प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. १९ पृ. ९०-९३
  • तिनीहरूले एउटा कठिन भाकल पूरा गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले एउटा कठिन भाकल पूरा गरे
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यिप्तहको भाकल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यिप्तहको भाकल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. १९ पृ. ९०-९३

१९ यिप्तह र तिनकी छोरी

तिनीहरूले एउटा कठिन भाकल पूरा गरे

छापिएको संस्करण
छापिएको संस्करण

इस्राएलीहरूले फेरि यहोवालाई त्यागे। नतिजास्वरूप, यहोवाले तिनीहरूलाई अम्मोनीहरूको हातमा छोडिदिनुभयो। उनीहरूले इस्राएलीहरूलाई १८ वर्षसम्म थिचोमिचो गरे। (न्याय. १०:८) तिनीहरूको अवस्था निकै दयनीय भयो। पछि तिनीहरूले आफ्नो गल्ती स्विकारे, झूटा देवीदेवताहरूको उपासना गर्न छोडे र यहोवाकहाँ फर्किए। तर त्यसको केही समय नबित्दै अम्मोनीहरू इस्राएलीहरूमाथि आक्रमण गर्न गिलादमा भेला भए।

गिलादका नाइकेहरूले यिप्तह नाम गरेका व्यक्‍तिलाई युद्धमा इस्राएली सेनाको सेनापति हुन आग्रह गरे। यिप्तहका दाजुभाइहरूले गिलादमा तिनीसँग नराम्रो व्यवहार गरेकोले तिनी त्यहाँबाट भागेका थिए। के तिनले आफ्ना दाजुभाइहरूप्रति द्वेषभाव राखे? अहँ, राखेनन्‌। बरु तिनी गिलाद फर्के र युद्ध लड्‌न राजी भए। सुरूमा तिनले शान्ति सम्झौता गर्न खोजे। अम्मोनीहरूले इस्राएलीहरूको इलाका कब्जा गर्न खोजेका थिए। तर यिप्तहले सन्देशवाहकहरू पठाएर ती इलाकाहरू दिन नसक्नुको कारण राम्रोसँग बताए। यसबाट विगतमा यहोवाले इस्राएलीहरूलाई डोऱ्‍याउनुभएको र राष्ट्रहरूमाथि विजयी हासिल गर्न मदत गर्नुभएको कुराबारे यिप्तहलाई राम्रो ज्ञान थियो भनेर देखिन्छ। तर अम्मोनका राजाले तिनको कुरालाई वास्तै गरेनन्‌। उनी युद्ध गर्न तम्सिएका थिए।

यिप्तह युद्धको लागि तयार भए र यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तिनीमाथि आयो। त्यसपछि तिनले यहोवा परमेश्‍वरसित यस्तो भाकल गरे: “यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने अम्मोनीहरूमाथि विजयी भई फर्कँदा मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सबैभन्दा पहिला निस्कन्छ, ऊ यहोवा परमेश्‍वरको हुनेछ अनि म उसलाई अग्निभेटीको रूपमा चढाउनेछु।” के यिप्तहले यो भाकल हतारमा वा सोचविचारै नगरी गरेका थिए? अहँ, त्यस्तो त होइन। किनभने तिनीमाथि यहोवा परमेश्‍वरको पवित्र शक्‍ति थियो।

के यिप्तहले मान्छेको बलि चढाउने कुरा गरिरहेका थिए? अहँ, थिएनन्‌। यहोवा मानिसको बलि चढाउने कुरालाई घिनलाग्दो ठान्‍नुहुन्थ्यो र त्यस्तो काम कदापि नगर्न चेतावनी दिनुभएको थियो। (व्यव. १८:१०, १२) बरु यिप्तहले आफ्नो घरबाट बाहिर निस्कने पहिलो व्यक्‍ति पूर्ण रूपमा “यहोवा परमेश्‍वरको हुनेछ” भन्‍न खोजिरहेका थिए। यसको मतलब त्यस व्यक्‍तिले यहोवाको वासस्थानमा रहेर आजीवन उहाँको सेवा गर्नुपर्थ्यो। त्यो वासस्थान सिलोमा थियो जस्तो देखिन्छ। यिप्तहलाई आफूले गरेको भाकल चानचुने होइन भनेर थाह थियो। तिनको एउटा मात्र सन्तान थियो, तिनकी प्यारी छोरी। त्यसैले युद्ध जितेर आउँदा तिनलाई स्वागत गर्न आउने पहिलो व्यक्‍ति तिनकी आफ्नै छोरी हुने सम्भावना धेरै थियो।

भाकल गरेपछि यिप्तह तुरुन्तै युद्ध लड्‌न गए। तिनले साहसी भई आफ्नो सेनालाई डोऱ्‍याए र यहोवाले शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। तिनीहरूले शत्रुहरूमाथि आक्रमण गरेर “ठूलो मारकाट मच्चाए” अनि अम्मोनीहरूको २० वटा सहरलाई कब्जा गरे।

युद्ध जितेपछि यिप्तह खुसी हुँदै घर फर्के। तिनले आफ्नो घरबाट कुनै नोकर पहिला निस्कनेछन्‌ भनेर आशा गरेका हुन सक्छन्‌। तर तिनको खुसी पलभरमै बिलायो किनभने घरबाट बाहिर निस्कने पहिलो व्यक्‍ति तिनकै छोरी थिइन्‌। उनी खैँजडी बजाउँदै र नाच्दै बाहिर निस्किन्‌। छोरीलाई देखेर यिप्तहले आफ्नो लुगा च्याते र रुँदै यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्‍ति तिमी नै पऱ्‍यौ।”

यिप्तह र तिनकी छोरीले एउटा भाकल पूरा गर्नुपर्थ्यो—तर त्यसको लागि तिनीहरूले ठूलो मोल तिर्नुपर्थ्यो

यिप्तहकी छोरीले बुबाले गरेको भाकलले आफ्नो जीवनमा कत्ति ठूलो प्रभाव पार्नेछ भनेर बुझिन्‌। उनले आफ्नो पूरै जीवन यहोवाको सेवामा अर्पण गर्नुपर्ने थियो। उनले कहिल्यै विवाह गर्न र बच्चा जन्माउन सक्ने थिइनन्‌। इस्राएली स्त्रीहरूको लागि यो निकै निराशाजनक कुरा थियो। तैपनि यी साहसी युवतीले आफ्नो बुबालाई यसो भनिन्‌: “बुबा, तपाईँले यहोवा परमेश्‍वरलाई भाकल गरिसक्नुभएको छ भने त्यो पूरा गर्नुहोस्‌।” उनले केवल आफ्ना साथीहरूसित केही समय बिताउन दिनुहोस्‌ भनेर बुबालाई आग्रह गरिन्‌। किनभने उनी कहिल्यै विवाह गर्न नसक्ने र सन्तान जन्माउन नसक्ने कुराको शोक मनाउन चाहन्थिन्‌।

यिप्तह आफ्नो लुगा च्यातेर घुँडा टेकेर बस्दै छन्‌ र तिनकी छोरी त्यहाँ आएर तिनको काँधमा हात राखेर सान्त्वना दिँदै छिन्‌।

यिप्तहकी छोरीले अरूबाट सान्त्वना र प्रोत्साहन पाइन्‌। इस्राएली ठिटीहरू वर्षेनी चार दिन यी साहसी अनि आत्मत्यागी स्त्रीको प्रशंसा गर्न उनलाई भेट्‌न जान्थे। वासस्थानमा सेवा गर्न पाउनु उनको लागि ठूलो सुअवसर थियो। सम्भवतः त्यही समयतिर सानो बालक समुएल पनि वासस्थानमा बस्थे। यिप्तहकी छोरीले समुएललाई यहोवाबारे सिकाउने र आवश्‍यक प्रोत्साहन दिने गरिन्‌ कि? त्यो त हामीलाई थाह छैन। तर यदि त्यसो गरेकी थिइन्‌ भने उनले यसबाट पक्कै आनन्द पाइन्‌ किनभने उनको कुनै सन्तान थिएन। त्यतिबेला वासस्थानमा मानिसहरूले अनैतिक काम गर्थे भनेर हामीलाई थाह छ। (१ समु. २:२२) के यिप्तहकी छोरी पनि त्यस्तो काममा संलग्न भएकी थिइन्‌? अहँ थिइनन्‌। बाइबल विवरण यसो भन्छ: “उनले कुनै पुरुषसित कहिल्यै शारीरिक सम्बन्ध राखिनन्‌।”

प्रेषित पावलले विश्‍वासी पुरुष र स्त्रीहरूको नाम लिँदा यिप्तहको नाम पनि उल्लेख गरे। (हिब्रू ११:३२) यिप्तह र तिनकी छोरीले साहस देखाउने सन्दर्भमा हाम्रो लागि राम्रो उदाहरण बसाले। तिनले परमेश्‍वरका मानिसहरूको लागि युद्ध लडे र तिनकी छोरीले तिनलाई पूर्ण रूपमा साथ दिइन्‌। तिनीहरू दुवै जनाले यहोवासित गरेको कठिन भाकल सँगै पूरा गरे।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • न्यायकर्ता १०:१५, १६; ११:१-४०

छलफल गर्नुहोस्‌:

यिप्तह र तिनकी छोरीले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. अम्मोनीहरू इस्राएलीहरूको इलाका कब्जा गर्न मात्र होइन तर शुद्ध उपासनालाई पनि हटाउन चाहन्थे भनेर कुन कुराले देखाउँछ? (it “यिप्तह” अनु. ६-wcgr) क

    इस्राएली पुरुषहरू पवित्र खामो ढालिरहेका छन्‌। एक स्त्रीले सानो मूर्ति फुटाउँदै छिन्‌।

    चित्र क: “तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्‍वरको उपासना गर्न थाले।”—न्याय. १०:१६

  2. २. यिप्तहले यहोवासित वाचा गर्दा तिनको मनोवृत्ति याकुबको जस्तै थियो भनेर हामी किन भन्‍न सक्छौँ? (it “यिप्तह” अनु. ११-wcgr)

  3. ३. यिप्तहले आफ्नो भाकल पूरा गर्न किन ठूलो त्याग गर्नुपर्थ्यो? (w१७.०४ पृ. ४ अनु. ६)

  4. ४. भविष्यवक्‍ता समुएलको जन्म ईसापूर्व ११८० तिर भएको थियो। तिनी र यिप्तहकी छोरीले वासस्थानमा एकै समयमा सेवा गरेको हुन सक्छन्‌ भनेर कुन कुराले देखाउँछ? (it “यिप्तह” अनु. २-wcgr; “कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म” भन्‍ने समयरेखा हेर्नुहोस्‌।)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • आमाबुबाले यिप्तहको जस्तै साहस देखाउँदा छोराछोरीहरूमा कस्तो प्रभाव पर्छ?

  • आज ख्रिष्टियनहरूले यिप्तहकी छोरीलाई प्रोत्साहन र साहस दिन आएका ठिटीहरूको कसरी अनुकरण गर्न सक्छन्‌? ख

    विदेशमा भएकी एक बहिनी खुसी हुँदै साथीहरूसित भिडियो कलमा उपहारको बक्स खोल्दै छिन्‌। त्यस बक्समा खानेकुरा, भिटामिन, चिठी अनि अरू उपहारहरू छन्‌।

    चित्र ख

  • तपाईँ कसरी यिप्तह र तिनकी छोरीजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा यिप्तह र तिनकी छोरीलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

यिप्तहकी छोरीको उदाहरणले आज अविवाहित ख्रिष्टियनहरूलाई कसरी मदत गर्न सक्छ?

अविवाहित अवस्थाको पूर्ण सदुपयोग गर्नुहोस्‌ (५:१५)

यिप्तह र तिनकी छोरीको उदाहरणले हामीलाई कसरी यहोवाप्रति वफादार रहन मदत गर्छ, थाह पाउनुहोस्‌।

“परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ” (w१६.०४ पृ. ५-९)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने