सही र गलतबारे बाइबलको स्तरअनुसार चल्नै पर्छ र?
आज थुप्रैले, आफू ख्रिष्टियन भएको दाबी गर्ने केहीले समेत यौन र विवाहबारे बाइबलका नैतिक स्तरहरू अहिले कुनै कामको छैनन् भन्ने गर्छन्। समयसँगै चल्नको लागि के सही र के गलत भन्ने आफ्नो शिक्षामा केही चर्चहरूले परिवर्तनहरू गरेका छन्। के सही र गलतबारे बाइबलका स्तरहरू आज पनि उत्तिकै उपयोगी छ? छ। हामी किन यसो भन्न सक्छौँ, विचार गरौँ।
मानिसलाई सही र गलतबारे परमेश्वरका स्तरहरू चाहिन्छ
मानिसलाई सृष्टिकर्ताको डोऱ्याइको आवश्यकता पर्नेगरि सृष्टि गरिएको थियो। बाइबल भन्छ: “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।” (यर्मिया १०:२३) यहोवाa परमेश्वरले हामीलाई निर्णय गर्ने क्षमतासहित सृष्टि गर्नुभयो तर आफ्नो लागि के सही हो र के गलत हो भनेर निर्धारण गर्ने अधिकार वा क्षमता भने हामीलाई दिनुभएको छैन। त्यसको लागि हामी परमेश्वरमै भर परेको उहाँ चाहनुहुन्छ।—हितोपदेश ३:५.
परमेश्वरले बाइबलबाट नैतिक शिक्षा दिनुभएको छ। बाइबलमा पाइने यी स्तरहरू महत्त्वपूर्ण हुनुका दुई वटा कारणहरू विचार गरौँ।
परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको हो। (भजन १००:३) यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँलाई हामी शारीरिक, मानसिक अनि भावनात्मक रूपमा स्वस्थ र खुसी हुनको लागि के चाहिन्छ भनेर राम्ररी थाह छ। हामी नैतिकतासम्बन्धी उहाँको डोऱ्याइअनुसार चलेनौँ भने परिणाम कस्तो हुन्छ भनेर पनि उहाँलाई थाह छ। (गलाती ६:७) साथै यहोवा हामीले उत्तम जीवन बिताएको चाहनुहुन्छ। त्यसैले बाइबलमार्फत उहाँ यसो भन्नुहुन्छ: “तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।”—यसैया ४८:१७.
हाम्रा चाहनाहरूले हामीलाई झुक्याउन सक्छ। आफ्नो मनको कुरा सुन्यौँ भने सही र गलत छुट्ट्याउन सकिन्छ जस्तो थुप्रैलाई लाग्छ। तर बाइबल भन्छ, “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) यदि हामीले आफ्नो हृदयलाई परमेश्वरको बुद्धिअनुसार डोऱ्याएका छैनौँ भने यसले हामीलाई गलत काम गर्ने हदसम्म पुऱ्याउन सक्छ।—हितोपदेश २८:२६; उपदेशक १०:२.
सही र गलतबारे बाइबलले बताउने कुरालाई धर्मगुरुहरूले बेवास्ता गर्न मिल्छ?
पटक्कै मिल्दैन! बाइबलमा परमेश्वरबारे साँचो कुरा र हामीले कस्तो आचरण देखाएको उहाँ चाहनुहुन्छ भनेर बताइएको छ। (१ कोरिन्थी ६:९-११; गलाती ५:१९-२३) मानिसहरूले यो सत्य थाह पाएको उहाँ चाहनुहुन्छ। (१ तिमोथि २:३, ४) त्यसैले परमेश्वरको वचनले जे भन्छ, ख्रिष्टका सेवकहरूले त्यही सिकाउनुपर्छ।—तितस १:७-९.
बाइबलका नैतिक स्तरहरूबारे सुन्न नचाहने धेरैजसो आफूलाई “जे सुन्न मन पर्छ, त्यही मात्र सुनाउने” धर्मगुरुहरूको पछि लाग्छन्। (२ तिमोथि ४:३) तर परमेश्वरको वचनले यस्तो गम्भीर चेतावनी दिन्छ: “धिक्कार छ ती मानिसहरूलाई, जो असललाई खराब र खराबलाई असल भन्छन्।” (यसैया ५:२०) स्पष्ट छ, सही र गलतसम्बन्धी परमेश्वरको शिक्षा ठीकसित नसिकाउने धर्मगुरुहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ।
नैतिकतासम्बन्धी बाइबलको शिक्षाले अरूप्रतिको घृणालाई बढावा दिन्छ?
दिँदैन। परमेश्वरलाई खुसी बनाउन चाहने मानिसहरू ख्रिष्टको उदाहरण र शिक्षाअनुसार चल्छन्। उहाँले आफ्ना चेलाहरूलाई अरूको न्याय नगर्न बरु सबैलाई प्रेम र आदर गर्न सिकाउनुभयो।—मत्ति ५:४३, ४४; ७:१.
येसुले आफ्ना चेलाहरूलाई परमेश्वरका नैतिक स्तरहरू आफ्नो व्यक्तिगत जीवनमा पालन गर्न सिकाउनुभयो। तर अरूले आफूले भन्दा फरक स्तर रोज्न सक्छन् भनेर तिनीहरूले स्विकार्नुपर्थ्यो। (मत्ति १०:१४) येसुले आफ्ना चेलाहरूलाई राजनीति वा अरू कुराको आडमा परमेश्वरका स्तरहरू जबरजस्ती अरूमा लाद्ने अधिकार दिनुभएको छैन।—युहन्ना १७:१४, १६; १८:३६.
बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँदा के-कस्ता लाभहरू उठाउन सकिन्छ?
सही र गलतसम्बन्धी परमेश्वरका स्तरहरू पालन गर्न प्रयास गर्नेहरूले अहिले र भविष्यमा थुप्रै लाभ उठाउँछन्। (भजन १९:८, ११) तीमध्ये केही हुन्: