प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. २९ पृ. १३४-१३७
  • “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तिनले हेरे र पर्खे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • बिचरा एलिया!
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. २९ पृ. १३४-१३७

२९ एलिया

“यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ”

छापिएको संस्करण
छापिएको संस्करण

शान्त आकाशमा अचानक मेघ गर्जेजस्तै बाइबल विवरणमा भविष्यवक्‍ता एलिया पनि अचानक देखा पर्छन्‌, त्यो पनि चानचुने कामको लागि नभई इस्राएलका एक दुष्ट राजालाई कडा चेतावनी दिन। इस्राएलको दस गोत्रे राज्यमा एकपछि अर्को दुष्ट राजाहरूले शासन गरिरहेका थिए। आहाब सातौँ राजा थिए र तिनी यहोवाको नजरमा सबैभन्दा खराब थिए। आहाबले ईजेबेल नाम गरेकी सिदोनको दुष्ट राजकुमारीसित विवाह गरेका थिए। आहाब झूटो देवीदेवताको उपासना गर्थे। तर तिनकी पत्नी ईजेबेल झनै खराब थिइन्‌। उनी बाआलको उपासना गर्थिन्‌, जसमा बच्चाहरूको बलि चढाइन्थ्यो। एकदिन अचानक एलिया आहाबकहाँ देखा परे। यहोवाले ती राजामाथि ल्याउनुहुने न्यायदण्डबारे सुनाउन उहाँले एलियालाई पठाउनुभएको थियो।

यहोवाको त्यो सन्देश सुनाउन एलियाले गिलाददेखि सामरियासम्म लामो यात्रा गरेको कल्पना गर्नुहोस्‌ त! चट्टाने भीरको बाटो भएकोले त्यो यात्रा एलियाको लागि पक्कै सजिलो थिएन। एलिया सामरियामा पुगेपछि आहाबको भव्य राजमहलमा गए। सायद निकै सानदार भएकोले नै त्यसलाई “हस्तिदन्तको महल” पनि भनिन्थ्यो। (१ राजा २२:३९) तर एलिया भने भुत्लाबाट बनेको साधारण लुगा लगाएर अनि कम्मरमा छालाको पटुका बाँधेर राजाको अगाडि उभिरहेका थिए। तिनले त्यस देशमा वर्षौँसम्म खडेरी पर्नेछ अनि तिनले नभनेसम्म त्यहाँ फेरि वर्षा हुनेछैन भनेर बताए। यो कुरा भन्‍न एलियालाई निकै साहस चाहिएको थियो। किनभने बाआललाई वर्षाको देवता मानिन्थ्यो तर एलियाको सन्देशबाट बाआल शक्‍तिहीन छ भनेर देखिने थियो। यदि ईजेबेलले यो कुरा सुनेकी भए उनी पक्कै रिसले चूर हुने थिइन्‌।

एलिया राजा आहाबसित सानदार महलमा कुरा गर्दै छन्‌। आहाब बसेर एलियाको कुरा सन्दै छन्‌ र ईजेबेल उभिएर एलियालाई कराउँदै छिन्‌। अरू मानिसहरू एलियालाई शङ्‌काको नजरले हेरिरहेका छन्‌।

एलियाले यस्तो सन्देश सुनाउने साहस कसरी पाए? यसको जवाफ तिनले भनेका शब्दहरूमै पाउन सक्छौँ। तिनले सुरुमा यसो भने: “इस्राएलका जीवित परमेश्‍वर यहोवा, जसको म सेवा गर्छु।” “जसको म सेवा गर्छु” भनेर अनुवाद गरिएको हिब्रू अभिव्यक्‍तिको शाब्दिक अर्थ हो, “जोसामु म खडा छु।” तिनी शक्‍तिशाली मानव राजासामु खडा थिए। तर तिनलाई यहोवा परमेश्‍वरको सेवकको रूपमा खडा हुनु अझ ठूलो कुरा हो भनेर थाह थियो। आहाब र ईजेबेल निकै शक्‍तिशाली देखिए तापनि तिनीहरूभन्दा यहोवा कता हो कता शक्‍तिशाली हुनुहुन्थ्यो। यस्तो दृष्टिकोण राखेकोले नै एलिया साहसी हुन सके।

एलियाले दुष्ट राजा र रानी, विद्रोही राष्ट्र अनि आफूमा भएको डरको सामना गरे

एलियाले यहोवाको सेवामा निरन्तर साहस देखाइरहे। जस्तै, तिनले खडेरी परेर अनिकाल लागेको बेला यहोवाको निर्देशनअनुसारै एउटा बेँसीमा गएर शरण लिए। त्यहाँ तिनले खोलाको पानी पिए र खानाको लागि कागहरूमा भर परे। यसरी यहोवाप्रति आज्ञाकारी भएर तिनले साहस देखाए। यहोवाले तिनलाई सिदोनमा पठाउनुहुँदा पनि तिनले साहस देखाए किनभने त्यो ईजेबेलको बुबाको इलाका थियो। त्यहाँ तिनले परमेश्‍वरमाथि विश्‍वास गर्ने एउटी विधवालाई मदत गर्नुपर्ने थियो। त्यति मात्र होइन, कर्मेल डाँडामा पनि तिनले साहस देखाए। बाआलका ४५० जना भविष्यवक्‍ताविरुद्ध खडा भएर यहोवा नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी तिनले प्रमाणित गरे। एलियाको नामको अर्थ “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ” भन्‍ने हो र तिनले पटक-पटक आफ्नो नामअनुसारै काम गरे।

साथै एलिया “हाम्रो जस्तै भावना भएका मानिस थिए।” (याकु. ५:१७) हामीलाई जस्तै तिनलाई पनि डर लाग्थ्यो। कर्मेल डाँडामा भएका चमत्कारहरू देखेपछि पनि आहाब परिवर्तन भएनन्‌ र ईजेबेलले एलियालाई मार्ने कसम खाइन्‌। त्यसले गर्दा एलिया डराए र आफ्नो ज्यान बचाउन भागे। एलिया यतिसम्म हतोत्साहित भए कि तिनले आफूलाई बेकामको ठाने र “मर्न पाऊँ” समेत भने। तिनले “म आफ्ना पितापुर्खाभन्दा असल छैनँ” भनेर पनि बताए। तैपनि यहोवाले तिनको कुरा धीरजी भई सुन्‍नुभयो। पछि एलियाले दुई पटक यहोवालाई आफू डराएको अनि एक्लो महसुस गरेको कुरा बताए। तिनलाई आफूले गरेको सबै मेहनत खेर गयो जस्तो लागेको थियो। तर यहोवाले तिनी एक्लो छैनन्‌ अनि उहाँको नजरमा तिनी अझै पनि बहुमूल्य र उपयोगी छन्‌ भनेर ढुक्क महसुस गराउनुभयो। यहाँसम्म कि यहोवाले तिनको लागि एउटा सहयोगी पनि रोज्नुभयो र ती सहयोगीलाई भविष्यवक्‍ताको कामको लागि तालिम दिन भन्‍नुभयो।

त्यसको केही समय नबित्दै एलिया आफ्ना सहयोगी एलिसालाई खोज्न गए। पछि दुवै जना सँगै मिलेर कठिन अवस्थाहरूमा समेत यहोवाको पक्षमा खडा भइरहे। एलिसाले पनि आफ्नो पाको उमेरको साथीलाई साथ दिए र तिनीबाट थुप्रै कुराहरू सिके। यहोवाको मदतले गर्दा एलियाले फेरि साहस देखाउन सके र तिनी आफ्नो जीवनको अन्तसम्म साहसी भइरहे।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • १ राजा १६:२९-३३; १७:१-१०क; १८:१–१९:२१

  • २ राजा ३:११

छलफल गर्नुहोस्‌:

एलियाले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. एलियाको लागि खाना ल्याइदिन कागहरू नै किन उपयुक्‍त थिए? (it “काग” अनु. ५-wcgr) क

    काग।

    Lior Kislev

    चित्र क

  2. २. एलियाले कस्ता चमत्कारहरू गरे? (it “एलिया” न. १ अनु. ११-wcgr)

  3. ३. कर्मेल डाँडामा एलियाले मानिसहरूलाई गहिरो खाल्टोमा पानी भर्न लगाए। अनिकाल परेको बेलामा यति धेरै पानी कहाँबाट आएको हुन सक्छ? (ba पृ. १७ अनु. ३) ख

    Todd Bolen/BiblePlaces.com

    चित्र ख: कर्मेल डाँडा र भूमध्यसागरको दृश्‍य

  4. ४. एलियाको लुगाले केलाई चित्रण गर्थ्यो र तिनले किन आफ्नो लुगा एलिसालाई ओढाइदिए? (w१४ २/१ पृ. १२ अनु. ३)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • यहोवाले एलियासित कस्तो व्यवहार गर्नुभयो? हामी कसरी यहोवाको अनुकरण गर्दै निराश भएका भाइबहिनीहरूलाई आफ्नो मनको कुरा बताउन सजिलो बनाइदिन सक्छौँ? (१ राजा १९:१-१८) ग

    चित्रहरूको सँगालो: एक जना भाइले निरुत्साहित भएका आफूभन्दा सानो भाइलाई प्रोत्साहन दिन्छन्‌। यी चित्रहरूलाई छुट्टाछुट्टै पनि राखिएका छन्‌। चित्रहरूको सँगालो: १. एक जना भाइले निरुत्साहित भएका आफूभन्दा सानो भाइलाई फोन गर्छन्‌। २. खाटमा बसिरहेका ती निरुत्साहित भाइ फोन उठाउँछन्‌। त्यही दिन दुवै भाइहरू क्याफेमा बसेर खाजा खाँदै छन्‌। ती भाइ निरुत्साहित भएका भाइको कुरा दयालुपूर्वक सुन्दै छन्‌।

    चित्र ग

  • एलियाले खुसीसाथ आफ्ना सुअवसरहरू एलिसासित बाँडे। हामी कसरी तिनको मनोवृत्ति अनुकरण गर्दै अरूलाई तालिम दिन र जिम्मेवारी सुम्पिन सक्छौँ?

  • तपाईँ अन्य के-कस्ता तरिकामा एलियाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा एलियालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

यहोवाले एलियालाई आफ्नो जिम्मेवारी पूरा गर्न कसरी बलियो पार्नुभयो, भिडियो हेर्नुहोस्‌।

भविष्यवक्‍ताहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लिनुहोस्‌—एलिया (१:१९)

एलियाले कर्मेल डाँडामा देखाएको साहसबाट जवानहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

“साँचो उपासनाको पक्षमा खडा हुनुहोस्‌!” [शृङ्‌खलाबद्ध अनलाइन लेखहरू “बाइबल अध्ययन सामग्री” (अङ्‌ग्रेजी)]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने