प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ५१ पृ. १२४-पृ. १२५ अनु. २
  • एक योद्धा र एउटी ठिटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक योद्धा र एउटी ठिटी
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनी पहिला अटेरी थिए तर पछि ज्ञानी भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • एउटी साहसी ठिटीले आफ्नो परमेश्‍वरबारे बताइन्‌
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • साहसपूर्वक बोल्ने ठिटी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ५१ पृ. १२४-पृ. १२५ अनु. २
नामान निको हुन एलिसालाई भेट्‌न जान्छन्‌

पाठ ५१

एक योद्धा र एउटी ठिटी

एउटी इस्राएली ठिटी आफ्नो घरबाट धेरै टाढा सिरिया भन्‍ने ठाउँमा थिइन्‌। उनलाई सिरियाली सेनाले जबरजस्ती उनको परिवारबाट ल्याएका थिए। उनी सेनापति नामानकी पत्नीकी दासी थिइन्‌। वरपरका मानिसहरूले यहोवाको उपासना नगरे पनि उनी उहाँको उपासना गर्थिन्‌।

नामानलाई छालाको गम्भीर रोग लागेको थियो। तिनलाई सधैँ दुखिरहन्थ्यो। ती ठिटी तिनलाई मदत गर्न चाहन्थिन्‌। उनले नामानकी पत्नीलाई भनिन्‌: ‘तपाईँको पतिलाई निको पारिदिन सक्ने व्यक्‍ति म चिन्छु। इस्राएलमा एलिसा भन्‍ने यहोवाका एक जना भविष्यवक्‍ता छन्‌। उनले निको पारिदिन सक्छन्‌।’

नामानकी पत्नीले ती ठिटीको कुरा आफ्नो पतिलाई बताइन्‌। नामान निको हुन जे पनि गर्न तयार थिए। त्यसैले तिनी इस्राएलमा एलिसाको घर गए। नामानले आफू ठूलो मान्छे भएकोले एलिसाले भव्य स्वागत गर्नेछन्‌ भन्ठानेका थिए। तर एलिसा तिनलाई भेट्‌न आएनन्‌। बरु एक जना नोकरमार्फत यस्तो सन्देश पठाए: ‘यर्दन नदीमा गएर सात पटक डुबुल्की मार्नुहोस्‌ अनि तपाईँ निको हुनुहुनेछ।’

यो सुनेर नामान निराश भए। तिनले भने: ‘ती भविष्यवक्‍ताले आफ्नो परमेश्‍वरको नाम पुकारेर अनि ममाथि हात हल्लाएर निको पारिदिनेछन्‌ भन्ठानेको थिएँ। उल्टो मलाई इस्राएलको यर्दन नदीमा जान पो भन्छन्‌। सिरियामा त्योभन्दा राम्रो नदी छैन र? म त्यहीँ डुबुल्की मारेर शुद्ध हुन सक्दिनँ र?’ यति भनेर नामान रिसको झोँकमा एलिसाको घरबाट निस्किए।

नामान यर्दन नदीमा डुबुल्की मार्छन्‌ र निको हुन्छन्‌

नामानका सेवकहरूले तिनलाई राम्ररी सोच्न मदत गरे। तिनीहरूले भने: ‘तपाईँ निको हुनको लागि जे पनि गर्न तयार हुनुहुन्‍न र? ती भविष्यवक्‍ताले तपाईँलाई गाह्रो काम गर्न भनेका छैनन्‌। गएर नदीमा डुबुल्की मार्नुहोस्‌।’ नामानले तिनीहरूको कुरा सुने। तिनले यर्दन नदीमा गएर सात पटक डुबुल्की मारे। सातौँ पटक डुबुल्की मारेर बाहिर निस्कँदा तिनी पूरै निको भए। तिनी एकदमै खुसी भए र एलिसालाई धन्यवाद दिन उनीकहाँ फर्किए। नामानले भने: ‘अब मैले थाह पाएँ, यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।’ नामान निको भएर घर फर्कँदा ती इस्राएली ठिटीलाई कस्तो लाग्यो होला?

“तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो।”—मत्ति २१:१६

प्रश्‍नहरू: तिम्रो विचारमा नामानकी पत्नीसित कुरा गर्न के ती इस्राएली ठिटीलाई सजिलो थियो? निडर हुन उनलाई केले मदत गऱ्‍यो?

२ राजा ५:१-१९; लुका ४:२७

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने