युवाहरू सोध्छन्
बप्तिस्मापछि मैले के गर्नुपर्छ?—भाग २: असल मार्गमा हिँडिरहनुहोस्
बाइबल भन्छ, “असल मार्गमा हिँड्नेहरूलाई उत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।” (भजन ८४:११) ‘असल मार्गमा हिँड्नु’ भनेको के हो? तपाईँले समर्पण गर्दा यहोवालाई वाचा गर्नुभएअनुसारै जीवन बिताउनु हो। (उपदेशक ५:४, ५) बप्तिस्मापछि तपाईँ कसरी असल मार्गमा हिँडिरहन सक्नुहुन्छ?
यस लेखमा
सहनशील हुँदै समस्याको सामना गर्नुहोस्
बाइबल पद: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौँ।”—प्रेषित १४:२२.
यसको अर्थ के हो? वास्तवमा सबै ख्रिष्टियनहरूले जीवनमा समस्याहरू भोग्नुपर्छ। कतिपय समस्याहरू त तपाईँ ख्रिष्टियन भएकै कारणले भोग्नुपर्ने हुन्छ, जस्तै गिल्ला वा खेदो। अर्कोतर्फ आर्थिक समस्या वा स्वास्थ्य समस्याजस्ता कुराहरूले सबै मानिसहरूलाई असर गर्छ।
पछि के हुन सक्छ? कहिलेकाहीँ तपाईँको जीवनमा परिस्थितिहरू परिवर्तन हुन सक्छ र तीमध्ये कुनै–कुनैले तपाईँलाई नराम्रो असर पुऱ्याउन सक्छ। चाहे हामी ख्रिष्टियन होऔँ वा नहोऔँ, सबैको जीवनमा नराम्रा घटनाहरू घट्न सक्छ भनेर बाइबल बताउँछ।—उपदेशक ९:११.
तपाईँ के गर्न सक्नुहुन्छ? समस्याहरू आउँछन् भनेर थाह भएकोले तपाईँ त्यसको सामना गर्न तयार रहन सक्नुहुन्छ। समस्याहरूलाई आफ्नो विश्वास बलियो बनाउने र यहोवामा अझ धेरै भरोसा गर्ने मौकाको रूपमा हेर्नुहोस्। (याकुब १:२, ३) समय बित्दै जाँदा तपाईँले पनि प्रेषित पावलले जस्तै यसो भन्न सक्नुहुनेछ: “किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३)
अनुभव।“मेरो बप्तिस्मा लगत्तै मेरा दाइहरूले सत्य छोड्नुभयो, मेरो ममी-ड्याडी बिरामी हुनुभयो त्यसपछि म पनि बिरामी भएँ। त्यस्तो अवस्थामा म सजिलै हार मान्न सक्थेँ र समर्पण गर्दा यहोवाको उपासनालाई जीवनको सबैभन्दा महत्त्वपूर्ण ठान्ने आफ्नो वाचा बिर्सन पनि सक्थेँ। तर मलाई मेरो समर्पणको वाचाले नै यी चुनौतीको सामना गर्न मदत गऱ्यो।”—कारेन।
सुझाव: युसुफबारे जान्नुहोस्। तिनको जीवनबारे उत्पत्ति अध्याय ३७ र ३९ देखि ४१ मा पढ्न सक्नुहुन्छ। यो कुरा विचार गर्नुहोस्: तिनले कस्ता सोच्दै नसोचेका समस्याहरू भोग्नुपऱ्यो र त्यसको सामना तिनले कसरी गरे? यहोवाले युसुफलाई कसरी मदत गर्नुभयो?
थप मदतका लागि
पढ्नुहोस्:
“म कसरी दुःखद अवस्थाको सामना गर्न सक्छु?”
डाउनलोड गर्नुहोस्:
प्रलोभनलाई तिरस्कार गर्नुहोस्
बाइबल पद: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।”—याकुब १:१४.
यसको अर्थ के हो? ढिलो होस् वा चाँडो हामी सबैलाई प्रलोभन आउँछ र त्यसलाई तिरस्कार गरेनौँ भने गलत काम गर्ने हदसम्म पुग्न सक्छौँ।
पछि के हुन सक्छ? बप्तिस्मापछि पनि तपाईँ “शरीरका कुइच्छाहरू”–विरुद्ध लड्नुपर्ने हुन्छ। (२ पत्रुस २:१८) विवाहअघि यौन सम्बन्ध राख्ने प्रलोभन समेत आउन सक्छ।
तपाईँ के गर्न सक्नुहुन्छ? प्रलोभन आउनुअघि नै आफ्नो मन तयार गर्नुहोस्। त्यसो गर्दा तपाईँले कुइच्छाको वशमा परेर गलत निर्णय गर्नुहुनेछैन। येसुले भन्नुभएको यो कुरा सम्झनुहोस्: “कोही पनि दुई मालिकको दास बन्न सक्दैन।” (मत्ति ६:२४) तपाईँ कसलाई आफ्नो मालिक बनाउने भनेर छनौट गर्न सक्नुहुन्छ। यहोवालाई आफ्नो मालिक बनाउनुहोस्। कुइच्छा चाहे जति नै बलियो किन नहोस्, तपाईँ त्यसलाई जित्न सक्नुहुन्छ।—गलाती ५:१६.
सुझाव: आफ्नो बलियो र कमजोर पक्ष थाह पाउनुहोस्। तपाईँलाई राम्रा गुणहरू विकास गर्न मदत दिने साथीहरू छान्नुहोस्। गलत काम गर्न उक्साउन सक्ने मानिस, ठाउँ वा परिस्थितिबाट टाढै रहनुहोस्।—भजन २६:४, ५.
थप मदतका लागि
पढ्नुहोस्:
“म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?”
“यौनबारे मनमा खेल्ने कुराहरू कसरी हटाउन सक्छु?”
आफ्नो जोस बढाइरहनुहोस्
बाइबल पद: “तिमीहरू हरेकले यस्तै मेहनत गरिरहो . . . तिमीहरू अल्छे [नहोओ]।”—हिब्रू ६:११, १२.
यसको अर्थ के हो? जसले आफ्नो काममा ध्यान दिँदैन उसले ढिलासुस्ती गर्छ र ऊ अल्छी हुन सक्छ।
पछि के हुन सक्छ? बप्तिस्मापछि तपाईँ उत्साह र जोसले भरिनुहुन्छ। तपाईँको हृदय यहोवाप्रतिको प्रेमले भरिएको हुन्छ। तर केही समय पछि तपाईँलाई सबै कुरामा यहोवाप्रति आज्ञाकारी भइरहन गाह्रो लाग्न सक्छ र यसले गर्दा तपाईँ निरुत्साहित हुन सक्नुहुन्छ अनि तपाईँको जोस पूरै सेलाउन सक्छ।—गलाती ५:७.
तपाईँ के गर्न सक्नुहुन्छ? कहिलेकाहीँ तपाईँलाई सही कुरा गर्न गाह्रो लाग्न सक्छ। तर हरेस नखाई सही काम गरिरहनुहोस्। (१ कोरिन्थी ९:२७) त्यससँगै स्वर्गमा बस्नुहुने बुबासित नजिक हुन उहाँलाई राम्ररी चिन्नुहोस् र प्रार्थना गरेर उहाँसँग कुरा गरिरहनुहोस्। त्यसको साथै यहोवाको सेवामा रमाउनेहरूसँग घनिष्ठ हुनुहोस्।
सुझाव: यहोवा तपाईँलाई धेरै माया गर्नुहुन्छ र सधैँ तपाईँलाई मदत गर्न तयार हुनुहुन्छ भनेर नबिर्सनुहोस्। अहिले तपाईँको जोस सेलाएको छ भने यहोवा तपाईँदेखि दुःखी हुनुहुन्छ भनेर नसोच्नुहोस्। बाइबल भन्छ “उहाँ थकितहरूलाई बल दिनुहुन्छ र निर्बलहरूलाई शक्तिले भरिपूर्ण पार्नुहुन्छ।” (यसैया ४०:२९) तपाईँले आफ्नो जोस बढाउन गरेको प्रयासमा उहाँले आशिष् दिनुहुनेछ।
थप मदतका लागि
पढ्नुहोस्:
हेर्नुहोस्:
निष्कर्ष: तपाईँ असल मार्गमा हिँडिरहनुभयो भने यहोवाको हृदयलाई खुसी बनाउन सक्नुहुन्छ। (हितोपदेश २७:११) तपाईँ उहाँको पक्षमा खडा हुनुभएको देखेर उहाँ खुसी हुनुहुनेछ र तपाईँलाई सैतानको प्रलोभन तिरस्कार गर्न चाहिने सबै कुरा दिनुहुनेछ।