प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१ पृ. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बप्तिस्मा के हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • बप्तिस्माको अर्थ र यसको महत्त्व
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१ पृ. २९

पाठकहरूका प्रश्‍नहरू

गम्भीर अशक्‍तता वा एकदमै नाजुक स्वास्थ्यअवस्थाका कारण पानीमा चुर्लुम्मै डुब्न गाह्रो हुने व्यक्‍तिहरू बप्तिस्मा लिन चाहन्छन्‌ भने, के तिनीहरूलाई पानीमा पूरै डुबाउनु आवश्‍यक छ?

“बप्तिस्मा” भन्‍ने शब्द “चोप्नु” अर्थ लाग्ने युनानी क्रिया बाप्टो शब्दबाट लिइएको हो। बाइबलमा, “बप्तिस्मा लिनु” र “निमज्जन गर्नु” भनेको उस्तै हो। फिलिपद्वारा इथियोपियाली नपुंसकलाई दिइएको बप्तिस्माबारे रोर्थरहामको दि एम्फसाइज्ड्‌ बाइबल यसो भन्छ: “फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई निमज्जन गरे।” (प्रेरित ८:३८) त्यसकारण बप्तिस्मा लिने व्यक्‍तिलाई पानीभित्र चुर्लुम्म डुबाइन्छ।—मत्ती ३:१६; मर्कूस १:१०.

येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . बप्तिस्मा देओ।” (मत्ती २८:१९, २०) त्यसैअनुसार यहोवाका साक्षीहरूले बप्तिस्माको लागि तलाउ, ताल, नदी, खोला वा पूर्ण निमज्जनको लागि प्रशस्त पानी हुने अन्य ठाउँहरूको प्रबन्ध गर्छन्‌। बप्तिस्मा लिंदा पूर्ण निमज्जन गर्नु धर्मशास्त्रीय आवश्‍यकता भएकोले बप्तिस्मा लिंदा यो आवश्‍यकताबाट छुट दिने अधिकार कुनै पनि मानवलाई छैन। त्यसैकारण कुनै व्यक्‍तिको परिस्थितिको कारण असामान्य कदमहरू चाल्नु परे तापनि तिनलाई बप्तिस्मा दिनुपर्छ। उदाहरणको लागि, उमेर पाकेका वा विशेष गरी कमजोर स्वास्थ्यअवस्था भएकाहरूलाई ठूलोखालको बाथटबमा बप्तिस्मा दिनु बेस भएको छ। टबको पानी तताएर बप्तिस्मा लिने उम्मेदवारलाई नहडबडाइकन बिस्तारै त्यसमा राख्न सकिन्छ र तिनले अलि सजिलो महसुस गरेपछि बप्तिस्मा दिन सकिन्छ।

गम्भीर तवरमा अशक्‍त मानिसहरूलाई समेत बप्तिस्मा दिइएको छ। उदाहरणका लागि, श्‍वासनलीको शल्यक्रिया गरेको कारण घाँटीमा स्थायी प्वाल भएकाहरू वा श्‍वास-प्रश्‍वासको लागि कृत्रिम यन्त्र प्रयोग गर्नेहरूलाई समेत निमज्जन गरिएको छ। अवश्‍य पनि यस्ता सबै बप्तिस्माहरूका लागि राम्रो तयारी गरिएको हुनुपर्छ। तालिम प्राप्त नर्स वा उपलब्ध भएमा चिकित्सक पनि सँगै हुनु बुद्धिमानी हुनेछ। तथापि, विशेष होसियारी तथा पूर्व-सावधानी अपनाउने हो भने प्रायजसो सबै अवस्थाहरूमा बप्तिस्मा दिन सकिन्छ। त्यसकारण बप्तिस्मा लिने व्यक्‍ति साँच्चै इच्छुक छ र यसमा हुन सक्ने जोखिमको जिम्मा आफै लिन तयार छ भने उसलाई पानीमा बप्तिस्मा दिन हर सम्भव प्रयत्न गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने