनु. ४
रिबेका
अब्राहामको नोकरले आफ्नो प्रार्थनाको जवाफ पाएको महसुस गरेपछि रिबेकालाई सुनको नत्थी र सुनको दुई वटा बाला दिए। ती कुराहरू रिबेकाले आफ्नी आमा र दाइ लाबानलाई देखाइन्। त्यसपछि लाबानले ती पाहुना र तिनीसँगै आएका अरू मानिसलाई आफ्नो घरमा बोलाए। (उत्प २४:२२-३२) तर अब्राहामका नोकरले खाना खानुअघि आफू आउनुको कारण बताए। लाबान र तिनको बुबा बतुएल रिबेकाको बिहे इसहाकसँग गरिदिन राजी भए। अब्राहामको नोकरले आफूले ल्याएका सुनचाँदीका गरगहना र महँगा-महँगा उपहारहरू रिबेका र उनको परिवारलाई दिए। त्यसपछि तिनीहरू सबैले सँगै खाना खाए। (उत्प २४:३३-५४) त्यतिबेलाको चलनअनुसार त्यसरी उपहार स्विकार्नु र अतिथिसत्कार गर्नुले रिबेका र इसहाकको आमाबुबाले विवाहको लागि स्विकृति दिएको अनि विवाह पक्का भएको कुरालाई बुझाउँथ्यो। यसरी रिबेकाको विवाह इसहाकसँग भयो र उनी इसहाककी पत्नी भइन्।
wp१६.३ पृ.१५ अनु. १
“अँ, म जान्छु”
बतुएलको परिवारले सबैको प्रिय रिबेकालाई आशिष् दिए र बिदा गरे। त्यसपछि रिबेका उनकी धाईआमा दबोरा र केही सुसारेहरूसँगै एलिएजर र तिनका मानिसहरूको पछि लाग्दै हारानबाट निस्किए। (उत्पत्ति २४:५९-६१; ३५:८) केही समय नबित्दै तिनीहरू हारानबाट धेरै टाढा पुगे। तिनीहरूले ८०० किलोमिटरभन्दा लामो यात्रा गरे। त्यो यात्रा गर्न तिनीहरूलाई तीन हप्ता जति लागेको हुन सक्छ। त्यो यात्रा पक्कै पनि सजिलो त थिएन। रिबेकाले आफ्नो जीवनमा उँटहरू धेरै देखेकी थिइन्। तर उनको उँट चढ्ने बानी थियो भनेर चाहिँ हामी भन्न सक्दैनौँ। बाइबलमा उनको परिवारलाई गोठालोको रूपमा चिनाइएको छ, उँट चढेर यात्रा गर्ने व्यापारीको रूपमा होइन। (उत्पत्ति २९:१०) उँट चढ्ने बानी नभएका मानिसहरूले यात्रा थालेको केहीबेरमै असजिलो महसुस गरेको कुरा बताउँछन्। त्यसैले रिबेकालाई पनि उँटमा यात्रा गर्न पक्कै सजिलो भएन।
अध्याय ८
तिनले प्रलोभनलाई तिरस्कार गरे
g ११/१० अनु. १५ पृ. २
भरोसायोग्य किताब—भाग १
पदवी र अभिव्यक्तिहरू। कुनै ऐतिहासिक विवरण सही हो कि होइन भन्ने कुरा त्यसमा उल्लेख गरिएका मानिसहरूको नाम, आनीबानी, रहनसहन अनि ओहदाजस्ता कुराहरूबाट प्रस्ट हुन्छ। त्यसोभए बाइबलको पहिलो दुई वटा किताब उत्पत्ति र प्रस्थानमा पाइने ऐतिहासिक विवरणहरू सही छन् त? उत्पत्तिमा पाइने युसुफको विवरण र प्रस्थानको किताबबारे जे. गारो डङ्कनले आफ्नो किताबमा (New Light on Hebrew Origins) यसो भनेका छन्: “[ती किताबका बाइबल लेखकलाई] मिश्रको भाषा, प्रचलन, आस्था, दरबारिया जीवन, रहनसहन र शासन गर्ने तरिकाबारे राम्ररी थाह थियो। [यी बाइबल लेखकले] त्यतिबेला जुन पदवीहरू चलाइन्थ्यो, त्यही नै उल्लेख गरेका छन्। . . . तिनले ‘फारो’ शब्द चलाएको कुराबाट पनि तिनलाई त्यतिबेलाका मिश्रीहरूबारे राम्रो ज्ञान थियो भनेर प्रस्ट हुन्छ। यसबाट पनि तिनका लेखोटहरू भरपर्दा छन् भनेर बुझ्न सकिन्छ।” डङ्कन अझै यसो भन्छन्: “[ती लेखकले] आफ्ना पात्रहरूलाई फारोसामु हाजिर गराउँदा तिनीहरूले दरबारमा गर्नुपर्ने व्यवहार र बोली नै प्रयोग गरेको पाइन्छ।”
अध्याय ९
विश्वासैले गर्दा तिनीहरूले मोसालाई लुकाए
g०४ ४/८ पृ. ४ अनु. ४–पृ. ५ अनु. १
मोसा—वास्तविक मानिस वा मिथ्या?
आज थुप्रै बाइबलविद्हरूले ती घटनाहरू काल्पनिक हुन् भन्ने गर्छन्। एउटा पत्रिका (Christianity Today) यसो भन्छ: “इस्राएलीहरू कुनै समय मिश्रमा थिए भन्ने कुराको एउटा पनि पुरातात्त्विक प्रमाण भेटिएको छैन।” हुनत यो कुरा सही नै होला तर अन्य स्रोतहरूमा बाइबलमा पाइने यो विवरण सत्य हो भन्ने कुराका प्रमाणहरू पाइन्छन्। पुरातन मिश्रबारे अध्ययन गर्ने वैज्ञानिक जेम्स के. होफमायरले आफ्नो किताबमा (Israel in Egypt) यसो भनेका छन्: “पुरातत्त्वविद्हरूले कनान वरपरका मानिसहरू त्यहाँ खडेरी पर्दा केही समय मिश्रमा बस्न गएका थिए भन्ने कुराको प्रमाण भेट्टाएका छन्। त्यसैले ईसापूर्व १८०० देखि १५४० बीच इस्राएलीहरूको जस्तै पृष्ठभूमि र भाषा भएका थुप्रै मानिसहरू आफ्नो ठाउँ छोडेर मिश्रमा बस्न गएका थिए।”
साथै बाइबलविद्हरूले इस्राएलीहरू मिश्रमा दास थिए भन्ने बाइबलको विवरण सही हो भन्ने कुरा मानिलिएका छन्। मोसाबारे लेखिएको एउटा किताब (Moses—A Life) यसो भन्छ: “पुरातन मिश्रका चिहानहरूमा दासहरूले इँटाहरू बनाइरहेका चित्रहरू देख्न सकिन्छ। ती चित्रहरूले मिश्रमा इस्राएलीहरूले थिचोमिचो भोगेका थिए भन्ने बाइबलको विवरणलाई समर्थन गर्छ।”
मोसा—वास्तविक मानिस वा मिथ्या?
बाइबलमा योकेबेदले बालक मोसाको लागि मालिङ्गोको टोकरी बनाएको विवरण पाइन्छ। बाइबलको यो विवरण सही हो भन्न सकिन्छ किनकि एउटा किताबले बताएअनुसार “पुरातन समयका मिश्रीहरूले हलुका किसिमका डुङ्गाहरू बनाउन मालिङ्गो प्रयोग गर्ने गर्थे।”
बाइबलमा फारोले भर्खरै जन्मेका शिशुहरूको हत्या गर्ने आदेश दिएको विवरण पनि पाइन्छ। कसै-कसैलाई देशको एक शासकले त्यस्तो कठोर आदेश दिएका थिए भन्ने कुरा पत्याउन गाह्रो लाग्न सक्छ। के त्यो घटना साँच्चै भएको थियो? यसबारे बाइबलविद् जर्ज रलिन्सनले यसो भनेका छन्: “इतिहास हेर्ने हो भने विभिन्न ठाउँमा, विभिन्न कालखण्डमा . . . शिशुहरूको हत्या गरिएका घटनाहरू पाइन्छन् र त्यस्ता घटनाहरूलाई सामान्य रूपमा लिइन्थ्यो।” आधुनिक समयमा पनि एकै चोटि थुप्रै मानिसहरूको हत्या गरिएको दर्दनाक समाचारहरू सुन्ने गर्छौँ। बाइबलमा उल्लेख गरिएको त्यो घटना कहालीलाग्दो भए तापनि त्यो साँच्चै भएको थियो भन्ने कुराको प्रमाण छ।
it “सुँडेनी”
सुँडेनी
“सुँडेनी” भनेर अनुवाद गरिएको हिब्रू शब्द यालाद-ले बच्चा जन्माउन मदत दिने स्त्रीलाई बुझाउँछ। सुँडेनीले आमालाई बेथाले च्यापेको बेला अनि बच्चा जन्मिसकेपछि नाल काट्न र सफा गरिदिन मदत गर्छिन्। पुरातन समयमा ती स्त्रीहरूले बच्चाको शरीरमा नुन दलिदिने र कपडाले गुटुमुटु पारेर बेरिदिने पनि गर्थे।—इज १६:४.
यस्तो काम कुनै मिल्ने साथी, आफन्त वा समाजका पाका स्त्रीहरूले गर्ने गर्थे। तर यस कामको लागि विशेष ज्ञान, सिप र अनुभव आवश्यक पर्थ्यो। खासगरि आमालाई बच्चा जन्माउन गाह्रो हुँदा। त्यसैले यो जोकोहीले गर्न सक्ने काम थिएन। बिन्यामिनको जन्मको बेला ‘राहेल बच्चा जन्माउन नसकेर छटपटाइरहँदा’ एक जना सुँडेनीले राहेललाई आश्वासन दिँदै ‘तपाईँले छोरा पाउनुहुनेछ’ भनेकी थिइन्। हुनत राहेलको मृत्यु भयो तर बिन्यामिन भने सकुशल जन्मिए। (उत्प ३५:१६-१९) तामारको जुम्ल्याहा बच्चाहरू पेरेज र जेरहको जन्मको बेला कुन चाहिँ बच्चा पहिला निस्कन्छ भनेर सुँडेनीले होसियार भई हेरिरहेकी थिइन्। तिनले एउटा बच्चाको हात निस्किएको देख्नेबित्तिकै त्यस बच्चाको हातमा चहकिलो रातो धागो बाँधिदिइन्। तर जेरहले हात भित्र लग्यो अनि तामारको मूलाधार च्यातियो र भाइचाहिँ जन्मियो।—उत्प ३८:२७-३०.
इस्राएलीहरूले मिश्रमा दासको रूपमा जीवन बिताइरहेको बेला फारोले हिब्रू सुँडेनीहरूलाई एउटा अत्यन्तै गाह्रो काम गर्न भने। तिनले सिफ्राह र पुआ नाम गरेका सुँडेनीहरूलाई बोलाए र हिब्रू स्त्रीहरूले छोरा जन्माउनेबित्तिकै ती छोराहरूलाई मार्ने आदेश दिए। सम्भवतः सुँडेनीहरूमध्ये ती दुई स्त्री मुख्य थिए र फारोले जारी गरेको उर्दी अरू सुँडेनीहरूमाझ बताउने जिम्मेवारी पनि तिनीहरूकै थियो। “तर ती सुँडेनीहरू साँचो परमेश्वरको डर राख्थे। त्यसैले तिनीहरूले मिश्रका राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।” त्यसैले मिश्रका राजाले ती सुँडेनीहरूलाई बोलाएर यसो भने: “तिमीहरूले छोराहरूलाई किन मारेनौ?” तिनीहरूले त्यो कुरा आफ्नो नियन्त्रणमा नभएको बताए। तिनीहरूले यसो भने: ‘हिब्रू स्त्रीहरू बलिया र हट्टाकट्टा छन्। तिनीहरूले हामी पुग्नुभन्दा पहिल्यै बच्चा जन्माइसकेका हुन्छन्।’ (प्रस्थ १:१५-१९) यहोवाको डर राख्ने ती सुँडेनीहरूले साना बालकहरूको हत्या गर्न इन्कार गरे। त्यसैले यहोवाले तिनीहरूलाई आशिष् दिनुभयो र पछि तिनीहरूले पनि सन्तान जन्माए।—प्रस्थ १:२०, २१.
अध्याय १०
तिनले सही छनौट गरे
it “मिश्र, मिश्री” अनु. २८
मिश्र, मिश्री
मरिसकेकाहरूबारे मिश्रीहरूको विश्वास। मरिसकेकाहरूबारे मिश्रीहरूको धार्मिक विश्वास निकै रोचक छ। कसैको मृत्यु र त्यसपछिको जीवनमा तिनले पाउने आनन्द र सुरक्षाप्रति तिनीहरू धेरै चासो राख्थे। पुनर्जन्म र मरिसकेको व्यक्तिको आत्मा अर्को शरीरमा सर्न सक्छ भन्ने विश्वास व्याप्त थियो। आत्मा अमर रहन्छ भनेर तिनीहरू मानिलिन्थे। तर आत्मा मरिसकेको व्यक्तिकै शरीरमा फेरि फर्केर आउन सक्ने भएकोले शवलाई जोगाएर राख्नुपर्छ भनेर पनि मिश्रीहरू विश्वास गर्थे। त्यसैले शवलाई कुहिन नदिन तिनीहरू त्यसमा सुगन्धित तेलजस्ता कुराहरूको लेप लगाइदिने गर्थे। अनि त्यसरी लेप लगाइएको शव राखिने चिहानलाई मृतकको “घर” ठानिन्थ्यो। राजघरानाका शवहरू भने भव्य पिरामिडहरूमा राखिन्थ्यो। मृतकले भविष्यमा प्रयोग गर्न सकोस् भनेर गहना, लुगाफाटा, फर्निचर र खानेकुराजस्ता आधारभूत र ऐसआरामका कुराहरू चिहानमा राखिने गरिन्थ्यो। साथै मृतकलाई दुष्ट आत्माहरूदेखि जोगाउनको लागि मन्त्र र बुटीहरू पनि राखिन्थ्यो। तर ती मन्त्रहरूले चिहानलाई लुटेराहरूबाट समेत जोगाउन सकेन। लुटेराहरूले प्रायजसो ठूलठूला पिरामिडहरू सबै तोडफोड गरेर चोरी गरे।
it “मिद्यान” न. २ अनु. १-२
मिद्यान
२. अब्राहामको छोरा मिद्यानका सन्तान “मिद्यानी” भनेर चिनिन्थे। (गन ३१:२, ३) बाइबलमा तिनीहरूलाई इस्माएलीहरू पनि भनिएको छ। (उत्प ३७:२५, २७, २८, ३६; ३९:१; न्या ८:२२, २४ तुलना गर्नुहोस्।) यसबाट अब्राहामका छोराहरू इस्माएल र मिद्यानका सन्तानहरूको रहनसहन उस्तै थियो जस्तो देखिन्छ। साथै तिनीहरूको सन्तानबीच बिहेबारी पनि चल्ने भएकोले तिनीहरूमाझ अझ धेरै समानता भएको हुनुपर्छ। केही केनीहरू मिद्यानी भनेर पनि चिनिन्थे जस्तो देखिन्छ। बाइबलमा मिद्यानको जन्म हुनुभन्दा अघिदेखि नै केनीहरूबारे उल्लेख गरिएको छ। त्यसको मतलब केनी होबाब, जो मोसाका सालो थिए, तिनी मिद्यानी थिएनन्। तिनी मिद्यानमा बस्ने भएकोले मात्र तिनलाई मिद्यानी भनिएको हुन सक्छ।—उत्प १५:१८, १९; गन १०:२९; न्या १:१६; ४:११.
मिद्यानीहरू अब्राहामको सन्तान भएकोले तिनीहरूले बोल्ने भाषा सम्भवतः हिब्रू भाषासित मिल्दोजुल्दो थियो। उदाहरणको लागि, गिदोनले मिद्यानीहरूको भाषा सजिलै बुझेका थिए जस्तो देखिन्छ। (न्या ७:१३-१५; ८:१८, १९) तर तिनले त्यो भाषा इस्राएलीहरू सात वर्षसम्म मिद्यानीहरूको दासत्वमा परेको बेला सिकेका पनि हुन सक्छन्।—न्या ६:१.
अध्याय ११
‘फारोकहाँ जाऊ’
g०४ ४/८ पृ. ७ अनु. ४-पृ. ९ अनु. १
मोसा—वास्तविक मानिस वा मिथ्या?
मोसा मिद्यानबाट मिश्रमा फारोकहाँ गए र परमेश्वरका जनहरूलाई जान दिन आग्रह गरे। तर ती घमन्डी राजाले परमेश्वरका जनहरूलाई जान दिन अनुमति दिएनन्। त्यसैले परमेश्वरले मिश्रमाथि दस विपत्ति ल्याउनुभयो। दसौँ विपत्तिले गर्दा मिश्रका पहिलो सन्तान जति सबै मरे। त्यसपछि बल्ल फारोले इस्राएलीहरूलाई जान दिए।—प्रस्थान अध्याय ५–१३.
ती विवरण प्रायः मानिसलाई थाह छ। तर फारोको नाम उल्लेख नगरिएकोले कतिपयले ती घटनाहरू वास्तविक होइनन् भनी दाबी गर्छन्। तर शास्त्रविद् हफमायरले बताएअनुसार मिश्रका शास्त्रीहरूले फारोका शत्रुहरूको नाम जानाजानी उल्लेख गर्दैनथे। तिनी अझ यसो भन्छन्: “कादेस र मगिद्दोका राजाहरूको नाम विवरणमा उल्लेख गरिएको छैन भन्दैमा इतिहासकारहरूले थुत्मस तृतीयले मगिद्दोमा लडाइँ नै गरेका थिएनन् भन्न त सक्दैनन्।” फारोको नाम उल्लेख नगर्नुपछाडि “महत्त्वपूर्ण धर्मशास्त्रीय कारण” छ भनी हफमायर बताउँछन्। फारोको नाम उल्लेख नगरिँदा त्यसले मानिसहरूको ध्यान फारोतर्फ नभई परमेश्वरतर्फ खिच्छ।
आलोचकहरूले यहुदीहरूको ठूलो सङ्ख्या मिश्रबाट पलायन भएका थिए भन्ने कुरा स्विकार्दैनन्। शास्त्रविद् होमेर डब्ल्यु. स्मिथले त्यस्तो ठूलो सङ्ख्यामा यहुदीहरू मिश्रबाट निस्केको भए “त्यो मिश्र वा सिरियाको इतिहासमा पक्कै पनि एकदमै चिरपरिचित घटना हुने थियो। . . . त्यो केवल थोरै सङ्ख्यामा मिश्रबाट प्यालेस्टाइन गएको घटनालाई बढाइचढाइ गरिएको एक काल्पनिक विवरण मात्र हो।”
हो, त्यस घटनाको कुनै मिश्री अभिलेख फेला परेको छैन। मिश्रीहरूले आफ्नो अपमान हुने घटनाहरू अथवा आफ्नो राजनैतिक स्वार्थ पूरा नभएका विवरणहरू फेरबदल गर्थे वा रेकर्ड नै गर्दैनथे। जस्तै, थुत्मस तृतीय सत्तामा आएपछि तिनले आफूभन्दा अघिका शासक ह्यासेप्सुतको नाम मेटाउने प्रयास गरे। मिश्रका पुरातात्त्विक कुराहरूको अध्ययन गर्ने जोन रे यसो भन्छन्: “उनका शिलालेखहरू मेटाइए, स्तम्भहरू पर्खालले घेरिए र स्मारकहरू हटाइए। उनको नाम पछि कहिल्यै उल्लेख गरिएन।” यसरी नै आधुनिक समयमा पनि थुप्रैले आफ्नो अपमान हुने घटनाहरू ढाकछोप गर्ने प्रयास गरेका छन्।
it “देवीदेवताहरू” अनु. २४-२६
देवीदेवताहरू
दस विपत्ति। यहोवाले मिश्रमाथि विपत्तिहरू ल्याउनुभएर तिनीहरूका देवताहरूलाई अपमानित गर्नुभयो र तिनीहरूलाई दण्ड दिनुभयो। (प्रस्थ १२:१२; गन ३३:४) पहिलो विपत्तिमा नाइल नदी र मिश्रको सबै पानी रगतमा परिणत भयो। यसले गर्दा नाइलको देवता हापीको अपमान भयो। साथै नाइल नदीका माछाहरू मर्नु मिश्री धर्मको लागि अपमान थियो। किनभने मिश्रीहरूले कुनै-कुनै प्रकारका माछाहरूको उपासना गर्थे र ती माछाहरू मरेपछि विभिन्न धार्मिक विधिअनुसार तिनीहरूको अन्त्येष्टि गर्थे। (प्रस्थ ७:१९-२१) दोस्रो विपत्ति भ्यागुताको थियो। मिश्रीहरूले भ्यागुताको उपासना गर्थे भन्न सकिन्छ किनभने तिनीहरूले उपासना गर्ने देवी हेक्तको टाउको भ्यागुताको थियो। त्यसैले मिश्रभरि भ्यागुतै-भ्यागुता हुनुलाई त्यस देवीको अपमानको रूपमा हेरियो। (प्रस्थ ८:५-१४) तेस्रो विपत्तिमा जादुगरहरूले जादु गरेर धुलोलाई भुसुना बनाउन सकेनन् र तिनीहरू आफ्नो हार स्विकार्न बाध्य भए। (प्रस्थ ८:१६-१९) थोथ देवतालाई जादुगरीको देवता मानिन्थ्यो। तर ती देवताले पनि जादुगरहरूलाई धुलोलाई भुसुना बनाउन मदत गर्न सकेनन्।
चौथो विपत्तिदेखि मिश्रीहरू र साँचो परमेश्वर यहोवाका उपासकहरूबीचको भिन्नता स्पष्टै देखियो। मिश्रीहरूको घरमा हुलका हुल झिँगा फैलिए तर यसले गोसेनमा भएका इस्राएलीहरूलाई भने केही असर गरेन। (प्रस्थ ८:२३, २४) अर्को विपत्तिको कारण वस्तुभाउमा महामारी फैलियो जसले गर्दा गाई-देवी हाथोर, आपिस र गाईको जस्तो शरीर भएकी र पेटमा ताराहरू टाँसिएकी आकाशकी देवी नटको अपमान भयो। (प्रस्थ ९:१-६) पिलोहरूको विपत्तिले चाहिँ निको पार्ने शक्ति भएका थथ्, टा र आइसिसजस्ता देवीदेवताहरूलाई लाजमा पाऱ्यो। (प्रस्थ ९:८-११) ठूलठूला असिनाहरूले गर्दा प्राकृतिक शक्तिमाथि नियन्त्रण छ भनी ठानिएका देवीदेवताहरू लाजमा परे। जस्तै, चट्याङमाथि नियन्त्रण छ भनी मानिने रेस्पु अनि वर्षा र गर्जनमाथि नियन्त्रण छ भनी मानिने थथ्। (प्रस्थ ९:२२-२६) सलहको विपत्तिले गर्दा प्रशस्त फसल सुनिश्चित गर्ने देवताहरूको पराजय भयो। तीमध्ये एक उर्वरता देव मिन थिए जसलाई फसलको रक्षक ठानिन्थ्यो। (प्रस्थ १०:१२-१५) अँध्यारोको विपत्तिले गर्दा सूर्य देवता रा र होरस अनि चन्द्रमाका देवता थथ्को अपमान भयो किनभने मिश्रीहरू ती देवताहरूले सूर्य, चन्द्रमा र तारालाई व्यवस्थित तरिकामा चल्न मदत गर्छ भनेर मान्थे।—प्रस्थ १०:२१-२३.
पहिलो सन्तानको मृत्यु हुनु मिश्रका देवीदेवताहरूका लागि सबैभन्दा अपमानजनक कुरा थियो। (प्रस्थ १२:१२) मिश्रका शासकहरूले आफूलाई रा वा आमोन-रा देवताको अवतारको रूपमा प्रस्तुत गर्थे। त्यतिबेलाको भनाइअनुसार रा वा आमोन-रा देवताले रानीसित यौनसम्बन्ध राखेका थिए। त्यस सम्बन्धबाट एउटा छोरा जन्मिएको थियो र तिनलाई नै देवताको अवतार मानियो। अनि तिनलाई रा वा आमोन-रा देवताको मन्दिरमा समर्पित गरियो। त्यसैले फारोको पहिलो सन्तानको मृत्यु हुनु भनेको तिनीहरूको देवताको मृत्यु हुनु बराबर थियो। (प्रस्थ १२:२९) यसले गर्दा मिश्रीहरूको धर्मको बेइज्जत भयो। आफ्ना पहिलो सन्तानलाई मृत्युबाट जोगाउन नसकेको कुराबाट तिनीहरूका देवताहरूको असफलता प्रस्टै देखियो।
it “प्रस्थान” अनु. ४६-५१
प्रस्थान
इस्राएलीहरूले लाल समुद्र पार गरेको बाटोको चौडाइ र लम्बाइ। इस्राएलीहरूले एकै रातमा लाल समुद्र पार गरेका थिए। त्यसैले लाल समुद्र दुई भागमा छुटिएपछि त्यसबीचको सुक्खा जमिन फराकिलो हुनुपर्छ भन्न सक्छौँ। त्यो सुक्खा जमिनको चौडाइ एक किलोमिटर वा त्योभन्दा धेरै हुन सक्छ। हुनत इस्राएलीहरू दल-दल बनाएर सँगसँगै हिँडेका थिए। तर तिनीहरूको साथमा गाडा, सरसामान र वस्तुभाउ पनि थिए। त्यसैले तिनीहरूले लाल समुद्र पार गरेको सुक्खा जमिन लगभग ८ वर्ग किलोमिटर वा त्योभन्दा धेरै हुन सक्छ। यदि इस्राएलीहरू लस्करै हिँड्दा तिनीहरूको चौडाइ १.५ किलोमिटर जति थियो भने लम्बाइ लगभग ५ किलोमिटर वा त्योभन्दा धेरै हुन सक्छ। तर यदि तिनीहरूको चौडाइ २.५ किलोमिटर जति थियो भने लम्बाइ लगभग ३ किलोमिटर वा त्योभन्दा धेरै हुन सक्छ। तिनीहरूलाई समुद्रको पिँधसम्म पुग्न र त्यो पार गर्न घण्टौँ लागेको हुन सक्छ। त्यसरी लाल समुद्र पार गर्दा तिनीहरू अत्तालिएका त थिएनन् तर पङ्क्ति बनाएर छिटोछिटो समुद्र पार गरेका भने हुन सक्छन्।
बादलको खामो नभएको भए मिश्रीहरूले इस्राएलीहरूलाई सजिलै भेट्टाएर नाश गर्ने थिए। (प्रस्थ १५:९) इस्राएलीहरू समुद्रबीचको सुक्खा जमिनमा हिँड्न थालेपछि तिनीहरूको पछिल्तिर भएको बादलको खामो अघिअघि सर्न थाल्यो र मिश्रीहरूले इस्राएलीहरूलाई खेद्न थाले। साथै फारोको फौज विशाल थियो। यो कुरा विचार गर्ने हो भने पनि त्यो समुद्रको पिँध फराकिलो थियो भन्न सकिन्छ। फारो र तिनको फौज आफ्ना दासहरूलाई फेरि पक्रन तिनीहरूलाई लखेट्दै समुद्रको बीचसम्मै पुगे। त्यसपछि बिहान उज्यालो हुनुअघि अर्थात् बिहान २ बजेतिरदेखि ६ बजेको बीचमा यहोवाले बादलको खामोबाट मिश्रीहरूको फौजलाई हेर्नुभयो। अनि उहाँले उनीहरूबीच गोलमाल मच्चाइदिनुभयो र उनीहरूको रथको पाङ्ग्रा फुस्काइदिनुभयो।—प्रस्थ १४:२४, २५.
बिहान हुनै लाग्दा इस्राएलीहरू लाल समुद्रको पूर्वीय किनारमा सुरक्षितसाथ पुगे। त्यसपछि यहोवाले मोसालाई यसो भन्नुभयो, ‘समुद्रमाथि आफ्नो हात पसार अनि समुद्रको पानीले मिश्रीहरूलाई डुबाओस्।’ अनि “समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो।” त्यो देखेर मिश्रीहरू आफ्नो ज्यान जोगाउन त्यहाँबाट भाग्न खोजे। यसबाट पनि त्यो सुक्खा जमिन फराकिलो थियो भन्न सकिन्छ किनकि त्यो जमिन साँघुरो भएको भए मिश्रीहरू उत्तिखेरै डुबिहाल्थे। तिनीहरू दुईतिरबाट उर्लँदै आएको पानीको बीचबाट पश्चिमी किनारतर्फ भाग्न खोजे तर तिनीहरूका रथहरू, घोडचढीहरू र फारोको सबै फौज उर्लेर आएको पानीमा डुबे। उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।
मिश्रीहरूमाथि त्यसरी पानी उर्लेर आएको कुराबाट उनीहरू दलदलमा फसेर मरेका थिएनन् भन्ने कुरा स्पष्ट हुन्छ। साथै यदि उनीहरू दलदलमा फसेका भए उनीहरूको लास किनारासम्म आइपुग्ने थिएन। तर बाइबलमा बताइएअनुसार “मिश्रीहरूको लास समुद्री किनारमा छरपस्ट भएको इस्राएलीहरूले देखे।”—प्रस्थ १४:२२-३१.
पानी समुद्रको बीचमै “जम्यो।” बाइबलमा बताइएअनुसार “उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो” र इस्राएलीहरूले सजिलैसित समुद्र पार गर्न सके। (प्रस्थ १५:८) त्यो पानीको पर्खाल पूरै बरफजस्तै जमेको नभई जेली वा दहीजस्तै जमेको हुन सक्छ। इस्राएलीहरू समुद्रको बीचको सुक्खा जमिन हुँदै हिँड्दा तिनीहरूको दायाँबायाँ दुवैतिरको पानीको विशाल पर्खाललाई कुनै पनि कुराले थामेको थिएन। यसको मतलब दुवैतिरको त्यो पानी पर्खालजस्तै खडा रहिरह्यो र इस्राएलीहरू मिश्रीहरूको हातबाट जोगिन सके। मोसाले सम्भवतः यस्तो दृश्य देखे: पूर्वीय बतास चल्यो र पानी दुई भागमा छुट्टियो अनि सुख्खा जमिन देखा पऱ्यो। त्यो जमिन हिलाम्मे वा बरफजस्तै जमेको थिएन। त्यसैले इस्राएलीहरूको ठूलो दलले सजिलै लाल समुद्र पार गर्न सके।
पानी दुई भागमा छुट्टिएपछि देखा परेको त्यो सुक्खा जमिन निकै फराकिलो हुनुपर्छ किनकि लगभग ३० लाख इस्राएलीहरूको ठूलो दल बिहान नहुँदै पूर्वीय किनारामा पुगिसकेका थिए। त्यसपछि दुवैतिरको पानीको त्यो विशाल पर्खाल उर्लेर आयो र त्यस पानीमा मिश्रीहरूको सबै फौज डुबे। त्यो दृश्य देख्दा सुरक्षितसाथ पारि पुगिसकेका इस्राएलीहरूले तिनीहरूलाई यहोवाले कसरी चमत्कारी ढङ्गमा जोगाउनुभयो भनेर सोच्ने मौका पाए। तिनीहरूले मोसाले भनेका यी शब्दहरू पूरा भएको आफ्नै आँखाले देखे: “तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।”—प्रस्थ १४:१३.
अध्याय १२
तिनी आफ्ना परमेश्वरप्रति वफादार रहे
“यो अङ्गुरको बोटको हेरचाह गर्नुहोस्”!
बाह्र जना जासुसले प्रतिज्ञा गरिएको देशको विभिन्न ठाउँ निरीक्षण गरे। मोसाले उनीहरूलाई त्यहाँका बासिन्दाहरूको अवलोकन गर्न र त्यहाँबाट फर्केर आउँदा केही उब्जनी नमुनाको रूपमा लिएर आउन भनेका थिए। तिनीहरू खासगरि के देखेर आकर्षित भए? हेब्रोननजिकै तिनीहरूले एउटा अङ्गुर बगान देखे। त्यहाँका अङ्गुरहरू यत्ति ठूला थिए कि एउटा झुप्पा बोक्न मात्र पनि दुई जना जासुस चाहिएको थियो। त्यस ठाउँको उब्जनी राम्रो भएकोले ती जासुसहरूले त्यस ठाउँको नाम “एस्कोल बेँसी” अर्थात् “अङ्गुरको झुप्पा” राखे।—गन्ती १३:२१-२४, फुटनोट।
उन्नाइसौँ शताब्दीतिर प्यालेस्टाइनको भ्रमण गरेका एक व्यक्तिले यसो भने: “एस्कोल अर्थात् अङ्गुरको बेँसीमा . . . अझै पनि थुप्रै अङ्गुरका बगानहरू देखिन्छन् र त्यहाँका अङ्गुर प्यालेस्टाइनभरिमै सबैभन्दा राम्रा र ठूलठूला छन्।” बाइबलकालीन समयमा एस्कोलका अङ्गुरहरू उत्कृष्ट मानिन्थे तर भन्ने हो भने प्यालेस्टाइनभरिकै अङ्गुरहरू राम्रा थिए। मिश्रीहरूको रेकर्डअनुसार फारोहरूले कनानबाटै दाखमद्य झिकाउँथे।
“दूध र मह बग्ने देश”
यहोवाले इस्राएलीहरूलाई मिश्रबाट छुटाउनुभएपछि तिनीहरूलाई यस्तो देशमा लैजाने वाचा गर्नुभयो जुन ‘राम्रो र ठूलो थियो अनि त्यहाँ दूध र मह बग्थ्यो।’—प्रस्थान ३:८.
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि तिनीहरूले थुप्रै गाई र भेडाबाख्रा पालन गरे। त्यसैले त्यहाँ प्रशस्त मात्रामा दूध पाइन्थ्यो। तर महबारे चाहिँ के भन्न सकिन्छ? कसै-कसैको विचारमा बाइबलमा बताइएको “मह”-ले छोहोरा, अन्जिर र अङ्गुरजस्ता फलहरूबाट बनेको गुलियो रसलाई बुझाउँछ। अनि बाइबलमा मौरीको मह भनेर तोकेरै उल्लेख गरिँदा त्यसले प्रायजसो वन-महलाई बुझाउँछ, घरपालुवा मौरीको महलाई होइन। (न्यायकर्ता १४:८, ९; १ समुएल १४:२७; मत्ति ३:१, ४) के त्यस देशमा साँच्चै दूध र मह ‘बग्थ्यो’?
यस सन्दर्भमा पुरातत्त्वविद्हरूले इजरायलमा उत्खनन गर्दा भेट्टाएका मौरीका चाकाहरूबाट अझ स्पष्ट जवाफ पाउन सक्छौँ। एक प्राध्यापकले यसो भने: “इजरायल र त्यस वरपर भेटिएका ती चाकाहरू अहिलेसम्मकै सबैभन्दा पुराना हुन्। ती चाकाहरू इस्वी संवत्भन्दा [अर्थात् येसुको जन्मभन्दा] लगभग हजार वर्षअगाडिका थिए।”
ती पुरातत्त्वविद्हरूले तीन वटा पङ्क्तिमा ३० वटाभन्दा धेरै मौरीका चाकाहरू भेट्टाए र त्यहाँ करिब १०० वटा मौरीका चाकाहरू हुन सक्ने अनुमान लगाए। ती चाकाहरूको परीक्षण गर्दा त्यसमा मौरी र मैनका अंशहरू भेट्टियो। केही विज्ञहरूको अनुमानअनुसार “ती चाकाहरूबाट वर्षेनी करिब आधा टन मह काढिन्थ्यो।”
पुरातन समयमा महलाई स्वादिष्ट खानेकुरा मानिन्थ्यो। साथै मौरीको मैन धातु र छालाका वस्तुहरू बनाउन पनि प्रयोग गरिन्थ्यो। साथै काठबाट बनाइएको पाटीमा मौरीको मैनको लेप लगाएर लेख्न प्रयोग गरिन्थ्यो र पछि मैनलाई पगालेर पुनः प्रयोग गरिन्थ्यो। यस्ता कुराहरू भेट्टाएपछि पुरातत्त्वविद्हरू कस्तो निष्कर्षमा पुगे?
ती प्राध्यापक अझ यसो भन्छन्, “बाइबलमा इस्राएलमा गरिने मौरी पालनबारे केही बताइएको छैन। तर ती मौरीका चाकाहरूबाट इस्राएलीहरू बेबिलोनमा निर्वासित हुनुअघि मौरी पालन गर्थे भनेर स्पष्ट हुन्छ। त्यसैले बाइबलमा ‘महबारे’ उल्लेख गरिँदा त्यसले मौरीकै महलाई बुझाएको हुनुपर्छ।”
w९३ ५ /१५ पृ. २६-२९
के तपाईँ सारा हृदयले यहोवाको आज्ञा मान्नुहुन्छ?
“धर्मी मानिस सिंहजस्तै आँटिलो हुन्छ।” (हितोपदेश २८:१) त्यस्तो मानिसले कामद्वारा विश्वास देखाउँछ, परमेश्वरको वचनमा भर पर्छ र जस्तोसुकै खतरा आइपरे तापनि साहसी भई यहोवाको सेवामा लागिरहन्छ।
ईसापूर्व १५१३ मा यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभएपछि तिनीहरू सिनै पर्वतमा बस्न थाले। त्यतिबेला विशेषगरि दुई जना पुरुषले सिंहजस्तै आँटिलो भएको देखाए। तिनीहरूले कठिन परिस्थितिमा पनि यहोवामाथि भरोसा राखे। तीमध्ये एक जना एप्रैमको कुलका यहोसु थिए। तिनी मोसाको सेवक थिए र पछि गएर उनको उत्तराधिकारी नियुक्त भए। (प्रस्थान ३३:११; गन्ती १३:८, १६; व्यवस्था ३४:९; यहोसु १:१, २) दोस्रो व्यक्ति यहुदाको कुलका यपुन्नेको छोरा कालेब थिए।—गन्ती १३:६; ३२:१२.
कालेब वफादार र जोसिलो भई यहोवाको इच्छाअनुसार चले। तिनले आफ्नो पूरै जीवन यहोवाको सेवामा बिताए। त्यसैले वृद्ध अवस्थामा पुग्दा तिनले यसो भन्ने सके, “मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्वरको आज्ञा मानेँ।” (यहोसु १४:८) तपाईँबारे चाहिँ के भन्न सकिन्छ? के तपाईँ पनि सारा हृदयले यहोवा परमेश्वरको आज्ञा मान्दै हुनुहुन्छ?
मोसाले जासुसी गर्न पठाए
यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभएको केही समयपछिको अवस्था कल्पना गर्नुहोस्! त्यतिबेला भविष्यवक्ता मोसाले वफादार भई यहोवाले दिनुभएको निर्देशनहरू कसरी पालन गरे, विचार गर्नुहोस्। साथै यहोवा आफ्ना मानिसहरूसित हुनुहुन्छ भन्ने कुरामा कालेबले कसरी विश्वास देखाए, त्यो पनि याद गर्नुहोस्।
इस्राएलीहरू मिश्र छोडेको दोस्रो वर्ष पारान निर्जनभूमिमा भएको कादेस-बर्नेमा छाउनी हालेर बस्छन्। तिनीहरू प्रतिज्ञा गरिएको देशको सिमानामा छन्। परमेश्वरको आज्ञाअनुसारै मोसाले कनान देशको जासुसी गर्न १२ जनालाई पठाउँछन्। मोसा तिनीहरूलाई यसो भन्छन्: “तिमीहरू यहाँबाट नेगेबतिर जानू अनि त्यसपछि पहाडी इलाकातिर उक्लनू। त्यो देश कस्तो छ, त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि कमजोर, धेरै छन् कि थोरै अनि त्यो देश राम्रो छ कि छैन, त्यहाँका मानिसहरू बसोबास गरिरहेका सहरहरू खुला छन् कि पर्खालले घेरिएका छन्, त्यो पत्ता लगाउनू। अनि त्यहाँको जमिन उर्वर छ कि बाँझो, त्यहाँ रूखहरू छन् कि छैनन्, त्यो पनि हेरेर आउनू। तिमीहरू साहसी हुनू अनि त्यहाँको केही उब्जनी लिएर आउनू।”—गन्ती १३:१७-२०.
ती १२ जना जासुस जोखिमपूर्ण यात्रा सुरु गर्छन्। तिनीहरूलाई त्यस देशको सबै कुरा जाँचबुझ गरेर फर्कन ४० दिन लाग्छ। हेब्रोनमा तिनीहरूले बडेमाका मानिसहरू देख्छन्। तिनीहरूले एस्कोल बेँसीको जमिन उर्वर भएको याद गर्छन् र त्यहाँका केही फलहरू सँगै लैजाने निर्णय गर्छन्। अङ्गुरको झुप्पा निकै गह्रुङ्गो भएकोले त्यसलाई दुई जनाले लट्ठीमा झुन्ड्याएर बोक्छन्।—गन्ती १३:२१-२५.
जासुसहरू आफ्नो छाउनीमा फर्केपछि यस्तो खबर सुनाउँछन्: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ! अनि हेर्नुहोस्, त्यहाँबाट ल्याएको फल! तर त्यहाँका मानिसहरू एकदमै बलिया रहेछन्। त्यहाँका सहरहरू पर्खालले घेरिएका र एकदम ठूलठूला रहेछन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ। अमालेकीहरू नेगेबमा अनि हित्ती, यबुसी र एमोरीहरूचाहिँ पहाडी इलाकामा बस्दा रहेछन्। कनानीहरू भने समुद्रको छेउछाउमा र यर्दन नदीको किनारमा बस्दा रहेछन्।” (गन्ती १३:२६-२९) ती दस जना जासुस यहोवाको निर्देशनअनुसार प्रतिज्ञा गरिएको देशमा जान तयार छैनन्।
“हाम्रो साथमा यहोवा परमेश्वर हुनुहुन्छ”
साहसी कालेबले भने यहोवामाथि भरोसा राख्दै यसो भने: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्य विजयी हुनेछौँ।” तर ती १० जना जासुसले कनानीहरू इस्राएलीहरूभन्दा धेरै बलिया छन् भन्दै कालेबको कुरा सुन्न इन्कार गरे। ती डराएका र विश्वास कमजोर भएका जासुसहरूले कनानीहरूको अगाडि ‘हामी फट्याङ्ग्राजस्तै देखिन्छौँ’ भने।—गन्ती १३:३०-३३.
कालेब र यहोसुले “हाम्रो साथमा यहोवा परमेश्वर हुनुहुन्छ। त्यसैले उनीहरूसित नडराओ” भनेर इस्राएलीहरूको हौसला बढाउन खोजे। तर इस्राएलीहरूले उनीहरूको कुरालाई वास्तै गरेनन्। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हानेर मार्ने सल्लाह गरे। त्यसपछि यहोवाले ती गनगन गर्ने इस्राएलीहरूलाई यसो भन्नुभयो: “मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ। अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन् भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्। . . . अनि तिमीहरू विश्वासघाती भएकोले तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्तिको मृत्यु नहोउन्जेल तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ। तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ। त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।”—गन्ती १४:९, ३०-३४.
कालेब र यहोसु पछिसम्मै वफादार रहे
चालीस वर्षको दौडान निर्जनभूमिमा गनगन गर्नेहरू सबै नाश भइसकेका थिए। तर कालेब र यहोसु भने परमेश्वरप्रति वफादार रहिरहे। मोआबको मरुभूमिमा मोसा र पुजारी एलियाजारले २० वर्ष र सोभन्दा माथिका पुरुषहरू कति छन् भनेर गन्ती गरे। पैतृक सम्पत्तिको रूपमा पाउने देश बाँड्ने काममा सघाउन परमेश्वरले प्रत्येक कुलबाट एक-एक जना कुलनायक छान्नुभयो। त्यसमा कालेब, यहोसु र एलियाजार पनि परे। (गन्ती ३४:१७-२९) कालेब ७९ वर्षको भइसक्दा पनि अझै जोसिलो, वफादार र साहसी थिए।
इस्राएलीहरूले कनानमा जान इन्कार गर्नुभन्दा ठीकअघि मोसा र हारुनले सेनाको लागि योग्य पुरुषहरूको गन्ती गर्दा तिनीहरूको जम्मा सङ्ख्या ६ लाख ३ हजार ५ सय ५० थियो। निर्जनभूमिमा ४० वर्ष बिताएपछि भने सेनामा जानेहरूको सङ्ख्या घटेर ६ लाख १ हजार ७ सय ३० भयो। (गन्ती १:४४-४६; २६:५१) तैपनि यहोसुले इस्राएलीहरूको सेनालाई डोऱ्याए र वफादार कालेबले पनि युद्धमा पूरापूर भाग लिए। यसरी इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे अनि एकपछि अर्को युद्ध जित्दै गए। यहोसु र कालेब यहोवाले मदत दिनुहुने कुरामा सधैँ विश्वस्त थिए र तिनीहरूले आशा गरेझैँ उहाँले आफ्ना जनहरूलाई युद्धहरूमा विजय हासिल गराउनुभयो।
त्यतिबेला यहोसु र कालेब वृद्ध भइसकेका थिए। तैपनि तिनीहरूले प्रतिज्ञा गरिएको देशमा पुग्न यर्दन नदी पार गरे र युद्ध जिते। तर युद्ध जितेको छ वर्ष बितिसक्दा पनि इस्राएलीहरूले थुप्रै भूभाग कब्जा गर्न बाँकी थियो। यहोवाले ती भूभागमा भएकाहरूलाई धपाइदिनेछु भन्नुभयो अनि इस्राएलका कुलहरूलाई ती इलाकाहरू बाँड्न आज्ञा दिनुभयो।—यहोसु १३:१-७.
तिनले सारा हृदयले यहोवाको आज्ञा माने
थुप्रै युद्ध लडिसकेका कालेब यहोसुकहाँ आए र यसो भने: “म ४० वर्षको हुँदा यहोवा परमेश्वरका सेवक मोसाले यस देशको जासुसी गर्न मलाई कादेस-बर्नेबाट पठाएका थिए अनि मैले जे देखेँ, त्यही तिनलाई बताइदिएँ। मसँगै गएका मेरा दाजुभाइले मानिसहरूलाई त्रसित तुल्याउने कुराहरू बताए। तर मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्वरको आज्ञा मानेँ।” (यहोसु १४:६-८) हो, कालेब सारा हृदयले अनि वफादार भई यहोवाको इच्छाअनुसार चले।
कालेबले अझै यसो भने: “त्यही दिन मोसाले यस्तो कसम खाएका थिए: ‘तिमीले जुन भूमिमा पाइला टेक्यौ, त्यो भूमि पैतृक सम्पत्तिको रूपमा तिमी र तिम्रा सन्तानले सधैँभरिका लागि पाउनेछौ किनभने तिमीले आफ्नो सारा हृदयले मेरा परमेश्वर यहोवाको आज्ञा मान्यौ।’ इस्राएलीहरू निर्जनभूमिमा भौँतारिरहेको बेला यहोवा परमेश्वरले मोसासित यो प्रतिज्ञा गर्नुभएको ४५ वर्ष बितिसक्यो अनि यहोवा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसारै मलाई सम्हालिरहनुभएको छ। हेर्नुहोस्, म अहिले ८५ वर्ष पुगिसकेँ र जीवितै छु। मोसाले मलाई जासुसी गर्न पठाएको बेलामा जस्तै अहिले पनि म बलियो छु। लडाइँ लड्ने र अरू काम गर्ने मेरो तागत अझै घटेको छैन। त्यसैले यो पहाडी इलाका मलाई दिनुहोस्, जसबारे यहोवा परमेश्वरले त्यो दिन प्रतिज्ञा गर्नुभएको थियो। त्यहाँ अनाकीहरू ठूलठूला पर्खालले घेरिएका सहरहरूमा बस्छन् भनेर तपाईँले त्यतिबेला सुन्नुभएको थियो। तर यहोवा परमेश्वर अवश्य मसित हुनुहुनेछ अनि यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ म तिनीहरूलाई त्यहाँबाट धपाउनेछु।” कालेबले पैतृक सम्पत्तिको रूपमा हेब्रोन पाउँछन्।—यहोसु १४:९-१५.
वृद्ध भइसकेका कालेबले एउटा असाध्यै गाह्रो जिम्मेवारी पाउँछन्। तिनले यस्तो ठाउँ कब्जा गर्नुपर्ने थियो, जहाँका मानिसहरू निकै बलिया र ठूलठूला थिए। तर ती ८५ वर्षका योद्धाको लागि तिनीहरूसित युद्ध लड्नु खासै चुनौतीपूर्ण थिएन। तिनले शत्रुहरूलाई हराए र हेब्रोन कब्जा गरे। कालेबका भतिजा ओथ्निएल जो इस्राएलका न्यायकर्ता थिए, तिनले दबिर कब्जा गरे। यी दुवै सहर पछि लेवीहरूले कब्जा गरे र हेब्रोन अनजानमा हत्या गर्ने व्यक्तिहरूको लागि शरणनगर बन्यो।—यहोसु १५:१३-१९; २१:३, ११-१६; न्यायकर्ता १:९-१५, २०.
सारा हृदयले यहोवाको आज्ञा पालन गरिरहनुहोस्
कालेब र यहोसु त्रुटिपूर्ण मानिसहरू थिए। तैपनि तिनीहरू वफादार भई यहोवाको इच्छाअनुसारै चले। इस्राएलीहरूको अनाज्ञाकारिताले गर्दा ४० वर्षसम्म मरुभूमिमा जीवन बिताउनुपरे तापनि कालेब र यहोसुले आफ्नो वफादारी कायम राखे। त्यसैगरि आज यहोवाका सेवकहरू पनि जस्तोसुकै अवस्थामा उहाँको सेवा गर्नदेखि पछि हट्दैनन्। सैतान यहोवाको सङ्गठनविरुद्ध लड्दै छ भनेर थाह भएकोले तिनीहरू वफादार भई आफ्ना बुबा यहोवाको पक्षमा खडा भइरहन दृढ छन्।
उदाहरणको लागि, यहोवाका जनहरूले खेदो भोग्नुपरे तापनि वा आफ्नो ज्यानै खतरामा परे तापनि प्रभुको साँझको भोज अर्थात् येसुको मृत्युको स्मरणार्थ कार्यक्रम मनाउने गर्छन्। (१ कोरिन्थी ११:२३-२६) दोस्रो विश्वयुद्धको दौडान नाजी यातना शिविरमा भएकी एउटी ख्रिष्टियन बहिनी यसो भन्छिन्:
“हामी सबैलाई राती ११ बजे लन्ड्रिमा भेला हुन भनियो। त्यहाँ हामी १०५ जना जम्मा भयौँ। हामी घेरा बनाएर नजिक-नजिक उभियौँ अनि बीचमा एउटा सानो मेच राख्यौँ। त्यसमाथि सेतो टेबुलपोस र प्रतीकहरू राख्यौँ। हामीले मैनबत्ती बाल्यौँ किनभने बिजुली बत्ती बाल्दा हामीले के गर्दै छौँ भनेर अरूले देख्न सक्थे। हामीलाई सुरुसुरुका ख्रिष्टियनहरूलाई जस्तै अनुभव भयो। तिनीहरू पनि खेदोको बेला लास राखिने गुफामा भेला हुन्थे। हामीले फेरि एक चोटि हाम्रो बुबाको पवित्र नामलाई उच्च पार्न आफ्नो सारा बल लगाउने र वफादार रहने वाचा व्यक्त गऱ्यौँ।”
परीक्षा र खेदोको सामना गर्नुपरे पनि यहोवाले हामीलाई साहसी भई उहाँको सेवा गर्न र उहाँको नाउँ पवित्र पार्न बल दिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (फिलिप्पी ४:१३) यहोवालाई खुसी बनाउने काम गर्ने र उहाँमा पूर्ण रूपमा भर पर्ने सन्दर्भमा हामी कालेबको उदाहरण याद गर्न सक्छौँ। सन् १९२१ मा पूर्ण-समय सेवा सुरु गरेका एक जवान भाइमा कालेबको उदाहरणले निकै सकारात्मक प्रभाव पऱ्यो। ती भाइ यसो भन्छन्:
“हुनत अग्रगामी सेवा गर्न मैले बेलायतको छापाखानाको आरामदायी काम छोड्नुपऱ्यो। तर यसमा मलाई कुनै पछुतो छैन। मैले यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेकोले यो नै मैले गर्नुपर्ने सही काम हो भन्ने कुरामा म ढुक्क थिएँ। मैले यहोसुसँगै प्रतिज्ञा गरिएको देशमा गएका कालेबलाई सम्झिएँ, जसबारे बाइबलमा यस्तो लेखिएको छ, ‘तिनले आफ्नो सारा हृदयले यहोवा परमेश्वरको आज्ञा माने।’ (यहो. १४:८) तिनको यस्तो इच्छुक मनोवृत्ति मलाई साह्रै मन पऱ्यो। ‘सारा हृदयले’ यहोवाको सेवामा लाग्दा मेरो जीवन अझ अर्थपूर्ण हुने थियो। यो सेवामा लाग्दा मैले ख्रिष्टियन गुणहरू विकास गर्ने मौका पाउने थिएँ।”
कालेबले वफादार भई यहोवाको सेवा गरेकोले र सारा हृदयले यहोवाको इच्छाअनुसार जीवन बिताएकोले यहोवाबाट आशिष् पाए। तिनले जस्तै अरूले पनि यहोवाको सेवामा लाग्दा साँचो आनन्द र प्रशस्त आशिष् पाएका छन्। तपाईँहरूले पनि सारा हृदयले यहोवाको सेवा गरेर यस्तै आशिष्हरू अनुभव गर्नुहोस्।
अध्याय १४
उनले आफ्ना मानिसहरूलाई होइन, यहोवालाई रोजिन्
w१३ ११/१ पृ. १२ अनु. ४–पृ. १३ अनु. १
उनी ‘कामद्वारा धर्मी ठहरिइन्’
राहाब एक वेश्या थिइन्। तर केही बाइबल टिप्पणीकारहरूलाई त्यो कुरा एकदमै आपत्तिजनक लाग्यो। त्यसैले तिनीहरूले राहाब पौवाको मालिक्नी थिइन् भनेर बताए। तर बाइबलमा भने उनीबारे सबै कुरा खुलस्त बताइएको छ। (यहोसु २:१; हिब्रू ११:३१; याकुब २:२५) कनानीहरूमाझ राहाबको पेसा स्वीकार्य थियो जस्तो देखिन्छ। राहाबको समाजले वेश्यावृत्तिलाई स्विकारे तापनि उनलाई आफ्नो अन्तस्करणले घोचिरहेको हुन सक्छ। किनकि यहोवाले सबै मानिसलाई सही र गलत छुट्ट्याउन सक्ने क्षमता दिनुभएको छ। (रोमी २:१४, १५) राहाबले आफूले पतित जीवन बिताइरहेको छु जस्तो महसुस गरिन् होला। अहिले वेश्यावृत्तिमा लागेका थुप्रै मानिसहरूलाई जस्तै राहाबलाई पनि आफ्नो परिवार पाल्ने यो नै एक मात्र उपाय हो जस्तो लागेको हुन सक्छ।
राहाब पक्कै पनि आफ्नो जीवन राम्रो होस् भन्ने चाहन्थिन्। उनी बस्ने सहर हिंसा अनि हाडनाताकरणी र पशु सम्भोगजस्ता अनैतिकताले भरिएको थियो। (लेवी १८:३, ६, २१-२४) त्यहाँका मानिसहरूले त्यस्ता घृणित कुराहरू गर्नुको एउटा कारण तिनीहरूले मान्ने धर्म पनि थियो। मन्दिरहरूमा हुने रीतिथितिहरूले वेश्यावृत्तिलाई बढावा दिन्थ्यो। साथै तिनीहरूले बाल र मोलेकजस्ता देवताहरूको उपासनाको नाममा आफ्ना बच्चाहरू बलि चढाउँथे।
कनानमा भइरहेका घृणित कुराहरू यहोवाको नजरबाट लुकेको थिएन। त्यहाँ भइरहेका दुष्ट कामहरू देखेर उहाँले यसो भन्नुभयो: “यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्।” (लेवी १८:२५) तिनीहरूले कस्तो “सजाय” पाउने थिए? यहोवाले इस्राएलीहरूलाई यस्तो वाचा गर्नुभएको थियो: “यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट अलिअलि गरेर धपाउनुहुनेछ।” (व्यवस्था ७:२२) धेरै वर्षअघि यहोवाले अब्राहामको सन्तानलाई त्यो ठाउँ दिने वाचा गर्नुभएको थियो र उहाँ ‘कहिल्यै झूट बोल्नुहुन्न।’—तितस १:२; उत्पत्ति १२:७.
तर यहोवाले त्यस ठाउँका केही जातिको नामोनिसान मेटाइदिनू भन्ने आज्ञा पनि दिनुभएको थियो। (व्यवस्था ७:१, २) निष्पक्ष “न्यायकर्ता” यहोवाले ती जातिहरू सबैको हृदय जाँच्नुभएको थियो र उहाँलाई तिनीहरू कुन हदसम्म खराब र अनैतिक जीवन बिताउँदै छन् भन्ने कुरा थाह थियो। (उत्पत्ति १८:२५; १ इतिहास २८:९) चाँडै नाश हुन लागेको सहरमा बस्नुपर्दा राहाबलाई कस्तो महसुस भयो होला? इस्राएलका परमेश्वरले दासत्वमा परेका आफ्ना जनहरूलाई मिश्रीहरूका फौजमाथि विजयी गराउनुभयो भनेर उनले सुनेकी थिइन्। त्यतिबेला मिश्रीहरूको फौज संसारकै सबैभन्दा शक्तिशाली फौज थियो। अनि ती इस्राएलीहरूले नै यरिहो सहरलाई आक्रमण गर्न लागेका थिए! तर त्यहाँका मानिसहरूले दुष्ट काम छोड्न मानेनन्। यसबाट कनानीहरूलाई बाइबलमा “अनाज्ञाकारी मानिसहरू” भनिनुको कारण हामी बुझ्न सक्छौँ।—हिब्रू ११:३१.
it “वेश्या” अनु. १६
वेश्या
राहाब। राहाब एक वेश्या थिइन् तर उनले परमेश्वरमाथि विश्वास गरिन् र आफ्नो कामद्वारा धर्मी ठहरिन्। (या २:२५) यहोसुले यरिहोको जासुसी गर्न पठाएका दुई जना मानिस राहाबकै घरमा बसेका थिए। (यहो २:१) तर तिनीहरू अनैतिक सम्बन्ध राख्ने उद्देश्यले त्यहाँ बसेका भने थिएनन्। यस सन्दर्भमा प्राध्यापक सी. एफ. काइल र एफ. डेलिच-ले आफ्नो किताबमा (Commentary on the Old Testament) यसो भनेका छन्: “तिनीहरू वेश्यावृत्तिमा लागेकी स्त्रीको घरमा जाँदैमा तिनीहरूको मनसायमा शङ्का गरिहाल्नुपर्ने कुनै कारण छैन। यसबाहेक ती स्त्रीको घर सहरको पर्खालमै भएकोले त्यहाँबाट भाग्न पनि सजिलो हुने थियो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा प्रभुले नै ती जासुसहरूलाई उनको घरमा डोऱ्याउनुभएको थियो। किनभने त्यस अवस्थामा तिनीहरूलाई मदत गर्न सक्ने सबैभन्दा उपयुक्त व्यक्ति राहाब नै थिइन्। साथै इस्राएलीहरूको खातिर परमेश्वरले गर्नुभएका चमत्कारहरूबारे सुनेर उनी धेरै प्रभावित भएकी थिइन्। त्यसैले उनले ती जासुसहरूलाई कनानीहरू इस्राएलीहरूसित डराएका छन् भनेर बताइदिइन्। त्यति मात्र होइन, उनले इस्राएलका परमेश्वरको शक्तिमा भरोसा राख्दै मानिसहरू ती जासुसहरूलाई खोज्दै आउँदा आफ्नो ज्यान जोखिममा पारेर तिनीहरूलाई लुकाइन्।” कनानीहरू अनैतिक कुराहरूमा चुर्लुम्मै डुबेकाले परमेश्वरले इस्राएलीहरूलाई तिनीहरू सबैलाई त्यहाँबाट धपाउनू भन्ने आज्ञा दिनुभएको थियो। साथै इस्राएलीहरूले यरिहोमाथि आक्रमण गर्दा परमेश्वर तिनीहरूको साथमा हुनुहुन्थ्यो। यसबाहेक उहाँले राहाबलाई पनि अनुग्रह देखाउनुभयो। यी कुराहरू विचार गर्दा हामी यस्तो निष्कर्षमा पुग्न सक्छौँ: ती जासुसहरू राहाबसित अवैध यौनसम्बन्ध राख्ने मनयासले उनको घरमा गएका थिएनन् र राहाब त्यस घटनापछि वेश्यावृत्तिमै लागिरहिनन्।—लेवी १८:२४-३०.
it “आलस” अनु. २-४
आलस
प्राचीन समयदेखि खेती गरिँदै आएको एक बिरुवा, जसका रेसाबाट अहिले पनि मलमलको कपडा बनाइन्छ। आलसको (लिनम उसिटाटिसिमम) उचाइ ०.३ देखि १.२ मिटरसम्म हुन सक्छ। यस बिरुवाको डाँठ पातलो हुन्छ र यसका फिका हरिया पातहरू टुप्पोतिर मात्र झाँगिन्छ। यसका हाँगाका टुप्पाहरूमा गाढा वा फिका निलो (कहिलेकाहीँ सेतो) रङ्गका पाँच पत्ते फूल फुल्छ।
आलसको बोटमा “कोपिलाहरू” पलाएपछि त्यो काटनीको लागि तयार भयो भन्ने बुझिन्थ्यो। (प्रस्थ ९:३१) कटनीको बेला आलसको बोटलाई जरैदेखि उखेल्ने गरिन्थ्यो र त्यसपछि सुकाइन्थ्यो। सम्भवतः राहाबको घरको छतमा भएका आलसका डाँठहरू यसै उद्देश्यका लागि राखिएका थिए।—यहो २:६.
इस्राएलीहरूले आलस प्रशोधन गर्न प्रयोग गरेको विधि सम्भवतः प्रथम शताब्दीका प्लाइनी दी एल्डर-ले आफ्नो किताबमा (Natural History) दिएको वर्णन र इजिप्टको बेनी हसन भन्ने ठाउँमा भेटिएको प्राचीन चित्रसँग मेल खान्छ। बीउको बोक्रा हटाएपछि आलसका डाँठहरूलाई पानीमा पूरै डुबाइन्थ्यो र तैरिन नदिन ढुङ्गाले थिचेर राखिन्थ्यो। पानीमा भिजेपछि आलसका डाँठहरू कुहिन थाल्थे र त्यसबाट रेसाहरू छुट्टिन्थे। यसरी डाँठ कुहिएर रेसाहरू छुट्टिन थालेपछि त्यसलाई पानीबाट निकालिन्थ्यो र पूरै नसुकेसम्म घाममा ओल्टाइपल्टाइ गरिन्थ्यो। त्यसपछि ती डाँठहरूलाई ढुङ्गामाथि राखेर मुङ्ग्राले बेस्सरी पिटिन्थ्यो र रेसाहरू अलग पारिन्थ्यो अनि ठूलठूला दाँती भएका औजारहरूमा राखेर कोरिन्थ्यो र सफा गरिन्थ्यो। (यसै ४२:३; ४३:१७; मत्ति १२:२०, हेर्नुहोस्।) बाहिरपट्टिका कमसल रेसाहरू सलेदो बनाउन प्रयोग गरिन्थ्यो भने भित्री रेसाहरू जुन सेता र राम्रो गुणस्तरका हुन्थे, त्यसलाई चाहिँ धागोमा परिणत गरिन्थ्यो र बारम्बार ढुङ्गामा पिटेर पालिस गरिन्थ्यो।
w०९ ५/१५ पृ. ६-८
अन्त आउँदा तपाईँ कहाँ हुनुपर्छ?
यहोवाले आरमागेडोनको युद्धमा यस दुष्ट संसारलाई नाश गर्नुहुँदा उहाँको इच्छाअनुसार चल्ने मानिसहरूलाई चाहिँ के हुनेछ? हितोपदेश २:२१, २२ यसो भन्छ: “सोझाहरू मात्र पृथ्वीमा बस्नेछन् र निर्दोषहरू त्यहाँ रहनेछन्। दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन् र विश्वासघातीहरू त्यहाँबाट उखेलिनेछन्।”
निर्दोषहरू पृथ्वीमा रहनेछन् भन्नुको अर्थ के हो? के तिनीहरूले शरण लिने ठाउँ पाउनेछन्? अन्त आउँदा सोझाहरू कहाँ हुनुपर्छ? बाइबलमा भएका चार वटा विवरणले हामीलाई यी प्रश्नहरूको जवाफ पाउन मदत गर्नेछ।
छुटकाराको लागि तोकिएकै ठाउँमा जानुपरेका अवस्थाहरू
कुलपिता नुह र लुतको छुटकाराबारे २ पत्रुस २:५-७ मा यस्तो लेखिएको छ: “[परमेश्वर] प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्नुभएन। तर उहाँले धार्मिकताबारे प्रचार गर्ने नुहलाई अनि अरू सात जनालाई भक्तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो। अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो र यसरी भक्तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो। तर उहाँले धर्मी लुतलाई भने छुटकारा दिनुभयो, जो कुकर्मीहरूको निर्लज्ज आचरण देखेर असाध्यै चिन्तित भएका थिए।”
जलप्रलयमा नुह कसरी बचे? परमेश्वरले नुहलाई यसो भन्नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु। तिमीले असल काठको जहाज बनाउनू।” (उत्प. ६:१३, १४) परमेश्वरले भन्नुभएअनुसारै नुहले जहाज बनाए। उहाँले तिनलाई जलप्रलय सुरु हुनुभन्दा सात दिनअघि आफ्नो परिवार र सबै जीवजन्तुसहित जहाजभित्र पस्न भन्नुभयो। सातौँ दिनमा जहाजको ढोका बन्द भयो “अनि पृथ्वीमा ४० दिन र ४० रात मुसलधारे पानी पऱ्यो।” (उत्प. ७:१-४, ११, १२, १६) नुह र तिनको परिवार “पानीबाट बचे।” (१ पत्रु. ३:२०) आफ्नो ज्यान जोगाउन तिनीहरू जहाजभित्र पस्नै पर्थ्यो। पृथ्वीको अरू कुनै ठाउँमा तिनीहरूले सुरक्षा पाउने थिएनन्।—उत्प. ७:१९, २०.
लुतलाई भने फरक निर्देशन दिइयो। दुई स्वर्गदूतले तिनलाई सदोमबाट निस्किहाल्न भने। ती स्वर्गदूतहरूले लुतलाई यसो भने: “[सदोम] सहरमा भएका सबै नातेदारलाई लिएर यहाँबाट हिँडिहाल! हामी यस सहरलाई नाश गर्नेछौँ।” हो, तिनीहरू “पहाडी इलाकातिर” भाग्नुपर्थ्यो।—उत्प. १९:१२, १३, १७.
नुह र लुतको विवरणबाट यो कुरा स्पष्ट हुन्छ: “परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने, सो यहोवा परमेश्वर जान्नुहुन्छ।” (२ पत्रु. २:९) यी दुवै अवस्थामा आफ्नो ज्यान जोगाउन तोकिएकै ठाउँमा जानु जरुरी थियो। नुह जहाजभित्र पस्नुपर्थ्यो भने लुत चाहिँ सदोमबाट बाहिर निस्कनुपर्थ्यो। तर के आफ्नो ज्यान जोगाउन सधैँ तोकिएकै ठाउँमा जानुपर्छ भन्ने हो? के यहोवा धर्मीहरू जहाँ छन्, त्यहाँ नै तिनीहरूलाई जोगाउन सक्नुहुन्छ? यस प्रश्नको जवाफ पाउन अर्को दुई वटा बाइबल विवरण विचार गरौँ।
के हरेक अवस्थामा कुनै खास ठाउँमा हुनु जरुरी छ?
यहोवाले मोसाको समयमा मिश्रीहरूमाथि दसौँ विपत्ति ल्याउनुअघि इस्राएलीहरूलाई एउटा आज्ञा दिनुभएको थियो। तिनीहरूले निस्तार चाडको लागि तयार पारेको जनावरको रगत आ-आफ्नो घरको ढोकाको चौकोस र खामामा छर्कनुपर्थ्यो। किन? किनकि ‘यहोवा परमेश्वर मिश्रीहरूलाई प्रहार गर्न आउनुहुँदा उहाँले तिनीहरूको ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा रगत देख्नुहुने थियो र तिनीहरूको घरलाई नाघेर जानुहुने थियो। यसरी तिनीहरूको घरमा भएका कोही पनि यस विपत्तिमा परेर मर्ने थिएनन्। त्यसपछि यहोवा परमेश्वरले मध्यरातमा मिश्रभरि सबैका पहिलो सन्तानलाई मार्नुभयो—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर झ्यालखानामा थुनिएको कैदीको पहिलो सन्तानसमेत; उहाँले गाईवस्तुको पहिलो सन्तानलाई पनि बाँकी राख्नुभएन।’ यसरी इस्राएलीहरूको पहिलो सन्तानको ज्यान जोगियो, तिनीहरू कुनै खास ठाउँमा जानुपरेन।—प्रस्थ. १२:२२, २३, २९.
अर्को विवरण यरिहो सहरमा बस्ने राहाबको हो, जो एक वेश्या थिइन्। इस्राएलीहरू प्रतिज्ञा गरिएको देश कब्जा गर्न तयार थिए। राहाबले यरिहो सहर पनि नाश हुनेछ भनेर बुझिन्। अनि उनले ती जासुसहरूलाई सहरका सबै जना इस्राएलीहरूदेखि असाध्यै डराएका छन् भनेर बताइन्। उनले ती जासुसहरूलाई आफ्नो घरमा लुकाइन् र यरिहो नाश हुँदा आफू र आफ्नो पूरै परिवारलाई बचाउने कसम खान लगाइन्। ती जासुसहरूले उनलाई त्यस सहरको पर्खालमा भएको उनको घरमा पूरै परिवारलाई भेला गराउन भने। साथै यदि कोही घरबाट बाहिर निस्क्यो भने सहरका अरू मानिसहरूसँगै तिनको पनि ज्यान जानेछ भनेर तिनीहरूले बताए। (यहो. २:८-१३, १५, १८, १९) तर पछि यहोवाले यहोसुलाई “सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ” भनी बताउनुभयो। (यहो. ६:५) जासुसहरूले सुरक्षित ठानेको ठाउँ नै अब खतरामा पऱ्यो। तर राहाब र उनको परिवारलाई भने कसरी जोगाइने थियो?
यरिहोलाई कब्जा गर्ने बेला आएपछि पुजारीहरूले सिङ फुके र इस्राएलीहरू ठूलो स्वरले कराए। यहोसु ६:२० मा बताइएअनुसार, “[इस्राएलीहरू] लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।” कुनै मानिसले त्यस सहरको पर्खाल ढल्नदेखि रोक्न सक्ने थिएन। तर चमत्कारपूर्ण ढङ्गमा राहाबको घर भएको पर्खालको भाग चाहिँ ढलेन। यहोसुले ती दुई जासुसलाई यसो भने: “ती वेश्याको घरमा जाऊ र तिनको घरमा भएका सबैलाई बाहिर निकालेर आफ्नो वाचा पूरा गर।” (यहो. ६:२२) राहाबको घरमा भएकाहरू सबै बचे।
सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो?
हामी नुह, लुत, मोसाको समयका इस्राएलीहरू र राहाबलाई जोगाइएको विवरणबाट के सिक्न सक्छौँ? यस दुष्ट युगको अन्त हुँदा हामी कहाँ हुनुपर्छ भन्नेबारे यी विवरणहरूले हामीलाई कुन कुरा सिकाउँछ?
हो, नुह जहाजभित्र गएकोले नै तिनको ज्यान जोगिएको थियो। तर तिनी किन जहाजभित्र गए? किनकि तिनी परमेश्वरमाथि विश्वास गर्थे र उहाँप्रति आज्ञाकारी थिए। बाइबल भन्छ: “नुहले त्यसै गरे। तिनले परमेश्वरको आज्ञाबमोजिम सबै गरे।” (उत्प. ६:२२; हिब्रू ११:७) के हामीले पनि नुहले जस्तै परमेश्वरको आज्ञाबमोजिम सबै कुरा गर्दै छौँ? नुह “धार्मिकताबारे प्रचार” गर्ने व्यक्ति थिए। (२ पत्रु. २:५) के हामीले पनि तिनले जस्तै सुसमाचारप्रति चासो नदेखाउने इलाकाहरूमा समेत जोसिलो भई प्रचार गरिरहेका छौँ?
लुत सदोमबाट भागेकोले तिनको ज्यान जोगियो। तिनी परमेश्वरको नजरमा धर्मी थिए अनि सदोम र गमोराका मानिसहरूको निर्लज्ज आचरण देखेर तिनी असाध्यै चिन्तित भएका थिए। त्यसैले यहोवाले तिनलाई छुटकारा दिनुभयो। के आज हामी पनि संसारका मानिसहरूको निर्लज्ज आचरण देखेर चिन्तित छौँ? त्यस्ता कुराहरू देखिरहने भएकोले ती सामान्य पो लाग्न थालेको छ कि? के हामीले यहोवाको नजरमा ‘बेदाग र निष्खोट रहिरहन अनि शान्ति कायम गरिरहन’ भरमग्दुर कोसिस गरिरहेका छौँ?—२ पत्रु. ३:१४.
मिश्रमा भएका इस्राएलीहरू र यरिहोमा भएकी राहाबको सन्दर्भमा भने तिनीहरू आफ्नो ज्यान जोगाउन घरभित्र रहिरहनुपर्थ्यो। यसको लागि विश्वास र आज्ञाकारिता चाहिने थियो। (हिब्रू ११:२८, ३०, ३१) इस्राएलीहरूले एकपछि अर्को गर्दै मिश्रीहरूको घरमा “ठूलो रुवाबासी” भइरहेको बेला आफ्नो पहिलो सन्तान सुरक्षित भएको देख्दा तिनीहरूलाई कस्तो लाग्यो होला, सोच्नुहोस् त! (प्रस्थ. १२:३०) यरिहोको पर्खाल गर्ल्यामगुर्लुम ढलिरहेको आवाज झन्झनै नजिक आइरहेको र त्यसको कम्पन झन् धेरै महसुस हुन थालेपछि राहाब र तिनको परिवार एकै ठाउँमा जम्मा भएर बसे होलान्। त्यस्तो अवस्थामा आज्ञाकारी भई घरभित्रै बसिरहन राहाबलाई साँच्चै बलियो विश्वास चाहियो।
चाँडै सैतानको दुष्ट संसार नाश हुनेछ। यहोवाले ‘उहाँको रिसको दिनमा’ कसरी आफ्ना जनहरूलाई बचाउनुहुनेछ, त्यो त हामीलाई थाह छैन। (सप. २:३) त्यतिबेला हामी जहाँसुकै अनि जस्तोसुकै अवस्थामा भए पनि हाम्रो उद्धार यहोवामाथिको विश्वास र उहाँप्रतिको आज्ञाकारितामा निर्भर हुनेछ। त्यसैले त्यो दिन नआउन्जेल हामीले भविष्यवक्ता यसैयाले बताएको “भित्री कोठा”-प्रति सही मनोभाव विकास गर्नुपर्छ।
“आ-आफ्नो भित्री कोठामा पस”
यसैया २६:२० मा यसो भनिएको छ: “हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” ईसापूर्व ५३९ मा मादी र फारसले बेबिलोनलाई कब्जा गर्दा यस भविष्यवाणीको पहिलो पूर्ति भएको हुन सक्छ। फारसका राजा कोरेसले बेबिलोनलाई आक्रमण गरेपछि सहरका मानिसहरूलाई घरभित्रै बस्नू भने किनकि यदि कोही बाहिर निस्केमा तिनको हत्या गर्नू भन्ने आज्ञा तिनले दिएका थिए।
हाम्रो समयमा “भित्री कोठा”-ले विश्वभरि रहेका यहोवाका साक्षीहरूको १ लाखभन्दा धेरै मण्डलीहरूलाई बुझाउँछ। यी मण्डलीहरूले हाम्रो जीवनमा ठूलो भूमिका खेल्छ। “महासङ्कष्ट”-को दौडान पनि यी मण्डलीहरू निकै महत्त्वपूर्ण हुनेछन्। (प्रका. ७:१४) परमेश्वरका जनहरूलाई “भित्री कोठामा” पस्न र उहाँको “क्रोध शान्त नहोउन्जेल” लुकेर बस्न भनिएको छ। त्यसैले भाइबहिनीप्रति सही मनोभाव विकास गर्नु र तिनीहरूसित नजिक भइरहनु अत्यन्तै महत्त्वपूर्ण छ। पावलको यो सल्लाह सधैँ मनमा राखिरहौँ: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी त्यसो गरिरहौँ।”—हिब्रू १०:२४, २५.
अध्याय १६
“म तिमीसँग अवश्य जानेछु”
‘मैले इस्राएललाई एउटी आमाले झैँ सम्हाले’
सिसरा! यो नाम सुन्नेबित्तिकै इस्राएलमा डर र त्रास छाउँथ्यो। कनानीहरूले मान्ने धर्म र संस्कृति एकदमै घिनलाग्दो र क्रूर थियो। तिनीहरू बच्चाहरूको बलि चढाउँथे र मन्दिरमा वेश्यावृत्ति गर्थे। सिसरा र तिनको सेनाले हैकम जमाएको ठाउँमा बस्नु कत्ति गाह्रो थियो होला! दबोराले गाएको गीतअनुसार त्यहाँका बाटोहरूमा हिँड्नु निकै असुरक्षित थियो र गाउँहरू पनि सुनसान थिए। (न्यायकर्ता ५:६, ७) त्यतिबेला पर्खाल नभएको सहरमा बस्नु असुरक्षित ठानिन्थ्यो। त्यहाँका मानिसहरू खेतीपाती गर्न समेत डराउँथे। त्यसैले तिनीहरू आफ्नो ज्यान जोगाउन जङ्गल अनि पहाडतिर लुकेर बस्थे। साथै खुला बाटोमा यात्रा गर्दा कनानीहरूले आफ्ना छोराछोरीलाई खोसेर लैजाने हुन् कि वा स्त्रीहरूलाई बलात्कार गर्ने हुन् कि भन्ने डर पनि थियो।
[फुटनोट]
दबोराले गाएको गीतबाट सिसरा युद्धबाट फर्कँदा लुटका मालहरू मात्र नभई त्यस ठाउँका केटीहरूलाई पनि लैजान्थे भनेर थाह पाउन सक्छौँ। कहिलेकाहीँ तिनीहरूले एक योद्धाको लागि एक जनाभन्दा धेरै केटी लैजाने गर्थे। (न्यायकर्ता ५:३०) “केटी” शब्दको शाब्दिक अर्थ “गर्भ” हो। यसबाट तिनीहरूले केटीहरूलाई केवल आफ्नो शारीरिक इच्छा पूरा गर्ने साधनको रूपमा मात्र हेर्थे भनेर स्पष्ट हुन्छ। तिनीहरूको लागि बलात्कार सामान्य कुरा थियो।
w८६ ६/१ पृ. ३१ अनु. ६-८
पाठकहरूको प्रश्न
◼ सिमसोन र गिदोनजस्ता न्यायकर्ताहरू कति जना थिए?
इस्राएल राष्ट्रमा न्यायकर्ताको रूपमा काम गर्न यहोवाले १२ जना पुरुषहरूलाई नियुक्त गर्नुभएको थियो। तिनीहरूले यहोसुको मृत्यु भएदेखि समुएल भविष्यवक्ता नियुक्त हुनुअघिसम्म न्यायकर्ताको रूपमा सेवा गरे।
मोसा र यहोसुको समयमा केही पुरुषहरूले न्यायकर्ताको काम गर्थे। तिनीहरू मानिसहरूको मुद्दामामिला सुल्झाउन छानिएका थिए। (प्रस्थान १८:२१, २२; यहोसु ८:३३; २३:२) तर यहोसुको मृत्युपछि इस्राएलीहरूले यहोवाको उपासना गर्न छोडे र नतिजास्वरूप अरू राष्ट्रहरूले तिनीहरूमाथि आक्रमण गरे। न्यायकर्ता २:१६ भन्छ: “त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।” यहोवाले सुरुमा ओथ्निएल नाम गरेका व्यक्तिलाई इस्राएलीहरूलाई ‘छुटकारा दिने’ न्यायकर्ताको रूपमा रोज्नुभयो। (न्यायकर्ता ३:९) त्यसपछि एहुद, साम्गर, बाराक, गिदोन, तोला, याइर, यिप्तह, इब्सान, एलोन, अब्दोन र सिमसोन न्यायकर्ता भए।
यी १२ जनाबाहेक बाइबलमा दबोरा, एलि र समुएलबारे पनि बताइएको छ, जसले न्यायकर्ताको काम गरे। (न्यायकर्ता ४:४; १ समुएल ४:१६-१८; ७:१५, १६) तर दबोरा एक भविष्यवक्ता थिइन्, जसले न्यायकर्ता बाराकलाई इस्राएलीहरूलाई बचाउने काममा मदत गरिन्। त्यसैगरि एलि पनि इस्राएलीहरूलाई शत्रुहरूको हातबाट छुटाउने ‘उद्धारक’ नभई एक प्रधानपुजारी थिए। (नहेम्याह ९:२७) त्यसैले दबोरा र एलिले कुनै समय न्यायकर्ताले गर्ने काम गरे तापनि तिनीहरू यहोवाले ‘प्रबन्ध गर्नुभएको’ १२ जना न्यायकर्ताहरूको सूचीमा पर्दैनन्। प्रेषित १३:२० ले बताएअनुसार ‘भविष्यवक्ता समुएलको दिनसम्म यहोवाले इस्राएलीहरूलाई न्यायकर्ताहरू दिनुभएको थियो।’ त्यो समयावधिले न्यायकर्ताहरूको समयलाई बुझाउँछ, त्यसैले समुएल र तिनका छोराहरू पनि १२ जना न्यायकर्तामध्ये पर्दैनन्।—१ समुएल ८:१.
‘मैले इस्राएललाई एउटी आमाले झैँ सम्हाले’
बीस वर्षसम्म इस्राएलीहरूले कहालीलाग्दो अवस्थाको सामना गर्नुपऱ्यो। तर त्यसपछि भने यहोवाले तिनीहरू परिवर्तन हुन चाहेको कुरा देख्नुभयो र तिनीहरूलाई मदत गर्न दबोरालाई प्रयोग गर्नुभयो। दबोराले आफ्नो गीतमा यसो भनिन्: ‘इस्राएलीहरूलाई बचाउन म दबोरा खडा भए, तिनीहरूलाई एउटी आमाले झैँ सम्हाले।’ लप्पिदोथकी पत्नी दबोरा साँच्चै एक आमा थिइन् कि थिइनन् भन्ने कुरा हामीलाई थाह छैन। तर यहाँ चलाइएको ‘आमा’ शब्द प्रतीकात्मक रूपमा प्रयोग गरिएको थियो। एक आमाले आफ्नो बच्चालाई सुरक्षा दिएझैँ यहोवाले इस्राएल राष्ट्रलाई सुरक्षा दिन दबोरालाई चलाउनुभएको थियो। यहोवाले तिनलाई परमेश्वरको वफादार न्यायकर्ता बाराकलाई बोलाउन लगाउनुभयो र सिसराको विरुद्धमा खडा हुन भन्नुभयो।—न्यायकर्ता ४:३, ६, ७; ५:७.
अध्याय १७
“स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित”
it “हेबेर” न. २
हेबेर
२. याएलका (तिनले याबिनका सेनापति सिसरालाई मारेकी थिइन्।) पति, जो एक केनी थिए। तिनी “मोसाका ससुरा” होबाबका वंशका थिए। हेबेर अरू केनीहरूबाट छुट्टिएर बसेका थिए अनि तिनको र हजोरका राजा याबिनबीच राम्रो सम्बन्ध थियो।—न्या ४:११, १७, २१; ५:२४.
‘मैले इस्राएललाई एउटी आमाले झैँ सम्हाले’
पछि बाराक सिसरालाई खोज्दै याएलकहाँ आइपुगे र याएलले तिनलाई सिसराको लास देखाइन्। बाराकले सिसराको कन्चटमा किला वारपार हुनेगरि गाडिएको देखे। यो देखेपछि बाराकले दबोराको भविष्यवाणी पूरा भयो भनी थाह पाए। एक जना स्त्रीले वीर योद्धा सिसरालाई मारिन्! केही आलोचकहरूले याएलले गरेको काम दुष्ट थियो भन्छन्। तर बाराक र दबोराको विचार भने फरक थियो। तिनीहरूले आफ्नो गीतमा याएलले देखाएको साहसको प्रशंसा गर्दै उनलाई “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित” भनेका छन्। (न्यायकर्ता ४:२२; ५:२४) दबोरा कत्ति नम्र थिइन् भनेर याद गर्नुहोस्! उनले याएलप्रति कुनै डाही भावना नराखी उनको प्रशंसा गरिन्। दबोराको लागि यहोवाको वचन पूरा हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो।
अध्याय १८
साहसी र होसियार
it “जौ” अनु. ७
जौ
जौ साधारण र निम्न कोटिको खाना मानिन्थ्यो। केही टिप्पणीकारअनुसार एक मिद्यानी सिपाहीले सपनामा “जौको एउटा रोटी” देख्नुले गिदोनको सेना साधारण थियो भन्ने कुरालाई चित्रण गर्छ।—न्या ७:१३, १४.
it “सिङ” अनु. ३
सिङ
भेडाको सिङलाई हिब्रू भाषामा सोफार भनिन्छ। सोफार मुख्यतया जनाउ दिनको लागि प्रयोग गरिन्थ्यो। जस्तै, इस्राएली सेनालाई एक ठाउँमा भेला गर्न, आक्रमण गर्न लागेको सहरलाई “लडाइँको घोषणा” गर्न अनि युद्धको दौडान विभिन्न निर्देशनहरू दिन। (न्या ३:२७; ६:३४; २स २:२८; योए २:१; सप १:१६) शत्रुहरूले आक्रमण गर्न लागेको बेला चेतावनी दिन पनि इस्राएलीहरूले सोफार प्रयोग गर्थे। (नहे ४:१८-२०) युद्धको चेतावनी दिन एउटै सिङ फुके काफी हुन्थ्यो। तर एकैचोटि ३०० वटा सिङ फुकेको आवाजले ठूलो सेना आक्रमण गर्न आउँदै छ भन्ने कुराको सङ्केत दिन्थ्यो। त्यसैले जब मिद्यानीहरूले गिदोनको ३०० सिपाहीले सिङ फुकेको सुने तब डर र त्रासले भरिएर ‘तिनीहरूका सैनिकहरू कराउँदै भागे।’—न्या ७:१५-२२.
अध्याय १९
तिनीहरूले एउटा कठिन भाकल पूरा गरे
it “यिप्तह” अनु. ६
यिप्तह
अम्मोनीहरू युद्ध गर्न आए। अठाह्र वर्षसम्म अम्मोनीहरूको थिचोमिचो जारी रहन्छ। परमेश्वरले नै यस्तो हुन दिनुभएको थियो किनभने इस्राएलीहरूले वरपरका राष्ट्रहरूका देवीदेवताहरूको उपासना गर्न थालेका थिए। तर इस्राएलीहरू आफ्नो गल्तीबाट पाठ सिक्छन्, पश्चात्ताप गर्छन् र मदतको लागि यहोवालाई पुकार्छन्। तिनीहरू सबै मूर्तिहरू हटाउँछन् र यहोवाको उपासना गर्न थाल्छन्। त्यसको केही समयपछि अम्मोनीहरू इस्राएलीहरूसित युद्ध लड्न आए र तिनीहरूले गिलादमा छाउनी हाले। (न्या १०:७-१७; ११:४) यसको पछाडि पक्कै परमेश्वरको अदृश्य शत्रु सैतानको हात थियो। सैतान सुरुदेखि नै साँचो उपासनालाई नामेट पार्न लागिपरेको छ। त्यसैले त्यसले मूर्तिपूजक राष्ट्रहरूलाई इस्राएलविरुद्ध उक्साउने गर्थ्यो।—प्रका १२:९; भज ९६:५; १को १०:२० तुलना गर्नुहोस्।
it “यिप्तह” अनु. ११
यिप्तह
यिप्तहको भाकल। यहोवा इस्राएलीहरूले अम्मोनीहरूसित युद्ध लडेको चाहनुहुन्छ भनेर यिप्तहले बुझेका थिए। तिनले परमेश्वरको पवित्र शक्ति पाए र आफ्नो सेना लिएर युद्ध लड्न गए। झन्डै ६०० वर्षअघि याकुबले भाकल गरेजस्तै यिप्तहले पनि यहोवासित एउटा भाकल गरे। यसरी तिनले यहोवाको निर्देशन खोजेको र जित हासिल गरेमा यहोवालाई श्रेय दिन चाहेको कुरा देखाए। (न्या ११:३०, ३१; उत्प २८:२०-२२) यहोवाले यिप्तहको भाकल स्विकार्नुभयो र तिनले अम्मोनीहरूलाई पराजित गर्न सके।—न्या ११:३२, ३३.
it “यिप्तह” अनु. २
यिप्तह
यिप्तह इस्राएलका एक न्यायकर्ता थिए र तिनी मनस्सेको कुलका थिए। (गन २६:२९; न्या ११:१) तिनले गिलादको इलाकामा छ वर्षसम्म न्यायकर्ताको काम गरे। बाइबलका घटनाहरूको कालक्रमअनुसार इस्राएलीहरूले ईसापूर्व १४७३ मा कनान कब्जा गरेका थिए। यिप्तहले अम्मोनीहरूलाई इस्राएलीहरूले “३०० वर्षसम्म” त्यस ठाउँमा अधिकार गरे भनेर बताए। तिनले यो कुरा सायद ईसापूर्व ११७३ तिर अर्थात् तिनी न्यायकर्ता भएको सुरु-सुरुतिर बताएका हुन सक्छन्। (न्या ११:२६) अम्मोनीहरूमाथि जित हासिल गरेपछि नै यिप्तहले आफ्नी छोरीलाई वासस्थानमा पठाएका थिए। सायद त्यस समयमा एलि प्रधानपुजारी थिए र बालक समुएल पनि वासस्थानमै सेवा गर्थे।
अध्याय २०
तिनले कमजोर हुँदा बल पाए
it “सिमसोन” अनु. १०
सिमसोन
सिमसोन झ्यालखानामा छँदा पलिस्तियालीहरूले आफ्नो देवता दागोनलाई बलिदानहरू चढाउन ठूलो भोजको आयोजना गरे। सिमसोनलाई पक्रन सकेको श्रेय तिनीहरूले दागोनलाई नै दिएका थिए। उक्त भोजमा सबै पलिस्तियाली शासकहरू दागोनको उपासना गर्न भेला भए। मन्दिरभरि मानिसहरू खचाखच थिए, छतमा मात्र लगभग ३ हजार पुरुष र स्त्रीहरू थिए। सबै पलिस्तियालीहरू भोजको रमझममा मग्न थिए। तिनीहरूले सिमसोनको रमिता हेर्न तिनलाई झ्यालखानाबाट ल्याउन लगाए। त्यतिबेलासम्म तिनको कपाल बढेर घना भइसकेको थियो। मन्दिरमा पुगेपछि सिमसोनले तिनलाई डोऱ्याइरहेको केटोलाई त्यो भवनलाई थामिरहेका खम्बाहरू छाम्न देऊ भनेर आग्रह गरे। त्यसपछि तिनले यहोवालाई यसरी प्रार्थना गरे: “कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस्। हे परमेश्वर, बिन्ती छ, यही एक पटकको लागि बल दिनुहोस् र यी पलिस्तियालीहरूसित मेरो एउटा आँखाको भए पनि बदला लिन सकूँ।” (न्या १६:२२-२८) सिमसोनले किन “एउटा आँखाको मात्र भए पनि बदला लिन सकूँ” भनेर बिन्ती गरेका हुन सक्छन्? एउटा कारण, यसो हुनुपछाडि केही हदसम्म आफ्नै गल्ती छ भनेर तिनलाई थाह थियो। अर्को कारण, पलिस्तियालीहरूले यहोवाको प्रतिनिधि सिमसोनलाई गरेको निर्मम व्यवहारको लागि तिनीहरू अझ कठोर सजायको लायक थिए जस्तो तिनलाई लागेको हुन सक्छ। त्यसैले तिनको विचारमा त्यो मन्दिर ढल्नु र त्यहाँ भएका सबै जना मर्नु भनेको एउटा आँखाको मात्र बदला लिनुसरह हुने थियो।
अध्याय २१
यहोवाबारे साहसी भई बताउने केटो
सिलोका केटाकेटीहरूको असल र खराब उदाहरण
पुरातन इस्राएलको जीवन कल्पना गर्नुहोस्
पुरातन इस्राएलको कुनै सहर वा ठाउँबारे सोच्दा के तपाईँको मनमा कुनै पुरुष वा स्त्रीको नाम आउँछ? प्रायजसो हामी त्यतिबेलाका वयस्कहरूलाई सम्झन्छौँ होला। तर त्यतिबेलाका केटाकेटीहरूबारे चाहिँ के भन्न सकिन्छ? के तपाईँ तिनीहरूलाई पनि सम्झनुहुन्छ?
यस लेखमा सिलो र त्यस वरपरका इलाकाहरूमा बस्ने केही केटाकेटीहरूबारे बताइएको छ। आजका ख्रिष्टियनहरूको लागि तिनीहरूमध्ये कोही असल उदाहरण हुन् भने कोही चाहिँ खराब उदाहरण हुन्।
तपाईँलाई यादै छ होला, इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुगेपछि सुरुमा तिनीहरूले परमेश्वरको वासस्थान यरिहोनजिकै गिलगालमा राखेका थिए। (यहोसु ४:१९) तर इलाका बाँडफाँड भएपछि भेट हुने पाललाई सिलोमा ल्याएर राखियो र त्यो ठाउँ नै इस्राएलीहरूको उपासनाको केन्द्र बन्यो। (यहोसु १८:१) त्यो सहर यरुसलेमदेखि ३० किलोमिटर जति उत्तरतिर एप्रैमको पहाडी इलाकामा पर्थ्यो। इस्राएलका विभिन्न ठाउँबाट पुरुष र स्त्रीहरू सिलोमा आउँथे। त्यहाँको वासस्थानको दक्षिणतर्फको बेँसीमा थुप्रै मानिसहरू जम्मा हुन सक्ने ठूलो ठाउँ थियो। (यहोसु २२:१२) के तपाईँ त्यहाँ साना केटाकेटीहरू पनि आएको कल्पना गर्न सक्नुहुन्छ?
हो, त्यहाँ केही केटाकेटीहरू पनि आउँथे। यसको एउटा राम्रो उदाहरण सानो केटो समुएल थिए। तिनको बुबा एल्काना र आमा हन्ना पश्चिमतिरको पहाडी भागमा पर्ने एउटा सहरमा बस्थे। हरेक वर्ष एल्काना र हन्ना यात्रा गरेर सिलोमा आउँथे। एल्कानाकी अर्की पत्नी र छोराछोरीहरू पनि त्यहाँ आउँथे। पछि गएर यहोवाले हन्नालाई आशिष्स्वरूप एउटा छोरा दिनुभयो र तिनको नाम समुएल राखियो। समुएल सानो छँदै तिनको आमाबुबाले तिनलाई वासस्थानमा ल्याए र तिनले पुजारी एलिसँगै सेवा गर्न थाले।—१ समुएल १:१–२:११.
बालक समुएलले परमेश्वरको वासस्थानमा सानातिना कामहरू गर्थे। (१ समुएल ३:१, १५) साथै तिनी अरू बेला नजिकैका डाँडाहरूमा घुमफिर गर्न गएका हुन सक्छन्। त्यहाँका केही पहाडहरू जैतुनको रूखले भरिएको थियो। साथै त्यहाँ एउटा सानो किल्ला पनि थियो। त्यो किल्लाबाट किसानहरू र गोठालाहरूले आफ्नो खेत अनि बगालको निगरानी गर्थे। समुएल पनि त्यो सानो किल्लामाथि चढेको हामी कल्पना गर्न सक्छौँ। (२ इतिहास २०:२४ तुलना गर्नुहोस्।) त्यहाँबाट जङ्गली जनावरहरू र वरपरको दृश्य पनि स्पष्ट देख्न सकिन्थ्यो।
त्यतिबेला ती ठाउँहरूमा अझ धेरै रूखहरू र जङ्गली जनावरहरू थिए होलान्। (यहोसु १७:१५, १८) यो कुरा हामी भविष्यवक्ता एलिसाको विवरणबाट थाह पाउन सक्छौँ। एलिसा यरिहोदेखि बेथेलतिर जाँदै थिए। त्यो सिलोदेखि १६ किलोमिटर जति दक्षिणतिरको इलाकामा पर्थ्यो। बेथेलमा मानिसहरू सुनको बाछाको उपासना गर्थे। त्यसैले एलिसाको मनमा यस्तो प्रश्न आएको हुन सक्छ: ‘त्यहाँका मानिसहरूले मसित कस्तो व्यवहार गर्ने होलान्?’ (१ राजा १२:२७-३३; २ राजा १०:२९) बेथेलका मानिसहरू यहोवाको भविष्यवक्ताहरूको विरोध गर्थे र त्यस्तो मनोवृत्तिको प्रभाव तिनीहरूका छोराछोरीहरूमा पनि परेको थियो जस्तो देखिन्छ।
दोस्रो राजा २:२३, २४ ले बताइएअनुसार केही ठिटाहरूले परमेश्वरका भविष्यवक्तालाई यसो भने: “ए तालुखुइले! यहाँबाट जा! ए तालुखुइले! यहाँबाट जा!” एलिसाले “तिनीहरूलाई यहोवा परमेश्वरको नाममा सराप दिए। त्यसपछि दुई वटा माउ भालु जङ्गलबाट निस्केर आयो र तिनीहरूमध्ये ४२ जनालाई च्यातचुत पारिदियो।” ती प्रजातिका भालुहरू कुनै खतरा महसुस हुँदा वा आफ्नो बच्चा खतरामा पर्दा निकै आक्रामक हुने गर्छन्। (२ समुएल १७:८; हितोपदेश १७:१२; २८:१५) तर त्यतिबेला भने यहोवाले ती भालुहरू चलाएर आफू र आफ्नो प्रतिनिधिको विरोध गर्नेहरूलाई सजाय दिनुभयो।
सिलोको वरपरका पहाडी इलाकातिर जङ्गली जनावरहरूको खतरा थियो। तैपनि आफ्नो छोरा समुएललाई वासस्थानमा पठाएर तिनका आमाबुबाले निकै ठूलो विश्वास देखाए।
यहोवाको अर्को एक साँचो उपासकले पनि त्यस्तै विश्वास र भक्ति देखाएका थिए। तिनी न्यायकर्ता यिप्तह थिए। तिनी यर्दनको पूर्वतिर पर्ने गिलादको पहाडी इलाकामा बस्थे। तिनले अम्मोनी शत्रुहरूलाई हराउन यहोवासित मदत मागे। अनि विजयी भएर फर्कँदा तिनलाई भेट्न घरबाट निस्कने पहिलो व्यक्ति उहाँलाई चढाउने भाकल गरे। घर फर्कँदा सबैभन्दा पहिला तिनकै कुमारी छोरी तिनलाई भेट्न निस्किन्। त्यसैले तिनले आफ्नो एक मात्र सन्तानलाई सिलोमा रहेको परमेश्वरको पवित्र स्थानमा लगे र उनले त्यहाँ जीवनभर सेवा गरिन्।—न्यायकर्ता ११:३०-४०.
सिलोबारे सम्झँदा हामी एलिसालाई गिज्याउने ४२ जना ठिटाहरूलाई सम्झन चाहँदैनौँ। बरु हामी समुएल र यिप्तहकी छोरीले यहोवाप्रति देखाएको प्रेम र विश्वासको अनुकरण गर्न चाहन्छौँ।—१ कोरिन्थी १०:६, ११ सित तुलना गर्नुहोस्।
it “एलि, क” अनु. ५-७
एलि, क
एक दिन परमेश्वरका एक भविष्यवक्ता एलिको लागि यस्तो कडा सन्देश लिएर आए: एलिको घरानामाथि ठूलो विपत्ति आउनेछ र तिनको घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन। यहाँसम्म कि तिनका दुष्ट छोराहरू एकै दिन मर्नेछन्। (१स २:२७-३६) त्यसपछि यहोवाले सानो बालक समुएलमार्फत त्यो सन्देश फेरि एलिलाई दोहोऱ्याउनुभयो। (१स ३:११-१४) सुरुमा समुएल यहोवाको सन्देश सुनाउन डराए तर एलिले बारम्बार अनुरोध गरेपछि तिनले सबै कुरा बताइदिए। एलिले नम्र भई यहोवाको फैसला स्विकारे र यसो भने: “तिमीलाई यी सब भन्नुहुने यहोवा परमेश्वर नै हुनुहुन्छ। उहाँलाई जस्तो ठीक लाग्छ, त्यस्तै होस्।”—१स ३:१५-१८.
यहोवाले आफ्नो घरको न्याय गर्नुहुन्छ। परमेश्वरले जस्तो भन्नुभएको थियो, त्यस्तै भयो। पलिस्तियालीहरूसितको युद्धमा करिब ४ हजार इस्राएली सिपाही मारिए। इस्राएलीहरूले सन्दुक सिलोबाट आफ्नो छाउनीमा ल्याए किनकि त्यस सन्दुकले आफूहरूलाई शत्रुबाट जोगाउने छ भनेर तिनीहरूले सोचेका थिए। तर पलिस्तियालीहरू इस्राएलीहरूमाथि हाबी भए र ३० हजार इस्राएलीहरूले आफ्नो ज्यान गुमाए। शत्रुहरूले सन्दुक कब्जा गरे र सन्दुकसँगै भएका होप्नि र पिनहासलाई पनि मारे। बिन्यामिन कुलका एक मानिस एलिलाई खबर दिन युद्धभूमिबाट हतार-हतार आए। एलि बाटो छेउमा कुर्सीमा बसिरहेका थिए। तिनको उमेर ९८ वर्ष पुगिसकेकोले तिनी कमजोर भइसकेका थिए र केही पनि देख्न सक्दैनथे। तिनलाई सन्दुकको साह्रै चिन्ता लागिरहेको थियो। त्यसैले सन्दुक कब्जा गरिएको खबर सुन्नेबित्तिकै एलि पछिल्तिर ढले र तिनको मुन्टो भाँचियो अनि त्यहीँ तिनको मृत्यु भयो।—१स ४:२-१८.
एलिको घरानामाथि थप विपत्तिहरू आयो। राजा साउलले निर्ममतापूर्वक नोबका पुजारीहरूको हत्या गर्ने आदेश दिए, जो एलिका नाति र पिनहासका छोरा अहितुबको वंशका थिए। (१स १४:३; २२:११, १८) केवल अहिमेलेकको छोरा अबियातार उक्त नरसंहारबाट बच्न सफल भए र तिनले दाउदको शासनकालभरि पुजारीको रूपमा सेवा गरिरहे। (१स २२:२०; २स १९:११) अदोनियाहले सुलेमानको ठाउँमा आफू राजा हुन षड्यन्त्र रचेका थिए र त्यसमा अबियातारले तिनलाई साथ दिएका थिए। त्यसैले राजा सुलेमानले अबियातारलाई पुजारी पदबाट हटाइदिए। (१रा १:७; २:२६, २७) यसरी यहोवाले एलिको घरानामाथि सुनाउनुभएको न्यायदण्ड पूरा भयो र उनका सन्तानले फेरि कहिल्यै प्रधानपुजारीको रूपमा सेवा गर्न पाएनन्।—१स ३:१३, १४.