बाइबल पात्र
मनेन—तिनले आध्यात्मिक कुराहरूलाई पहिलो स्थान दिए
मनेन प्रथम शताब्दीको एन्टिओक मण्डलीमा नेतृत्व लिनेहरूमध्ये एक थिए। तिनी “प्रान्तीय शासक हेरोदका सहपाठी” थिए। (प्रेषि. १३:१) त्यसैले तिनले राम्रो शिक्षादीक्षा पाएका थिए भन्न सक्छौँ। साथै तिनी सम्पन्न परिवारमा हुर्केका हुन सक्छन्।
तैपनि मनेनले ख्रिष्टियन बन्ने र मण्डलीलाई सघाउने छनौट गरे। तिनले आफूले हासिल गरेको शिक्षा वा गण्यमान्य व्यक्तिहरूसितको चिनजान प्रयोग गरेर फाइदा उठाउन खोजेनन्। बरु तिनी मण्डलीका भाइहरूको सेवा गर्न इच्छुक भए।
मनेनको उदाहरणबाट संसारमा नामदाम कमाउन खोज्नुभन्दा यहोवाको सेवा गर्नु अझ महत्त्वपूर्ण छ भनेर बुझ्न सक्छौँ। तिनले जस्तै हामीले पनि सांसारिक कामकुरालाई भन्दा आध्यात्मिक कुराहरूलाई पहिलो स्थान दिनुपर्छ। (मत्ति ६:३३) हुनत हाम्रो जीवनमा शिक्षा महत्त्वपूर्ण छ तर हामीले ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्, सो पक्का गर्नुपर्छ।’ (फिलि. १:९, १०) साथै सांसारिक कुराहरूको पछि लागेर यहोवाको उपासना गर्नदेखि अलमलिनु हुँदैन।