प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ३१ पृ. ७८
  • यहोसु र गिबोनीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोसु र गिबोनीहरू
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाठा गिबोनीहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • घाम अडिरहन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • गिबोनीहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ३१ पृ. ७८
गिबोनीहरू थोत्रो लुगा लगाएर यहोसु र तिनका योद्धाहरूलाई भेट्‌न आउँछन्‌

पाठ ३१

यहोसु र गिबोनीहरू

यरिहोको खबर कनानका अरू इलाकाका मानिसहरूले सुने। त्यहाँका राजाहरूले मिलेर इस्राएलीहरूसित युद्ध गर्ने निर्णय गरे। तर गिबोनीहरूले भने अर्कै जुक्‍ति निकाले। तिनीहरू थोत्रो लुगा लगाएर यहोसुकहाँ गए र भने: ‘हामी टाढा देशबाट आएका हौँ। हामीले यहोवा परमेश्‍वरबारे अनि मिश्र र मोआबमा उहाँले तपाईँहरूको लागि गर्नुभएका कामहरूबारे सुन्यौँ। हामीलाई आक्रमण नगर्ने वाचा गर्नुहोस्‌ र हामी तपाईँहरूको दास बन्‍नेछौँ।’

यहोसुले तिनीहरूको कुरा पत्याए र आक्रमण नगर्ने वाचा गरे। तर वाचा गरेको तेस्रो दिनमा तिनीहरू टाढा देशबाट आएका होइन रहेछन्‌ भनेर तिनले थाह पाए। तिनीहरू कनानका थिए। यहोसुले गिबोनीहरूलाई सोधे: ‘तिमीहरूले हामीलाई किन झुक्यायौ?’ तिनीहरूले भने: ‘हामी डरायौँ! तपाईँहरूका परमेश्‍वर यहोवा तपाईँहरूका लागि लड्‌दै हुनुहुन्छ भनेर हामीलाई थाह छ। कृपया हामीलाई नमार्नुहोस्‌।’ यहोसुले तिनीहरूलाई मारेनन्‌ र आफ्नो वाचा पूरा गरे।

केही समयपछि पाँच जना कनानी राजा र तिनीहरूका सेनाले गिबोनीहरूमाथि आक्रमण गर्ने खबर पठाए। तब यहोसु र तिनका योद्धाहरू तिनीहरूलाई बचाउन रातभरि हिँडेर गए। लडाइँ बिहान सबेरै सुरु भयो। कनानीहरू चारै दिशामा भाग्न थाले। तिनीहरू जहाँसुकै भागे तापनि यहोवा परमेश्‍वरले ठूलठूला असिना बर्साउनुभयो। त्यसपछि यहोसुले उहाँलाई सूर्यलाई अड्याइरहन आग्रह गरे। सूर्य कहिल्यै त्यसरी एक ठाउँमा नअडिएको भए तापनि यहोसुले किन त्यस्तो आग्रह गरे? किनभने यहोसु यहोवा परमेश्‍वरमाथि भरोसा राख्थे। इस्राएलीहरूले कनानी राजाहरू र तिनीहरूका सेनालाई नजितेसम्म सूर्य दिनभरि अडिरह्‍यो।

यहोसु स्वर्गतिर हेर्दै सूर्यलाई अड्याउन यहोवा परमेश्‍वरलाई आग्रह गर्छन्‌

“तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌ किनकि यसभन्दा बढ्‌ताचाहिँ त्यस दुष्टतर्फको हो।”—मत्ति ५:३७

प्रश्‍नहरू: गिबोनीहरूले आफूलाई बचाउन के गरे? यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई कसरी मदत गर्नुभयो?

यहोसु ९:१–१०:१५

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने