प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 अप्रिल पृ. ३२
  • बाइबलमा चलाइएका शब्द-चित्रहरूको अर्थ बुझ्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलमा चलाइएका शब्द-चित्रहरूको अर्थ बुझ्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 अप्रिल पृ. ३२

अध्ययनको लागि सुझाव

बाइबलमा चलाइएका शब्द-चित्रहरूको अर्थ बुझ्नुहोस्‌

बाइबलमा सयौँ शब्द-चित्रहरू चलाइएका छन्‌। तर थुप्रैलाई त्यसको अर्थ बुझ्न गाह्रो लाग्छ। (मत्ति १३:१३) त्यसोभए तपाईँ बाइबलमा चलाइएका ती शब्द-चित्रहरूको सही अर्थ कसरी बुझ्न सक्नुहुन्छ? यसको लागि तपाईँ निम्न कदमहरू चाल्न सक्नुहुन्छ:

  • विषय र दृश्‍य पत्ता लगाउनुहोस्‌। शब्द-चित्रहरूमा विषय र दृश्‍य-बीच तुलना गरिएको हुन्छ। उदाहरणको लागि, प्रकाश ३:३ मा येसु आउनुहुने कुरालाई (विषय) चोर आउने कुरासित (दृश्‍य) तुलना गरिएको छ।

  • विषय र दृश्‍यबीचको समानताबारे सोच्नुहोस्‌। विषय र दृश्‍यबीच किन तुलना गरिएको छ र ती दुईबीच मिल्ने कुरा के हो, त्यो पत्ता लगाउने कोसिस गर्नुहोस्‌।

  • सही निष्कर्षमा पुग्नुहोस्‌। विषय र दृश्‍यबीचको केही समानताहरूले गर्दा हामी गलत निष्कर्षमा पनि पुग्न सक्छौँ। माथिको उदाहरणमा येसु केही कुरा चोर्न आउँदै हुनुहुन्छ भन्‍न खोजिएको होइन। बरु प्रसङ्‌ग विचार गर्ने हो भने येसु हामीले सोच्दै नसोचेको समयमा र पूर्वसूचनाविना चोर आएजस्तै आउनुहुने कुरा बुझाउन खोजिएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने