प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १२/१५ पृ. ३१
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • भाग ३ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • भाग २ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १२/१५ पृ. ३१

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• “तेरो अंश-अधिकार मनै हुँ” भनेर यहोवाले लेवीहरूलाई भन्दा उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

इस्राएलको अरू सबै कुलले जमिनको भाग पाएका थिए तर लेवीहरूका लागि भने यहोवा नै तिनीहरूको “अंश-अधिकार” हुनुहुन्थ्यो। (गन्ती १८:२०) तिनीहरूले जमिन त पाएनन्‌ तर सेवाको विशेष सुअवसर पाए। अनि यहोवाले तिनीहरूको आधारभूत भौतिक आवश्‍यकताको ख्याल राख्न छोड्‌नुभएन। आज राज्य गतिविधिलाई फैलाउने सुअवसर पाएकाहरू जीवनका आवश्‍यकताहरू पूरा गरिनेछन्‌ भनी विश्‍वस्त हुन सक्छन्‌।—९/१५, पृष्ठ ७-८, १३.

• कुनै मनोरञ्जन फाइदाजनक छ वा छैन भनी निर्णय गर्न ख्रीष्टियनलाई कुन कुराले मदत गर्छ?

कुनै मनोरञ्जन फाइदाजनक अनि परमेश्‍वरलाई खुसी तुल्याउने खालको छ वा छैन भनी निधो गर्न यस्ता प्रश्‍न सोध्न सकिन्छ: यो मनोरञ्जन कस्तो छ? मैले यसको लागि कति समय खर्च गर्नुपर्नेछ? मेरा साथीहरू को हुनेछन्‌?—१०/१५, पृष्ठ ९-१२.

• हितोपदेश ७:६-२३ को विवरणले अश्‍लील सामग्री हेर्नदेखि जोगिन कसरी मदत गर्छ?

यस विवरणमा एक जना यस्तो जवान केटाबारे बताइएको छ, जो वेश्‍या स्त्री भएको गल्लीतर्फ जान्छ। त्यस स्त्रीले त्यस जवान केटालाई लोभ्याउँछे। आज हामी कामुक दृश्‍यहरू भएका इन्टरनेट साइट हेर्नदेखि जोगिनुपर्छ अनि इन्टरनेटमा त्यस्ता दृश्‍यहरूको सामना गर्नुअघि नै प्रार्थनामा परमेश्‍वरसित मदत माग्नु महत्त्वपूर्ण छ।—११/१५, पृष्ठ. ९-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने