प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १७२
  • मरियम मग्दलिनी को थिइन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरियम मग्दलिनी को थिइन?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • के मरियम मग्दलिनी वेश्‍या थिइन्‌?
  • के मरियम मग्दलिनी “प्रेषितहरूको पनि प्रेषित” थिइन्‌?
  • के मरियम मग्दलिनी येसु ख्रिष्टकी पत्नी थिइन्‌?
  • “मैले प्रभुलाई देखेँ!”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “मैले प्रभुलाई देखेँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख १७२
मरियम मग्दलिनी फेरि जीवित हुनुभएको येसुलाई रित्तो चिहानअगाडि भेट्‌दै छिन्‌।

मरियम मग्दलिनी को थिइन्‌?

बाइबलको जवाफ

मरियम मग्दलिनी येसु ख्रिष्टको विश्‍वासी चेला थिइन्‌। उनको नाम मग्दलिनी गालिल समुद्र नजिकैको सहर मग्दलाबाट (सम्भवतः मग्दान) आएको हुन सक्छ। कुनै समय मरियम त्यहाँ बसेकी हुन सक्छिन्‌।

मरियम मग्दलिनी येसु र उहाँका चेलाहरूसँगै यात्रा गर्ने र उहाँहरूलाई व्यवहारिक मदत दिने स्त्रीहरूमध्ये एक थिइन्‌। (लुका ८:१-३) मरियम येसुको मृत्युको प्रत्यक्षदर्शी थिइन्‌ र येसु फेरि जीवित भएपछि उहाँलाई सबैभन्दा पहिले देख्ने व्यक्‍तिहरूमध्ये पनि एक थिइन्‌।—मर्कुस १५:४०; युहन्‍ना २०:११-१८.

  • के मरियम मग्दलिनी वेश्‍या थिइन्‌?

  • के मरियम मग्दलिनी “प्रेषितहरूको पनि प्रेषित” थिइन्‌?

  • के मरियम मग्दलिनी येसु ख्रिष्टकी पत्नी थिइन्‌?

  • बाइबलमा मरियम नाम गरेका कति जना स्त्रीबारे उल्लेख गरिएको छ?

के मरियम मग्दलिनी वेश्‍या थिइन्‌?

बाइबलले मरियम मग्दलिनी वेश्‍या थिइन्‌ भनेर बताउँदैन। येसुले उनीबाट सात वटा प्रेतहरू धपाउनुभएको विवरणबाहेक उनको पृष्ठभूमिबारे अरू जानकारी बाइबलमा पाइँदैन।—लुका ८:२.

थुप्रै मानिसहरू उनी येसुको चेला बन्‍नुअघि वेश्‍या थिइन्‌ भनेर किन भन्छन्‌? उनको मृत्यु भएको शताब्दियौँ पछि येसुको पाउ आँसुले भिजाएर आफ्नो कपालले पुछ्‌ने स्त्री, (तिनी सम्भवतः वेश्‍या थिइन्‌।) जसको नाम उल्लेख गरिएको छैन, तिनी मरियम नै हुनुपर्छ भन्‍ने धारणा केहीले राख्न थाले। (लुका ७:३६-३८) तर यो कुराको कुनै धर्मशास्त्रीय आधार छैन।

के मरियम मग्दलिनी “प्रेषितहरूको पनि प्रेषित” थिइन्‌?

थिइनन्‌। क्याथोलिक चर्चले मरियमलाई “सेन्ट मेरी मग्दलिनी” र “प्रेषितहरूको पनि प्रेषित” भन्‍ने नाम दिएको छ। किनभने येसु फेरि जीवित हुनुभएको खबर प्रेषितहरूकहाँ पुऱ्‍याउने पहिलो व्यक्‍तिहरूमध्ये मरियम पनि एक थिइन्‌। (युहन्‍ना २०:१८) तर यो कुराले मात्र त उनलाई प्रेषित बनाउँदैन। साथै धर्मशास्त्रमा कतै पनि उनी प्रेषित थिइन्‌ भनेर बताइएको छैन।—लुका ६:१२-१६.

इस्वी संवत्‌ पहिलो शताब्दीको अन्ततिर बाइबल लेख्ने काम पूरा भयो। तर छैटौँ शताब्दीसम्म पनि चर्चहरूले मरियमलाई उच्च पद दिइसकेका थिएनन्‌। दोस्रो र तेस्रो शताब्दीका केही लेखोटहरूमा येसुका केही प्रेषितहरूले मरियमको ईर्ष्या गर्थे भनेर लेखिएको पाइन्छ। तर ती लेखोटहरू बाइबलको भाग होइनन्‌। त्यस्ता बनावटी कथाहरूको कुनै धर्मशास्त्रीय आधार छैन।

के मरियम मग्दलिनी येसु ख्रिष्टकी पत्नी थिइन्‌?

थिइनन्‌। येसु अविवाहित हुनुहुन्थ्यो भनेर बाइबलले स्पष्ट पार्छ।a

a “के येसुले विवाह गर्नुभयो? के येसुका दाजुभाइ दिदीबहिनी थिए?” भन्‍ने लेख हेर्नुहोस्‌।

बाइबलमा मरियम नाम गरेका कति जना स्त्रीबारे उल्लेख गरिएको छ?

मरियम नाम गरेका छ जना स्त्रीबारे बाइबलमा उल्लेख गरिएको छ।

  1. १. येसुकी आमा।—मत्ति १:१८.

  2. २. मार्थाकी बहिनी र लाजरसकी दिदी।—युहन्‍ना ११:१, २.

  3. ३. मरियम मग्दलिनी।—लुका ८:२.

  4. ४. याकुब र योसिकी आमा।—मत्ति २७:५६.

  5. ५. मर्कुस भनिने युहन्‍नाकी आमा।—प्रेषित १२:१२.

  6. ६. रोममा भएकी एक ख्रिष्टियन, जसले त्यहाँको मण्डलीको निम्ति धेरै मेहनत गरेकी थिइन्‌।—रोमी १६:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने