प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. २२ पृ. १०६-१०९
  • तिनलाई वफादार रहन साहस चाहिन्थ्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनलाई वफादार रहन साहस चाहिन्थ्यो
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “गहिरो मित्रता गाँसियो”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • साहसी र वफादार जोनाथन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ‘यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन’
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाप्रति वफादार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. २२ पृ. १०६-१०९

२२ जोनाथन

तिनलाई वफादार रहन साहस चाहिन्थ्यो

छापिएको संस्करण
छापिएको संस्करण

हतियार भिरेका दुई व्यक्‍ति चट्टानी पहाडमा उकालो चढ्‌दै छन्‌। तिनीहरू पलिस्तियालीहरूको पूरै दललाई आक्रमण गर्न जाँदै छन्‌। जोनाथन अघिअघि गइरहेका छन्‌, जो इस्राएलको पहिलो राजा साउलका छोरा हुन्‌। तिनलाई हतियार भिरेका एक साहसी सेवकले पछ्याइरहेका छन्‌। जोनाथनले उनलाई यसो भन्दै हौस्याएका थिए: “चाहे हामी धेरै होऔँ वा थोरै, तिनीहरूलाई जित्न . . . उहाँलाई कुनै कुराले रोक्न सक्दैन।” यहोवाले जोनाथनको यस कुरालाई सही साबित गरिदिनुभयो। ती दुई पुरुषले २० जना पलिस्तियालीलाई मारे! पछि यहोवाले इस्राएलीहरूलाई पूरै पलिस्तियालीहरूमाथि विजय हासिल गर्न मदत गर्नुभयो।

यो विवरणले जोनाथन कत्ति साहसी व्यक्‍ति थिए भन्‍ने कुरा देखाउँछ। तर तिनले आफ्नो जीवनमा अरू थुप्रै पटक पनि साहस देखाएका थिए। तिनी एक जना वफादार व्यक्‍ति भनेर चिनिन्थे। अनि प्रायजसो वफादार रहन साहस पनि चाहिन्छ। जोनाथन आफ्नो बुबा साउलप्रति वफादार थिए। तर पछि साउल यहोवाप्रति अनाज्ञाकारी भए र तिनले खराब कामहरू गर्न थाले। त्यतिबेला यहोवालाई पहिलो स्थानमा राख्न र उहाँप्रति वफादार रहन जोनाथनलाई पक्कै साहस चाहिएको हुनुपर्छ।

जोनाथन लगभग ५० वर्षको हुँदा तिनले दाउदसित मित्रता गाँसे। दाउद तिनीभन्दा उमेरमा निकै साना थिए। दाउदले भर्खरै मात्र अजङ्‌गको पलिस्तियाली गोल्यतलाई मारेका थिए। त्यसैले साउल र अरू मानिसले दाउदको निकै प्रशंसा गरे। के जोनाथनले दाउदको ईर्ष्या गर्न थाले? अहँ, तिनले पटक्कै ईर्ष्या गरेनन्‌। बरु तिनले दाउदलाई उपहारस्वरूप आफ्नो धनुलगायत अन्य हतियारहरू दिए। जोनाथन एक सिपालु धनुर्धारी भएकोले त्यो एउटा विशेष उपहार थियो। तिनी दाउदभन्दा झन्डै ३० वर्षले जेठा थिए। तैपनि तिनीहरूले एकअर्कासित मित्रताको वाचा बाँधे र दुवैले त्यो वाचा कहिल्यै तोडेनन्‌।

जोनाथन आफ्नो बुबाभन्दा यहोवाप्रति वफादार रहे

सुरुमा त साउलले पनि दाउदलाई माया गर्थे। तर पछि भने साउलको त्यो माया डाहमा परिणत भयो र उनले दाउदलाई घृणा गर्न थाले। उनी जोनाथनले पनि दाउदलाई घृणा गरेको चाहन्थे। तर यहोवाले जोनाथनलाई नभई दाउदलाई इस्राएलको राजा हुन रोज्नुहुँदा समेत जोनाथन आफ्नो मित्रप्रति वफादार भइरहे। साउलले दाउदलाई मार्न खोज्दा पनि जोनाथन आफ्नो मित्रको पक्षमा खडा भए। यसो गर्न तिनलाई पक्कै साहस चाहिएको थियो। साउल वृद्ध भइसके तापनि उनी अझै एक वीर योद्धा थिए। एकपटकको कुरा हो, जोनाथनले दाउदको पक्ष लिँदा साउलले आफ्नै छोरा जोनाथनलाई भालाले हानेर मार्न खोजे। तर उनको निसाना चुक्यो र जोनाथन बचे। बुबाको यस्तो व्यवहारले गर्दा जोनाथनलाई कत्ति चित्त दुख्यो होला! जोनाथन दाउदकहाँ गए र तिनलाई मार्ने साउलको योजनाबारे बताइदिए। साथै जोनाथनले आफूलाई केही भएमा आफ्नो परिवारको ख्याल राख्ने जिम्मा दाउदलाई दिए।

जोनाथन खाना खान बसिरहेको बेला दाउदको पक्षमा बोलिरहेका छन्‌ र राजा साउलले उभिएर तिनलाई धम्की दिँदै छन्‌। अब्नेर र अरू मानिसहरू डराउँदै हेरिरहेका छन्‌।

साउलले मार्न खोजिरहेकोले दाउद भगुवा जीवन बिताउन बाध्य भए। तिनलाई खोज्न साउलले आफ्नो सेनासमेत पठाए। दाउद आफ्नो ज्यान जोगाउन एकपछि अर्को ठाउँमा भाग्नुपरेको थियो। के साउलले पठाएको सैन्यदलमा जोनाथन पनि थिए? बाइबलमा यसबारे केही बताइएको छैन तर जोनाथन दाउदलाई खोज्न गएनन्‌ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। एकपटकको कुरा हो, जोनाथनले दाउद कहाँ लुकिरहेका छन्‌ भनेर थाह पाएपछि उनलाई भेट्‌न गए। किन? किनकि जोनाथन ‘दाउदलाई यहोवा परमेश्‍वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिन’ चाहन्थे। तिनले दाउदलाई यसो भने: “नडराउनुहोस्‌, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्‍न। तपाईँ इस्राएलका राजा हुनुहुनेछ र मचाहिँ दोस्रो दर्जामा हुनेछु।” त्यसपछि तिनीहरूले बिदाबारी गरे। त्यो नै ती दुई मित्रको अन्तिम भेट थियो।

यसको केही समयपछि जोनाथन आफ्नो बुबासित इस्राएलीहरूको असली शत्रु पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यतिबेलासम्म साउल साह्रै दुष्ट भइसकेका थिए र यहोवाबाट तर्किसकेका थिए। यहाँसम्म कि उनी मदतको लागि भूतप्रेत खेलाउने स्त्रीकहाँ गए। त्यसैले यहोवाले उनलाई साथ दिन छोडिसक्नुभएको थियो। युद्धको दौडान साउल गम्भीर घाइते भए अनि आफैलाई तरबारले घोपेर मारे। त्यस युद्धमा जोनाथनलगायत उनको अरू दुई छोरा पनि मारिए।

यो खबर सुनेपछि दाउद शोकाकुल भए। तिनले आफ्नो प्यारो मित्र जोनाथनप्रतिको माया व्यक्‍त गर्दै एउटा शोकगीत पनि रचे। तिनले त्यस गीतको नाम “धनु” राखे। त्यो नाम राख्दा तिनले वर्षौँअघि जोनाथनले दिएको उपहार सम्झेको हुनुपर्छ। तिनले यस्तो लेखे: “हे मेरा दाइ जोनाथन, तिम्रो वियोगमा म असाध्यै दुःखी छु, तिमी मेरो लागि अतिप्रिय थियौ।” तिनले जोनाथनसित बाँधेको वाचा पनि पूरा गरे। राजा भएपछि तिनले जोनाथनको परिवारका कोही जीवित छन्‌ कि भनेर खोजे र उनको कूँजो छोरा मपिबोसेतलाई भेट्टाए। त्यसपछि तिनले मपिबोसेतलाई यरुसलेममा बस्न दिए र जीवनभर उनको ख्याल राखे।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • १ समुएल १३:२, १९-२३; १४:१-१५; १६:२१; १८:१-९; १९:४-६; २०:१-४२; २३:१६-१८; २८:६-८; ३१:१-६

  • २ समुएल १:१७-२७; ९:१-७

छलफल गर्नुहोस्‌:

जोनाथनले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. पलिस्तियालीहरू को थिए? (w९५ २/१ पृ. ३१)

  2. २. पहिलो समुएल १३:२१ मा उल्लेख गरिएको “पिम” शब्दले यो बाइबल विवरण सही छ भनी कसरी प्रमाणित गर्छ? (w०५ ३/१५ पृ. २९) क

    एक जना व्यक्‍तिको हत्केलामा तौल नाप्न प्रयोग गरिने पिम छ।

    चित्र क: पिम, तौल नाप्न प्रयोग हुने ढुङ्‌गा

  1. ३. जोनाथनलाई मिक्मासको खोँच पार गर्न किन गाह्रो भएको हुन सक्छ? तिनलाई त्यो पार गर्न केले मदत गरेको हुन सक्छ? (it “मिक्मास” अनु. ४-wcgr) ख

Todd Bolen/BiblePlaces.com

चित्र ख: सम्भवतः मिक्मासको खोँच

चित्र ख: सम्भवतः मिक्मासको खोँच

Todd Bolen/BiblePlaces.com

  1. ४. दाउदले जोनाथनको घरानाको ख्याल राख्ने वाचा कसरी पूरा गरे? (it “मपिबोसेत” न. २ अनु. १-wcgr)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • जोनाथन आफ्नो बुबा साउलभन्दा यहोवाप्रति अझ वफादार थिए। हामी पनि के-कस्ता अवस्थामा अरू मानिसहरूभन्दा यहोवाप्रति अझ वफादार रहनुपर्ने हुन्छ? ग

    एक बहिनी गहिरिएर सोच्दै छिन्‌ र तिनको पति बुद्धको मूर्तिअगाडि घुँडा टेकिरहेका छन्‌।

    चित्र ग

  • जोनाथन र दाउदको सम्बन्धले हामीलाई निम्न कुराहरूबारे के सिकाउँछ?

    • मित्रता

    • नम्रता

    • वफादारी

  • तपाईँ अन्य के-कस्ता तरिकामा जोनाथनजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा जोनाथनलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

जोनाथन र दाउदको मित्रता गहिरो हुनुको कारण के थियो? हामी कसरी यस्तै मित्रता गाँस्न सक्छौँ?

“कोमल स्नेह खेती गरिरहनुहोस्‌” (w२१.०१ पृ. २०-२५)

आफ्ना छोराछोरीलाई जोनाथनको विवरण र त्यसबाट सिक्न सकिने पाठहरू बुझ्न मदत गर्नुहोस्‌।

“जोनाथन” [jw.org मा “बाइबल पात्र कार्ड” (अङ्‌ग्रेजी)]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने