प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. ३२
  • ओबदियाहले जस्तै परमेश्‍वरको डर मान्‍न सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ओबदियाहले जस्तै परमेश्‍वरको डर मान्‍न सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास र परमेश्‍वरको भयले साहसी बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. ३२

बाइबल पात्र

ओबदियाहले जस्तै परमेश्‍वरको डर मान्‍न सिक्नुहोस्‌

ओबदियाहले राजा आहाबको घरानाको रेखदेख गर्ने जिम्मा पाएका थिए। राजा आहाब दुष्ट थिए र तिनले पूरै इस्राएलभरि बाल उपासनालाई बढावा दिएका थिए। रानी ईजेबेलले यहोवाका सबै भविष्यवक्‍तालाई मार्ने आदेश दिएकी थिइन्‌। तर ओबदियाहले “सानैदेखि यहोवाको डर” मान्‍न सिकेका थिए। (१ राजा १८:१-१३) त्यसैले आफू साहसी हुनुपर्छ अनि परमेश्‍वरका भविष्यवक्‍ताहरूलाई बचाउन कदम चाल्नुपर्छ भनेर तिनले महसुस गरे। ओबदियाहले एक जना भविष्यवक्‍तालाई मात्र जोगाउन खोजे भने पनि तिनको ज्यानै जान सक्थ्यो। तर तिनले १०० जना भविष्यवक्‍तालाई ओडारमा लुकाएर राखे। त्यतिबेला अनिकाल पनि परिरहेको थियो तर ओबदियाहले ती भविष्यवक्‍ताहरूको लागि रोटी र पानीको बन्दोबस्त मिलाइदिए। त्यतिबेला दुष्ट राजा आहाब र रानी ईजेबेलको चाकरी गरिरहेका सयौँ झूटा भविष्यवक्‍ताहरू पनि थिए। तिनीहरूले थाह नपाउने गरी यी सबै काम गर्न ओबदियाहलाई कत्ति गाह्रो भयो होला, कल्पना गर्नुहोस्‌ त!—१ राजा १८:१९.

हामी ओबदियाहबाट के सिक्न सक्छौँ? हुनत तिनी आहाबसित डराउँथे तर त्योभन्दा पनि धेरै तिनी परमेश्‍वरको डर मान्थे। त्यसैले तिनी साहसी हुन सके अनि आफ्नो ज्यानकै खतरा मोलेर परमेश्‍वरका भविष्यवक्‍ताहरूलाई जोगाए। हामी बस्ने ठाउँमा साँचो उपासनामाथि प्रतिबन्ध लगाइएको छ भने हामी पनि ओबदियाहले जस्तै परमेश्‍वरको डर मान्‍न सिक्न सक्छौँ। यस्तो डरले हामीलाई साहसी बनाउनेछ अनि हामी परीक्षा भोगिरहेका भाइबहिनीहरूलाई मदत गर्न अग्रसर हुनेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने