प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३० पृ. १३८-१४१
  • मृत्युको मुखैमा पर्दा समेत उनले साहस देखाइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युको मुखैमा पर्दा समेत उनले साहस देखाइन्‌
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • विश्‍वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • विधवाको छोरा फेरि जीवित भयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • के यहोवाले तपाईंको कामकुरा याद गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३० पृ. १३८-१४१

३० सारपतकी विधवा

मृत्युको मुखैमा पर्दा समेत उनले साहस देखाइन्‌

छापिएको संस्करण
छापिएको संस्करण

सिदोनको सारपत सहरमा एक विधवा आफ्नो छोरासँगै बस्थिन्‌। त्यहाँ पानी नपरेको धेरै समय भइसकेकोले खडेरी परेको थियो। त्यसैले खानेकुराको निकै अभाव थियो। परमेश्‍वरले इस्राएलीहरूलाई विधवा र अनाथहरूको ख्याल राख्ने सन्दर्भमा तोकेरै नियमहरू दिनुभएको थियो। तर उनी इस्राएलमा नभई सारपत सहरमा बस्थिन्‌। त्यहाँ सिदोनीहरूका राजा एतबालले शासन गर्थे। ती राजा अस्तारोथ देवीको उपासना गर्थे। तिनी त्यस देवीको पुजारी पनि थिए जस्तो देखिन्छ। अस्तारोथ देवीको उपासना गर्नेहरूले नानाथरीका घृणित कुराहरू गर्थे। त्यस्तो कठिन समयमा ती दुष्ट मानिसहरूमाझ बस्न ती विधवालाई कत्ति गाह्रो भयो होला।

उनले जसोतसो आफू र आफ्नो छोराको लागि खानेकुराको जोहो गर्दै थिइन्‌। तर अवस्था झन्‌झन्‌ बिग्रँदै गयो। यहाँसम्म कि उनलाई अब भोकै मर्नेछौँ भन्‍ने लागेको हुन सक्छ।

तर यहोवा उनलाई माया गर्नुहुन्थ्यो र उनी अरूभन्दा फरक भएको याद गर्नुभयो। झूटा उपासना गर्ने मानिसहरूमाझ बसे तापनि उनले यहोवामाथि भरोसा राख्थिन्‌। उनले यहोवाबारे सुनेकी थिइन्‌ जस्तो देखिन्छ। उहाँले आफ्ना जनहरूसित गर्नुभएको व्यवहार देखेर सायद उनको मन छोएको हुनुपर्छ। उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा उनी विश्‍वस्त थिइन्‌। लगभग १,००० वर्षपछि येसुले ती विधवाबारे उल्लेख गर्नुभयो। उनलाई यहोवाले मदत गर्नुभएको कुरा उहाँले बताउनुभयो। उनलाई यहोवाले कस्तो मदत गर्नुभएको थियो?

यहोवाले भविष्यवक्‍ता एलियालाई उत्तरतिर जाने आज्ञा दिनुभयो र खडेरीको समयभरि एक जना विधवाले तिनलाई खानेकुरा दिनेछिन्‌ भन्‍नुभयो। एलिया सारपतमा पुगेपछि तिनले एउटी स्त्रीलाई दाउरा बटुलिरहेकी देखे। तिनले उनलाई दयालुपूर्वक यसो भने: “कृपया मलाई अलिकता पिउने पानी देऊ।” ती स्त्रीले एलियालाई पहिला कहिल्यै देखेकी थिइनन्‌। तैपनि ‘उनी पानी लिन गइन्‌।’ सम्भवतः उनले एलिया यहोवाका एक सेवक हुन्‌ भनेर अनुमान लगाइसकेकी थिइन्‌। किनकि तिनको पहिरन भविष्यवक्‍ताको जस्तै थियो र तिनको बोलीवचन पनि मित्रैलो र दयालु थियो। अर्कोतर्फ एलियाले पनि यहोवाले भन्‍नुभएको विधवा उनी नै हुन्‌ कि भनेर सोचिरहेका हुन सक्छन्‌। त्यसैले एलियाले ती स्त्रीलाई फेरि बोलाएर एक टुक्रा रोटी पनि ल्याइदिन भने।

सहर बाहिर सारपतकी विधवा दाउरा बटुल्दै छिन्‌ र भविष्यवक्‍ता एलिया उनीतिर आउँदै छन्‌। त्यहाँको जमिन सुख्खा र उजाड छ अनि रूखहरूमा पनि पातहरू छैन्‌।

त्यसपछि ती विधवाले एलियासित मन खोलेर कुरा गरिन्‌। उनले यसो भनेर आफ्नो कुरा सुरु गरिन्‌: “तपाईँका परमेश्‍वर, जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु।” यसबाट ती विधवाले “जीवित परमेश्‍वर” यहोवामाथि भरोसा गर्थिन्‌ भन्‍ने कुरा स्पष्ट देखिन्थ्यो। (यर्मि. १०:१०) ती विधवाले एलियालाई “मसँग रोटीको एक टुक्रो पनि छैन, घ्याम्पोमा एक मुठी पीठो र भाँडोमा अलिकता तेलबाहेक मसँग अरू केही छैन” भनिन्‌। तिनले अझ यसो पनि भनिन्‌: “म र मेरो छोराको लागि केही पकाउन यहाँ झिँजामिजा बटुल्दै छु। यो नै हाम्रो अन्तिम छाक हो; त्यसपछि त हामी भोकै मर्नेछौँ।”

विधवा र उनको छोरा भोकले मर्न लागेका थिए तैपनि यहोवाको भविष्यवक्‍ताले उनीसित भएको अन्तिम छाकसमेत मागे

त्यसपछि एलियाले उनलाई यसो भने: “नडराऊ।” यो शब्द सुन्दा ती विधवा पक्कै अचम्ममा परेकी हुनुपर्छ। किनकि भोकमरीको कारण उनी र उनको छोरा मृत्युको मुखैमा पर्ने अवस्थामा थिए। तैपनि उनले एलियाको कुरा सुनिन्‌। उनको लागि यहोवाले गरिदिनुहुने कुराबारे एलियाले बताए। एलियाको लागि एउटा रोटी बनाएर दिएमा यहोवाले उनलाई इनाम दिनुहुने थियो। यहोवाको कृपाले खडेरीभरि नै उनको घ्याम्पोको पिठो सिद्धिने थिएन र भाँडोको तेल पनि रित्तिने थिएन।

अब भने ती विधवाको विश्‍वासको जाँच हुने थियो। के उनले यहोवाको भविष्यवक्‍तालाई खुवाउन आफूसँग बाँकी रहेको अन्तिम छाकसमेत दिने थिइन्‌? यहोवाले आफ्ना जनहरूको लागि गर्नुभएका थुप्रै आश्‍चर्यजनक कामहरूबारे उनलाई थाह थियो। त्यसैले एक विधवा र उनको छोरालाई खुवाउनु यहोवाको लागि कुनै गाह्रो कुरा होइन भनेर उनले बुझेकी थिइन्‌। तैपनि उनलाई यो आज्ञा पालन गर्न पक्कै साहस चाहिन्थ्यो। उनले अब के गर्ने थिइन्‌? बाइबल भन्छ: “उनी गइन्‌ र एलियाले भनेझैँ गरिन्‌।”

यहोवाले ती विधवाले देखाएको विश्‍वासको कारण उनलाई प्रशस्तै आशिष्‌ दिनुभयो। उहाँले प्रतिज्ञा गर्नुभएझैँ उनको घ्याम्पोको पिठो सिद्धिएन र भाँडोको तेल पनि रित्तिएन। खडेरीभरि नै एलिया र ती विधवाको परिवारलाई खानेकुराको कुनै अभाव भएन। पछि यहोवाले ती विधवाको ख्याल राख्नुभएको कुरा अझ विशेष तरिकामा देखाउनुभयो। उनको छोरा अकस्मात्‌ बिरामी परेर मऱ्‍यो। तर यहोवाले एलियालाई चलाएर ती बालकलाई फेरि जीवित पार्नुभयो। कुनै व्यक्‍तिलाई फेरि जीवित पारिएको यो नै पहिलो बाइबल विवरण हो। यो चमत्कार देखेपछि ती विधवाको विश्‍वास झनै बलियो भएको हुनुपर्छ। आजसम्म पनि उनको उदाहरणबाट थुप्रैले साहसी भई आफ्नो विश्‍वास देखाउन सिकेका छन्‌।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • १ राजा १७:८-२४

  • लुका ४:२५, २६

छलफल गर्नुहोस्‌:

सारपतकी विधवाले के-कस्ता तरिकामा साहस देखाइन्‌?

अनुसन्धान गर्नुहोस्‌

  1. १. सिदोनका मानिसहरूले कसको उपासना गर्थे र त्यस उपासनामा के-कस्ता कुराहरू समावेश थियो? यसले इस्राएलीहरूमा कस्तो असर पाऱ्‍यो? (it “सिदोन” अनु. ६-wcgr) क

    Penta Springs Limited/Alamy Stock Photo

    चित्र क: ईसापूर्व १५०० तिरको अस्तारोथको मूर्ति

  2. २. एतबाल र इस्राएलका राजा आहाबबीच कस्तो नाता थियो? (it “एतबाल”-wcgr)

  3. ३. फोनिसियाका मानिसहरूले अस्तारोथ (अस्तारते) देवीको उपासना गर्थे। त्यस उपासनासम्बन्धी कस्ता रीतिरिवाज आजसम्म पनि प्रचलित छन्‌? (g९३ ११/२२ पृ. १३ अनु. १-४-wcgr)

  4. ४. आफ्नो छोराको मृत्यु हुँदा ती विधवाले एलियालाई यसो भनिन्‌: “तपाईँ त यहाँ मेरो दोष देखाइदिन र मेरो छोरालाई मार्न आउनुभएको रहेछ।” उनले यसो भन्‍नुको कारण के थियो? (१ राजा १७:१८; w१४ २/१५ पृ. १५ अनु. ४-५) ख

    सारपतकी विधवा आफ्नो मरिसकेको छोरालाई समाउँदै मदतको लागि गुहार्दै छिन्‌।

    चित्र ख

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • ती विधवा बाआलको उपासना गर्ने सहरमा बसे तापनि यहोवाले उनलाई याद गर्नुभयो। यसबाट यहोवाबारे र क्षेत्रका मानिसहरूप्रति हामीले राख्नुपर्ने दृष्टिकोणबारे के सिक्न सक्छौँ? (प्रेषि. १०:३५)

  • आर्थिक अवस्था कमजोर भएका ख्रिष्टियनहरूले सारपतकी विधवाको विश्‍वास र साहसबाट के सिक्न सक्छन्‌? ग

    चित्रहरूको सँगालो: एक किशोर भाइ आफूले राख्न सक्ने लक्ष्यहरूबारे विचार गर्दै छन्‌। यी चित्रहरूलाई छुट्टाछुट्टै पनि राखिएका छन्‌। एक भाइ स्कुलमा शिक्षकसित कुरा गर्दै छन्‌। शिक्षकले ती भाइलाई विश्‍वविद्यालयको पर्चा देखाउँदै छन्‌। ती भाइले आफूले पाएको पर्चाबारे आमाबुबासित घरमा कुरा गर्दै छन्‌। आमाबुबाले धर्मशास्त्रबाट तिनीसित कुरा गर्दै छन्‌। केही समयपछि ती भाइ बेथेलमा सेवा गर्दै छन्‌ र पाहुनाहरूलाई स्वागत गर्दै छन्‌।

    चित्र ग

  • तपाईँ अन्य के-कस्ता तरिकामा सारपतकी विधवाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा सारपतकी विधवालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

सारपतकी विधवाले जस्तै हामीले पनि कसरी भौतिक कुराहरूलाई भन्दा यहोवासितको मित्रतालाई पहिलो स्थान दिन सक्छौँ?

“परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं” (w११ २/१५ पृ. १३-१७)

तपाईँले आफ्नो विश्‍वास देखाउन गर्नुभएको हर प्रयास यहोवा याद गर्नुहुन्छ भन्‍ने कुरामा तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

“के यहोवाले तपाईंको कामकुरा याद गर्नुहुन्छ?” (w०३ ५/१ पृ. २८-३१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने