एपिसोड ३
“त्यो मानिस मै हुँ”
येसु निकोदेमसलाई पानी र पवित्र शक्तिद्वारा जन्मनुको अर्थ बुझाउनुहुन्छ (gnj ३ ००:००-०४:४३)
निर्जनभूमिमा सर्पलाई टाँगिएजस्तै मानिसको छोरा पनि टाँगिनै पर्छ (gnj ३ ०४:४३-०५:०२)
परमेश्वरले आफ्नो छोरालाई संसारको न्याय गर्न होइन तर संसारको उद्धार गर्न पठाउनुभयो (gnj ३ ०५:०२-०७:५२)
युहन्नाले येसुबारे दिएको अन्तिम साक्षी (gnj ३ ०८:०८-१०:१९)
जसले छोरामाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ (gnj ३ १०:१९-११:४५)
युहन्नालाई झ्यालखानामा हालिन्छ (gnj ३ ११:४५-१३:२८)
थकित हुनुभएको येसु सुखार सहरमा याकुबको इनारको छेउमा बस्नुहुन्छ (gnj ३ १३:२८-१४:३५)
येसु सामरियाकी एउटी स्त्रीसित कुरा गर्नुहुन्छ (gnj ३ १४:३५-१६:५२)
येसु सामरियाली स्त्रीलाई साँचो उपासनाबारे सिकाउनुहुन्छ (gnj ३ १६:५२-१८:३९)
येसुले सामरियाली स्त्रीलाई आफू मसीह भएको कुरा बताउनुहुन्छ (gnj ३ १८:३९-१९:०६)
ती सामरियाली स्त्रीले अरूलाई साक्षी दिन्छिन् (gnj ३ १९:०६-१९:४५)
येसु परमेश्वरको इच्छाअनुसार गर्नुलाई भोजनसित तुलना गर्नुहुन्छ; उहाँ आध्यात्मिक कटनीबारे बताउनुहुन्छ (gnj ३ १९:४५-२१:१५)
थुप्रै सामरियालीहरूले येसु “संसारको उद्धारक हुनुहुन्छ” भनेर विश्वास गर्छन् (gnj ३ २१:१५-२२:०७)
येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (gnj ३ २२:०७-२३:०७)
गालिलमा राजाका सेवकको छोरालाई येसु निको पार्नुहुन्छ (gnj ३ २३:०७-२६:२०)
येसुलाई नासरतमा स्वीकार गरिँदैन (gnj ३ २६:२०-३०:४८)
येसु कफर्नहुम जानुहुन्छ (gnj ३ ३०:५३-३१:५६)
चमत्कारपूर्ण तरिकामा माछा समातिन्छ; सुरुका चेलाहरूलाई बोलाइन्छ (gnj ३ ३१:५६-३९:३४)