प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १७८
  • बप्तिस्मा गराउने युहन्‍ना को थिए?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्मा गराउने युहन्‍ना को थिए?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • बप्तिस्मा गराउने युहन्‍ना कुन अर्थमा विशेष थिए?
  • बप्तिस्मा गराउने युहन्‍नाको आमाबुबा को थिए?
  • बप्तिस्मा गराउने युहन्‍नालाई कसले मार्न लगाए?
  • के बप्तिस्मा गराउने युहन्‍ना र येसु प्रतिद्वन्दी हुनुहुन्थ्यो?
  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • ‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • के यूहन्‍नामा विश्‍वासको कमी थियो?
    सबैभन्दा महान्‌ पुरुष
  • युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख १७८
बप्तिस्मा गराउने युहन्‍नाले एक पुरुषलाई नदीमा बप्तिस्मा गराउँदै छन्‌।

बप्तिस्मा गराउने युहन्‍ना को थिए?

बाइबलको जवाफ

बप्तिस्मा गराउने युहन्‍ना परमेश्‍वरका भविष्यवक्‍ता थिए। (लुका १:७६) तिनको जन्म ईसापूर्व २ मा र मृत्यु ईस्वी संवत्‌ ३२ मा भएको थियो। परमेश्‍वरले युहन्‍नालाई मसीह अर्थात्‌ ख्रिष्टको लागि बाटो तयार पार्ने काम सुम्पनुभयो। त्यसपछि युहन्‍नाले यहुदीहरू परमेश्‍वरतर्फ फर्कन सकून्‌ भनेर तिनीहरूलाई उहाँको सन्देश सुनाउन थाले।—मर्कुस १:१-४; लुका १:१३, १६, १७.

युहन्‍नाको सन्देशले असल हृदय भएकाहरूलाई नासरतका येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर स्विकार्न मदत गर्ने थियो। (मत्ति ११:१०) युहन्‍नाले मानिसहरूलाई आफ्ना पापको पश्‍चाताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरुप बप्तिस्मा गर्न प्रोत्साहन दिए। (लुका ३:३-६) तिनले थुप्रै मानिसहरूलाई बप्तिस्मा गराएकोले तिनी बप्तिस्मा गराउने युहन्‍ना भनेर चिनिए। तिनले गराएको सबैभन्दा महत्त्वपूर्ण बप्तिस्मा येसुको थियो।a—मर्कुस १:९.

यस लेखमा

  • बप्तिस्मा गराउने युहन्‍ना कुन अर्थमा विशेष थिए?

  • बप्तिस्मा गराउने युहन्‍नाको आमाबुबा को थिए?

  • बप्तिस्मा गराउने युहन्‍नालाई कसले मार्न लगाए?

  • के बप्तिस्मा गराउने युहन्‍ना र येसु प्रतिद्वन्दी हुनुहुन्थ्यो?

  • बाइबलमा युहन्‍ना नाम गरेका व्यक्‍तिहरू कति जना छन्‌?

बप्तिस्मा गराउने युहन्‍ना कुन अर्थमा विशेष थिए?

तिनीबारे गरिएको भविष्यवाणी: युहन्‍ना परमेश्‍वरको दूत हुनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। अनि तिनको प्रचारकार्यद्वारा त्यो भविष्यवाणी पूरा भयो। (मलाकि ३:१; मत्ति ३:१-३) भविष्यवाणी गरिएअनुसारै तिनले “परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार” पारे। यसको अर्थ, तिनले परमेश्‍वरको मुख्य प्रतिनिधि येसु ख्रिष्टको सन्देश स्विकार्न सङ्‌गी यहुदीहरूको मन तयार पार्न मदत गरे।—लुका १:१७.

तिनले पूरा गरेका कामहरू: येसुले यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।” (मत्ति ११:११) युहन्‍ना भविष्यवक्‍ता मात्र नभई परमेश्‍वरको “दूत” पनि थिए। त्यसैले परमेश्‍वरका सेवकहरूमध्ये तिनीभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन। येसुले भन्‍नुभएको कुराबाट युहन्‍ना स्वर्गको राज्यको भाग हुने छैनन्‌ भनेर पनि थाह पाउन सक्छौँ।b ख्रिष्टले स्वर्गको बाटो खोल्नुअघि नै वफादार भविष्यवक्‍ता युहन्‍नाको मृत्यु भयो। (हिब्रू १०:१९, २०) युहन्‍नाले परमेश्‍वरको राज्यमा यसै पृथ्वीमा जीवन पाउनेछन्‌, त्यो पनि सधैँभरि बाँच्ने आशासहित।—भजन ३७:२९; लुका २३:४३.

बप्तिस्मा गराउने युहन्‍नाको आमाबुबा को थिए?

युहन्‍नाको बुबाको नाम जकरिया र आमाको नाम इलिसिबा थियो। जकरिया एक यहुदी पुजारी थिए। युहन्‍नाको जन्म एउटा चमत्कार थियो भन्‍न सकिन्छ। किनकि तिनकी आमा बाँझी थिइन्‌ र तिनको आमाबुबा “दुवैको उमेर ढल्किसकेको थियो।”—लुका १:५-७, १३.

बप्तिस्मा गराउने युहन्‍नालाई कसले मार्न लगाए?

हेरोद एन्टिपासले बप्तिस्मा गराउने युहन्‍नाको टाउको काट्‌न लगाए। हेरोदले त्यस्तो आदेश दिनुपछाडि उनकी पत्नी हेरोदियासको हात थियो। उनी युहन्‍नालाई घृणा गर्थिन्‌। किनकि युहन्‍नाले हेरोद जो एक यहुदी भएको दाबी गर्थे, तिनको र हेरोदियासको विवाह यहुदी कानुनअनुसार अवैध थियो भनेर औँल्याइदिएका थिए।—मत्ति १४:१-१२; मर्कुस ६:१६-१९.

के बप्तिस्मा गराउने युहन्‍ना र येसु प्रतिद्वन्दी हुनुहुन्थ्यो?

उहाँहरू प्रतिद्वन्दी हुनुहुन्थ्यो भनेर बाइबलमा कतै बताइएको छैन। (युहन्‍ना ३:२५-३०) युहन्‍नाले सबै मानिससामु तिनको जिम्मेवारी मसीहको लागि बाटो तयार पार्नु हो भनी स्विकारे। तिनले कहिल्यै येसुको अघिअघि जाने कोसिस गरेनन्‌। युहन्‍नाले यसो भने: “उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै म पानीमा बप्तिस्मा गराउँदै आएँ।” तिनले यसो पनि भने: “उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ।” (युहन्‍ना १:२६-३४) त्यसैले येसुको प्रचारकार्य सफल भएको कुरा सुन्दा युहन्‍ना अत्यन्तै खुसी भए।

a येसुले “एउटै पाप गर्नुभएन।” (१ पत्रुस २:२१, २२) त्यसैले येसुले आफ्नो पापको पश्‍चाताप गर्न बप्तिस्मा गर्नुभएको थिएन। बरु उहाँको बप्तिस्माले परमेश्‍वरको इच्छा पूरा गर्न आफूलाई अर्पण गर्नुभएको कुरालाई बुझाउँथ्यो। यसमा येसुले मानिसहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभएको कुरा पनि समावेश थियो।—हिब्रू १०:७-१०.

b “स्वर्ग को जान्छ?” भन्‍ने लेख हेर्नुहोस्‌

बाइबलमा युहन्‍ना नाम गरेका व्यक्‍तिहरू कति जना छन्‌?

बाइबलमा युहन्‍ना नाम गरेका पाँच जना व्यक्‍तिहरूबारे बताइएको छ।

  1. १. जकरिया र इलिसिबाका छोरा बप्तिस्मा गराउने युहन्‍ना।—मर्कुस १:४; लुका १:५७-६०.

  2. २. प्रेषित पत्रुसका बुबा युहन्‍ना।—युहन्‍ना १:४२.

  3. ३. ‘जब्दिका छोरा’ प्रेषित युहन्‍ना। (मत्ति १०:२) तिनले युहन्‍नाको सुसमाचार अनि पहिलो, दोस्रो र तेस्रो युहन्‍नाको पत्र र प्रकाशको किताब लेखे।

  4. ४. मर्कुस भनिने युहन्‍ना जसले मर्कुसको सुसमाचारको किताब लेखे।—प्रेषित १२:१२.

  5. ५. यहुदी शासक जो सम्भवतः मुख्य पुजारी हन्‍नासका आफन्त थिए।—प्रेषित ४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने