प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ४३ पृ. १०४
  • राजा दाउदको पाप

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राजा दाउदको पाप
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • दाऊदको परिवारले दुःख पाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • तिनले राजालाई सच्याए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ४३ पृ. १०४
भविष्यवक्‍ता नातान दाउदलाई सम्झाउँदै छन्‌

पाठ ४३

राजा दाउदको पाप

साउलको मृत्युपछि दाउद राजा भए। त्यतिबेला तिनी ३० वर्षका थिए। केही वर्षपछि एक साँझ दाउदले आफ्नो महलको कौसीबाट एउटी सुन्दरी स्त्री देखे। तिनले त्यस स्त्रीको नाम बेतसेबा रहेछ अनि उनी उरियाह नाम गरेको सिपाहीकी पत्नी रहेछिन्‌ भनेर थाह पाए। तिनले बेतसेबालाई महलमा ल्याउन मानिसहरू पठाए। तिनी बेतसेबासित सुते र उनी गर्भवती भइन्‌। तिनले आफ्नो गल्ती लुकाउन खोजे। तिनले आफ्नो सेनापतिलाई युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडि राख्न र तिनीहरूचाहिँ त्यहाँबाट पछि हट्‌न खबर पठाए। उरियाह युद्धमा मरिएपछि तिनले बेतसेबासित बिहे गरे।

राजा दाउद प्रार्थनामा क्षमा माग्दै छन्‌

तर दाउदले गरेको सबै खराब काम यहोवा परमेश्‍वरले देखिरहनुभएको थियो। उहाँले के गर्नुहुने थियो? उहाँले भविष्यवक्‍ता नातानलाई दाउदकहाँ पठाउनुभयो। नातानले भने: ‘एक धनी मानिसका धेरै भेडा थिए तर एक गरिब मानिसको भने उसले धेरै माया गर्ने एउटा भेडाको पाठी मात्र थियो। त्यो धनी मानिसले गरिब मानिसको पाठी लियो।’ यो सुनेर दाउद साह्रै रिसाए र तिनले नातानलाई भने: ‘त्यो धनी मानिस मारिनै पर्छ!’ तब नातानले भने: ‘त्यो धनी मानिस तपाईँ नै हो!’ यो सुनेर दाउद एकदमै दुःखी भए र आफ्नो गल्ती स्विकार्दै नातानलाई भने: ‘मैले यहोवाविरुद्ध पाप गरेँ।’ दाउदको यो पापले गर्दा तिनले र तिनको परिवारले धेरै समस्या भोगे। परमेश्‍वरले दाउदलाई सजाय दिनुभयो तर तिनको ज्यान लिनुभएन किनभने तिनी इमानदार र नम्र थिए।

दाउद यहोवा परमेश्‍वरको लागि मन्दिर बनाउन चाहन्थे। तर उहाँले मन्दिर बनाउन दाउदको छोरा सुलेमानलाई रोज्नुभयो। सुलेमानले बनाउने मन्दिरको लागि आवश्‍यक सरसामान दाउदले जुटाउन थाले। तिनले भने: ‘यहोवाको मन्दिर भव्य हुनुपर्छ। सुलेमान सानै छ। त्यसैले उसको लागि म भवन बनाउने कामको तयारी गर्नेछु।’ दाउदले मन्दिर बनाउन धेरै धनसम्पत्ति अनुदान दिए। तिनले दक्ष कामदारहरू खोजे, सुनचाँदी जम्मा गरे अनि सिदोन र टायरबाट देवदारका प्रशस्तै काठहरू ल्याए। आफ्नो जीवनको अन्ततिर दाउदले सुलेमानलाई मन्दिरको नक्सा दिए। तिनले भने: ‘यहोवाले तिम्रो लागि यी सबै कुरा मलाई नक्सामा उतार्न लगाउनुभएको थियो। उहाँ तिम्रो साथमा हुनुहुनेछ। नडराऊ र बलियो होऊ! अनि आफ्नो काम थाल।’

मन्दिरको नक्सा हेर्दै दाउद जवान सुलेमानसित छलफल गर्छन्‌

“आफ्नो गल्ती लुकाउने मानिस सफल हुँदैन तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।”—हितोपदेश २८:१३

प्रश्‍नहरू: दाउदले के पाप गरे? दाउदले आफ्नो छोरा सुलेमानलाई कसरी मदत गरे?

२ समुएल ५:३, ४, १०; ७:१-१६; ८:१-१४; ११:१–१२:१४; १ इतिहास २२:१-१९; २८:११-२१; भजन ५१:१-१९

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने