प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. १४ पृ. ७०-७३
  • उनले आफ्ना मानिसहरूलाई होइन, यहोवालाई रोजिन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनले आफ्ना मानिसहरूलाई होइन, यहोवालाई रोजिन्‌
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • राहाब यहोवालाई विश्‍वास गर्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • राहाबले जासुसहरूलाई लुकाइन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • राहाब जासुसहरूलाई लुकाउँछे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यरीहोको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. १४ पृ. ७०-७३

१४ राहाब

उनले आफ्ना मानिसहरूलाई होइन, यहोवालाई रोजिन्‌

छापिएको संस्करण
छापिएको संस्करण

यरिहो सहरको पर्खालमा बनाइएको एउटा घरमा राहाब नाम गरेकी वेश्‍या बस्थिन्‌। त्यो सहर पारिलो घाम लाग्ने ठाउँमा अवस्थित थियो। बाइबलमा त्यस सहरलाई “खजुरका बोटहरूको सहर” पनि भनिएको छ। (व्यव. ३४:३) राहाबको झ्यालबाट सहरबाहिरको सुन्दर दृश्‍य देखिन्थ्यो। तर सहरभित्र भने मानिसहरूको मुहार निन्याउरो थियो र तिनीहरू सबैमा त्रास छाएको थियो। यहोवा इस्राएलीहरूको साथमा हुनुभएकोले आफ्नो हार निश्‍चित छ भनेर तिनीहरूलाई थाह थियो। अनि यहोवाले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु जायजै थियो।

त्यतिबेला इस्राएलीहरू यरिहो सहरनजिकै पाल टाँगेर बसिरहेका थिए। यसको ४० वर्षअघि यहोवाले फारोको सेनालाई लाल समुद्रमा नाश गरेर आफ्ना मानिसहरूलाई जोगाउनुभएको थियो। अनि केही समयअघि मात्रै यहोवाले सिहोन र ओगका शक्‍तिशाली एमोरी राजाहरूमाथि आफ्ना मानिसहरूलाई विजयी तुल्याउनुभएको थियो। यो अचम्मको कुरा थियो किनभने इस्राएलीहरू कुनै तालिमप्राप्त योद्धा थिएनन्‌। बरु तिनीहरू निर्जनभूमिमा भौँतारिरहेका मानिसहरू थिए। अब भने तिनीहरूले यरिहोमाथि आक्रमण गर्न लागेका थिए किनभने यहोवा त्यहाँका दुष्ट मानिसहरूलाई उनीहरूको कुकर्मको सजाय दिन चाहनुहुन्थ्यो।

राहाबलाई आफ्ना मानिसहरू कत्ति खराब छन्‌ भनेर थाह थियो। उनी आफै पनि एक वेश्‍या थिइन्‌। सायद उनी त्यस्तो पतित जीवनशैलीबाट छुटकारा पाउन चाहन्थिन्‌। उनले यहोवाबारे जे-जति कुरा सुनेकी थिइन्‌, त्यसले उनलाई त्रसित त बनाएन बरु उनको मन यहोवाप्रतिको श्रद्धाले भरियो। यहोवा कनानको झूटा देवीदेवताजस्तो हुनुहुन्‍न बरु उहाँ आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ र तिनीहरूको कदर गर्नुहुन्छ भनेर उनले बुझेकी थिइन्‌। त्यसैले शुद्ध, न्यायी अनि आफ्ना मानिसहरूको रक्षा गर्ने यस्तो परमेश्‍वरसित उनी नजिक हुन चाहन्थिन्‌।

एक रात दुई जना अपरिचित पुरुषहरू राहाबको घरमा बास माग्न आए। उनले तिनीहरू को हुन्‌ भनेर चिनिहालिन्‌। तिनीहरू इस्राएली जासुसहरू थिए तर तिनीहरूलाई चिन्‍ने उनी मात्रै त थिइनन्‌। ती जासुसहरूबारे यरिहोका राजाले पनि खबर पाइसकेका थिए। त्यसैले तिनले आफ्ना मानिसहरूलाई राहाबको घरमा पठाए र तिनीहरूले ती जासुसहरूलाई बाहिर निकाल्न आदेश दिए। उनी ठूलो धर्मसङ्‌कटमा परिन्‌। उनले आफ्नो दुष्ट सहरलाई जोगाउने कि यहोवाको पक्ष लिने भनेर निर्णय गर्नुपर्ने थियो। उनको यस निर्णयले उनको जीवनलाई नै असर गर्ने थियो।

राहाबले साहसी भई यहोवालाई रोजिन्‌। उनले जासुसहरूलाई आफ्नो घरको छतमा लुकाइन्‌ र राजाका मानिसहरूलाई झुक्क्याएर अन्तै पठाइदिइन्‌। त्यसपछि उनी माथि छतमा गइन्‌ र आफूले तिनीहरूलाई बचाउनुको कारण बताइन्‌। उनले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।” उनले तिनीहरूलाई यरिहोका मानिसहरू इस्राएलीहरूदेखि असाध्यै डराएका छन्‌ भनेर पनि बताइन्‌। यो सुनेर ती जासुसहरूले पक्कै हौसला पाएको हुनुपर्छ। साथै राहाबले जासुसहरूलाई यरिहो सहर नाश हुँदा आफू र आफ्नो घरमा भएका सबैलाई जोगाइदिनुहोस्‌ भनेर बिन्ती गरिन्‌।

एउटी वेश्‍यालाई यहोवाको पक्षमा खडा हुन र अनैतिक जीवनशैली त्याग्न केले मदत गऱ्‍यो?

राहाबले ती जासुसहरूको ज्यान जोगाइन्‌। उनी साहसी भई यहोवाको पक्षमा खडा भएको तिनीहरूले देखे। त्यसैले तिनीहरू राहाबले बिन्ती गरेअनुसारै उनी र उनको परिवारलाई जोगाउन राजी भए। तर त्यसको लागि उनले जासुसहरू कहाँ छन्‌ भन्‍ने कुरा गोप्य राख्नुपर्थ्यो, आफ्नो घरको झ्यालमा रातो डोरी बाँधिराख्नुपर्थ्यो र युद्ध भइरहेको बेला घरभित्रै बस्नुपर्थ्यो।

राहाब आफ्नो घरको झ्यालमा रातो डोरी बाँध्दै छिन्‌।

राहाबले एउटा डोरीको सहायताले ती जासुसहरूलाई झ्यालबाट तल ओरालिन्‌ र तिनीहरूलाई सहरबाट भाग्न मदत गरिन्‌। त्यसपछि उनले ती जासुसहरूले भनेझैँ गरिन्‌। उनले झ्यालमा रातो डोरी बाँधिराखिन्‌ र जासुसहरूबारे कसैलाई केही पनि बताइनन्‌। साथै उनी आफ्नो परिवारसितै घरभित्रै बसिन्‌। उनले जासुसहरूलाई लुकाएको कुरा सहरका मानिसहरूले थाह पाएमा उनको ज्यानै जान सक्थ्यो। तैपनि उनी साहसी भई यहोवाको पक्षमा खडा भइन्‌। इस्राएलीहरू यरिहोतर्फ आउँदै गर्दा यहोवाले कसरी यर्दन नदीको पानी रोकिदिनुभयो भनेर राहाबले पक्कै सुनेकी हुनुपर्छ। त्यो कुरा सुनेपछि उनी आफ्नो निर्णय सही थियो भन्‍ने कुरामा अझ विश्‍वस्त भइन्‌ होला। इस्राएली योद्धाहरूले सात दिनसम्म सहरलाई फन्को लगाउँदा त्यहाँका मानिसहरू डरले मुर्छा परेका हुन सक्छन्‌। अन्ततः सातौँ दिनमा पुजारीहरूले सिङ फुकेपछि र इस्राएली योद्धाहरू ठूलो स्वरले कराएपछि यरिहोको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो। त्यतिबेला राहाब र उनको परिवार भने घरभित्रै बसिरहेका थिए।

लडाइँ सकिएपछि यहोसुको निर्देशनमा जासुसहरू राहाबको घरमा गए। उनको घर भएको पर्खालको भाग मात्र ढलेको थिएन। तिनीहरूले राहाब र उनको परिवारलाई सहरबाहिर ल्याए। यसरी उनीहरूको ज्यान जोगियो। पछि गएर राहाब इस्राएल राष्ट्रको भाग भइन्‌। उनले एक जना इस्राएली पुरुषसित विवाह गरिन्‌ र उनले सन्तान पनि जन्माइन्‌। त्यसको सयौँ वर्षपछि उनकै परिवारबाट अहिलेसम्मकै सबैभन्दा साहसी व्यक्‍तिको जन्म भयो। उहाँ येसु ख्रिष्ट हुनुहुन्थ्यो। (मत्ति १:५, १६) हो, राहाबले देखाएको विश्‍वास र साहसको लागि यहोवाले उनलाई प्रशस्तै आशिष्‌ दिनुभयो।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • यहोसु २:१-२४; ५:१; ६:१४-२५

  • हिब्रू ११:३०, ३१

  • याकुब २:२४, २५

छलफल गर्नुहोस्‌:

राहाबले के-कस्ता तरिकामा साहस देखाइन्‌?

अनुसन्धान गर्नुहोस्‌

  1. १. यरिहो सहरमा राहाबको जीवन कस्तो थियो? व्याख्या गर्नुहोस्‌। (w१३ ११/१ पृ. १२ अनु. ४–पृ.१३ अनु.१-wcgr)

  2. २. जासुसहरू राहाबको घरमा अनैतिक सम्बन्ध राख्ने उद्देश्‍यले गएका थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (it “वेश्‍या” अनु. १६-wcgr)

  3. ३. राहाबको घरको छतमा आलसका डाँठहरू किन राखिएका थिए र आलस केको लागि प्रयोग गरिन्थ्यो? (it “आलस” अनु. २-४-wcgr) क

    Thanks for your interest in my photos/Moment Open via Getty Images

    चित्र क: आलसको खेत

  4. ४. राहाबले राजाका मानिसहरूलाई झुक्क्याएर अन्तै पठाइदिनु किन गलत थिएन? (w०४ १२/१ पृ. ९ अनु. १) ख

    राहाब राजाका दुई जना मानिसलाई जासुसहरू कता गए भनेर देखाउँदै छिन्‌।

    चित्र ख

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • अनैतिक जीवनशैली त्यागेर इस्राएलीहरूसँगै यहोवाको उपासना गर्न राहाबलाई किन साहस चाहिएको थियो? उनको उदाहरणबाट बाइबल विद्यार्थीहरूले के सिक्न सक्छन्‌?

  • बाइबलमा हामीलाई झूट नबोल्न भनिएको छ। तर कहिलेकाहीँ विरोधीहरूले हाम्रा भाइबहिनीहरूबारे गोप्य जानकारीहरू दिन हामीलाई जबरजस्ती गर्न सक्छन्‌। त्यस्तो अवस्थामा हामी कसरी राहाबको अनुकरण गर्न सक्छौँ? (हितो. ११:१३; उप. ३:७; एफि. ४:२५) ग

हतकडी लगाएको एउटी बहिनीलाई प्रहरीले केरकार गर्दै छन्‌। तर उनी मौन बसिरहेकी छिन्‌। ती प्रहरीले टेबुलमा भएको एउटा कागजात देखाउँदै छन्‌ र ती बहिनीको पछाडि हतियार भिरेका एक सुरक्षाकर्मी उभिरहेका छन्‌।

चित्र ग

चित्र ग

  • तपाईँ अन्य के-कस्ता तरिकामा राहाबजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा राहाबलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

आउँदै गरेको यहोवाको दिनबाट बच्न हामीले गर्नुपर्ने कुराबारे राहाबको विवरणबाट के सिक्न सक्छौँ?

“अन्त आउँदा तपाईँ कहाँ हुनुपर्छ?” (w०९ ५/१५ पृ. ६-८-wcgr)

यो बाइबल चित्रकथा प्रयोग गर्दै छोराछोरीलाई राहाबको विवरण कल्पना गर्न मदत गर्नुहोस्‌।

“राहाब जासुसहरूले भनेझैँ गर्छिन्‌” (ijwis-E लेख ११)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने