भाग ३
येसुको समयदेखि प्रेषित युहन्नाको समयसम्म
यस भागमा हामी लगभग एक सय वर्षको समयावधिमा बाँचेका बाइबल पात्रहरूबारे छलफल गर्नेछौँ। सुरुतिर हामी नम्र मरियमबारे चर्चा गर्नेछौँ। उनलाई यहोवाले एकदमै गहन जिम्मेवारी दिनुभयो, जुन उहाँले अरू कुनै त्रुटिपूर्ण मानिसलाई दिनुभएको थिएन। यस भागको अन्तमा हामी प्रेषित युहन्नाबारे थाह पाउनेछौँ जसलाई येसु धेरै माया गर्नुहुन्थ्यो। साथै हामी उल्लेखनीय साहस देखाएका अन्य व्यक्तिहरूबारे पनि सिक्नेछौँ। जस्तै: बप्तिस्मा गराउने युहन्ना, प्रेषित पत्रुस, मरियम मग्दलिनी, स्तिफनस र प्रेषित पावल। तिनीहरूले फरक-फरक अवस्थामा साहस देखाए। उदाहरणका लागि, धेरै मानिसहरूले विश्वास नगरे पनि तिनीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर घोषणा गरे। विरोध र घृणाको बाबजुद तिनीहरूले येसुको उदाहरण पछ्याए र उहाँको सुसमाचार मानिसहरूलाई सुनाए।