प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून पृ. ३
  • जून २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जून २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून पृ. ३

जून २८ को हप्ताको तालिका

जून २८ मा सुरु हुने हप्ता

गीत ३१

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ९७*-१०२*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ राजा ३-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

□ सेवा सभा:

गीत ४

५ मि: घोषणाहरू।

१५ मि: जुलाई महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। श्रोतासित छलफल। पत्रिकामा के-कस्ता लेखहरू छन्‌ बताउन एक/दुई मिनेट लिनुहोस्‌। त्यसपछि दुई वा तीनवटा लेख छान्‍नुहोस्‌ अनि कुन प्रश्‍न र बाइबल पद प्रयोग गरेर प्रस्तुति गर्न सकिन्छ, श्रोताहरूलाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्ने, प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌। अन्तमा, पुनःभेटमा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ देखाउँदै अर्को एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌।—km ८/०७ पृष्ठ ५ हेर्नुहोस्‌।

१५ मि: शैशवकालदेखि प्रशिक्षण पाएका। श्रोतासित छलफल। तिमोथी जोसिला र दक्ष प्रचारकको रूपमा चिनिन्थे। (फिलि. २:२०-२२, NRV) तिनी त्यस्तो हुनुमा केही हदसम्म तिनले शैशवकालदेखि आफ्नी आमा र बज्यैबाट पाएको आध्यात्मिक प्रशिक्षणको भूमिका छ। (२ तिमो. १:५; ३:१५) यी धर्मशास्त्रीय सल्लाहहरूबाट आमाबाबुले आफ्ना छोराछोरीलाई असल प्रचारक बन्‍न प्रशिक्षण दिने सन्दर्भमा मदत पाउनेछन्‌। (१) छोराछोरीलाई सक्दो चाँडो प्रचारकार्यमा लैजानुहोस्‌; छोराछोरीको उमेर र योग्यताअनुसार भाग लिन प्रशिक्षण दिनुहोस्‌। (हितो. २२:६) (२) सेवाको कामलाई प्राथमिकता दिने सन्दर्भमा असल उदाहरण बसाल्नुहोस्‌। (फिलि. १:९, १०, NRV) (३) पारिवारिक उपासनाको बेला र अन्य समयमा प्रचारकार्यप्रति प्रेम र कदर जगाइदिनुहोस्‌। (व्यव. ६:६, ७) (४) आफ्नो मनोवृत्ति र बोलीमा क्षेत्र सेवाप्रति सकारात्मक हुनुहोस्‌। (फिलि. ३:८; ४:८; १ तिमो. १:१२) (५) क्षेत्र सेवालाई जीवनको महत्त्वपूर्ण भाग बनाउँदै सम्पूर्ण परिवार मिलेर नियमित रूपमा भाग लिनुहोस्‌। (प्रेरि. ५:४१, ४२) (६) जोसिला सेवकहरूसित संगत गर्नुहोस्‌। (हितो. १३:२०) क्षेत्र सेवालाई प्रभावकारी र आनन्ददायी बनाउन आफ्ना आमाबाबुले के-कसरी मदत गरे तोकेरै बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्‌।

गीत ४१

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने