प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ५९ पृ. १४२-पृ. १४३ अनु. ५
  • यहोवाको आज्ञा पालन गर्ने चार युवक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आज्ञा पालन गर्ने चार युवक
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाबेलमा चार जना केटा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ५९ पृ. १४२-पृ. १४३ अनु. ५
दानिएल, हानन्याह, मिसाएल र अजर्याह राजाको भोजन खान इन्कार गर्दै छन्‌

पाठ ५९

यहोवाको आज्ञा पालन गर्ने चार युवक

नबुकद्‌नेजरले यरुसलेमको राजघरानाकालाई बेबिलोन लैजाँदा तिनीहरूलाई दरबारका प्रमुख अफिसर अस्पनजको जिम्मा लगाए। नबुकद्‌नेजरले अस्पनजलाई तिनीहरूमध्येबाट सबैभन्दा स्वस्थ र बुद्धिमान्‌ युवकहरू छान्‍न भने। ती युवकहरूले तीन वर्ष तालिम पाउने थिए। यस्तो तालिमले तिनीहरूलाई बेबिलोनको मुख्य अफिसरहरू हुन तयार बनाउने थियो। तिनीहरूले बेबिलोनमा बोलिने अक्काडीयन भाषा पढ्‌न, लेख्न र बोल्न सिक्नुपर्थ्यो। साथै तिनीहरूले राजा र दरबारका अन्य अफिसरहरूले खाने खानेकुरा खानुपर्थ्यो। तिनीहरूमध्ये चार जना युवकको नाम दानिएल, हानन्याह, मिसाएल र अजर्याह थियो। अस्पनजले तिनीहरूलाई यस्तो बेबिलोनी नाम दिए: बेल्तसजर, सद्रक, मेसक र अबेद्‌नेगो। के यो शिक्षाले तिनीहरूलाई यहोवाको सेवा गर्नदेखि रोक्ने थियो?

ती चार युवक यहोवाको आज्ञा पालन गर्न दृढ थिए। राजाको भोजन खानु हुँदैन भनेर तिनीहरूलाई थाह थियो किनभने त्यसमा परमेश्‍वरको व्यवस्थाअनुसार अशुद्ध खानेकुरा पनि थियो। त्यसैले तिनीहरूले अस्पनजलाई भने: ‘कृपया हामीलाई राजाको भोजन खान कर नगर्नुहोस्‌।’ अस्पनजले तिनीहरूलाई भने: ‘तिमीहरूले यो खानेकुरा खाएनौ र राजाको नजरमा तिमीहरू कमजोर देखियौ भने उहाँले मलाई मार्नुहुनेछ!’

दानिएलले एउटा उपाय निकाले। तिनले ती अफिसरलाई भने: ‘बिन्ती छ, १० दिनको लागि हामीलाई केवल सागपात र पानी दिनुहोस्‌। त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस्‌।’ ती अफिसरले तिनको कुरा माने।

दस दिनपछि हेर्दा दानिएल र तिनका तीन जना साथी अरू युवकभन्दा स्वस्थ र हृष्टपुष्ट देखिए। आफ्नो आज्ञा पालन गरेकोमा यहोवा तिनीहरूसित खुसी हुनुभयो। उहाँले दानिएललाई दर्शनहरू र सपनाहरू बुझ्ने बुद्धिसमेत दिनुभयो।

तालिम सिद्धिएपछि अस्पनजले ती युवकहरूलाई नबुकद्‌नेजरसामु हाजिर गराए। राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहका अरू युवकभन्दा दानिएल, हानन्याह, मिसाएल र अजर्याह बुद्धिमान्‌ र समझदार भएको पाए। राजाले दरबारमा काम गर्न ती चार जनालाई छाने। महत्त्वपूर्ण विषयहरूमा राजा अक्सर तिनीहरूको सल्लाह लिन्थे। यहोवाले तिनीहरूलाई राज्यका सबै बुद्धिमान्‌ मानिस र तन्त्रमन्त्र गर्नेहरूभन्दा बुद्धिमान्‌ बनाउनुभएको थियो।

दानिएल, हानन्याह, मिसाएल र अजर्याह विदेशमा भए तापनि तिनीहरूले आफूहरू यहोवाका मानिस हौँ भनेर बिर्सिएनन्‌। आमाबुबा तिमीसँगै नहुँदा समेत के तिमी दानिएलहरूजस्तै यहोवालाई सम्झिनेछौ?

“तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्‌। बरु बोली, चालचलन, प्रेम, विश्‍वास अनि चोखो आचरणको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।”—१ तिमोथि ४:१२

प्रश्‍नहरू: दानिएल र तिनका तीन जना साथीले किन यहोवाको आज्ञा पालन गरे? यहोवाले कसरी तिनीहरूलाई मदत गर्नुभयो?

दानिएल १:१-२१

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने