प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १०/८ पृ. २१-२३
  • वर्षा नहुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वर्षा नहुँदा
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सँगी साक्षीहरूले मायालुसहयोग गर्छन्‌
  • सहयोग दिंदा र लिंदा हुने आनन्द
  • स्थायी समाधान
  • प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • गोलमालबीच मसीही क्रियाकलाप
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १०/८ पृ. २१-२३

वर्षा नहुँदा

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

गत वर्ष उत्तरपूर्वी ब्राजिलको प्रायजसो सबै भागमा खडेरी पऱ्‍यो। भेजा पत्रिकाअनुसार उत्तरपूर्वका नोरडेसटिनोस भनिने लाखौं बासिन्दाहरू “वर्षा कहिले होला भनेर आकाशको मुख ताकेर बसिरहे।” खडेरीको कारण धान, सिमी र मकैको बाली सबै नाश भयो र यो १५ वर्ष यताको सबैभन्दा नराम्रो खडेरी थियो। कुनै कुनै ठाउँमा पिउने पानीको समेत हाहाकार हुन थाल्यो।

ब्राजिलमा खडेरी परेको यो पहिलो पटक होइन। ब्राजिलमा १८७७ मा भयंकर ठूलो खडेरी पर्दा झन्डै ५,००,००० मानिसहरू भोकै मरेका थिए। त्यतिबेला ब्राजिलका सम्राट डँ पेड्रो द्वितीयले आफ्नो मुकुटको सबै बहुमूल्य रत्नहरू बेच्नु परे तापनि त्यस खडेरीको समस्याको समाधान गर्ने उपाय पत्ता लगाउने प्रतिज्ञा गरे! त्यो झन्डै १०० वर्षअघिको कुरा हो र उक्‍त समस्याको अझै टुंगो लागेको छैन। गत वर्षको खडेरीमा उत्तरपूर्वी ब्राजिलको १,२०९ शहरमा बस्ने एक करोडभन्दा बढी मानिसहरू प्रभावित भएको अनुमान गरिएको थियो।

सँगी साक्षीहरूले मायालुसहयोग गर्छन्‌

खडेरीको समाचार वाच टावर सोसाइटीको शाखा कार्यालयमा पुग्नेबित्तिकै कदम चालियो। बाहिया, सेइरा, पारिबा, परनामबुको र पियाउजस्ता प्रभावित प्रान्तहरूमा समस्या कत्तिको जटिल छ भनी बुझ्न परिभ्रमण निरीक्षकहरू पठाइयो। परिभ्रमण निरीक्षकहरूले त्यस इलाकाका ९०० जना साक्षी तथा बाइबल विद्यार्थीहरू अत्यन्तै दयनीय अवस्थामा भएको पाए। कतिले तरुल त कतिले निस्तो भात मात्र खाएर बाँचिरहेका थिए। एउटा परिवारसित खान ठोस आहार केही थिएन, तिनीहरू बिहानै, दिउँसै, बेलुकै दूध मात्र पिउँदै थिए। क्यान्सर रोगबाट पीडित बहिनीले अलिकति खाना किन्‍न आफ्नो पलङ नै बेच्नुपऱ्‍यो। छ सदस्य भएको एक परिवारले यही आफ्नो अन्तिम भोजन होला भन्ठानेको बेला आफ्नो मसीही भाइहरूबाट सहयोग पाए।

खाना तथा अन्य राहत सामग्रीहरू वितरण गर्न तुरुन्तै उद्धार समितिहरू खडा गरियो। रेसिफ तथा अन्य नजिकैको शहरका साक्षीहरूले आवश्‍यकतामा परेकाहरूको निम्ति उदार चित्तले चन्दा दिए। तर अझ बढी सहयोगको खाँचो हुँदा रियो डे जेनेरोका साक्षीहरूले पनि आफ्ना भाइहरूलाई मदत गरे। केही समयभित्रै साक्षीहरूले ३४ टन खाना जम्मा गर्नुका साथै २,३०० मिटर टाढा रेसिफमा सामग्रीहरू पुऱ्‍याउन ढुवानी खर्च पनि जुटाइसकेका थिए।

पियाउ र पारिबा प्रान्तका केन्द्रहरूमा तुरुन्तै छ टन खानाहरू जम्मा गरियो। फोरटालेजा शहरको राज्यभवन केही समयको निम्ति विभिन्‍न ठाउँबाट पठाइएका खानाहरू जम्मा गर्ने केन्द्र बनाइयो। तर एउटा समस्या थियो। साक्षीहरूले खाना गन्तव्यस्थानसम्म कसरी पुऱ्‍याउने? आफू यहोवाको साक्षी नभए तापनि एक जना मानिसले आफ्नो ट्रक चलाउने अनुमति दिए। तथापि, खाना तथा अन्य राहत सामग्रीहरू लगेकाहरूलाई रोकेर लुटिएको थियो। के ती सामग्रीहरू गन्तव्यस्थान पुऱ्‍याउन सकिएला? साक्षीहरू ती सामग्रीहरू ठाउँमा पुऱ्‍याउन कटिबद्ध थिए। यहोवामाथि पूर्ण भरोसा गर्दै तिनीहरूले सामान टन्‍न भरिएको ट्रक चलाएर ती इलाकाहरूमा गए। ती सामग्रीहरू राम्रै अवस्थामा पुऱ्‍याइयो र त्यहाँ मानिसहरूले कृतज्ञता देखाए।

सहयोग दिंदा र लिंदा हुने आनन्द

उद्धार कार्यमा संलग्न साक्षीहरू आफ्ना भाइहरूलाई मदत गर्न पाएकोमा आनन्दित भए। साउ पाउलोको एउटा मण्डलीका प्राचीनले यसो भने: “योभन्दा अगाडि अनिकाल पर्दा हामीलाई मदत गर्न बोलाइएको थिएन। यसपालि हामीलाई बोलाएकोमा साह्रै खुसी छौं!” फोरटालेजाका साक्षीहरूले यसो लेखे: “आफ्ना भाइहरूलाई मदत गर्न पाएकोमा र अझ विशेष गरी यसले यहोवाको हृदय खुसी तुल्याउनेछ भनी थाह भएकोले हामी असाध्यै खुसी छौं। हामी याकूब २:१५, १६ मा उल्लिखित शब्दहरू कहिल्यै बिर्सदैनौं।” उक्‍त बाइबल पदमा यसो लेखिएको छ: “यदि कोही भाइ या बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको खानालाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई ‘शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ’ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिं तिमीहरू दिंदैनौ भने यसबाट के लाभ छ?”

कहिलेकाहीं साक्षीहरूले खानाका पोकाहरूमा प्रोत्साहनदायी सन्देशहरू लेख्थे। एउटा सन्देशमा यस्तो लेखिएको थियो: “परमेश्‍वरको नयाँ संसारमा खानाहरू प्रशस्त हुनेछ भन्‍ने भजन ७२:१६ को प्रतिज्ञालाई नबिर्सनुहोस्‌।” निस्सन्देह, खडेरीबाट प्रभावित साक्षीहरू आफ्ना भाइहरूको दया देखेर अत्यन्तै कृतज्ञ भए। आफ्नो परिवारलाई अत्यन्तै खाँचो परेको बेला सहयोग पाउँदा साक्षीले मूल्यांकन जाहेर गर्दै यसो लेखे: “मेरो परिवार र मैले यस कार्यलाई हाम्रो कृपालु परमेश्‍वर तथा पिताको प्रेमको स्पष्ट प्रमाणको रूपमा लिएका छौं। यस अनुभवबाट हामीले उहाँ र उहाँका जनहरूसित झन्‌ घनिष्ठ महसुस गऱ्‍यौं।”

स्थायी समाधान

हाँसउठ्‌दो कुरा के छ भने, उत्तरपूर्वी ब्राजिलमा पानीको कुनै अभाव छैन। जमिनमुनि प्रशस्त स्वच्छ पानी हुनुका साथै जलभण्डारमा पनि पानी छ। पानीका यी स्रोतहरू सबैका लागि उपलब्ध गराउनसके भूमि उर्वरा हुनेछ।

सम्राट डँ पेड्रो द्वितीयलाई पिरोलेको समस्या चाँडै सधैंको निम्ति समाधान हुनेछ। परमेश्‍वरको राज्यले येशू ख्रीष्टद्वारा अनिकाललगायत पृथ्वीको सबै समस्या हटाउनेछ। त्यसपछि खडेरी परेको भूमिले यशैयाको भविष्यवाणी पूरा भएको देख्नेछ: “उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌। मृग–तृष्णा दह हुनेछ, र ओबानो भूमिमा पानीका मूल फूट्‌नेछन्‌। स्यालहरू बस्ने ठाउँमा काँस र कुशहरू उम्रनेछन्‌।”—यशैया ३५:१, २, ६, ७.

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

“भलाइको काम गरौं”

प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिए: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) हालै ब्राजिलमा खडेरी पर्दा यहोवाका साक्षीहरूले यस सल्लाह व्यवहारमा उतार्ने मौका पाए। तिनीहरूले आफ्ना सँगी विश्‍वासीहरूप्रति मात्र होइन तर अरूप्रति पनि मायालु चासो देखाए। फलस्वरूप पहिला यहोवाका साक्षीहरूको कामको विरोध गर्नेहरूले पनि आफ्नो दृष्टिकोण परिवर्तन गरे।

आफ्नी पत्नीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निर्णय गर्दा एक जना मानिस पटक्कै खुसी थिएनन्‌। समयमा तिनकी पत्नीले अरूसित पनि आफ्नो नयाँ विश्‍वासबारे बताउन थालिन्‌। असाध्यै खडेरी पर्दा स्थानीय साक्षीहरू खानाको पोकासहित त्यस दम्पतीको घरमा आइपुगे। यो देख्दा त्यस मानिस यति प्रभावित भए कि तिनले कहिल्यै नगर्ने भनी वाचा बाँधेको एउटा कुरा गर्ने निर्णय गरे। त्यो हो: स्थानीय राज्यभवनको सभामा उपस्थित हुने। बाइबल प्रेरित वचन हो भनी अझै शंका भए तापनि त्यस मानिस गृह बाइबल अध्ययन गर्न राजी भए।

अर्को इलाकामा साक्षीहरूले यस्तो रिपोर्ट गरे: “राहत सामग्रीहरू यति चाँडो आएको देख्दा हामी छक्क पऱ्‍यौं। हामीले आशा गरेभन्दा खाना एकदमै धेरै थियो। त्यसैले हाम्रा भाइहरू तथा तिनीहरूको परिवारको आवश्‍यकता पूरा गरेपछि हामीले खानेकुराहरू बाइबल विद्यार्थी, तिनीहरूको नातेदार तथा यहोवाका साक्षीहरूको छिमेकीहरूलाई समेत वितरण गऱ्‍यौं।

एउटा गाउँका साक्षीहरूले आफ्ना छिमेकीहरूलाई खानाका पोकाहरू दिए। एक कृतज्ञ घरधनीले यस्तो टिप्पणी गरिन्‌: “तपाईंहरूले ख्रीष्टले सिकाउनु भएबमोजिम गरिरहनुभएको छ। तपाईंहरू आफूले पनि केही पाउने आशामा दिनुहुन्‍न।”

[पृष्ठ २२-मा भएको चित्र]

खडेरीका असरहरू

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

UN/DPI Photo by Evan Schneider

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने