प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ३२ पृ. ८०-पृ. ८१ अनु. २
  • नयाँ नाइके र दुई साहसी स्त्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ नाइके र दुई साहसी स्त्री
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वासद्वारा बाराकले एउटा शक्‍तिशाली फौजलाई परास्त गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • दुइटी साहसी आइमाई
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “म तिमीसँग अवश्‍य जानेछु”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ३२ पृ. ८०-पृ. ८१ अनु. २
बाराक दबोरालाई सँगै आउन इसारा गर्छन्‌

पाठ ३२

नयाँ नाइके र दुई साहसी स्त्री

यहोसुले परमेश्‍वरका मानिसहरूलाई वर्षौँसम्म डोऱ्‍याए र ११० वर्षको उमेरमा तिनको मृत्यु भयो। तिनी जीवित हुँदा इस्राएलीहरूले यहोवाको उपासना गरे। तर तिनको मृत्युपछि इस्राएलीहरूले कनानीहरूले जस्तै मूर्तिहरू पुज्न थाले। तिनीहरू यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँडेनन्‌। त्यसैले उहाँले तिनीहरूलाई कनानी राजा याबिनको हातमा सुम्पिदिनुभयो र तिनीहरूको जीवन कष्टकर भयो। तिनीहरूले मदतको लागि उहाँलाई गुहारे। त्यसैले उहाँले तिनीहरूको लागि नयाँ नाइके रोज्नुभयो। तिनी बाराक थिए। तिनले मानिसहरूलाई यहोवातर्फ फर्कन मदत गर्ने थिए।

भविष्यवक्‍ता दबोराले बाराकलाई आफूकहाँ बोलाउन लगाइन्‌। उनले बाराकलाई यहोवाको यो सन्देश दिइन्‌: ‘दस हजार पुरुष लिएर जाऊ र किसोन खोल्सामा याबिनको सेनालाई भेट। त्यहाँ तिमीले याबिनका सेनापति सिसरालाई हराउनेछौ।’ बाराकले दबोरालाई भने: ‘तपाईँ मसँगै आउनुभयो भने मात्र म जान्छु।’ उनले भनिन्‌: ‘म तिमीसँग जानेछु। तर यो कुरा याद राख, सिसरालाई तिमीले मार्नेछैनौ। यहोवा परमेश्‍वरले तिनलाई एउटी स्त्रीले मार्नेछिन्‌ भन्‍नुभएको छ।’

त्यसपछि दबोरा युद्धको तयारी गर्न बाराक र तिनको सेनासित तबोर डाँडामा गइन्‌। यो कुरा सुन्‍नेबित्तिकै सिसरा आफ्नो रथ र सेना जम्मा गरेर किसोन खोल्सामा गए। दबोराले बाराकलाई भनिन्‌: ‘आज यहोवा परमेश्‍वरले तिमीलाई विजयी तुल्याउनुहुनेछ।’ बाराक र तिनका १० हजार सिपाही सिसराको शक्‍तिशाली सेनासित भिड्‌न डाँडाबाट ओर्ले।

किसोन खोल्सामा एक्कासि बाढी आयो। त्यो यहोवाले नै गर्नुभएको थियो। सिसराका रथहरू दलदलमा फसे र तिनी रथ छोडेर भागे। बाराक र तिनको सेनाले सिसराको सेनालाई हराए तर सिसरा भने उम्के! सिसरा याएल नामकी स्त्रीको पालमा गएर लुके। उनले सिसरालाई दूध दिइन्‌ र कम्बल ओढाइदिइन्‌। सिसरा असाध्यै थाकेकोले मस्त निदाए। याएल बिस्तारै सिसरा भएतिर गइन्‌ र तिनको कन्चटमा किला ठोकिदिइन्‌। तिनी त्यहीँ मरे।

बाराक र दबोरा यहोवाको स्तुति गाउँछन्‌

बाराक सिसरालाई खोज्दै त्यहाँ आइपुगे। याएल पालबाट बाहिर आइन्‌ र भनिन्‌: ‘भित्र आउनुहोस्‌। तपाईँले खोजिरहनुभएको मानिस म देखाइदिन्छु।’ बाराक भित्र गए र सिसराको लास देखे। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई शत्रुहरूमाथि विजयी बनाइदिनुभएकोमा बाराक र दबोराले उहाँको स्तुति गाए। त्यसपछि इस्राएलमा ४० वर्षसम्म शान्ति छायो।

“स्त्रीहरूको विशाल सेनाले [यहोवाको] सुसमाचार घोषणा गर्छ।”—भजन ६८:११

प्रश्‍नहरू: दबोराले इस्राएलीहरूलाई कसरी मदत गरिन्‌? याएलले कसरी साहस देखाइन्‌?

न्यायकर्ता ४:१–५:३१

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने