प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg पृ. २-३
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ‘बलियो र साहसी हुनुहोस्‌!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg पृ. २-३

परिचालक निकायको पत्र

छापिएको संस्करण

प्रिय भाइबहिनीहरू:

स्मर्नाको मण्डलीलाई येसुले यसो भन्‍नुभयो: “तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।” (प्रका. २:१०) “नडराऊ” भनेर उहाँले दिनुभएको प्रोत्साहन “प्रभुको दिनमा” बाँचिरहेका हामीलाई पनि लागू हुन्छ। (प्रका. १:१०) आज हामी “असाध्यै कठिन” अवस्थामा बाँचिरहेका छौँ। (२ तिमो. ३:१-५) विश्‍वास र साहसको जाँच हुँदा समेत तपाईँ भाइबहिनीहरूले यहोवाप्रति वफादार रहन गरिरहनुभएको प्रयास देख्दा हाम्रो मन छुन्छ।

बाइबलकालीन समयका एक पुरुष विशाल मरुभूमिमा हिँड्‌दै छन्‌।

हामी डरको कारण ‘पछि नहटी’ कसरी स्थिर रहिरहन सक्छौँ? (हिब्रू १०:३९) विरोध र खेदो आइपर्दा विश्‍वासमा अडिग रहिरहन सजिलो नहुन सक्छ। तर चाहे हामी निडर हौँ वा लजालु स्वभावका, हामीले साहसी भई यहोवाको पक्षमा खडा हुने र उहाँको नजरमा जे सही छ, त्यही गर्ने छनौट गर्न सक्छौँ। यसो गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

बाइबलले हामीलाई साहसी हुन मदत गर्न सक्छ। यसमा साहसी पुरुष तथा स्त्रीहरूको थुप्रै उदाहरणहरू पाइन्छ। यो किताब ती पात्रहरूको जीवनी अझ राम्ररी केलाउन र त्यसमा मनन गर्न मदत गरोस्‌ भन्‍ने उद्देश्‍यले तयार पारिएको हो। प्रार्थनापूर्वक तिनीहरूबारे अध्ययन गर्नुहुँदा आफ्नो र तिनीहरूको अवस्थाबीच कस्ता समानताहरू छन्‌, सोच्नुहोस्‌। अहिले र भविष्यमा आइपर्न सक्ने गाह्रो अवस्थामा तिनीहरूको उदाहरणले कसरी मदत गर्न सक्छ भनेर विचार गर्नुहोस्‌। साथै यहोवाले तपाईँलाई साहसी हुन कसरी मदत गर्न सक्नुहुन्छ, त्यसबारे पनि सोच्नुहोस्‌। ती पुरुष तथा स्त्रीहरूले देखाएको साहसले तपाईँलाई निम्न क्षेत्रहरूमा निडर हुन मदत गर्न सक्छ:

छाँटकाँट गर्न। (याकु. ३:१७) जोनाथनको उदाहरणबारे सोच्नुहोस्‌। सायद तिनले आफ्नो बुबा साउलपछि आफू राजा हुनेछु भनेर सोचेका थिए होलान्‌। तर यहोवाले जोनाथनभन्दा धेरै कान्छो दाउदलाई राजाको रूपमा रोज्नुभयो। जोनाथनले यहोवाको निर्णयको कदर गरे र त्यसमा पूरै समर्थन जनाए। जोनाथन यहोवाप्रति वफादार थिए र तिनले साहस पनि देखाए।

यहोवाका धार्मिक स्तरहरूको पक्षमा खडा हुन। (हिब्रू ११:३२-३४) हानन्याह, मिसाएल र अजर्याहबारे सोच्नुहोस्‌। तिनीहरूले सुनको मूर्तिलाई ढोग्न इन्कार गरेकोले तिनीहरूलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकियो। तिनीहरूले आफ्नो विश्‍वासमा सम्झौता गरेनन्‌ बरु मृत्यु भोग्न तयार भए।

निडर भई आफ्नो विश्‍वासबारे बताउन। (मत्ति २२:१६) टार्ससको सावलबारे सोच्नुहोस्‌। विरोधीहरूले तिनले पनि येसुका चेलाहरूको खेदो गर्नेछन्‌ भन्ठानेका थिए। तर सावल परिवर्तन भए र तिनले ती विरोधीहरूलाई नै येसुबारे सत्य कुरा सुनाए।

आशा छ, यस किताबले तपाईँहरूलाई विश्‍वास र साहसमा अझ बढ्‌दै जान मदत गर्नेछ। (भज. २७:१४) तर सिकेका कुराहरू आफूमा मात्र सीमित नराख्नुहोस्‌। परिवार र भाइबहिनीहरूलाई साहसी भई परमेश्‍वरको राज्यको पक्षमा खडा हुन पनि मदत गर्नुहोस्‌। तपाईँहरूमाथि यहोवाको आशिष्‌ रहिरहोस्‌!

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने