प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ४७
  • इस्राएलमा एक जना चोर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलमा एक जना चोर
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोशूको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तिनले अनौठो निर्देशन पालन गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ४७
आकानले सुनको लाप्सो, चाँढीका टुक्राहरू अनि राम्रो ओढ्‌ने आफ्नो पालमा लुकाउँछन्‌

कथा ४७

इस्राएलमा एक जना चोर

हेर, यो मान्छेले आफ्नो पालभित्र के गाड्‌दैछ! एउटा राम्रो ओढ्‌ने, सुनको लाप्सो र चाँदीका केही टुक्राहरू। उसले यी सबै कुरा यरीहो सहरबाट ल्याएको हो। तर यरीहोबाट ल्याएका चीजहरूलाई के गर्नुपर्थ्यो, तिमीलाई याद छ?

सुन र चाँदीलाई चाहिं यहोवाको बासस्थानको भण्डारमा हाल्नुपर्थ्यो। बाँकी जम्मै चीजलाई इस्राएलीहरूले नाश गर्नुपर्थ्यो। तर यी मान्छेहरूले परमेश्‍वरको आज्ञा मानेनन्‌। यिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने सामान चोरेर आफूसित राखे। यो मान्छेको नाउँ आकान हो र ऊसित भएका अरू उसकै परिवार हो। अब उनीहरूलाई के हुन्छ, हामी हेरौं।

आकानले यी सामानहरू चोरेर लुकाएपछि यहोशूले केही इस्राएलीहरूलाई ऐ सहरमा लडाइँ गर्न पठाउँछ। तर उनीहरू लडाइँमा हार्छन्‌। केहीलाई शत्रुहरूले मार्छन्‌। बाँकी भागेर आउँछन्‌। यहोशू धेरै दुःखी हुन्छ। ऊ भुइँमा घोप्टो परेर यहोवालाई यसो भन्दै प्रार्थना गर्छ: ‘तपाईंले हामीमाथि किन यस्तो हुन दिनुभयो?’

यहोवाले यो जवाफ दिनुहुन्छ: ‘उठ्‌! इस्राएलले पाप गरेको छ। नाश गर्नुपर्ने अथवा यहोवाको बासस्थानमा राख्नुपर्ने सामान तिनीहरूले लिएका छन्‌। तिनीहरूले एउटा राम्रो ओढ्‌ने चोरेर लुकाएका छन्‌। तैंले त्यो चोर र त्यसले चोरेको सामान नाश नगरेसम्म म तँलाई आशिष्‌ दिनेछैन।’ त्यसपछि यहोवाले यहोशूलाई त्यो चोर चिनाइदिन्छु भन्‍नुहुन्छ।

यहोवाको कुरा सुनिसकेपछि यहोशूले सबै इस्राएलीलाई भेला गर्छ। अनि यहोवाले त्यो चोर आकान हो भनेर चिनाइदिनुहुन्छ। आफ्नो चोरी थाह लागेपछि आकानले यसो भन्छ: ‘मैले पाप गरें। मैले एउटा राम्रो ओढ्‌ने, सुनको लाप्सो र चाँदीका केही टुक्राहरू देखें। मलाई असाध्यै लोभ लाग्यो र मैले ती लिएँ। ती सबै सामान मैले आफ्नो पालभित्र गाडेर राखेको छु।’

चोरीको सामान फेला परेपछि यहोशू आकानलाई यसो भन्छ: ‘तैंले किन हामीमाथि यस्तो संकट ल्याइस्‌? अब यहोवाले तँमाथि संकट ल्याउनुहुनेछ!’ यति भनेपछि सबै इस्राएलीले आकान र उसको परिवारलाई ढुंगाले हानेर मार्छन्‌। हामीले कहिल्यै अरूको सामान लिनुहुँदैन भनेर यो कथाबाट राम्रो पाठ सिक्छौं।

केही समयपछि इस्राएलीहरू फेरि ऐ सहरमा लडाइँ गर्न जान्छन्‌। यस पटक यहोवाले आफ्ना जनहरूलाई मदत गर्नुहुन्छ र उनीहरूले लडाइँ जित्छन्‌।

यहोशू ७:१-२६; ८:१-२९.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने