भाग १
कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म
छापिएको संस्करण
यस भागमा हामी लगभग २२ सय वर्षको समयावधिमा बाँचेका बाइबल पात्रहरूबारे छलफल गर्नेछौँ। सबैभन्दा सुरुको कथा कुलपिता हनोकको हो। तिनी आदम जीवित भएकै समयमा बाँचेका थिए। अनि अन्तिम कथा भविष्यवक्ता समुएलको हो, जसले इस्राएलको पहिलो राजालाई अभिषेक गरेका थिए। यस भागमा हामी साहस देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसालेका अरू थुप्रै व्यक्तिहरूबारे पनि छलफल गर्नेछौँ। जस्तै: नुह, अब्राहाम, सारा, मोसा, राहाब, दबोरा र गिदोन। तिनीहरूमध्ये कतिपयले लामो र जोखिमपूर्ण यात्रा गरे भने अरू कतिपयले चाहिँ “यहोवा परमेश्वरको निम्ति लडाइँ” लडे। तिनीहरू यहोवालाई प्रेम गर्थे। त्यसैले तिनीहरूले साहसी भई यहोवाले भन्नुभएअनुसारै गरे।