प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १०/१ पृ. ३-४
  • “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के सत्य अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ?
    थप लेखहरू
  • को हुनुहुन्छ परमेश्‍वर?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १०/१ पृ. ३-४

“सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”

“तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” यरूशलेमको मन्दिरमा भेला भएका मानिसहरूलाई शिक्षा दिनुहुँदा येशूले उक्‍त घोषणा गर्नुभयो। (यूहन्‍ना ८:३२) येशूका प्रेरितहरूले उहाँका शिक्षाहरू सत्य हुन्‌ भनेर सहजै बुझ्नसक्थे। तिनीहरूले आफ्नो शिक्षक ईश्‍वरीय स्रोतबाट आउनुभएको हो भन्‍ने मनग्गे प्रमाण देखेका थिए।

तथापि, आज कसै कसैलाई येशूले भन्‍नुभएको कुरा सत्य हो भनेर बुझ्न गाह्रो पर्नसक्छ। अगमवक्‍ता यशैयाको समयमा जस्तै आज पनि त्यस्ता मानिसहरू छन्‌ जसले “खराबलाई असल र असललाई खराब भन्दछन्‌, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्‌!” (यशैया ५:२०, नयाँ संसोधित संस्करण) आजकल प्रचारप्रसार गरिएका अनगिन्ती विचारधारा, दर्शन र जीवनशैलीका कारण थुप्रै मानिसहरू सबै कुरा व्यक्‍तिविशेषमा भर पर्छ र सत्य भन्‍ने कुरै छैन भन्छन्‌।

येशूले श्रोतावृन्दलाई सत्यले स्वतन्त्र तुल्याउनेछ भन्‍नुहुँदा तिनीहरूले जवाफमा यसो भने: “हामी अब्राहामका सन्तान हौं, औ अहिलेसम्म कसैका दास भएका छैनौं, ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी तिमी कसरी भन्छौ?” (यूहन्‍ना ८:३३) तिनीहरूको विचारमा कुनै व्यक्‍ति अथवा कुनै कुराले तिनीहरूलाई स्वतन्त्र तुल्याउनु आवश्‍यक थिएन। तर येशूले यसो भन्‍नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको दास हो।” (यूहन्‍ना ८:३४) येशूले भन्‍नुभएको सत्यले पापबाट स्वतन्त्र तुल्याउने बाटो खोल्नसक्थ्यो। येशूले यसो भन्‍नुभयो: “पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्‍चय स्वतन्त्र हुनेछौ।” (यूहन्‍ना ८:३६) अतः मानिसहरूलाई स्वतन्त्र तुल्याउने सत्य भनेको परमेश्‍वरका पुत्र येशू ख्रीष्टबारे सत्य कुरा हो। येशूले चढाउनुभएको सिद्ध मानव जीवनको बलिदानमाथि विश्‍वास गर्नाले मात्र पाप र मृत्युबाट स्वतन्त्र हुनसकिन्छ।

येशूले अर्कोचोटि यसो भन्‍नुभयो: “सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्‌, तपाईंको वचन सत्य हो।” (यूहन्‍ना १७:१७) बाइबलमा प्रकट गरिएको परमेश्‍वरको वचन त्यो सत्य हो जसले मानिसहरूलाई अन्धविश्‍वास र झूटो उपासनाबाट स्वतन्त्र तुल्याउनसक्छ। बाइबलमा येशू ख्रीष्टबारे सत्य कुराहरू छन्‌। ती सत्य कुराहरूद्वारा मानिसहरू उहाँलाई विश्‍वास गर्न अनि उज्जवल भविष्यको आशा प्राप्त गर्नसक्छन्‌। परमेश्‍वरको वचनबारे सत्य थाह पाउनु अत्युत्तम कुरा हो!

सत्य थाह पाउनु कत्तिको महत्त्वपूर्ण छ त? आज थुप्रै धर्महरूले बाइबलअनुसार चलेको दाबी गरे तापनि ती मानव दर्शनहरू र परम्पराले निकै प्रभावित भएका छन्‌। धार्मिक नेताहरू अक्सर आफ्नो सन्देश सही होस्‌ भन्‍नेमा होइन तर आफू मानिसहरूसामु ग्रहणयोग्य होस्‌ भन्‍ने कुरामा बढी ध्यान दिन्छन्‌। कसै कसैले चाहिं उपासना जुनसुकै किसिमको किन नहोस्‌, निष्कपटसाथ गऱ्‍यो भने परमेश्‍वर सन्तुष्ट भइहाल्नुहुन्छ नि भन्ठान्छन्‌। तर येशू ख्रीष्टले यसो भन्‍नुभयो: “बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।”—यूहन्‍ना ४:२३.

स्वीकार्य ढंगमा परमेश्‍वरको उपासना गर्न चाहन्छौं भने हामीले सत्य थाह पाउनैपर्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। यसैमा हाम्रो अनन्त आनन्द निर्भर छ। अतः सबैले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के मेरो उपासना गर्ने तरिका परमेश्‍वरलाई स्वीकार्य छ? के म परमेश्‍वरको वचनबारे सत्य सिक्न इच्छुक छु? अथवा ध्यान दिएर जाँच गर्दा पत्ता लाग्ने सच्चाइदेखि डराएको पो छु कि?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने