बाइबलसम्बन्धी रोचक तथ्य
माछा मार्ने जालहरू
येसुका केही चेलाहरू जलारी थिए। (मर्कु. १:१६-२०) गालील समुद्रमा माछा मार्न तिनीहरू फरक-फरक किसिमका जालहरू प्रयोग गर्थे।
तिनीहरू माछा मार्ने जाल बुन्न प्रायजसो आलसको डाँठबाट बनेको धागो प्रयोग गर्थे। जालको प्वाल कत्रो बनाउने भन्ने कुरा कत्रो माछा समात्ने, त्यसमा भर पर्थ्यो। सानो खालका जालहरूको बाहिरी घेरामा सिसा वा ढुङ्गाका टुक्राहरू बाँधिएको हुन्थ्यो। त्यसले गर्दा जाल पिँधमा फैलिएर बस्थ्यो र त्यसभित्र माछा पर्थ्यो। ठूलो खालका जालहरूमा भने मुनितिर गह्रुङ्गो वस्तु बाँधिएको हुन्थ्यो। अनि जाल तैरिन सकोस् भनेर माथितिर काठका टुक्राहरू बाँधिएको हुन्थ्यो।
जालहरू निकै महङ्गा हुन्थे। समुद्रको पिँधमा भएका चट्टानहरूले गर्दा वा जालमा धेरै माछाहरू पर्दा जाल फाट्न सक्थ्यो। (लुका ५:६) बाइबलमा याकुब र युहन्नाले “जाल तुन्दै” गरेको विवरण पाइन्छ। तिनीहरूले जाल तुन्न सियो र आलसको धागो प्रयोग गरेका हुन सक्छन्। (मत्ति ४:२१) जलारीहरूले प्रत्येक पटक जाल प्रयोग गरेपछि कतै फाटेको छ भने त्यसलाई सिलाइहाल्थे। लुकाले पनि जलारीहरूले जालमा लागेको माटो हटाउन आ-आफ्ना ‘जाल धोइरहेको’ विवरण उल्लेख गरेका छन्। (लुका ५:२) त्यसपछि तिनीहरूले जाल ढुसी लागेर नबिग्रियोस् भनेर त्यसलाई सुकाउँथे। —इज. ४७:१०.
येसुले ती सिपालु जलारीहरूलाई “मानिसहरूको जलारी” बन्ने निम्तो दिनुभयो।