समाचार माथि अन्तरदृष्टि
अस्वस्थ शिक्षा
दस वर्ष देखिन्, न्यु योर्कको एउटा कलेजले मानवीय यौन सम्बन्धी पाठ्य शिक्षा प्रदान गरी रहेको छ। यो पाठ्य शिक्षा उपलव्ध गर्ने विद्यार्थीहरूले, कालेजका तीनवटा सम्मान पत्र जित्न सक्छन्। यो शिक्षामा भाग लिने विद्यार्थीहरू “क्षेत्र यात्रामा गएर, बेश्याहरू सँग कुरा गर्नु पर्छ। पुरूषगामीहरूको अड्डा र मानिसहरू नाङ्गै बस्ने समुद्रको किनारमा गएर जाँच निरिक्षण गर्नु पर्छ।” भनेर न्यु योर्क पोस्टको एक जना लेखकले रिर्पोट गर्नुभएको छ। पाठ्य-पुस्तकले चाहिं, मुख सम्बन्धि यौन कृया बारे विस्तृत शिक्षा र हस्तमैथुन गर्ने बानीलाई प्रोत्साहन दिएको छ भन्छन्। पोस्ट अनुसार, कक्षाको पाठ्य तालिकामा स्त्री र पुरूषको शरीरको अङ्गहरूलाई नजिकबाट लिएको तस्विर द्वारा देखाउनको साथै, जोड़ीहरू यौन सम्बन्धि कृयामा व्यस्त भइरहेका चित्रहरू देखाउछन्। नैतिक सद्गुण र शुद्धता बाट यो भन्दा टाढ़ा अरू के हुनुसक्छ होला?—फिलिप्पी ४:८,९
नौजवानहरूलाई जीवनको वास्तविकता बारे जान्न र त्यस प्रति एउटा स्वस्थ दृष्टिकोण राख्न आवश्यक भएता पनि, यस बारे शिक्षा दिने प्रथम जिम्मेवारी माता-पिताको हुन्छ। (हितोपदेश २२:६) विवाह बिना यौन कृया गर्ने चलनलाई प्रोत्साहन दिने तथा विद्यार्थीहरूलाई निकृष्ट यौन बारे चित्रहरू हेर्नलगाउने र बेश्याहरू र पुरूषगामीहरूको विषयमा अनुसन्धान गर्न लगाउने कुनै पनि पाठ्य शिक्षा, परमेश्वरका साँचो उपासकहरूलाई कहिले पनि ग्रहणयोग्य हुन सकदैन। व्यभिचारीहरू र पुरूषगामीहरूलाई बाइबलमा स्पष्ट रूपले “नीच अभिलाषा राख्ने र निर्ल्लज काम गर्ने” भनेर वर्णन गरिएको छ। यस प्रकारका कुराहरू बारे बाइबलमा यो आदेश छ: “व्यभिचार बाट अलग बस.” यसबाहेक, त्यहाँ एसो पनि भनिएको छ: “व्यभिचारको. . .नाउँ समेत तिमीहरूबाट नलिइओस।”—रोमी १:२४-३२; १ थिस्सलोनिकी ४:३; एफिसी ५:३,५; गलाती ५:१९,२१
एउटा झूटो आशा
दी वाल स्ट्रीट जर्नल भन्ने पत्रिका अनुसार, मृत्युको अवस्थामा पुग्ने बाटोलाई “अझ निजिकरण” गर्न चाहनेहरूले, प्रचलित अन्त्येष्टि क्रिया गर्ने ढँगलाई छाड़ेर, अब लाशलाई औषधी आदी हालेर कुहुनु न दिने, पुरानो प्रचलन तर्फ लाग्दैछन्। त्यो पत्रिका अनुसार, ७,५०० डालर तिर्यो भने, ग्राहकलाई दुई महिना सम्म रक्सी, जड़ी बुटी र परिक्षात्मक रसायनमा भिजाएपछि, माथिबाट सुगन्धित तेलहरू धसेर रेशम, फाइवर-ग्लास, पोलिथिन र प्लास्टरको खोलमा बेरेर राख्छन्। शरीरको आकार अनुसार बनाइएको स्वर्ण अथवा जवाहरातले जड़िएको धातुको बाकस लिने हो भने १००,००० डलर र त्यस भन्दा बढ़ी पनि लाग्नु सक्छ रे।
तथापि, शरीरलाई औषधी आदि हालेर कुहुनु न दिने चलनको विशेषताले गर्दा मात्र ग्राहकहरू आकर्षित भएका होइनन्। एक जना ग्राहकले एसो भने: “न्यायको दिनमा ख्रीष्टले हामीलाई चिहान बाट बोलाउनु हुन्छ भनेर कुनै कुनै मसीहीहरूले भनेका कुरा सत्य हो भने, म त्यस बेला सके सम्म राम्रो अवस्थामा हुन चाहन्छु।”
प्राचीन मिश्रीहरूले, मृत्यु पछि हुने जीवनमा आत्मा फर्की आँउने हुनाले शरीरलाई वचाई राख्नु पर्छ भनेर विश्वास गरे झैं आजका यी मानिसहरूको आशा पनि, प्राण सधैं अमर रहन्छ भन्ने शिक्षामा आधारित छ।
केही धर्म गुरूहरूका शिक्षा अनुसार, न्यायको दिनमा, स्वर्गीय आनन्द अथवा नरकको आगोमा क्लेश भोग्नका लागि, दुवै दुष्ट र धर्मी मानिसहरूका शरीर आ-अफ्ना आत्मा सँग पुन: जोड़िने छन्।
तर मानिसमा स्वयम् अमरता छ भन्ने शिक्षा बाइबलमा छैन। यसको विपरित, बाइबलको शिक्षा अनुसार मानिसको प्राण मरणशील छ। “पाप गर्ने प्राणी—त्यो अवश्य मर्नेछ।” (इजकिएल १८:४) यस कारण, बाइबलमा उल्लेखित, भविष्यमा पाउने जीवनको आशा, मानिसको अमर आत्मामा आधारित छैन। किनभने, परमेश्वरले त्यो व्यक्तिलाई उसको पुरानो जीवन-शैली, शारीरिक आकृति र मरने बेला सम्म भएको स्मृति सहित बिउँताउनु हुनेछ। त्यसै कारण ता, येशूले एसो भन्न सक्नु भयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्. . .औ निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९
“यस संसारका होइनन्”
दी वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु यर्क इनक., ले, गत वर्ष एउटा १८ तल्ले निवास भवन बनाउनका लागि, क्षेत्रिय विभाजनमा परिवर्तन होस् भनेर अनुरोध गर्दै न्यु र्योक शहरका र्वोड अफ एस्टिमेट सँग भेट गरेका थिए। सञ्चालक समितिका धेरै जसो सदस्यहरूले यसको विरोध गरेता पनि, न्यु र्योक शहरका नगर-पाल श्री कोचले आफ्ने दुई मत पक्षमा दिनु भयो। नगर-पाल कोचले यसो भन्नु भयो: “यहोवाका साक्षीहरूलाई मात्र असल छिमेकी भन्न सकिन्छ। तिनीहरूलाई म ठूलो आदर गर्दछु।” उहाँले अगाड़ि एसो पनि भन्नु भयो: “तिनीहरू आफ्ना धर्मका कारणले गर्दा, कुनै पनि चुनावमा वोट खसाल्दैनन् भनेर अरूहरूले मलाई भनेका छन्। शायद, त्यो नै यो योजनाको मुख्य समस्याको कारण हुनु गएको छ, किनभने चुनिएर आएका पदाधिकारीहरूले धेरै मानिसहरू सँग घरि-घरि भोट मागी रहनु पर्ने हुनाले यस प्रकारको विवादमा पर्दा, भोट न दिनेहरूले मुद्दा जित्न धेरै मुश्किल हुनेछ।”
यतिका धेरै विरोधीहरूको सामुन्ने, आफ्नो साहस र निष्पक्षता देखाउनु भएकोमा, नगरपाल कोच प्रशंसाको पात्र हुनुहुन्छ। यहोवाका साक्षीहरूले राजनीतिक चुनावहरूमा भाग लिने भएको भए, यस विषयमा स्थिति बेग्लै हुने थियो होला। तर कति नै ठूलो लाभ प्राप्त हुने भएता पनि, यहोवाका साक्षीहरू, राजनीतिक चुनावहरूमा तटस्थ भएर बस्ने आफ्नो नीतिबाट डग्ने छैनन्। सच्चा मसीहीहरूको स्थिति स्पष्ट छ। येशूले नै यसरी किटेर भन्नु भएको छ: “जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।” (w89 2/15)