प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

मङ्‌गलबार, अप्रिल १४

सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्‍न होला र?—उत्प. १८:२५.

कुनै व्यक्‍तिले अनन्त जीवन पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनी कहिले मर्छन्‌ भन्‍ने कुरामा निर्भर हुँदैन। यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ। (भज. ३३:४, ५) त्यसैले “सारा पृथ्वीका न्यायकर्ताले” सधैँ सही न्याय गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। कुनै व्यक्‍तिले अनन्त जीवन पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनी कहाँ बस्छन्‌ भन्‍ने कुरामा पनि निर्भर हुँदैन। लाखौँ मानिस यस्ता ठाउँहरूमा बस्छन्‌, जहाँ तिनीहरूले राज्य सन्देश सुन्‍ने मौका पाएका छैनन्‌। यहोवाले त्यस्ता मानिसहरूलाई सीधै ”बाख्रा”-को रूपमा छुट्ट्याउनुहुन्छ भन्‍ने कुरा हामी सोच्न पनि सक्दैनौँ। (मत्ति २५:४६) उहाँले तिनीहरूलाई हामीले भन्दा धेरै प्रेम गर्नुहुन्छ। त्यसैले सारा पृथ्वीका न्यायकर्ताले सही निर्णय गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। महासङ्‌कष्टको दौडान यहोवाले घटनाक्रमलाई कसरी मोड्‌नुहुन्छ भन्‍ने कुरा हामीलाई थाह छैन। त्यतिबेला यहोवाले जातिजातिसामु आफ्नो नाम पवित्र पार्नुभएको देखेर ती मानिसहरूमध्ये केही उहाँमाथि भरोसा गर्न उत्प्रेरित हुन सक्छन्‌।—इज. ३८:१६. w२४.०५ पृ. १२ अनु. १४-१५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६

बुधबार, अप्रिल १५

आपसमा प्रेम गर।—युह. १५:१२.

यहोवाका जनहरू एकअर्कालाई मदत गर्न चाहन्छन्‌। (२ कोरि. ८:४) तर कहिलेकाहीँ त्यसो गर्न साहस चाहिन्छ। जस्तै: युद्ध हुँदा भाइबहिनीलाई प्रोत्साहन, साथ, आध्यात्मिक भोजन र भौतिक कुराहरूको खाँचो पर्छ भनेर एल्डरहरूलाई थाह छ। भाइबहिनीप्रतिको प्रेमले गर्दा एल्डरहरू आफ्नै ज्यानलाई जोखिममा हालेर समेत तिनीहरूलाई मदत गर्छन्‌। त्यस्ता अवस्थाहरूमा आफूखुसी गर्नुको साटो हामी एकताबद्ध हुनुपर्छ। त्यसको लागि स्थानीय तवरमा सङ्‌गठनबाट आएको निर्देशन पालन गर्नुपर्छ। (हिब्रू १३:१७) कुनै विपद्‌को लागि कसरी तयार रहने र विपद्‌ आइहाल्यो भने के गर्ने भन्‍नेबारे दिइएका निर्देशनहरू एल्डरहरूले बेलाबेलामा पढ्‌नुपर्छ र आवश्‍यक कदम चाल्नुपर्छ। (१ कोरि. १४:३३, ४०) साहसी मात्र होइन चनाखो पनि हुनुहोस्‌। (हितो. २२:३) अनावश्‍यक जोखिम नमोल्नुहोस्‌। कुनै कदम चाल्नुअघि सोच्नुहोस्‌। यहोवामा भर पर्नुहोस्‌। यहोवा तपाईँ अनि अरू भाइबहिनी सुरक्षित भएको चाहनुहुन्छ। तपाईँले भाइबहिनीलाई मदत गर्दा यहोवाले तपाईँलाई सुरक्षा दिनुहुनेछ। w२४.०७ पृ. ४ अनु. ८; पृ. ५ अनु. ११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६

बिहीबार, अप्रिल १६

‘आपत्‌मा पर्दा मैले यहोवालाई गुहारेँ, मेरो गुहार उहाँको कानसम्मै पुग्यो।’—भज. १८:६.

दाउदले यहोवालाई राम्ररी चिनेका थिए। त्यसैले तिनी उहाँमा भर परे। राजा साउलले मार्न खोज्दा अनि अरू शत्रुहरूले खेदो गर्दा दाउदले यहोवालाई गुहारे। यहोवाले तिनको प्रार्थना सुन्‍नुभयो र तिनलाई छुटकारा दिनुभयो। त्यसपछि दाउदले यसो भने: “यहोवा जीवित हुनुहुन्छ!” (भज. १८:४६) त्यतिबेला दाउदले यहोवा साँच्चैको व्यक्‍ति हुनुहुन्छ मात्र त भनिरहेका थिएनन्‌। बरु एउटा किताबले बताएअनुसार तिनले “यहोवा आफ्ना जनहरूलाई मदत गर्न निरन्तर कदम चाल्नुहुने जीवित परमेश्‍वर हुनुहुन्छ” भन्‍ने कुरामाथिको आफ्नो भरोसा व्यक्‍त गर्दै थिए। हो, यहोवा वास्तविक हुनुहुन्छ र मदत गर्न सधैँ तयार हुनुहुन्छ भन्‍ने कुरा दाउद आफैले अनुभव गरेका थिए। त्यस कुरामाथिको बलियो विश्‍वासले दाउदलाई यहोवाको सेवामा अझ जोडतोडले लाग्न र उहाँको प्रशंसा गर्न उत्प्रेरित गऱ्‍यो। (भज. १८:२८, २९, ४९) यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भयौँ भने हामी पनि उहाँको सेवामा जोडतोडले लाग्न सक्नेछौँ र जस्तोसुकै समस्याको सामना गर्न बल पाउनेछौँ। साथै यहोवासित नजिक भइरहने हाम्रो सङ्‌कल्प बलियो हुनेछ। w२४.०६ पृ. २०-२१ अनु. ३-४

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२६
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने