प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या २ पृ. १४-१५
  • नैतिक स्तर सिकाउनुको महत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नैतिक स्तर सिकाउनुको महत्त्व
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नैतिक स्तर भनेको के हो?
  • नैतिक स्तरहरू किन महत्त्वपूर्ण छन्‌?
  • नैतिक स्तरहरू कसरी सिकाउन सकिन्छ
  • ७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • सही र गलतबारे बाइबलको स्तरअनुसार चल्नै पर्छ र?
    थप लेखहरू
  • तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या २ पृ. १४-१५
आफ्नी आमाले एक जना महिलाको हराएको पर्स फिर्ता गरिरहेको छोरीले देख्छिन्‌

पाठ ६

नैतिक स्तर सिकाउनुको महत्त्व

नैतिक स्तर भनेको के हो?

उच्च नैतिक स्तर भएको व्यक्‍तिलाई के सही के गलत भनेर थाह हुन्छ। तिनीहरूको नैतिक स्तर अवस्थाअनुसार परिवर्तन हुँदैन बरु कहिल्यै परिवर्तन नहुने सिद्धान्तहरूमा आधारित हुन्छ। चाहे अरूले देखून्‌ वा नदेखून्‌, तिनीहरू सधैँ असल काम गर्छन्‌।

नैतिक स्तरहरू किन महत्त्वपूर्ण छन्‌?

अहिले नैतिक तवरमा पतित कुराहरू जताततै छ। केटाकेटीले स्कुलका साथीहरू, सङ्‌गीत, टिभी कार्यक्रम र फिल्मबाट खराब कुराहरू सजिलै सिक्न सक्छन्‌। यस्ता नकारात्मक असरहरूले गर्दा तिनीहरूलाई सही र गलतबीचको भिन्‍नता छुट्ट्याउन गाह्रो हुन सक्छ।

किशोरकिशोरीलाई यस्ता नराम्रा कुराहरूले झनै असर गरेको छ। “साथीहरू अनि मिडियाले नाम कमाउन अनि तिनीहरूजस्तै हुन दबाब दिन्छ भनेर किशोरकिशोरीले बुझ्नुपर्छ। आफूले गर्ने निर्णय साथीहरूलाई मन परोस्‌ या नपरोस्‌, तिनीहरूले सधैँ सत्यको पक्ष लिनुपर्छ र आफ्नो लागि आफैले निर्णय गर्न सिक्नुपर्छ” भनी एउटा किताब (Beyond the Big Talk) बताउँछ। स्पष्ट छ, छोराछोरीलाई सानैदेखि नैतिक स्तरहरू सिकाउनुपर्छ।

नैतिक स्तरहरू कसरी सिकाउन सकिन्छ

सही र गलत के हो भनेर स्पष्टसँग सिकाउनुहोस्‌।

बाइबलको सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।’—हिब्रू ५:१४.

  • सही र गलत स्पष्टसित छुट्टिने शब्दहरू प्रयोग गर्नुहोस्‌। दैनिक जीवनका घटनाहरूलाई चलाएर स्पष्टसँग यसो भन्‍नुहोस्‌: “यसो गर्नु इमानदार हुनु हो, त्यसो गर्नु बेइमान हुनु हो।” “यसो गर्नु वफादार हुनु हो, त्यसो गर्नु धोका दिनु हो।” “यसो गर्दा दयालु भइरहेका हुन्छौँ, त्यसो गर्दा कठोर भइरहेका हुन्छौँ।” यसरी तपाईँका छोराछोरीले के गर्नु सही हो र के गर्नु गलत हो भनेर ठम्याउन सक्छन्‌।

  • नैतिक स्तर पालन गर्नुको कारण स्पष्टसित बताउनुहोस्‌। उदाहरणको लागि, यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: इमानदार हुँदा कस्तो फाइदा हुन्छ? झूट बोल्दा साथीहरूसितको सम्बन्ध कसरी बिग्रन्छ? चोरी गर्नु किन खराब हो? छोराछोरीको मनसम्म पुग्न तिनीहरूसित राम्ररी तर्क गर्नुहोस्‌।

  • नैतिक स्तर पालन गर्दा हुने फाइदाहरू बताउनुहोस्‌। तपाईँ यसो भन्‍न सक्नुहुन्छ: “तिमी इमानदार भयौ भने अरूले तिमीलाई विश्‍वास गर्नेछन्‌,” “तिमी दयालु भयौँ भने अरूले तिमीलाई मन पराउने छन्‌।”

परिवारमा एउटै नैतिक स्तर कायम गर्नुहोस्‌।

बाइबलको सिद्धान्त: “तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।”—२ कोरिन्थी १३:५.

  • परिवारको प्रत्येक सदस्यले एउटै नैतिक स्तर पालन गरेको छ भने तपाईँ धक नमानी यसो भन्‍न सक्नुहुन्छ:

    • “हाम्रो परिवारमा कसैले झूट बोल्दैन।”

    • “हामी अरूलाई कुटपिट अनि गाली गर्दैनौँ।”

    • “हामी कसैलाई रुखो अनि घोचपेच गर्ने बोली बोल्दैनौँ।”

नैतिक स्तरहरू पालन गर्नै पर्ने नियमहरू मात्र होइन बरु त्यो आफ्नो परिवारको पहिचान हो भनेर तपाईँको छोराछोरीले बुझ्नेछन्‌।

  • आफ्नो परिवारले पालन गर्दै आएको नैतिक स्तरहरूबारे छोराछोरीसित बेलाबेलामा कुरा गर्नुहोस्‌। दैनिक जीवनका घटनाहरूलाई विषय बनाएर छोराछोरीलाई सिकाउनुहोस्‌। स्कुलका साथीहरूको अथवा टिभीमा देखाइने नैतिक स्तरहरूसित परिवारको नैतिक स्तर तुलना गर्नुहोस्‌। त्यसपछि छोराछोरीलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌, “तिमी भएको भए के गर्थ्यौ?” “यस्तो अवस्थामा हाम्रो परिवारले के गर्छ होला?”

सही काम गर्ने तिनीहरूको अडानलाई बलियो बनाउनुहोस्‌।

बाइबलको सिद्धान्त: “आफ्नो अन्तस्करण सफा बनाइराख।”—१ पत्रुस ३:१६.

  • असल बानीबेहोराको प्रशंसा गर्नुहोस्‌। यदि तपाईँको छोराछोरीले कुनै असल काम गऱ्‍यो भने तिनको प्रशंसा गर्नुहोस्‌ र प्रशंसा गर्नुको कारण पनि बताउनुहोस्‌। उदाहरणको लागि, तपाईँ यसो भन्‍न सक्नुहुन्छ: “तिमीले राम्रो काम गऱ्‍यौ, म तिमीसित खुसी छु।” आफूले गरेको गल्ती स्वीकार गर्दा छोराछोरीको प्रशंसा गर्नुहोस्‌, त्यसपछि तिनलाई सुधार्नुहोस्‌।

  • छोराछोरीको नराम्रो बानी सुधार्नुहोस्‌। छोराछोरीलाई आफ्नो गल्तीको जिम्मा लिन सिकाउनुहोस्‌। तिनले कस्तो गल्ती गरे र परिवारको नैतिक स्तरसित त्यो किन मेल खाँदैन भनेर छोराछोरीले बुझ्नुपर्छ। केही आमाबुबा आफ्नो छोराछोरीको गल्ती देखाइदिएर तिनीहरूको चित्त दुखाउन चाहँदैनन्‌। तर आमाबुबाले छोराछोरीको गल्ती देखाइदिँदा तिनीहरूको अन्तस्करणले तालिम पाउँछ अनि पछि त्यस्तो गल्ती दोहोऱ्‍याउने छैनन्‌।

छोराछोरी हुर्काउने विषयमा थप जानकारीको लागि jw.org/ne मा जानुहोस्‌।

आफ्नी आमाले एक जना महिलाको हराएको पर्स फिर्ता गरिरहेको छोरीले देख्छिन्‌

अहिल्यैदेखि सिकाउनुहोस्‌

आमाबुबा इमानदार छन्‌ भने छोराछोरीले पनि बेइमान हुने प्रलोभनको सफलतापूर्वक सामना गर्न सक्छन्‌

आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

  • के मेरो बोली अनि व्यवहारमा हाम्रो परिवारको नैतिक स्तर झल्किन्छ?

  • आमाबुबाको रूपमा के हामी छोराछोरीलाई एउटै नैतिक स्तर सिकाउँछौँ?

  • आफूले गलत काम गर्दा के म “ठूलो मान्छेले यसो गर्दा केही फरक पर्दैन” भनेर सफाइ दिन खोज्छु?

हामीले यसो गऱ्‍यौँ . . .

“अरूको अनुभव बताएर हामी छोराछोरीलाई असल काम गर्दा कस्तो फाइदा हुन्छ भनेर सिकाउने गर्थ्यौँ। साथै खराब काम गर्दा कस्तो दुःखदायी नतिजा भोग्नुपर्छ भनेर पनि हामीले तिनीहरूलाई बतायौँ। छोराछोरीले गलत काम गर्ने साथीबारे बताउँदा हामीले तिनीहरूसित त्यस विषयमा कुराकानी गऱ्‍यौँ ताकि तिनीहरूले पनि त्यस्तै गल्ती नगरून्‌।”—निकोल

“छोरी सानै छँदा हामी तिनलाई यसो भन्‍ने गर्थ्यौँ, ‘तिमीसित दुई वटा बाटो छ, एउटा असल अनि अर्को चाहिँ खराब।’ असल र खराब काम गर्दा भोग्नुपर्ने नतिजाहरू पनि हामीले तिनलाई बतायौँ। यसो गर्दा तिनले आफै निर्णय गर्न सिकिन्‌। त्यो तिनको लागि महत्त्वपूर्ण पाठ थियो। किनकि जुनसुकै उमेरको भए तापनि हामी सबैले जीवनमा थुप्रै निर्णय गर्नुपर्ने हुन्छ।”—योलान्डा

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने