प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ७५
  • बाबेलमा चार जना केटा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाबेलमा चार जना केटा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको आज्ञा पालन गर्ने चार युवक
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ७५
दानियल, शद्रक, मेशेक र अबेद्‌नगोले राजा नबूकदनेसरले प्रबन्ध गरेको खानेकुरा र दाखमद्य खान इन्कार गर्छ

कथा ७५

बाबेलमा चार जना केटा

राजा नबूकदनेसरले सबैभन्दा शिक्षित इस्राएलीहरूलाई बाबेल लैजान्छ। केही समयपछि, राजाले उनीहरूमध्ये सबैभन्दा सुन्दर र बाठा केटाहरूलाई छान्छ। तीमध्ये चार जना केटालाई तिमी चित्रमा देख्न सक्छौ। उनीहरूमध्ये एक जनाको नाउँ दानियल हो। अरू तीन जनाको नाउँचाहिं बाबेलका मान्छेहरूले शद्रक, मेशेक र अबेद्‌नगो राख्छन्‌।

नबूकदनेसरले यी केटाहरूलाई आफ्नो दरबारमा काम गर्नका लागि तालिम दिन चाहन्छ। तीन वर्षसम्म तालिम दिएपछि सबैभन्दा बाठाहरूलाई राजाले छान्‍नेछन्‌। तालिम पाइरहेको बेला ती केटाहरू बलिया अनि स्वस्थ भएको राजा चाहन्छ। यसकारण आफू र आफ्नो परिवारले खाने मीठा-मीठा खानेकुरा र दाखमद्य यी केटाहरूलाई पनि दिनू भनेर राजाले आफ्ना चाकरहरूलाई अह्राउँछ।

चित्रमा दानियललाई हेर त। उसले नबूकदनेसरका चाकरहरूको नाइके अशपनजलाई के भन्दैछ, तिमीलाई थाह छ? दानियलले ऊ राजाको भान्साबाट ल्याएका मीठा-मीठा खानेकुराहरू खान चाहन्‍नँ भन्दैछ। यो सुनेर अशपनज चिन्तित हुन्छ। उसले यसो भन्छ: ‘तिमीहरूले खाने र पिउने कुराको फैसला राजाबाट भइसकेको छ। तिमीहरू अरू केटाहरू जस्तै स्वस्थ देखिएनौ भने राजाले मलाई मार्न सक्छन्‌।’

यसकारण आफू र आफ्ना तीन जना साथीहरूको हेरविचार गर्न अशपनजले नियुक्‍त गरेको कारिन्दाकहाँ गएर दानियल यसो भन्छ: ‘हामीलाई १० दिनसम्म जाँच्नुहोस्‌। हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस्‌। त्यसपछि राजाका मीठा-मीठा खानेकुरा खाने अरू केटाहरूसित हामीलाई दाँज्नुहोस्‌ र को बढी स्वस्थ देखिन्छ, हेर्नुहोस्‌।’

कारिन्दाले दानियलको कुरा मान्छ। दस दिनपछि दाँजेर हेर्दा त दानियल र उसका साथीहरू अरू जम्मै केटाहरूभन्दा स्वस्थ देखिन्छन्‌। त्यसपछि त्यो कारिन्दाले राजाले पठाएको खानेकुराको सट्टा सागपात नै खाने अनुमति दिन्छ।

तीन वर्षपछि, ती जम्मै केटाहरूलाई नबूकदनेसरकहाँ लगिन्छ। उनीहरू सबै जनासित कुरा गरेपछि राजालाई दानियल र उसका तीन जना साथीहरू नै सबैभन्दा बाठो लाग्छ। यसकारण राजाले आफ्नो काममा लगाउन उनीहरूलाई दरबारमै राख्छ। राजाले दानियल, शद्रक, मेशेक र अबेद्‌नगोलाई कुनै कुरा सोध्दा अथवा कुनै गाह्रो समस्या सुल्झाउन दिंदा राजाका पूजाहारी अनि ज्योतिषीहरूले भन्दा १० गुणा बढी राम्रो जवाफ दिन्थे।

दानियल १:१-२१.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने