प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ४४ पृ. २००-२०३
  • ‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • बप्तिस्मा गराउने युहन्‍ना को थिए?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • तिनले अन्धकार छाएको समयमा साहस देखाए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ४४ पृ. २००-२०३

४४ बप्तिस्मा गराउने युहन्‍ना

‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’

छापिएको संस्करण
छापिएको संस्करण

यहोवाले आफ्ना मानिसहरूलाई सच्याउन भविष्यवक्‍ताहरू नपठाउनुभएको सयौँ वर्ष भइसकेको थियो। तर अब भने परमेश्‍वरले आफ्नो सन्देश सुनाउन एक जना मानिस पठाउनुभयो। तिनी युहन्‍ना थिए। युहन्‍ना यहुदियाको निर्जनभूमिमा एक्लै बस्थे। त्यो ठाउँ बाँझो अनि चट्टाने थियो। त्यहाँ सर्प, बिच्छीलगायत अरू ठूलठूला जङ्‌गली जनावरहरू थिए। त्यस ठाउँमा खतरनाक डाँकुहरू पनि बस्थे। त्यस्तो ठाउँमा बस्न र त्यहाँका मानिसहरूलाई यहोवाको कडा सन्देश सुनाउन युहन्‍नाले साहस देखाए।

युहन्‍नाका आमाबुबा जकिरया र इलिसिबाले तिनीबारे स्वर्गदूतले जे-जे भनेका थिए, ती सबै कुरा तिनलाई भनेको हुनुपर्छ। ती स्वर्गदूतले तिनी एलियाजस्तै जोसिला भविष्यवक्‍ता हुनेछन्‌, तिनले समुएलले जस्तै नाजिरी जीवन बिताउनेछन्‌ र आउँदै गरेको एक महान्‌ व्यक्‍तिको लागि बाटो तयार पार्नेछन्‌ भनेर बताएका थिए। तीस वर्ष पुगेपछि तिनी आफ्नो बुबाजस्तै पुजारी बन्‍न सक्थे। तर त्यसको सट्टा तिनले मानिसहरूलाई पापको पश्‍चात्ताप गर्न प्रोत्साहन दिन थाले। सयौँ वर्षअघि यसैयाले ‘उजाड ठाउँमा कोही कराइरहेको हुनेछ’ भनेर भविष्यवाणी गरेका थिए। त्यो कुरा युहन्‍नामा पूरा भयो। तिनले “स्वर्गको राज्य”-बारे यति जोसका साथ प्रचार गरे कि विभिन्‍न ठाउँका मानिसहरू तिनको सन्देश सुन्‍न आए। परमेश्‍वरको डोऱ्‍याइअनुसारै तिनले पश्‍चात्ताप गर्नेहरूलाई पानीद्वारा बप्तिस्मा गराए। त्यति मात्र होइन, तिनले निडर भई शक्‍तिशाली सदुकी र फरिसीहरूको पाप उदाङ्‌ग पारिदिए र तिनीहरूलाई कडा चेतावनी दिए।

बप्तिस्मा गराउने युहन्‍ना यर्दन नदीमा उभिएर साहसी हुँदै सदुकी र फरिसीहरूको निन्दा गर्दै छन्‌। भर्खरै बप्तिस्मा गरेकाहरू र अरूहरू हेर्दै छन्‌।

आफूले पाएको जिम्मेवारीको कारण युहन्‍ना घमण्डले फुलेनन्‌। बरु तिनले नम्र भई तिनीपछि आउनुहुने महान्‌ व्यक्‍तिको लागि बाटो तयार पार्दै छु भनेर घोषणा गरे। तिनले आफू उहाँको जुत्ताको फित्ता फुकाल्नसमेत लायकको छैन भने। तिनले येसुलाई बप्तिस्मा गराउँदा यहोवा आफैले यस्तो भन्‍नुभएको तिनले सुने: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” सैतानले प्रलोभन देखाएको केही समयपछि येसु फेरि युहन्‍नाकहाँ आउनुहुँदा तिनले यसो भने: “हेर, परमेश्‍वरको पाठो, जसले संसारको पाप हटाउनुहुन्छ!”

युहन्‍नाले नम्र भई आफ्ना चेलाहरूलाई येसुको पछि लाग्न प्रोत्साहन दिए। धेरै जना येसुको पछि लागे, जसमध्ये पत्रुसका भाइ अन्द्रियास र जब्दीका छोरा युहन्‍ना पनि थिए। तिनीहरू पछि गएर येसुका प्रेषित बने। केही समयको लागि येसुले पनि युहन्‍नाले जस्तै मानिसहरूलाई प्रायश्‍चित गर्न र बप्तिस्मा गर्न प्रोत्साहन दिनुभयो। युहन्‍नाका केही चेलाहरूले तिनले भन्दा येसुले अझ धेरै मानिसहरूलाई बप्तिस्मातर्फ डोऱ्‍याउँदै हुनुहुन्छ भनेर बताउँदा तिनी डाहले भरिएनन्‌। बरु तिनले नम्र हुँदै यसो भने: “उहाँ बढ्‌दै जानुपर्छ तर म भने घट्‌दै जानुपर्छ।”

युहन्‍नाको कडा सन्देश सुनेर धर्मगुरु र शक्‍तिशाली शासकहरू रिसाए तर मसीहको बाटो हेरिरहेकाहरूले भने त्यसबाट प्रोत्साहन पाए

युहन्‍नाले निडर भई शक्‍तिशाली शासक हेरोद एन्टिपासलाई पनि सन्देश सुनाए। हेरोदले धर्म परिवर्तन गरेर यहुदी बनेको दाबी गर्थे तर तिनले आफ्नै दाइकी पत्नी हेरोदियासलाई आफ्नो पत्नी बनाएका थिए। हेरोदको त्यस्तो नाजायज सम्बन्धको तिनले साहसी भई निन्दा गरे। त्यसपछि हेरोदले तिनलाई झ्यालखानमा हालिदिए। तर हेरोदियास भने त्यतिमै खुसी भइनन्‌। उनी युहन्‍ना मारिएको चाहन्थिन्‌।

झ्यालखानामा छँदा युहन्‍नालाई निकै प्रोत्साहन चाहिएको थियो। त्यसैले तिनले आफ्ना दुई जना चेलालाई येसुकहाँ पठाए र यस्तो प्रश्‍न सोध्न लगाए: “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?” जवाफमा येसुले यस्तो रोचक कुरा भन्‍नुभयो: “अन्धाहरूले देख्न थालेका छन्‌, . . . बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌।” युहन्‍नाले एलियाले जस्तै चमत्कार गर्ने शक्‍ति त कहिल्यै पाएनन्‌। तर येसुको लागि बाटो तयार पार्ने काममा आफूले सघाउन सकेको कुरा थाह पाउँदा तिनले झ्यालखानाको अँध्यारो कोठामा पक्कै पनि सान्त्वना पाएको हुनुपर्छ।

त्यसको केही समयपछि नै हेरोदियासले बदला लिने मौका पाइन्‌। उनकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई खुसी बनाइन्‌। त्यसपछि हेरोदले तिनले जे मागे पनि दिने वाचा गरे। यही मौकामा हेरोदियासले आफ्नी छोरीलाई बप्तिस्मा गराउने युहन्‍नाको टाउको माग्न भनिन्‌। हेरोद युहन्‍नालाई मार्न चाहँदैनथे तर आफूले वाचा दिइसकेकोले तिनले त्यो कुरालाई इन्कार गर्न सकेनन्‌। त्यसैले तिनले युहन्‍नालाई मार्ने आदेश दिए। युहन्‍नाले आफ्नो जीवनको अन्तसम्मै साहस देखाइरहे।

येसुले तिनीबारे यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्छु, युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन।” कुनै पनि त्रुटिपूर्ण मानिस यहाँसम्म कि मोसा र एलियाजस्ता भविष्यवक्‍ताहरूले समेत मसीहको लागि बाटो तयार पार्ने सुअवसर पाएनन्‌। युहन्‍नाले देखाएको साहस आज ख्रिष्टियनहरूको लागि राम्रो उदाहरण साबित भएको छ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • मत्ति ३:१-१७

  • मर्कुस ६:१४-२९

  • लुका ७:१८-२८

  • युहन्‍ना १:६-८, १५, १९-३७; ३:२५-३०

छलफल गर्नुहोस्‌:

बप्तिस्मा गराउने युहन्‍नाले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. बप्तिस्मा गराउने युहन्‍ना र येसुबीच के नाता थियो? (w१० ९/१ पृ. १५ अनु. ४-६-wcgr)

  2. २. प्रथम शताब्दीका इतिहासकार फ्लेभियस जोसेफसले बप्तिस्मा गराउने युहन्‍नाको अस्तित्वबारे के लेखे? (mrt लेख १४-wcgr) क

    चित्र क: इस्वी संवत्‌ ३० मा हेरोद एन्टिपासले जारी गरेको सिक्का जसमा “प्रान्तीय शासक हेरोद” भनेर कुँदिएको छ

  3. ३. युहन्‍नाले कुन अर्थमा “एलियाको जस्तै जोस र शक्‍ति” देखाए? (लुका १:१७; it “रुवाक; न्युमा” अनु. ६०-wcgr) ख

    चित्रहरूको सँगालो: १. युहन्‍ना निडर भई अगाडि हेरिरहेका छन्‌। २. एलियाले कर्मेल डाँडामा साहसी भई आकाशबाट आगो वर्षाउँछन्‌।

    चित्र ख

  4. ४. युहन्‍नाले स्वर्गीय आशा पाएका थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (मत्ति ११:११; ijwbq लेख १७८ अनु. ४)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • बाइबलमा भविष्यवाणी गरिएझैँ युहन्‍नाले मसीहको लागि बाटो तयार पारे। तैपनि तिनी नम्र भइरहे। (युह. १:२६, २७) हामी तिनीबाट के सिक्न सक्छौँ?

  • युहन्‍ना सरल जीवन बिताउँथे र तिनले आफ्नो पूरै ध्यान यहोवाको इच्छाअनुसार गर्नुमा लगाए। (मत्ति ३:४) अहिले पनि हामी कसरी आफ्नो जीवन सरल बनाउन सक्छौँ? ग

    चित्रहरूको सँगालो: एक जवान दम्पती गाडी किन्‍ने कि नकिन्‍ने भनेर कुरा गर्दै छन्‌। १. तिनीहरू आफ्नो कम्प्युटरमा हेर्दै तिनीहरूको लागि कुनचाहिँ गाडी सबैभन्दा राम्रो हुन्छ भनेर विचार गर्दै छन्‌। २. त्यसपछि तिनीहरू प्रार्थना गर्छन्‌। तिनीहरूको अगाडि भएको टेबुलमा पल्टाएर राखिएको बाइबल छ।

    चित्र ग

  • तपाईँ कसरी बप्तिस्मा गराउने युहन्‍नाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा बप्तिस्मा गराउने युहन्‍नालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

युहन्‍नाले कसरी आनन्दित र धीरजी हुँदै सहिरहे, थाह पाउनुहोस्‌।

“बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण” (w१९.०८ पृ. २९-३१)

युहन्‍नाको उदाहरणबाट हामी कसरी विरोध, आर्थिक कठिनाइ र निराशाको सामना गर्न मदत पाउँछौँ?

तिनीहरूबाट सिक्नुहोस्‌—बप्तिस्मा गराउने युहन्‍ना (६:५८)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने