प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ४८
  • बाठा गिबोनीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाठा गिबोनीहरू
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • गिबोनीहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • यहोसु र गिबोनीहरू
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • घाम अडिरहन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ४८
इस्राएलीहरूको छाउनीमा आएर यहोशूलाई थोत्रो लुगा र बासी रोटी देखाउँदै गरेका गिबोनीहरू

कथा ४८

बाठा गिबोनीहरू

थुप्रै कनानी देश अब इस्राएलसित लडाइँ गर्न तयार हुन थाल्छन्‌। उनीहरू आफ्नो जीत हुन्छ भनेर ढुक्क छन्‌। तर नजिकै गिबोनका मान्छेहरू चाहिं यस्तो ठान्दैनन्‌। परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्नुहुँदैछ भनेर उनीहरू विश्‍वास गर्छन्‌। त्यसकारण उनीहरू परमेश्‍वरसित लडाइँ गर्न चाहँदैनन्‌। अब, गिबोनीहरूले के गर्छन्‌, तिमीलाई थाह छ?

आफूहरू टाढा देशबाट आएका मान्छेहरू भनेर उनीहरूले यहोशूलाई झुक्याउने विचार गर्छन्‌। त्यसकारण उनीहरूमध्ये केहीले पुरानो थोत्रो लुगा र टालटुल गरेको जुत्ता लगाउँछन्‌। उनीहरूले आ-आफ्नो गधालाई पनि थोत्रा झोलाहरू बोकाउँछन्‌ र कक्रक्क परेको बासी रोटी लिएर यहोशूलाई भेट्‌न जान्छन्‌। अनि यहोशूकहाँ गएर उनीहरू यसो भन्छन्‌: ‘हामी धेरै टाढा देशबाट तपाईंको महान्‌ परमेश्‍वर यहोवाको विषयमा सुनेर भेट्‌न आएका हौं। उहाँले मिश्र देशमा गर्नुभएका जम्मै कामहरू हामीले सुनेका छौं। यसकारण हाम्रो देशका नाइकेहरूले हामीलाई बाटोमा खाने सामान बोकेर तपाईंकहाँ जानू र यसो भन्‍नू भनेर अह्राए: “हामी तपाईंहरूकै दास हौं। यसकारण हामीसित लडाइँ गर्नुहुनेछैन भनेर प्रतिज्ञा गर्नुहोस्‌।” हेर्नुहोस्‌, टाढाबाट आउँदा-आउँदै हाम्रा लुगाहरू थोत्रा भइसके र हामीले ल्याएको रोटीसमेत बासी र सुख्खा भइसक्यो।’

यहोशू र अरू नाइकेहरूले गिबोनीहरूको कुरा पत्याउँछन्‌। यसकारण उनीहरूले गिबोनीहरूसित लडाइँ नगर्ने प्रतिज्ञा गर्छन्‌। तर तीन दिनपछि गिबोनीहरू त वास्तवमा नजिकै पो बस्दा रहेछन्‌ भनेर थाह पाउँछन्‌।

यहोशूले उनीहरूलाई सोध्छ: ‘तिमीहरूले किन टाढा देशबाट आएको भनेर हामीसित झूट बोलेको?’

गिबोनीहरू यो जवाफ दिन्छन्‌: ‘किनभने तपाईंको परमेश्‍वर यहोवाले कनानको सबै देश तपाईंहरूलाई नै दिने प्रतिज्ञा गर्नुभएको छ भनेर हामीले सुन्यौं। यसकारण तपाईंले हामीलाई मार्नुहुन्छ होला भनी हामी डरायौं।’ तर इस्राएलीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्छन्‌। उनीहरूले गिबोनीहरूलाई मार्दैनन्‌। बरु तिनीहरूलाई आफ्नो नोकर बनाउँछन्‌।

गिबोनीहरूले इस्राएलीहरूसित मेल गरे भनेर यरूशलेमका राजा असाध्यै रिसाउँछ। यसकारण उसले कनानका अरू चार जना राजालाई यसो भन्छ: ‘आउनुहोस्‌, हामी सबै मिलेर गिबोनीहरूसित लडाइँ गरौं।’ त्यसपछि यी पाँच जना राजाहरू गिबोनीहरूसित लडाइँ गर्न जान्छन्‌। गिबोनीहरूले इस्राएलीहरूसित मेल गर्नु के ठीक थियो त? किनभने त्यसैले गर्दा अहिले यी पाँच जना राजाहरू उनीहरूसित लडाइँ गर्न आउँदैछन्‌। हामी अर्को कथा पढेर थाह लगाऔं है त।

यहोशू ९:१-२७; १०:१-५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने