प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ४२ पृ. १०२-पृ. १०३ अनु. ३
  • साहसी र वफादार जोनाथन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी र वफादार जोनाथन
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • “गहिरो मित्रता गाँसियो”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनलाई वफादार रहन साहस चाहिन्थ्यो
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • ‘यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन’
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाप्रति वफादार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ४२ पृ. १०२-पृ. १०३ अनु. ३
जोनाथन र तिनको हतियार बोक्ने सेवक

पाठ ४२

साहसी र वफादार जोनाथन

राजा साउलको जेठो छोरा जोनाथन वीर योद्धा थिए। दाउदले तिनी चीलभन्दा तेजिला र सिंहभन्दा बलिया थिए भने। एकदिन तिनले २० जना पलिस्तियाली सिपाहीलाई डाँडामा देखे। तिनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: ‘यहोवा परमेश्‍वरले चिन्ह दिनुभयो भने मात्र हामी तिनीहरूलाई आक्रमण गर्नेछौँ। पलिस्तियालीहरूले हामीलाई लडाइँ गर्न माथि आओ भनेमा त्यो तिनीहरूलाई आक्रमण गर्ने चिन्ह हुनेछ।’ तिनीहरू यसरी कराए: ‘हिम्मत छ भने माथि आएर लडाइँ गर।’ त्यसैले उनीहरू दुई जना डाँडामाथि उक्ले र तिनीहरूलाई हराए।

जोनाथन आफ्नो केही सामान दाउदलाई दिन्छन्‌

जोनाथन राजा साउलको जेठो छोरा भएकोले साउलपछि राजा हुने व्यक्‍ति तिनी नै थिए। यहोवाले इस्राएलको राजा हुन दाउदलाई रोज्नुभएको छ भनेर थाह भए तापनि तिनले दाउदको डाह गरेनन्‌। जोनाथन र दाउद मिल्ने साथी भए। तिनीहरूले एकअर्काको रक्षा गर्ने र एकअर्कालाई मदत गर्ने वाचा गरे। जोनाथनले मित्रताको चिन्हस्वरूप आफ्नो अलखा, तरबार, धनु र पेटी दाउदलाई दिए।

दाउद साउलदेखि भागिरहँदा जोनाथन उनलाई भेट्‌न गए र भने: ‘बलियो र साहसी हुनुहोस्‌। यहोवाले तपाईँलाई राजा हुन रोज्नुभएको छ। यो मेरो बुबालाई पनि थाह छ।’ के तिमीलाई जोनाथनजस्तै कोही असल साथी भइदिए हुन्थ्यो जस्तो लाग्छ?

आफ्नो साथी दाउदको लागि जोनाथनले थुप्रै चोटि आफ्नो ज्यान जोखिममा पारे। साउलले दाउदलाई मार्न खोजिरहेका छन्‌ भनेर तिनलाई थाह थियो। त्यसैले तिनले बुबालाई भने: ‘दाउदलाई मार्नु पाप गर्नु हो किनकि उनले कुनै गल्ती गरेका छैनन्‌।’ यो सुनेर साउल जोनाथनसँग धेरै रिसाए। त्यसको केही वर्षपछि एउटा लडाइँमा साउल र जोनाथनको मृत्यु भयो।

जोनाथनको मृत्युपछि दाउदले तिनको छोरा मपिबोसेतलाई खोज्न मानिसहरू पठाए। मपिबोसेतलाई भेटेपछि दाउदले भने: ‘तिम्रो बुबा जोनाथन मेरो मिल्ने साथी थिए। त्यसैले अबदेखि म तिम्रो ख्याल राख्नेछु। तिमी मसँगै बस्नेछौ र सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।’ दाउदले आफ्नो साथी जोनाथनलाई कहिल्यै बिर्सिएनन्‌।

“जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।”—युहन्‍ना १५:१२, १३

प्रश्‍नहरू: जोनाथनले कसरी साहस देखाए? जोनाथनले वफादार भएको कसरी देखाए?

१ समुएल १४:१-२३; १८:१-४; १९:१-६; २०:३२-४२; २३:१६-१८; ३१:१-७; २ समुएल १:२३; ९:१-१३

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने