प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३३ पृ. १५०-१५३
  • तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • यहोयादाको साहस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३३ पृ. १५०-१५३

३३ यहोयादा

तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए

छापिएको संस्करण
छापिएको संस्करण

यहोयादा वृद्ध भइसकेका थिए। तर तिनी अझै पनि बलिया र यहोवाको सेवामा जोसिला थिए। तिनी यरुसलेममा प्रधानपुजारीको रूपमा सेवा गर्थे। मानिसहरूलाई सही तरिकामा यहोवाको उपासना गर्न मदत गर्नु तिनको जिम्मेवारी थियो। तर त्यो जिम्मेवारी पूरा गर्न सजिलो थिएन किनभने त्यतिबेला मानिसहरू झूटो उपासनामा चुर्लुम्मै डुबेका थिए।

यरुसलेममा यस्तो दुष्टता छाउनुको एउटा कारण अथल्याह नाम गरेकी स्त्री थिइन्‌। उनी इस्राएलको राजा आहाब र रानी ईजेबेलकी छोरी थिइन्‌। तिनीहरू यति खराब थिए कि यहोवाले तिनीहरूको पूरै घरानालाई सखाप पार्ने आदेश दिनुभयो। अथल्याहको विवाह यहुदाका राजासित भएको थियो तर उनी शुद्ध उपासनालाई घृणा गर्थिन्‌। पछि अथल्याहको श्रीमान्‌को मृत्यु भयो र तिनको ठाउँमा तिनीहरूको छोरा राजा भए। तर यहोवाले तिनीहरूको छोरालाई मार्न लगाउनुभयो। त्यसपछि अथल्याहले यहुदाको सिंहासन हडपिन्‌। तर त्यो यहोवाको इच्छाविपरीत थियो किनकि उहाँले पुरुषहरूलाई मात्र राजाको रूपमा शासन गर्न अनुमति दिनुभएको थियो। अझ भन्‍नुपर्दा दाउदको घरानाका पुरुषहरूलाई मात्र। त्यसैले अथल्याहले आफ्नो सिंहासन जोगाउन एउटा दुष्ट चाल चलिन्‌। उनले राजा हुने सम्भावना भएका सबै पुरुषहरूलाई नाश गर्ने आदेश दिइन्‌। यहाँसम्म कि उनले आफ्ना नातिहरूलाई समेत मार्ने हुकुम दिइन्‌ किनकि तिनीहरूमध्ये एक जना पछि गएर इस्राएलको राजा बन्‍न सक्थ्यो।

एक प्रधानपुजारी र तिनकी पत्नीले सानो बालकलाई दुष्ट रानीबाट जोगाउन आफ्नो ज्यानै जोखिममा पारे

यहोयादाको विवाह राजघरानाकी एक साहसी स्त्री यहोसेबासित भएको थियो। अथल्याहले दाउदको राजघरानाका सबै उत्तराधिकारीलाई नाश गर्न लागेको कुरा थाह पाएपछि यहोयादा र यहोसेबा हात बाँधेर बसिरहन सकेनन्‌। तिनीहरूलाई दाउदकै घरानाको एक जनाले सदाको लागि शासन गर्नेछन्‌ भनेर यहोवाले गर्नुभएको प्रतिज्ञाबारे थाह थियो। (२ समु. ७:१२, १३) यहोसेबाले त्यस घरानाको एक जना उत्तराधिकारीलाई बचाउने निर्णय गरिन्‌। ती उत्तराधिकारी एक वर्ष पनि नपुगेका दूधे बालक थिए। उनले आफ्नो ज्यान जोखिममा पार्दै त्यस बालकलाई सुटुक्क राजमहलबाट बाहिर निकालिन्‌। त्यसपछि ती बालक र तिनकी धाईआमालाई उनले आफ्नो पति प्रधानपुजारी यहोयादाकहाँ लगिन्‌। यहोयादाले त्यस बालकलाई कसैले नदेख्नेगरि मन्दिरको एउटा कोठामा लुकाएर राखे।

प्रधानपुजारी यहोयादाले यहोसेबा र धाईआमालाई रातको समयमा सुटुक्क मन्दिरभित्र लैजाँदै छन्‌। यहोसेबाले बालकलाई बोकेकी छिन्‌।

छ वर्षसम्म यहोयादाले यहोआसलाई परमेश्‍वरको भवनमा शत्रुहरूदेखि जोगाएर राखे। यत्रो वर्षसम्म त्यसरी जोगाएर राख्नु पक्कै सजिलो कुरा त थिएन। दुष्ट अथल्याहले यसबारे अलिकता मात्र छनक पाएकी भए यहोयादा, यहोसेबा र यहोआस सबैलाई मार्ने थिइन्‌। सातौँ वर्षमा यहोयादाले साहसी हुँदै एउटा कदम चाले। तिनले पाँच जना वफादार सैन्य कप्तानहरूलाई बोलाएर यो गोप्य कुरा बताए: दाउदको घरानाका एक उत्तराधिकारी अझै जीवितै छन्‌! त्यसपछि यहोयादाले ती कप्तानहरूलाई ५०० जना सैनिकहरू जम्मा गरेर तिनीहरूलाई मन्दिर र त्यस वरपरका मुख्य-मुख्य ठाउँहरूमा तैनाथ गर्न भने। अनि यहोयादाले ती राजकुमारलाई राजा अभिषेक गर्दा मन्दिरको ढाल र हतियार लिएर सैनिकहरू तिनको चारैतिर तैनाथ भए अनि सबैले थपडी मार्दै जयजयकार गर्न थाले। त्यो आवाज सुन्‍नेबित्तिकै अथल्याह दौडेर यहोवाको भवनमा गइन्‌।

मन्दिरभित्रको दृश्‍य देख्नेबित्तिकै उनले के भइरहेको छ भनेर बुझिहालिन्‌। त्यसपछि उनले यहोआसलाई राजा बन्‍नदेखि रोक्न अन्तिम प्रयास गरिन्‌। उनी यसो भन्दै चिच्याइन्‌: “यो त धोका भयो, धोका!” तर अरूलाई धोका दिएर रानी बन्‍ने व्यक्‍ति उनी आफै थिइन्‌। त्यसैले कसैले उनलाई साथ दिनेछन्‌ भनेर सोचेकी भए त्यो उनको ठूलो भ्रम हुने थियो। यहोयादाले फेरि साहस देखाए र कप्तानहरूलाई त्यस दुष्ट स्त्रीलाई मन्दिरबाट बाहिर निकालेर मार्ने आदेश दिए। तिनीहरूले यहोयादाले भनेझैँ अथल्याहलाई मारे। यसरी “आहाबको पूरै घराना मेटिनेछ” भनेर यहोवाले गर्नुभएको प्रतिज्ञा पूरा भयो। (२ राजा ९:८) सायद आहाब र ईजेबेलको घरानाको बाँकी रहेको अन्तिम व्यक्‍ति अथल्याह नै थिइन्‌।

यहोयादाले अब आफ्नो जिम्मेवारी यत्तिमै सिद्धियो भन्‍ने सोचेनन्‌। बरु तिनले अझै महत्त्वपूर्ण कामहरू गरे। यहोयादाले राजा र मानिसहरूबीच एउटा करार बाँध्न लगाए जसअनुसार उनीहरू सधैँ यहोवाप्रति वफादार रहनुपर्थ्यो। त्यसपछि तिनले बाआलको मन्दिर भत्काउने र त्यसको पुजारीलाई मार्ने आदेश दिए। साथै यहोयादाले यहोआसलाई एक असल र वफादार राजा बन्‍न चाहिने तालिम दिन सक्दो कोसिस गरे। यहोयादा जीवित रहुन्जेल यहोआस यहोवाप्रति वफादार रहिरहे। यहोयादाको १३० वर्षको उमेरमा मृत्यु भयो र तिनलाई दाउदनगरमा राजाहरूको चिहानमा गाडियो। यो ठूलो सम्मानको कुरा थियो।

दुःखको कुरा यहोयादाको मृत्युपछि यहोआस यहोवादेखि तर्किए। यहुदाका भ्रष्ट राजकुमारहरूको लहलहैमा लागेर यहोआसले झूटो उपासनामा भाग लिए र आफ्ना प्रजालाई पनि त्यसै गर्न लगाए। यहोवाले भविष्यवक्‍ताहरू पठाएर तिनलाई सच्याउन खोज्नुभयो तर तिनले बेवास्ता गरे। ती भविष्यवक्‍ताहरूमध्ये एक यहोयादाका छोरा जकरिया थिए। उनले निडर भई मानिसहरूलाई “तिमीहरू किन यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्छौ?” भनेर सोधे। यो सुनेर यहोआस क्रोधित भए र जकरियालाई मार्ने आदेश दिए। तर आफ्नो बुबाजस्तै जकरिया पनि मृत्युसम्मै साहसी भइरहे। सयौँ वर्षपछि येसुले धर्मी मानिसहरूबारे बताउनुहुँदा जकरियाको नाम पनि उल्लेख गर्नुभयो। आफ्नो बुबा यहोवाले जस्तै येसुले पनि यस्ता वफादार पुरुष र स्त्रीहरूले देखाएको साहस कहिल्यै बिर्सनुहुन्‍न।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • २ राजा ११:१-२१; १२:१, २

  • २ इतिहास २२:१०-१२; २३:१-२१; २४:१, २, ७, १५-२२

  • मत्ति २३:३५

छलफल गर्नुहोस्‌:

यहोयादाले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. अथल्याहको हत्या गर्न यहोयादालाई मदत गरेका ‘शाही अङ्‌गरक्षकबारे’ केही बाइबलविद्‌हरू के भन्छन्‌? (२ राजा ११:४, १९; it “शाही अङ्‌गरक्षक”-wcgr)

  2. २. ‘साक्षी-पत्रले’ कुन कुरालाई जनाएको हुन सक्छ र यहोयादाले किन त्यो यहोआसको शिरमाथि राखिदिए? (२ राजा ११:१२, फुटनोट; w९१ २/१ पृ. ३१ अनु. ५-६-wcgr) क

    प्रधानपुजारी यहोयादाले राजा यहोआसको शिरमाथि मुठा राख्दै छन्‌।

    चित्र क

  3. ३. यहोआसले किन यहोवाको भवन मर्मतसम्भार गर्ने आदेश दिए? (२ इति. २४:४-७, ११-१४; it “यहोआस” न. १ अनु. ५-wcgr)

  4. ४. जकरिया यहोयादाका छोरा थिए। तर येसुले किन तिनलाई “बरखियाको छोरा” भन्‍नुभयो? (w२३.०६ पृ. १८ अनु. १६, फुटनोट)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • यहोआसलाई लुकाउँदा सायद यहोयादा सय वर्ष कटिसकेका थिए। तिनको उदाहरणबाट पाको उमेरका दाइदिदीहरूले कसरी प्रोत्साहन पाउन सक्छन्‌? (भज. ९२:१२, १४) ख

    एक वृद्ध दाइ वाकरको सहाराले हिँड्‌दै हुनुहुन्छ र बुबाआमासँगै सभाभवन आएको सानो केटोसित हात मिलाउँदै हुनुहुन्छ।

    चित्र ख

  • यहोआसले यहोयादाको कुरा सुनेकोले सही निर्णय गर्न सके। यसबाट जवानहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

  • तपाईँ के-कस्ता तरिकामा यहोयादाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा यहोयादालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

यहोआसको उदाहरणबाट होसियार भई साथी छान्‍ने सन्दर्भमा केटाकेटीहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

“यहोआस खराब सङ्‌गतमा लागेर यहोवादेखि तर्के” (w०९ ४/१ पृ. २४-२५-wcgr)

साँचो उपासनालाई टेवा पुऱ्‍याउन अनुदान दिने सन्दर्भमा हामी यहोयादाको उदाहरणबाट के सिक्न सक्छौँ?

“परमेश्‍वरलाई खुसी पार्ने अनुदानहरू” (w०५ ११/१ पृ. २६-२७)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने