प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १२४
  • “राज्यका साँचाहरू” के हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “राज्यका साँचाहरू” के हुन्‌?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • मानिसको छोरा को हो?
    येसु—बाटो, सत्य र जीवन
  • येशू वास्तवमा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • येशू वास्तवमा को हुनुहुन्छ?
    सबैभन्दा महान्‌ पुरुष
  • तिनी चट्टान बने
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख १२४
तीन वटा साँचो

“राज्यका साँचाहरू” के हुन्‌?

बाइबलको जवाफ

“राज्यका साँचाहरू”-ले मानिसहरूको लागि “परमेश्‍वरको राज्यमा पस्ने” बाटो खोल्ने अख्तियारलाई चित्रण गर्छ। (मत्ति १६:१९; प्रेषित १४:२२)a येसुले पत्रुसलाई “स्वर्गको राज्यका साँचाहरू” दिनुको मतलब तिनले एउटा विशेष सन्देश सुनाउने कामको सुरुवात गर्ने थिए। त्यो सन्देश वफादार व्यक्‍तिहरूले परमेश्‍वरको पवित्र शक्‍ति पाएर स्वर्गको राज्यमा पस्न पाउनेछन्‌ भन्‍ने थियो।

ती साँचाहरू क-कसका लागि प्रयोग गरिए?

पत्रुसले परमेश्‍वरबाट पाएको अख्तियार प्रयोग गरेर यी तीन वटा समूहको लागि राज्यमा पस्ने बाटो खोलिदिए:

  1. १. यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू: येसुको मृत्युको केही समयपछि पत्रुसले विश्‍वासी यहुदीहरूको एउटा समूहलाई येसु नै परमेश्‍वरले नियुक्‍त गर्नुभएको शासक हुनुहुन्छ भनेर स्विकार्न प्रोत्साहन दिए। उनीहरूले बच्नको लागि के गर्नै पर्छ भनेर पत्रुसले बताए। तिनले उनीहरूको लागि राज्यमा पस्ने बाटो खोलिदिए र हजारौँले “तिनको वचन ... स्विकारे।”​—प्रेषित २:३८-४१.

  2. २. सामरियालीहरू: पछि पत्रुसलाई सामरियालीहरूकहाँ पठाइयो।b प्रेषित युहन्‍नासँगै “त्यहाँका मानिसहरूले पनि पवित्र शक्‍ति पाऊन्‌ भनेर प्रार्थना” गर्दा तिनले राज्यको दोस्रो साँचो चलाए। (प्रेषित ८:१४-१७) यसरी सामरियालीहरूको लागि पनि राज्यमा पस्ने बाटो खुल्यो।

  3. ३. अन्यजातिका मानिसहरू: येसुको मृत्युको साढे तीन वर्षपछि परमेश्‍वरले अन्यजातिका मानिसहरू (गैर-यहुदी) पनि राज्यमा पस्न पाउनेछन्‌ भनेर पत्रुसलाई बताउनुभयो। त्यसपछि पत्रुसले अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाए। यसरी तिनीहरू पनि पवित्र शक्‍ति पाउन, ख्रिष्टियन बन्‍न र परमेश्‍वरको राज्यमा पस्न सम्भव भयो।​—प्रेषित १०:३०-३५, ४४, ४५.

‘राज्यमा पस्नु’ भनेको के हो?

‘राज्यमा पस्नेहरू’ स्वर्गमा येसुसँगै सह-शासक बन्‍नेछन्‌। तिनीहरू ‘सिंहासनहरूमा बस्नेछन्‌’ र “राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌” भनेर बाइबलमा भविष्यवाणी गरिएको छ।​—लुका २२:२९, ३०; प्रकाश ५:९, १०.

राज्यका साँचाहरूबारे गलत धारणाहरू

गलत धारणा: को-को स्वर्ग जानेछन्‌ भनेर पत्रुसले निर्णय गर्छन्‌।

तथ्य: पत्रुसले नभई ख्रिष्ट येसुले “जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ” भनी बाइबल बताउँछ। (२ तिमोथि ४:१, ८; युहन्‍ना ५:२२) वास्तवमा “जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न परमेश्‍वरले नियुक्‍त गर्नुभएको जन” येसु हुनुहुन्छ भनेर पत्रुस आफैले बताए।​—प्रेषित १०:३४, ४२.

गलत धारणा: स्वर्गका साँचाहरू कहिले प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार पत्रुससँग थियो।

तथ्य: येसुले राज्यका साँचाहरूबारे पत्रुसलाई यसो भन्‍नुभयो: “जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” (मत्ति १६:१९, नयाँ संशोधित संस्करण) यस विवरणबाट कसै-कसैले स्वर्गको लागि निर्णय गर्ने अधिकार पत्रुससँग थियो भनेर बुझेका छन्‌। तर यहाँ प्रयोग गरिएको मूल ग्रीक क्रियाले पत्रुसको निर्णयअनुसार स्वर्गमा कामकुरा हुने नभई स्वर्गमा गरिएको निर्णयअनुसार चाहिँ पत्रुस चल्ने थिए भनेर देखाउँछ।

बाइबलका अरू विवरणबाट पत्रुसले राज्यका साँचाहरू प्रयोग गर्दा तिनी स्वर्गमा गरिएको निर्णयअनुसार चलिरहेका थिए भनेर बुझ्न सकिन्छ। उदाहरणको लागि, तेस्रो साँचो प्रयोग गर्दा तिनी परमेश्‍वरको निर्देशनअनुसार चलिरहेका थिए।​—प्रेषित १०:१९, २०.

a  बाइबलमा कहिलेकाहीँ अख्तियार र जिम्मेवारीलाई बुझाउन “साँचो” शब्द प्रयोग गरिएको छ।​ —यसैया २२:२०-२२; प्रकाश ३:७, ८.

b  सामरियालीहरूको धर्म यहुदी धर्मभन्दा फरक थियो। तैपनि तिनीहरूको केही शिक्षा र रीतिथिति मोसाको व्यवस्थासित मिल्दोजुल्दो थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने