प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख १३४
  • हिंसा नै समस्याको समाधान होइन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिंसा नै समस्याको समाधान होइन
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के भन्‍नुभयो?
  • येसुले के गर्नुभयो र के गर्नुहुनेछ?
  • ‘आफ्ना शत्रुहरूलाई प्रेम गर्नुको’ अर्थ के हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • संसारभरि शान्ति छाउनेछ
    थप लेखहरू
  • सुनौलो नियम भनेको के हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • भलाइ गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख १३४
येसुले पुरुष, महिला र केटाकेटीको समूहलाई सिकाइरहनुभएको छ।

येसुबाट सिक्नुहोस्‌

हिंसा नै समस्याको समाधान होइन

आजकल धेरैजसो मानिसहरू हिंसा नै झगडा वा मतभेद सुल्झाउने सबैभन्दा राम्रो तरिका हो भनेर सोच्ने गर्छन्‌। तर यस्तो सोचाइ येसुको शिक्षा र उहाँले बसाल्नुभएको उदाहरणसित मेल खाँदैन। उहाँले भन्‍नुभएका र गर्नुभएका केही कुरा विचार गरौँ।

येसुले के भन्‍नुभयो?

प्रख्यात डाँडाको उपदेशमा येसुले रिस, आक्रोश र हिंसा मतभेद सुल्झाउने राम्रो तरिका होइन भनेर सिकाउनुभयो। केही उदाहरण विचार गरौँ।

  • “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ति ७:१२; लुका ६:३१) यो सल्लाहलाई अक्सर सुनौलो नियमa पनि भन्‍ने गरिन्छ। यसले हामीलाई अरूले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौँ, तिनीहरूसित पनि त्यस्तै व्यवहार गर्न प्रोत्साहन दिन्छ। कसैलाई पनि आफूप्रति हिंसात्मक व्यवहार गरिएको मन पर्दैन। त्यसैले अरूसँग कुरा नमिल्दा समेत आदरपूर्वक र दयालु व्यवहार देखाउन सक्दो कोसिस गर्नुपर्छ नि, होइन र?

  • “जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।” (मत्ति ५:३८, ३९; लुका ६:२९) येसुले अरूलाई आफूमाथि दुर्व्यवहार गर्न दिनुपर्छ भन्‍न खोज्नुभएको होइन। बरु उहाँले एउटा प्रचलित गलत धारणाको खण्डन गर्दै हुनुहुन्थ्यो, जुन सम्भवतः केही धर्मगुरुहरूले सिकाउने गर्थे। त्यो हो, बदला लिनु उचित छ भन्‍ने धारणा। उहाँले आफ्ना चेलाहरूलाई अरूले रिस उठाउँदा समेत बदला लिनुको सट्टा शान्त भई व्यवहार गर्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्थ्यो।b

  • “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो।” (मत्ति ५:४३, ४४; लुका ६:२७) हामीलाई घृणा गर्ने वा हामीसित अन्यायपूर्ण व्यवहार गर्नेहरूप्रति समेत दयालु हुनुपर्छ भनेर येसुले सिकाउनुभयो। उहाँले तिनीहरूको गलत आचरणलाई स्वीकार गर्नुपर्छ भन्‍न खोजिरहनुभएको थिएन। बरु, हामीलाई घृणा गर्नेहरूप्रति दयालु व्यवहार गऱ्‍यौँ भने तिनीहरूको रिस शान्त हुनुका साथै तिनीहरू पनि हामीसित दयालु व्यवहार गर्न उत्प्रेरित हुन सक्छन्‌।

येसुले के गर्नुभयो र के गर्नुहुनेछ?

हिंसा नै समस्याको समाधान होइन भनेर येसुले सिकाउनुभयो अनि उहाँले अरूलाई जे सिकाउनुभयो आफूले पनि त्यही गर्नुभयो। येसु पक्राउ पर्नुभएको रातमा उहाँको एक जना चेलाले उहाँलाई बचाउनको लागि हिंसाको बाटो रोजे। तर उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।” (मत्ति २६:५२) येसुले उहाँसित नराम्रो व्यवहार गर्नेहरूलाई क्षमा दिएर अनि तिनीहरूको लागि प्रार्थनासमेत गरिदिएर आफ्ना शत्रुहरूलाई प्रेम गरेको देखाउनुभयो।—लुका २३:३३, ३४; १ पत्रुस २:२३.

शान्तिका राजकुमारको रूपमा येसुले सबै किसिमका हिंसाको अन्त गर्नुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (यसैया ९:६, ७) यस्तो उज्ज्वल भविष्यबारे थप कुरा बुझ्न “युद्ध र हिंसा कसरी अन्त हुनेछ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

a थप जानकारीको लागि “सुनौलो नियम भनेको के हो?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

b थप जानकारीको लागि ““आँखाको साटो आँखा” भन्‍नुको अर्थ के हो?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने