अप्रिल ८ को हप्ताको तालिका
अप्रिल ८ मा सुरु हुने हप्ता
गीत १२३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ८७ र अध्या. ८८ को “धनी मानिस र लाजरसले एउटा परिवर्तन अनुभव गर्छन्” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका १०-१२ (१० मि.)
न. १: लूका १२:१-२१ (४ मि. वा कम)
न. २: परमेश्वरको वचनले गर्ने चङ्गाइका स्थायी लाभहरू छन्—td ८क (५ मि.)
न. ३: हामी यहोवालाई किन बुबाको रूपमा हेर्छौं?—मत्ती ६:९ (५ मि.)
□ सेवा सभा:
१० मि: तपाईं प्रोत्साहनको स्रोत हुन सक्नुहुन्छ। (रोमी १:११, १२) सेवा निरीक्षकद्वारा छलफल। मण्डलीमा नियमित अग्रगामीहरू कति जना छन्, बताउनुहोस्। उनीहरूलाई प्रोत्साहन दिन सक्ने केही तरिका बताउनुहोस्। जस्तै, प्रशंसा गरेर, उनीहरूसँगै प्रचारमा गएर, यातायात खर्चमा सहयोग गरेर, खाना खान बोलाएर। अरूबाट कसरी प्रोत्साहन पाएका छन् भनेर बताउन नियमित अग्रगामीहरूलाई आग्रह गर्नुहोस्। मण्डलीमा नियमित अग्रगामीहरू छैनन् भने छलफल सहायक अग्रगामीहरूमा केन्द्रित गर्नुहोस्।
१० मि: कसैले ‘मेरो आफ्नै धर्म छ’ भनेमा। छलफल शुरु गर्ने, पृष्ठ १० मा आधारित छलफल। दिइएका सुझावमध्ये एउटा छोटो प्रदर्शन देखाउनुहोस्। हाम्रो राज्य सेवकाई, सेप्टेम्बर १९९९, पृष्ठ ८, अनुच्छेद २ बाट महत्त्वपूर्ण बुँदाहरू पुनरावृत्ति गर्नुहोस्।
१० मि: “भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—योना।” प्रश्न-उत्तर।
गीत १३ र प्रार्थना